महिलालाई जंगलमा लगे, कुटपिट गरे अनि भागे सन्तबहादुर
पाेखरा | साउन ८, २०८०
पोखरा: कास्की प्रहरीले एक जनालाई महिलालाई कुटपिट गरेको आरापमा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ बेनीघाट रोराङ गाउँपालिका १० डुंगेका २५ वर्षीय दिपेन गुरुङ भनिने सन्त बहादुर मगर रहेका छन् ।
उनले गत जेठ ५ गते राती करिब १० बजे पोखरा महानगरपालिका १८ गुफाडाँडा स्थित झाँडीमा एक महिलालाई गम्भीर घाइते हुनेगरी कुटपिट गरी फरार थिए ।
फरार रहेका सन्तबहादुरलाई नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले आफ्नै घरबाट आइतबार पक्राउ गरेको हो ।
कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी श्रवण कुमार बिकका अनुसार सन्तबहादुरले महिलाको ४ हजार मोवाइल लुटेर फलामको हथौडा तथा धारिलो हतियार चक्कुसमेत प्रहार गरेका थिए । त्यसपछि ति महिलालाई झाँडीमा फालेर फरार थिए ।
पक्राउ परेका सन्तबहादुरलाई कास्की जिल्ला अदालतबाट कुटपिट वा अंगभंग सम्बन्धी कसुर मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

