बंगलादेश १४ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडाैं | असार १४, २०८०

बंगलादेश १४ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा

बंगलादेश १४ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

 

भारतको बेंगलुरुस्थित कान्तिराव स्टेडियममा बुधबार भएको समूह ‘बी’ को अन्तिम खेलमा भुटानलाई ३-१ ले पराजित गर्दै बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको हो ।

 

बंगलादेशले पछिल्लो पटक २००९ मा घरेलु मैदानमा भएको साफमा सेमिफाइनल खेलेको थियो ।

 

बुधबारको खेलमा भुटानले पहिले अग्रता लिए पनि बंगलादेशले पुनरागमन गर्दै जित निकाल्यो र ३ खेलबाट ६ अंक जोडेर समूह ‘बी’ को उपविजेताको रुपमा अन्तिम चारमा स्थान बनायो ।

 

आमन्त्रित टिम लेबनान तीनवटै खेल जित्दै ९ अंक जोड्दै समूह विजेता बनेर सेमिफाइनल पुगिसकेको छ ।

 

खेलको १२ औं मिनेटमा तेसी दोर्जीले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । तर भुटानले अग्रता कायम राख्न सकेन । २१ औं मिनेटमा शेद मोर्सालिनले बंगलादेशका लागि बराबरी गोल फर्काए ।

 

३०औं मिनेटमा भुटानकै फुन्सो जिग्मेले आत्मघाती गोल गर्दा बंगलादेशले २-१ को अग्रता लियो । राकिब होसेनले ३६ औं मिनेटमा गोल गर्दै बंगलादेशलाई पहिलो हाफमै ३-१ को अग्रता दिलाए । त्यसपछि दुवै तर्फबाट गोल भएन ।

 

बंगलादेशको जितपछि समूह चरणका खेलहरु सकिएका छन् र सेमिफाइनल समीकरण तय भएको छ । पहिलो पटक साफ खेलिरहेका आमन्त्रित टिमद्वय लेबनान र कुवेतसहित घरेलु टोली भारत र बंगलादेशले यसपटक सेमिफाइनल खेल्नेछन् ।

 

अब समिफाइनलमा बंगलादेशले कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । कुवेत भारतलाई पछि पार्दै समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । यस्तै समूह ‘बी’ को विजेता लेबनानले भारतसँग खेल्नेछ ।

दुवै सेमिफाइनल खेल आगामी शनिबार हुनेछन् । फाइनल खेल भने आगामी मंगलबार हुनेछ ।

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्

पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ ।    कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...

थप पढ्नुहोस्