भारतले गण्डक नहरमा पानी नछाड्दा बारा, पर्सा र रौतहटका धेरै किसानले धान रोप्न पाएनन्
काठमाडाैं | असार १७, २०८०
काठमाण्डौ: भारतले गण्डक नहरमा पानी नछाड्दा बारा, पर्सा र रौतहटका धेरै किसानले धान रोप्न पाएका छैनन् ।
असारको पहिलो हप्ता नै रोपाइँ गर्नुपर्नेमा भारतले नहरमा पानी नछाडिदिँदा रोपाइँ गर्न नपाएको किसानको गुनासो छ ।
गण्डक नहर व्यवस्थापन गर्ने निकाय नारायणी सिँचाइका सूचना अधिकारी एवम् इन्जिनियर सुरेशप्रसाद साहले भारतीय पक्षले मर्मतको बहाना गरेर पानी नछाडेको बताउनुभयो ।
गण्डक सम्झौता अनुसार गहुँबालीको लागि पुस १ गते र धानबालीको लागि असार १५ गते ८ सय ५० क्युसेक पानी भारतीय पक्षले नेपाललाई दिनु्पर्छ । अहिले भारतले जम्मा दुई सय क्युसेक पानी छाडेको र यसले धेरै किसानको खेतमा पानी नपुग्ने साहले बताउनुभयो ।
गण्डक नहरको पानीले पर्सा, बारा र रौतहट गरी तीन वटा जिल्लामा गरी ३७ हजार ४ सय हेक्टर जग्गामा सिँचाइ गर्ने योजना थियो तर हरेक वर्ष भारतले कुनै न कुनै बहाना गरेर पानी छाड्न आनाकानी गर्दै आएको छ । नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगञ्जका प्रमुख मनोरञ्जनकुमार सिंहले नेपालतर्फ आफूहरुले मर्मतको सबै काम सके पनि भारतले भने अझै मर्मतको काम सकिएन भन्नु अचम्मको कुरा भएको उल्लेख गर्नुभयो ।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

