पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिकाको ज्यान गयो
अर्घाखाँची | असार १९, २०८०
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै घरका तीन जना बालबालिकाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
बिहान ५ बजेतिर खसेको पहिरोले पाणिनी गाउँपालिका १ गोवनपानीका गंगा रास्कोटीको घर पुरिँदा उहाँका तीन जना नातिनातिनाको ज्यान गएको हो ।
पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेका अनुसार पहिरोमा परेर १० वर्षका धनबहादुर रास्कोटी, १२ वर्षका खुमबहादुर रास्कोटी र ११ वर्षकी मञ्जु रास्कोटीको ज्यान गएको हो । ज्यान गुमाएका बालबालिका दाजुभाइका छोराछोरी भएका उहाँले बताउनुभयो ।
पहिरोमा पुरिएका अर्का १४ वर्षका बालक सचिन रास्कोटी घाइते भएका छन् । उनको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेका अनुसार सुतिरहेका बेला उनीहरु पहिरोमा परेका हुन् ।
काठमाडौँ: चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...
पोखरा: कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...
पोखरा: कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् । अखिल ने...

