नाटक ‘केस नम्बर ३११’ मञ्चन तयारी पुरा

समसामयिक विषयवस्तु माथि बोल्ने कोसिस

पाेखरा | असार २, २०७९

नाटक ‘केस नम्बर ३११’ मञ्चन तयारी पुरा तस्विर : राजाराम पौडेल



पोखरा :    नाटक ‘केस नम्बर ३११’ मञ्चन तयारी पुरा भएको छ । पोखरा थिएटरको प्रस्तुतिमा तयार भएको यो नाटक असार ३ गते शुक्रबारबाट पोखरा ४ गैह्रापाटनमा रहेको गन्धर्व नाटकघरमा मञ्चन गरिनेछ । असार ११ गतेसम्म मञ्चन हुने नाटकको लेखन तथा निर्देशन पोखरा थिएटरको व्याच ४ र व्याच ५ का प्रशिक्षार्थीले गरेका छन् ।

 

 सहजकर्ताको रुपमा पोखरा थिएटरका अध्यक्ष परिवर्तनले सघाउनुहुनेछ ।  नाटक बुधबार बाहेक हरेक दिन साँझ सवा पाँच बजे मञ्चन गरिनेछ । यसका अलावा शनिबार र आइतबार दिउँसो १ बजे समेत नाटक हेर्न पाइन्छ । यो नाटकको परिकल्पना दिव्य अमृत, दिप्सना विश्वकर्मा, सुशिल बरालले गर्नुभएको हो । 

 

त्यसो त पोखरा थिएटरले स्थापना कालदेखि विभिन्न प्रशिक्षण कार्यक्रम गर्दे आएको छ । हरेक वर्ष ब्याच कक्षाको नाममा ३ महिने अभिनय प्रशिक्षण कार्यक्रम तहाँ हुन्छ । यो प्रशिक्षण पाँचौ व्याचसम्म आइसकेको छ । यी प्रशिक्षण कार्यक्रममा सहभागी बनेका धेरैजना नेपाली रगंमञ्चमा क्रियाशिल छन् । यस्तैमा चौथो र पाँचौ व्याचको समायोजन गरेर यो नाटक तयार पारिएको हो ।

 

नाटकमा न्यायाधीशको भुमिकामा झलक थापा, इजलास अधिकृतको भुमिकामा सुशिल बराल र मनिषा के.सी, सरकारी वकिलको भुमिकामा अदित भुजेल र निजि वकिलको भुमिकामा एलिसा भोगले अभिनय गर्नुहुनेछ ।

 

 यसैगरी कार्यालय सहयोगीको भुमिकामा गोपाल भुषाल, शिखाको भुमिकामा अनामिका रिजाल, जीवनको भुमिकामा प्रतीक राउत, रत्नाको भुमिकामा प्रतिभा रिमाल, छिमेकीको भुमिकामा पाल्मती थापा, प्रहरीको भुमिकामा कमल तामाङ, दिप्सना विश्वकर्मा र सुरज तिवारी तथा मनोचिकित्सको भुमिकामा दिव्य अमृतलाई हेर्न पाइनेछ । नाटकलाई ड्रामाटर्जी गर्न अधिवक्ता एवं लेखक दीपक पराजुलीले साथ दिनुभएको छ ।

 

हिंसाले पिडितमा पार्न सक्ने मानसिक असरलाई चित्रण गर्ने अभिप्रायले समसामयिक विषयमा नाटक तयार पार्न खोजेको निर्देशकत्रयको भनाई छ । नाटक हेरिसकेपछि महिला हिंसा र मनोविज्ञानका सम्बन्धमा नयाँ अवधारणा बन्ने उहाँहरुको आशा छ । पोखरा थिएटरमा पहिलो पटक इम्प्रोभाइजेस्नल विधिबाट नाटक तयार पारिएको उहाँहरुको दावी छ । 

 

तीन महिना लामो अभिनय प्रशिक्षण पश्चात् नाटक तयार हुन लागेको तथा नाटकले गम्भीर मानसिक स्वास्थ्यको विषयलाई उठान गरेको कारण दर्शकको माया पाउने सहजकर्ता एवं पोखरा थिएटरका अध्यक्ष परिवर्तनको विश्वास छ ।
‘नाटकमा महिलामाथि हुने घटना र घटनाले पार्ने मानसिक असरलाई नयाँ तरिकाले प्रस्तुत गर्ने कोशिस गरेका छौं । यो नाटकले मूलतः डिसोसियटिभ आइडेन्टीटी डिसअर्डरको खोजि गर्न प्रेरित गरेको छ’ उहाँले भन्नुभयो । 

 

नाटकमा १९ वर्षिय शिखाले भोगेको हिंसा र हिंसाको कारण उत्पन्न मानसिक अवस्थालाई गहन ढंगले प्रस्तुत गरिनेछ । जसका कारण दर्शकले नयाँपन पाउने उहाँको भनाई छ । ‘हामीलाई समसामायिक विषयवस्तु माथि कम नाटक बनाइरहको आरोप लागिरहको बेला यस पटक हामीले समसामयिक विषयवस्तु माथि बोल्ने कोसिस गरेका छौं । आशा छ हाम्रो कोसिसमा यहाँहरुको साथ मिल्ने छ’ परिवर्तनले  थप्नुभयो ।

 

पोखरा थिएटरको प्रस्तुतिमा श्रावण दोस्रो सातादेखि कक्षा नौ को पाठ्यक्रममा समावेश ‘भविष्य निर्माण’ कथामा आधारित नाटक मञ्चन गर्ने समेत तय भएको थिएटरले जनाएको छ ।

 


 

चितवन:   चितवन– पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । घटनामा १८ जना घाइते भएका छन् । चितवनका प्रहरी प्रमुख गोव...

थप पढ्नुहोस्

काठमाडौं: आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन मनाउने गरिन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय ...

थप पढ्नुहोस्

नवलपरासी:  पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक खण्डबाट आवतजावत गर्न समस्या भएको छ । वर्षासँगै बढेको विनयी खोलाको बाढी र दाउन्ने क्षेत्रमा सडक हिलाम्मे...

थप पढ्नुहोस्