मुग्लिन–नारायणगढसहित देशका पाँच मुख्य राजमार्ग बन्द, १० वटा सडक एकतर्फी सञ्चालन

काठमाडाैं | असार १७, २०८०

मुग्लिन–नारायणगढसहित देशका पाँच मुख्य राजमार्ग बन्द, १० वटा सडक एकतर्फी सञ्चालन

काठमाण्डौ:  बाढी पहिरोका कारण मुग्लिन–नारायणगढसहित देशका पाँच वटा सडक पूर्ण रुपमा बन्द भएका छन् ।

 

१० वटा सडक एकतर्फी मात्रै सञ्चालनमा रहेका सडक विभागले जनाएको छ । विभागका अनुसार मेची राजमार्ग र तमोर करिडोरमा पर्ने पाँचथरको हेवाखोला क्षेत्रमा सडक बन्द छ ।

 

तानसेन–रिडी–कोरला, डुम्रे–बेशीसहर–चामे, कोशी राजमार्गका रानी–विराटनगर–इटहरी–धरान–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदवारी–नुम–किमाथांका तथा तानसेन–रिडी–कोरला सडक एकतर्फी सञ्चालन भइरहेको छ।

 

त्यसैगरी, सिद्धार्थ राजमार्गको बेलहिया–भैरहवा–बुटवल–वर्तु–राम्दी–स्याङ्जा– पोखरा र कर्णाली राजमार्गको जमुनाहा–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खेलाल–हिल्सा सडक एकतर्फी छ । सडक विभागले वर्षाको बेला सडक बन्द भए तत्काल खुलाउने तयारी गरेको भने पनि त्यसो हुन सकिरहेको छैन ।

 

पहाड र ठूलाठूला ढुंगा खस्दा सडक खुलाउन समस्या भइरहेको छ । विभागका उपमहानिर्देशक रामहरि पोखरेलले  सडक खुलाउनका लागि विभिन्न ठाउँमा दुई सय ४२ वटा उपकरणहरु तयारी अवस्था राखेको बताउनु भएको छ। देशमा ८० वटा राजमार्ग छन् । यसमध्ये​​ कतिपय राजमार्ग वर्षाको बेला सञ्चालन हुने अवस्थामा छैनन्। नियमित गाडी चलिरहेका राजमार्ग अवरुद्ध भइहाले समयमै खुलाउन सडक डिभिजन कार्यालयलाई तयारीका साथ राखिएको विभागको दाबी छ ।

 

यसैबीच, पहिरोको कारण मुग्लिन–नारायणगढ सडकको यात्रा कष्टकर बनेको छ । गएराति  ११ बजेदेखि तुइन खोला पुल नजिकै पहिरो झरेपछि सडक फेरि बन्द भएको छ । पहिरो पन्छाउने तयारी भइरहे पनि सडक कतिबेला खुल्छ भन्ने टुंगो नरहेको ट्राफिक प्रहरीले जनाएको छ । सडकमा गाडीको लामो लाइन छ । सडक खुलेको एकिन नभइ यात्रा शुरु नगर्न पनि प्रहरीको आग्रह छ ।

 

संघीय राजधानी काठमाण्डौको ‘लाइफ लाइन’ मानिएको मुग्लिन–नारायणगढ सडकको यात्रा पहिरोका कारण कष्टकर र अनिश्चित बनेको छ । ठाउँ ठाउँमा बारम्बार पहिरो झर्दा सडक बन्द हुने र खुल्ने कुनै टुंगो हुन छाडेको छ । पहिरो पन्छाएर केहीबेरमा सडक खुलाए पनि केहीबेरमै बन्द हुँदा यात्रु र चालक हैरान हुँदै आएका छन् ।

पोखरा:    पाँच वर्षपछि पोखरामा आज (बिहीबार) देखि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु भएको छ ।   नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा २१ औं संस्करणको च्याम्पियनसिप आजदेखि स...

थप पढ्नुहोस्

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ ।    काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्