कनकाई नगरपालिकामा सुर्तीजन्य पदार्थ बेच्नेलाई ५० हजार रुपैयाँ जरिबाना

झापा | असार ३१, २०८०

कनकाई नगरपालिकामा सुर्तीजन्य पदार्थ बेच्नेलाई ५० हजार रुपैयाँ जरिबाना

झापा: झापाको कनकाई नगरपालिकाले सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

 

नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागू हुनेगरी सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो । सार्वजनिक ठाउँमा सुर्तीजन्य पदार्थ बिक्री गरे ५० हजार रुपैयाँसम्म जरिबाना गराइने नगरपालिकाले जनाएको छ । 

 

नगरसभाबाटै यस्तो निर्णय गरिएको मेयर राजेन्द्रकुमार पोखरेलले बताउनु भयो । ुमानव स्वास्थ्य र वातावरणीय हिसाबले धेरै हानिकारक देखिएकाले सुर्तीजन्य पदार्थमा प्रतिबन्ध गर्ने गरी काम थालेका हौँ, उहाँले भन्नुभयो, भोलिदेखि निर्णय कार्यान्वयनको चरणमा जान्छ, सबैलाई नगरपालिकाको निर्णय मान्न आग्रह गर्दछु । 

 

नगरपालिकालाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा आफूहरु लागेको उहाँले बताउनु भयो । चुरोट, खैनी, गुट्खालगायतका सुर्तीजन्य पदार्थका कारण नगर कुरुप बनेको पोखरेलले बताउनु भयो । ुबाटोमा यत्रतत्र गुट्खाको खोल देखिन्छु, उहाँले भन्नुभयो, ुयसले नगरको सुन्दरतामा असर पर्नुका साथै फोहर व्यवस्थापनसमेत चुनौती थपिएको छ ।

 

कसैले अटेर वा बेवास्ता गरे नगरको ऐनबमोजिम बिक्रीवितरणकर्तालाई अधिकतम ५० हजार रुपैयाँ जरिबाना गरिने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

 

यस्तै, प्रयोगकर्ताको हकमा भने अधिकतम पाँच हजार रुपैयाँ जरिबाना तोकिएको छ । सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने विषयमा नगरका राजनीतिक दलले साथ दिएका छन् । 

पाेखरा :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ ।   तस्बिरहरू:-     ...

थप पढ्नुहोस्

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्