प्रदेशस्तरीय महिला भलिबल: म्याग्दी फाइनल प्रवेश

दोस्रो सेमिफाइनलमा स्याङ्जा र पर्वत खेल्दै

पाेखरा | असार १६, २०८०

प्रदेशस्तरीय महिला भलिबल: म्याग्दी फाइनल प्रवेश तस्बिर फाइल

पोखरा:   जिल्ला भलिबल संघ म्याग्दी पोखरामा जारी गण्डकी प्रदेशस्तरी महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 


पोखरा रंगशालाको बहुउद्धेश्य कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा जिल्ला भलिबल संघ म्याग्दीले बागलुङ पराजित गर्दै उपाधि नजिक पुगेको हो । 


प्रतिस्पर्धात्मक भएको पहिलो सेटमा म्याग्दीले सुरुवाती अग्रता लिएपनि बागलुङले २०-२० बराबरी गर्दै खेलमा फर्कने प्रयास गरेपनि म्याग्दीले २७-२५ ले पहिलो सेट जितेको थियो । म्याग्दीले दोस्रो सेट २५-१६ र तेस्रो सेट २५-१९ ले जित्दै उपाधि नजिक पुगेको हो । 


अब उपाधिका लागि म्याग्दीले दोस्रो सेमिफाइनलको विजेता जिल्ला भलिबल संघ स्याङ्जा र पर्वतबीचको विजेता टोलि संघ प्रतिस्पर्धा गर्ने छ । 


पराजित टोलीले बागलुङसँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । अहिले दोस्रो सेमिफाइनल खेल जिल्ला भलिबल संघ स्याङ्जा र पर्वतबीच प्रतिस्पर्धा भइरहेको छ । फाइनल खेल आज नै हुने प्रदेश खेलकुद विकास समितिले जनाएको छ । 


प्रतियोगिताको उपाधि विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ७० हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, स्पाइकर र सेटरलाई जनही ५÷५ हजार रुपैयाँको साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।


गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा गण्डकीका ११ जिल्लाका नै सहभागिता रहेको थियो । 

पोखरा:    कास्की प्रहरीले पोखरा १७  ड्यामसाइडबाट ११ जनालाई जुवाखालबाट पक्राउ गरेको छ ।   जुवा खेल्ने र खेलाउने गरी ११ जनालाई नगद ३ लाख ४६ हजार ९ सय ६५ रुपैयाँसहित शनिबार पक्राउ ...

थप पढ्नुहोस्

पाल्पामा भएको टिप्पर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।   शनिबार राति पाल्पाको माथागढी–७, रहबासमा लु २ ख ४५२५ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । &nbs...

थप पढ्नुहोस्

मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । &nbs...

थप पढ्नुहोस्