जानकी माविमा वन विज्ञानको पढाई सञ्चालन

पाेखरा | असार २८, २०८०

जानकी माविमा वन विज्ञानको पढाई सञ्चालन

पोखरा:    पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यमिक विद्यालयमा तीन बर्षे वन विज्ञानको पढाई सञ्चालन गरिएको छ । गण्डकी बहुप्राविधिक शिक्षालयको सहकार्य र सिटिइभिटीको अनुमतिमा गत बर्षदेखि उक्त पढाईका कक्षा सञ्चालन गरिएको हो ।


पहिलो बर्षमा १६ जना विद्यार्थी र आठ जना शिक्षक शिक्षिक अध्ययन अध्यापन भई रहेको छ । उक्त बिषयमा पढाई सञ्चालन गर्ने जानकी जिल्लामा पहिलो भएको वन विज्ञान संयोजक शंकर भण्डारीले दावी छ । 


उहाँका अनुसार विद्यालयको नयाँ भवनमा सञ्चालन गरिएको प्रभावकारी र गुणस्तर बनाउनका लागि पोखरा महानगरपालिकाको २२ लाख ५० हजार रुपैयाको आर्थिक सहयोगमा प्रयोगशाला स्थापना गरि सञ्चालन गरिएको छ । 


तीन बर्षे डिप्लोमा तहको उक्त पढाईको लागि प्रति विद्यार्थीबाट एक लाख २५ हजार शुल्कको व्यवस्था गरिएको बताउँदै उहाँले भन्नुभयो, विद्यार्थीले उक्त रकम मध्ये पहिलो बर्ष ४० प्रतिशत र दोश्रो र तेश्रो बर्षमा ३०। ३० प्रतिशतका दरले शुल्क बुझाउनु पर्ने छ । 


विद्यालयले लिने प्रवेश परिक्षामा सर्वोत्कृष्ठ अंक ल्याउने एक जना विद्यार्थीलाई वहुप्राविधिक शिक्षालय  एवम् पोखरा महानगर, सिटिभिटी र पोखरा १७ वडा कार्यालयबाट पनि छात्रबृत्तिको व्यवस्था भएको उहाँले जानकारी दिनुभयो । 


वन विज्ञान अध्ययनका लागि विद्यालयले प्रत्येक बर्ष ४० जना विद्यार्थी भर्ना गर्न पाउने अनुमति प्राप्त गरेको छ ।


वन विज्ञान बिषयलाई गुणस्तरीय र थप प्रभावकारी बनाउनका लागि सोही स्थानको भित्री गाउँमा रहेको खेल मैदानमा सुविधा सम्पन्न पक्कि भवन निर्माण भई रहेको विद्यालयका प्रधानाध्यापक अर्जुन कडेलले जानकारी दिनुभयो ।


राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ५० लाखको लागतमा निर्माणाधिन दुई तल्ले चारकोठे उक्त भवनमा वन विज्ञानका दोश्रो र तेश्रो बर्षका कक्षा सञ्चालन गर्ने  कार्यक्रम रहेको उहाँको भनाई छ । विद्यालयमा हाल ३५० जना विद्यार्थी अध्ययनरत छन् । 


सामुदायिक विद्यालयले पछिल्लो समय शैक्षिक गुणस्तर कायम गर्दै प्राविधिक बिषयको पढाईलाई जोड दिदै आएका छन् । 


रुचि भएर पनि पाएक पर्ने स्थानमा कक्षा सञ्चालन नहुँदा प्राविधिक शिक्षाबाट बञ्चित विद्यार्थीका लागि सामुदायिक विद्यालयमा बिभिन्न बिषयका प्राविधिक कक्षा सञ्चालन भएपछि  विद्यार्थीका लागि  वरदान सावित भएको छ  ।     

    

 
 

काठमाडौं:  त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ।  मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदै बिदामा कटौती गर्नेगरी...

थप पढ्नुहोस्

काठमाडौं:   देशभर बिहीबार साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदे...

थप पढ्नुहोस्

काठमाडौं:   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ ।  मन्त्रालयका सचिव डा. विकास देव...

थप पढ्नुहोस्