नाटक ‘केस नम्बर ३११’ मञ्चन तयारी पुरा
समसामयिक विषयवस्तु माथि बोल्ने कोसिस
पाेखरा | असार २, २०७९
तस्विर : राजाराम पौडेल
पोखरा : नाटक ‘केस नम्बर ३११’ मञ्चन तयारी पुरा भएको छ । पोखरा थिएटरको प्रस्तुतिमा तयार भएको यो नाटक असार ३ गते शुक्रबारबाट पोखरा ४ गैह्रापाटनमा रहेको गन्धर्व नाटकघरमा मञ्चन गरिनेछ । असार ११ गतेसम्म मञ्चन हुने नाटकको लेखन तथा निर्देशन पोखरा थिएटरको व्याच ४ र व्याच ५ का प्रशिक्षार्थीले गरेका छन् ।
सहजकर्ताको रुपमा पोखरा थिएटरका अध्यक्ष परिवर्तनले सघाउनुहुनेछ । नाटक बुधबार बाहेक हरेक दिन साँझ सवा पाँच बजे मञ्चन गरिनेछ । यसका अलावा शनिबार र आइतबार दिउँसो १ बजे समेत नाटक हेर्न पाइन्छ । यो नाटकको परिकल्पना दिव्य अमृत, दिप्सना विश्वकर्मा, सुशिल बरालले गर्नुभएको हो ।
त्यसो त पोखरा थिएटरले स्थापना कालदेखि विभिन्न प्रशिक्षण कार्यक्रम गर्दे आएको छ । हरेक वर्ष ब्याच कक्षाको नाममा ३ महिने अभिनय प्रशिक्षण कार्यक्रम तहाँ हुन्छ । यो प्रशिक्षण पाँचौ व्याचसम्म आइसकेको छ । यी प्रशिक्षण कार्यक्रममा सहभागी बनेका धेरैजना नेपाली रगंमञ्चमा क्रियाशिल छन् । यस्तैमा चौथो र पाँचौ व्याचको समायोजन गरेर यो नाटक तयार पारिएको हो ।
नाटकमा न्यायाधीशको भुमिकामा झलक थापा, इजलास अधिकृतको भुमिकामा सुशिल बराल र मनिषा के.सी, सरकारी वकिलको भुमिकामा अदित भुजेल र निजि वकिलको भुमिकामा एलिसा भोगले अभिनय गर्नुहुनेछ ।
यसैगरी कार्यालय सहयोगीको भुमिकामा गोपाल भुषाल, शिखाको भुमिकामा अनामिका रिजाल, जीवनको भुमिकामा प्रतीक राउत, रत्नाको भुमिकामा प्रतिभा रिमाल, छिमेकीको भुमिकामा पाल्मती थापा, प्रहरीको भुमिकामा कमल तामाङ, दिप्सना विश्वकर्मा र सुरज तिवारी तथा मनोचिकित्सको भुमिकामा दिव्य अमृतलाई हेर्न पाइनेछ । नाटकलाई ड्रामाटर्जी गर्न अधिवक्ता एवं लेखक दीपक पराजुलीले साथ दिनुभएको छ ।
हिंसाले पिडितमा पार्न सक्ने मानसिक असरलाई चित्रण गर्ने अभिप्रायले समसामयिक विषयमा नाटक तयार पार्न खोजेको निर्देशकत्रयको भनाई छ । नाटक हेरिसकेपछि महिला हिंसा र मनोविज्ञानका सम्बन्धमा नयाँ अवधारणा बन्ने उहाँहरुको आशा छ । पोखरा थिएटरमा पहिलो पटक इम्प्रोभाइजेस्नल विधिबाट नाटक तयार पारिएको उहाँहरुको दावी छ ।
तीन महिना लामो अभिनय प्रशिक्षण पश्चात् नाटक तयार हुन लागेको तथा नाटकले गम्भीर मानसिक स्वास्थ्यको विषयलाई उठान गरेको कारण दर्शकको माया पाउने सहजकर्ता एवं पोखरा थिएटरका अध्यक्ष परिवर्तनको विश्वास छ ।
‘नाटकमा महिलामाथि हुने घटना र घटनाले पार्ने मानसिक असरलाई नयाँ तरिकाले प्रस्तुत गर्ने कोशिस गरेका छौं । यो नाटकले मूलतः डिसोसियटिभ आइडेन्टीटी डिसअर्डरको खोजि गर्न प्रेरित गरेको छ’ उहाँले भन्नुभयो ।
नाटकमा १९ वर्षिय शिखाले भोगेको हिंसा र हिंसाको कारण उत्पन्न मानसिक अवस्थालाई गहन ढंगले प्रस्तुत गरिनेछ । जसका कारण दर्शकले नयाँपन पाउने उहाँको भनाई छ । ‘हामीलाई समसामायिक विषयवस्तु माथि कम नाटक बनाइरहको आरोप लागिरहको बेला यस पटक हामीले समसामयिक विषयवस्तु माथि बोल्ने कोसिस गरेका छौं । आशा छ हाम्रो कोसिसमा यहाँहरुको साथ मिल्ने छ’ परिवर्तनले थप्नुभयो ।
पोखरा थिएटरको प्रस्तुतिमा श्रावण दोस्रो सातादेखि कक्षा नौ को पाठ्यक्रममा समावेश ‘भविष्य निर्माण’ कथामा आधारित नाटक मञ्चन गर्ने समेत तय भएको थिएटरले जनाएको छ ।
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

