एसिया कपमा नेपालले आज भारतको ‘ए’ टोलीसँग खेल्दै

काठमाडाैं | साउन १, २०८०

एसिया कपमा नेपालले आज भारतको ‘ए’ टोलीसँग खेल्दै तस्बिर: क्यान

काठमाडौं:    एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज भारतको ‘ए’ टोलीसँग खेल्दैछ ।


खेल नेपाली समय अनुसार दिउँसो सवा दुई बजे श्रीलङ्काको आर प्रेमदासा रङ्गशालामा हुनेछ । नेपालको रोहित पौडेल र भारतको यश धुलले कप्तानी गर्नेछन् । नेपाल शुक्रवार भएको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको थियो ।


त्यस्तै, भारतले यूएई ‘ए’ लाई ८ विकेटले हराएको थियो । तेस्रो खेलमा नेपालले पर्सि यूएईको ‘ए’ टोलीसँग खेल्नेछ । नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा यूएई, पाकिस्तान र भारतको ‘ए’ टोली छन् ।


त्यस्तै, समूह ‘ए’ मा श्रीलङ्का, बङ्लादेश, अफगानिस्तान र ओमानका ‘ए’ टोली छन् । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल साउन ७ गते हुनेछ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्