फलोअप: छिमेकी थिए 'ग्याङ फाइट' गर्ने युवतीहरु

पिकनिकमा निगार खाएको खुलासा

सुनसरी | साउन ८, २०८०

फलोअप: छिमेकी थिए 'ग्याङ फाइट' गर्ने युवतीहरु

सुनसरी:   सुनसरीको बराहक्षेत्र नगरपालिका– १० स्थित सप्तकोशी नदी किनारमा गत २९ गते शुक्रबार युवतीहरूबीच भएको ‘ग्याङ फाइट’को भिडियो भाइरल बन्यो ।

 

त्यसपछि कुटपिटमा संलग्न पाँचै जनालाई सुनसरी प्रहरीले अहिले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । 

 

यसैबीच ग्याङ फाइट गर्ने उनीहरु छिमेकी रहेको र पिकनिकको बेला मादक पदार्थ (निगार) सेवन गरेकोसमेत अनुसन्धानमा खुलेको छ । 

 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक एसपी प्रभु ढकालका अनुसार सोही समयमा ब्याइफ्रेण्डको विषयलाई लिएर एक समूहले अर्काे समूहलाई कुटेको प्रहरीको अनुसन्धान बाट खुलेको हो ।

 

‘८ जना नै छिमेकी रहेछन्, मिलेर पिकनिक खान आएको देखियो,’ एसपी ढकालले भने, ‘पिकनिक खाइसकेपछि झगडा हुँदा ५ जनाले ३ जनालाई कुटेका रहेछन् ।’

 

त्यसपछि सुनसरी प्रहरीले पाँचै जनालाई पक्राउ गरिसकेको छ । 

 

पक्राउ पर्नेहरुमा सुनसरीको बराहक्षेत्र नगरपालिका– १० भुजेल टोलकी १९ वर्षिया प्रीति लिम्बू, बराहक्षेत्र– ८ सैनिक टोलकी १८ वर्षीया दुर्गा राई, २२ वर्षिया विनिता उराव, बराहक्षेत्र– ९ की १९ वर्षीया सञ्जिता राई र निहाङ राई छन् ।

 

ति पाँच जनाको कुटाइ खाएका अर्काे समुहको तीन जनाले घटना गुपचुप राखेको एसपी ढकालले बताए । 

 

‘ग्याङ फाइटपछि सबै मिलेर घर गएको प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ ढकालले भने, ‘एक स्थानीयले भिडियो खिचेर सामाजिक सञ्जाल फेसबुकमा हालेपछि परिवारका सदस्यले थाहा पाएर जाहेरी परेको हो ।’

 

पक्राउ परेका उनीहरूलाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
 

पोखरा:    कास्की प्रहरीले पोखरा १७  ड्यामसाइडबाट ११ जनालाई जुवाखालबाट पक्राउ गरेको छ ।   जुवा खेल्ने र खेलाउने गरी ११ जनालाई नगद ३ लाख ४६ हजार ९ सय ६५ रुपैयाँसहित शनिबार पक्राउ ...

थप पढ्नुहोस्

पाल्पामा भएको टिप्पर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।   शनिबार राति पाल्पाको माथागढी–७, रहबासमा लु २ ख ४५२५ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । &nbs...

थप पढ्नुहोस्

मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । &nbs...

थप पढ्नुहोस्