प्रदेशस्तरीय महिला भलिबल: सेमिफाइनलमा बागलुङ र म्याग्दी, स्याङ्जा र पर्वत खेल्ने
पाेखरा | असार १५, २०८०
पोखरा: पोखरामा बिहीबार देखि सुरु भएको गण्डकी प्रदेशस्तरी महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
पोखरा रंगशालाको बहुउदेश्यिय कभर्डहलमा जारी प्रतियोगितामा सेमिफाइलनमा बागलुङ र म्याग्दी, स्याङ्जा र पर्वतले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।
पहिलो क्वाटरफाइनल खेलमा समूह ‘ए’को विजेता जिल्ला भलिबल संघ म्याग्दीले समूह ‘सी’को उपविजेता मनाङलाई २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
म्याग्दीले २५–२ र २५–१८ ले मनाङलाई सोझो सेटमा पराजित गरेको हो ।
यस्तै दोस्रो क्वाटरफाइनल खेलमा समूह ‘डी’को उपविजेता जिल्ला भलिबल संघ बागलुङले समूह ‘ए’को विजेता गोरखालाई २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
यस्तै तेस्रो क्वाटरफाइनल खेलमा समूह ‘सी’को विजेता जिल्ला भलिबल संघ स्याङ्जाले समूह ‘ए’को उपविजेता कास्कीलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
स्याङजाले २५–२१ र २५–१९ ले कास्कीलाई पराजित गरेको हो ।
क्वाटरफाइनलको चौथो खेलमा समूह ‘डी’को विजेता जिल्ला भलिबल संघ पर्वतले नवलपुरलाई २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
पर्वतले २५–१३ र २५–१२ ले नवलपुरलाई पराजित गरेको हो ।
शनिबार बिहान हुने पहिलो सेमिफाइनलमा जिल्ला भलिबल संघ बागलुङ र म्याग्दी दोस्रो सेमिफाइलनमा खेल जिल्ला भलिबल संघ स्याङ्जा र पर्वतको बिचमा प्रतिस्पर्धा हुनेछ ।
शुक्रबार लिग चरणका तीन खेल र क्वाटरफाइनलका चार खेल सम्पन्न भएको थियो ।
प्रतियोगिताको उपाधि विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ७० हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, स्पाइकर र सेटरलाई जनही ५÷५ हजार रुपैयाँको साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा गण्डकीका ११ जिल्लाका नै सहभागिता रहेको छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

