मनाङ एयरको दुर्घटनापछि हेलिकप्टर उडानमा नयाँ नियम
काठमाडाैं | असार २८, २०८०
काठमाडौं: मंगलबार सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर उडानमा नयाँ नियम ल्याएको छ ।
यस अनुसार अब मनसुन अवधिभर हेलिकप्टरले हिमालमा उडान गर्न पाउने छैनन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले सेप्टेम्बर २०२३ सम्म माउण्टेन उडान, सिलिङ उडान र पुष्पवृष्टि गर्न रोक लगाएको छ ।
प्राधिकरणले हेलिकप्टरको उडान सञ्चालन अनुमति दिँदा प्रस्थान विन्दु वा अवतरण विन्दुमध्ये कम्तीमा एक स्थान विमानस्थल हुनुपर्ने समेत नियम ल्याएको छ । हेलिकप्टरको उडानसम्बन्धी हाल विमानस्थलमा भइरहेको अनुमति दिने काम मनसुन (सेप्टेम्बर २०२३) भर साप्ताहिक रुपमा समीक्षा गरी प्राधिकरणको प्रधान कार्यालयबाटै प्रदान गर्ने निर्णय समेत भएको छ ।
प्राधिकरणले हेलिकप्टर तथा स्टल विमानस्थल (सानो धावनमार्ग भएका हिमाल र पहाडका विमानस्थल)मा हुने दैनिक उडानलाई नियमित सुपरिवेक्षण समेत प्राधिकरणले गर्ने भएको छ । यसका लागि अब एक कमिटिले काम गर्ने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सेयर सदस्य (लगानीकर्ता)का रुपमा हेलिकप्टर कम्पनीमा संलग्न भएर पाइलटको काम समेत गरिरहेकाहरुलाई व्यावसायिक उडानमा रोक लगाउने निर्णय गरेको छ ।
मंगलबार सोलुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा चालकसहित ६ जनाको मृत्यु भएको थियो । यो हेलिकप्टर माउन्टेन फ्लाइटका लागि सो क्षेत्रमा पुगेको थियो । त्यसअगाडी संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हाइड्रोपावरको सामान ओसार्ने क्रममा भएको थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

