निलम्बित डिएसपी ठगबहादुरलाई बर्खास्त गर्न गृहमा सिफारिस

काठमाडाैं | साउन ८, २०८०

निलम्बित डिएसपी ठगबहादुरलाई बर्खास्त गर्न गृहमा सिफारिस

काठमाडौं:   सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई बर्खास्त गर्न सिफारिस गरेको छ ।

 

प्रहरी प्रधान कार्यालय, नक्सालले आन्तरिक छानबिनबाट गम्भीर आचरण उल्लंघन गरेर प्रहरी ऐन विपरितको कार्य गरेको देखिएको भन्दै जागिरबाट हटाउन गृह मन्त्रालयसमक्ष सिफारिस गरेको हो ।

 

केन्द्रीय प्रहरी प्रवक्ता डिआईजी कुवेर कडायतका अनुसार, प्रहरी प्रधान कार्यालयबाट भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी पत्र गइसकेपनि गृहबाट निर्णयबारे जानकारी आइसकेको छैन ।

 

बुटवलमा रहँदा डीएसपी केसीको निवासबाट प्रहरीले ३५ तोला सुन, ८ लाख ५० हजार रुपैयाँ नगद, ९ लाख ५० हजार रुपैयाँको चेक लगायत बरामद गरेको थियो ।

 

लगत्तै छानबिनका लागि तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको थियो ।

पोखरा:    कास्की प्रहरीले पोखरा १७  ड्यामसाइडबाट ११ जनालाई जुवाखालबाट पक्राउ गरेको छ ।   जुवा खेल्ने र खेलाउने गरी ११ जनालाई नगद ३ लाख ४६ हजार ९ सय ६५ रुपैयाँसहित शनिबार पक्राउ ...

थप पढ्नुहोस्

पाल्पामा भएको टिप्पर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।   शनिबार राति पाल्पाको माथागढी–७, रहबासमा लु २ ख ४५२५ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । &nbs...

थप पढ्नुहोस्

मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । &nbs...

थप पढ्नुहोस्