दार्चुला : पहिराेका कारण महाकाली लोकमार्गको खलङ्गा–गोकुलेश्वर सडक खण्ड अवरुद्ध
दार्चुला | असार १९, २०८०
दार्चुला: गएरातिको वर्षाका कारण पहिरो खसेपछि दार्चुलाको महाकाली लोकमार्ग अन्तर्गत खलङ्गा–गोकुलेश्वर सडक खण्ड अवरुद्ध भएको छ ।
सडक माथिबाट पहिरो खसेपछि मङ्गलवार आज बिहानदेखि यो सडकको पनेबाजदेखि ऐरिछानासम्मको खण्ड अवरुद्ध भएको हो ।
हिलोसहित ढुङ्गा खसेपछि सडक अवरुद्ध हुँदा गाडी सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार यो सडक खण्डको विभिन्न ठाउँमा पहिरो थुप्रिएको छ । सडक अवरुद्ध भएपछि जिल्लाबाट बाहिरिने र भित्रिने गाडी बाटोमै रोकिएका छन् ।
पटक–पटक पहिरोका कारण अवरुद्ध हुने यो लोकमार्गमा छोटो दूरीका गाडी समेत सञ्चालन हुन नसक्दा यात्रुले सास्ती भोग्नु परेको छ ।
बिहानैदेखि डिभिजन सडक बैतडी पाटनले पहिरो हटाउने प्रयास गरिरहेको भए पनि अवरुद्ध लोकमार्ग खुलाउन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

