युरोपका नेपालीको समस्या समाधानमा लाग्छु: प्रधानमन्त्री
काठमाडाैं | साउन ८, २०८०
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युरोपमा रहेका नेपालीहरूको समस्या समाधान गर्न आफू लागिपर्ने बताउनुभएको छ ।
सोमबार रोममा नेपाली जनप्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्यान्डका प्रतिनिधिहरूसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्रीको निजी सचिवालयले अनुसार भेटमा प्रधानमन्त्रीले युरोपमा रहेका नेपालीहरूको समस्या समाधान गर्न आफू लागिपर्ने र देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा सरकार अघि बढेको जानकारी दिनुभयो ।
साथै प्रधानमन्त्री प्रचण्डले ठूलाठूला भ्रष्टाचार र तस्करीलाई कारबाही गर्न सरकारले अठोट लिएकाले राष्ट्र निर्माणमा तपाईँहरूको साथ आवश्यक रहेको बताउनुभयो ।
यसैगरी, सो अवसरमा नेपाल सरकारले गरेका कामले विदेशमा भएका नेपालीहरूमा देश बन्ने भो भन्ने आत्मविश्वास बढेको र त्यसका लागि प्रधानमन्त्रीलाई बधाई दिनुका साथै आफूहरू साथमा रहने प्रतिबद्धता प्रतिनिधिहरूले जनाउनुभयो ।
कार्यक्रमको सुरुमा प्रधानमन्त्रीकी जीवनसङ्गिनी स्व। सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

