दार्चुलाको अपि हिमाल गाउँपालिकामा भिरबाट लडेर एक बालककाे ज्यान गयाे
काठमाडाैं | असार १८, २०८०
दार्चुला: दार्चुलाको अपि हिमाल गाउँपालिकामा भिरबाट लडेर एक जना बालकको ज्यान गएकाे छ ।
गाउँपालिकाको वडा नम्बर ६ धङकङ छिपुलाकेदार माध्यमिक विद्यालयकाे कक्षा ५ मा अध्ययनरत समिर महताकाे भिरबाट लडेर ज्यान गएकाे हाे । उनी हिजाे विद्यालयमा खेलिरहेकाे बेला लडेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले स्कुलको कम्पाण्ड नजिकै खेलिरहेका बेला बालक लडेर झण्डै ६० मिटर तल पुगेका जानकारी दिनुभयाे । उनकाे घटनास्थलमै ज्यान गएकाे हाे ।
घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

