हात्तीको आक्रमणबाट ८० वर्षीया वृद्धाको मृत्यु
झापा | असार १८, २०८०
फाइल तस्बिर
झापा: झापाको मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धाको ज्यान गएको छ ।
पूजा गर्न फूल टिप जाने क्रममा उहाँलाई हात्तीले कुल्चेर मारेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले बताउनु भएको छ । सिलगुढी घर भएकी उहाँ एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आउनुभएको थियो ।
झापामा छ दिनअघि पनि जङ्गलमा च्याउ टिप्न गएका हल्दिबारी गाउँपालिका–२ का ५३ वर्षीय गिरेन कर्मकारको हात्तीको आक्रमणबाट ज्यान गएको थियो ।
झापामा चालु आर्थिक वर्षमा मात्रै हात्तीको आक्रमणबाट आठ जनाको ज्यान गइसकेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिनुभयो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

