विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी
काठमाडाैं | असार २४, २०८०
विषालु च्याउ खाँदा डोटीको दिपायल सिलगढी नगरपालिका–५ इन्द्रचोकका ११ जना बिरामी भएका छन् ।
बिरामी भएका सबैलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पताल सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिनुभयो ।
च्याउ खाँदा १८ वर्षीय अनमोल डुरा, ६० वर्षीया गङ्गा डुरा, १४ वर्षीया एलिजा डुरा, ३९ वर्षीय बासु बोगटी, १० वर्षीया मिना बोगटी, १२ वर्षीय सुनिल बोगटी, ४३ वर्षीया सकुन्तला खड्का बिरामी भएका छन् । १२ वर्षीया निशा बोगटी, ३९ वर्षीय बर्मा देवल, ५० वर्षीय बबर देवल र १९ वर्षीय सानु बोगटी पनि बिरामी परेका हुन् ।
यसअघि हिजो दैलेखको महाबु गाउँपालिका–२ डुङ्ग्रीमा जङ्गली विषालु च्याउ खाँदा एकै घरका चार जना बालबालिका बिरामी परेका छन् ।
विषालु च्याउ खाँदा गएको १५ गते ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–७ डाँडागाउँकी २४ वर्षीया कल्पना शर्माको ज्यान गएको थियो । हरेक वर्ष विषालु च्याउ खाँदा झण्डै ३० जनाको ज्यान जान गरेको सरकारी तथ्याङ्क छ ।
स्वास्थ्य मन्त्रालय र विज्ञले जङ्गलमा पाइने च्याउ नखान आग्रह गरेका छन् । जङ्गली च्याउ खाँदा बिरामी पर्ने र ज्यानैसमेत जान सक्ने जोखिम हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ। उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...
पोखरा: बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...
पोखरा: सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा !रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ । नेपाल फोटो पत्र...

