रास्वपाको विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडाैं | असार ३१, २०८०

रास्वपाको विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं:     राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले विधेयक पेश गर्ने प्रक्रिया नमिलेको भन्दै नियमापत्ति गरेपछि प्रतिनिधिसभाको बैठकमा केहीबेर अवरोध सिर्जना भएको छ । कानूनमन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पेश गर्ने क्रममा निर्णयार्थ पेश नभएको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नियमापत्ति गरेका थिए ।


त्यसबीचमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई आफ्नो धारणा राख्न सभामुख देवराज घिमिरले समय दिए पनि रास्वपा र राप्रपाका सांसदहरू उठेर आपत्ति जनाएपछि अवरोध भएको हो ।


सभामुखले पटकपटक आग्रह गर्दा पनि सांसदहरू नबसेपछि सभामुखले विधेयक पेश गर्ने प्रक्रियाबारे नियमावलीको व्यवस्था सुनाउँदै सभामुखको घोषणा नै अन्तिम हुने जानकारी गराएका छन् ।


रास्वपा सांसदहरु सिटबाट उठेर वेल घेर्न आएका थिए, सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्