इटहरीले रद्द गर्यो छात्रवृत्ति विवरण बुझाउन अटेरी गर्ने दुइटा स्कुलको अनुमति
इटहरी | साउन ८, २०८०
इटहरी उपमहानगरपालिकाले छात्रवृत्ति विवरण नबुझाउने दुइटा निजी स्कुलको अनुमति रद्द गरेको छ।
इटहरी-१० मा रहेको इटहरी नमूना स्कुलु र ६ नम्बर वडामा रहेको इटहरी चिल्ड्रेन स्कुलु को अनुमति रद्द गरिएको मेयर हेमकर्ण पौडेलले जानकारी दिए।
प्रचलित शिक्षा ऐन र नियमावलीमा भएको व्यवस्था बमोजिम छात्रवृत्ति वितरणको विवरण पेस गर्न लिखित पत्राचार गरे पनि अटेर गरेपछि अनुमति रद्द गरिएको उनले बताए।
२०८० असार २९ को नगर शिक्षा समितिको बैठकले समयमा छात्रवृत्तिको विवरण नबुझाउने स्कुलको अनुमति रद्द गर्ने निर्णय गरेको थियो। त्यसअघि, असार २१ गतेको बैठकले तोकिएको समय सीमाभित्र विवरण नबुझाउने स्कुललाई एक लाख रूपैयाँ जरिवाना तोकेको थियो। जरिवाना पनि नबुझाएपछि उपमहानगरपालिकाले दुइटा स्कुलको अनुमति रद्द गरेको हो।
इटहरी नमूना स्कुलले कक्षा ६ सम्मको अनुमति लिएको थियो भने इटहरी चिल्ड्रेन स्कुलले कक्षा १० सम्मको अनुमति लिएको थियो। उपमहानगरले अनुमति रद्द गरेको पत्र आइतबार सम्बन्धित स्कुलहरूलाई पठाएएको छ।
अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन(२०७५ अनुसार संस्थागत विद्यालयहरूले विद्यार्थी संख्याको अनुपातमा छात्रवृत्ति प्रदान गर्नुपर्ने व्यवस्था छ। नियमानुसार छात्रवृत्ति प्रदान गरेको विवरण स्थानीय सरकार समक्ष बुझाउनुपर्छ। नियमअनुसार पाँच सय जनासम्म विद्यार्थी हुने स्कुलले १० प्रतिशतलाई अनिवार्य छात्रवृत्ति दिनुपर्छ।
त्यस्तै पाँच सयदेखि आठ सय जनासम्म विद्यार्थी हुनेले १२ प्रतिशत र आठ सयभन्दा माथि हुनेले १५ प्रतिशतलाई छात्रवृत्ति दिनुपर्ने कानुनी प्रावधान छ। बाल कक्षादेखि कक्षा १२ सम्मकै हकमा यो नियमअनुसार छात्रवृत्ति दिनुपर्ने हुन्छ।
गण्डकी: गत कात्तिकमा ३५ हजार ९५२ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०भित्र पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो । विसं २...
पोखरा: पोखरामा १४ औं युरोपेली संघ चलचित्र महोत्सव मंसिर ६ र ७ गते हुने भएको छ। क्युएफएक्स ट्रेड मलमा हुने महोत्सवमा युरोपका विख्यात फिल्मकर्मी, बेलायतका बाफ्टा–मनोनित सर्जक तथा उदीयमान...
काठमाडौं: पाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको मूल्यले उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको हो । महासंघले बिहीबार सुनको मू...

