एपिएफलाई हराउँदै पुलिस क्बल प्रधानमन्त्री कपको फाइनलमा
काठमाडाैं | असार २९, २०८०
काठमाडौं: काठमाडौंमा जारी सातौं प्रधानमन्त्री कप एनभिए राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा पुलिसले एपिएफलाई २५–२२, २५–१३ र २५–१५ को सहज जीत निकाल्यो ।
हेल्प नेपाल ५ खेलमा अपराजित रहँदै १३ अंकका साथ दोस्रो स्थानमा छ ।
त्रिभुवन आर्मी क्लब ५ खेलमा ४ मा जित र १ मा हारसहित ११ अंकका साथ तेस्रो स्थानमा छ । आर्मी र हेल्प नेपालबीच ५ बजे खेल हुनेछ । उक्त खेलमा हेल्प नेपाल विजयी भएमा स्वत फाइनलमा पुग्नेछ ।
आर्मी फाइनलमा पुग्न ३–१ को सेटको जित हात पार्नुपर्ने हुन्छ । महिलातर्फ पुलिस शीर्ष र एपिएफ दोस्रो स्थानमा हुँदै फाइनलमा पुगेका छन् । महिला र पुरुष दुबैतर्फको फाइनल शनिबार हुनेछ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

