एसियाडका लागि पोरखेली टिकामायासहित चार भारोत्तोलन खेलाडी छनोट
पाेखरा | असार १४, २०८०
काठमाडौं: चीनको होङ्झावमा हुने १९औं एसियाली खेलकुद (एसियाड) का लागि भारोत्तोलनमा चार खेलाडी छनोट भएका छन् ।
अन्तिम छनोट प्रतियोगिताबाट समान पुरुष/महिलामा दुई दुई गरी चार खेलाडी छनोट भएको नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठले जानकारी दिनुभयो ।
पुरुष ८१ केजीमा कञ्चनपुरका विकास भट्ट तथा ९६ केजीमा नेपाल प्रहरीका विशालसिंह विष्ट छनोट हुनुभयो ।
महिला ५५ केजीमा प्रहरीकी टीकामाया गुरुङ र ६४ केजीमा नेपाल आर्मीकी शारदा चौधरी छनोट हुनुभयो । एसियाली खेलकुद असोज ६ गतेदेखि सुरु हुँदैछ ।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

