बैंकर डा.मल्लको पुस्तक ‘सफलता सम्भव छ’ पोखरामा लोकार्पण

पाेखरा | असार २३, २०८०

बैंकर डा.मल्लको पुस्तक ‘सफलता सम्भव छ’ पोखरामा लोकार्पण

पोखरा:   बैंकर डा. बुद्धि मल्लको पुस्तक ‘सफलता सम्भव छ’ को पोखरामा आज विमोचन गरिएको छ । सो पुस्तक पोखरेली यूवा साँस्कृतिक परिवारको आयोजनामा गृहलोकापर्ण गरिएको हो ।


शिखा बुक्सले प्रकाशन गरेको उक्त पुस्तक नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति सरुभक्त श्रेष्ठ, पूर्व सदस्य सचिव, बरिष्ठ साहित्कार एब्म संस्कृतिकर्मी तिर्थ श्रेष्ठ, पोखरेली  यूवा साँस्कृतीक परिवारका सल्लाहकार ईश्वरमणी अधिकारी, पोखरेली युवा साँस्कृतिक परिवारका अध्क्षय उपेन्द्र पौडेल र सहित्याकार सरस्वती प्रतिक्षाले एकसाथ बिमोचन गरे ।


कार्यक्रममा पुस्तक माथि चर्चा गर्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति सरुभक्त श्रेष्ठले सफलताको शब्दमाथि चर्चा गरे ।


उनले मानिसको जिवनलाई सफलतापुर्वक बिताउन पुस्तक उपयोगी हुने बताए । अहिले बिभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरु पुस्तक लेखन तर्फ लागेको बताउदै डा.बुद्धि मल्ल पनि एक भएको उनको भनाई थियो ।


बरिष्ठ साहित्यकार संस्कृतिकर्मी तिर्थ श्रेष्ठले सफलता प्राप्तिका उदाहरणहरु दिदै पुस्तक सबैको लागि पठनिय भएको बताए । असफलताहरु सफलताका सपनाहरु भएको उनको भनाई थियो ।


पोखरेली यूवा साँस्कृतिक परिवारका सल्लाहकार ईश्वरमणी अधिकारीले पुस्तकमाथि परिचर्चा एबम् समिक्षा गर्दै पुस्तकमा पढेका, सुनेका भोगेका, नैतिक शिक्षा दिने ४१ ओटा लेखहरु समावेश रहेको बताए । पुस्तक मौलिक कलात्मक भएकोे उनाँको भनाई रहेको थियो ।


लेखक डा. मल्लले पुस्तकमा ऊँटले आफ्नो जीवनको निरन्तरताको लागि घाँटी लामो बनाउन प्रयत्न गरेको देखि संसारका सफल व्यक्तिहरु बिल गेट्स, दि रक, पृथ्वीनारायण शाह, एड्मण्ड हिलारी, मिल्खा सिंह, जिम केरी, झमक कुमारी, हेनरी फोर्ड, दशरथ माझी, ज्याक मां, भगवान गौतम बुद्ध लगायतका हस्तीका जीवनमा घटेका केही प्रेरक प्रसंगहरु उल्लेख गरेर सफलता सम्भव छ भनेर उदाहरण दिने प्रयास गरिएको बताए ।


पोखरेली यूवा साँस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले पोखरेली माझँ पनि पुस्तक बिमोचन आवश्यक ठानेर कार्यक्रम आयोजना गरिएको बताए ।


कार्यक्रममा लेखको परिचय पत्रकार सञ्जयकुमार मल्ले गरेका थिए । पुस्तकको गएको असार २ गते काठमाडौमा समेत बिमोचन गरिएको थियो । पोखरेली यूवा साँस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव डा.चैतन्य अधिकारीले गरेका थिए ।
 

पोखरा ।    पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...

थप पढ्नुहोस्

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्