पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

पोखरा: तमु साँस्कृतिक प्रतिष्ठान नेपालले पोखरामा बिहिवारदेखि एक महिने तमु जातिको लोपोन्मुख नृत्य छ्याँडु प्रशिक्षण शुरु गरेको छ।   उच्च शिक्षा हाम्रो लक्ष्य नाराका साथ क्रियाशिल तमु साँस्कृतिक प्रतिष्ठानले गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा प्रशिक्षक प्रशिक्षण शुरु गरेको हो।   पोखरा ११ शक्तिघाटस्थित तमु प्ये ल्हु संघमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्यबहादुर खड्का विखर्चीले त्हुँदु र प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङले छ्ेँले बजाएर प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।   कार्यक्रमका प्रमुख अतिथि कुलपति विखर्चीले गण्डकीको कला, सँस्कृति संरक्षण र विकासका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानले सक्दो पहल र समुदायहरुसँग सक्दो सहकार्य गर्ने बताउनुभयो। उहाँले गण्डकी प्रदेश तमु जातिको आदिम थलो भएकाले तमु समुदायका कला, सँस्कृति, साहित्य संरक्षण, विकासका लागि प्रतिष्ठानले विशेष प्राथमिकता दिने बताउनुभयो। तमु समुदायको लोपोन्मुख छ्याँडु नृत्यको संरक्षणका लागि प्रशिक्षण उत्पादन गर्ने उद्धेश्यका साथ एक महिने प्रशिक्षक प्रशिक्षण र्काक्रममा प्रतिष्ठानले सहकार्य गरेको बताउनुभयो।   शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमुले प्रशिक्षण कार्यक्रम उपलब्धिमुलक हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले गण्डकी प्रज्ञा प्रतिष्ठानले गण्डकी प्रदेशको विशेष जनसमुदाय तमु जातिको कला, सँस्कृति, साहित्य, गीत संगीत क्षेत्रलाई प्रथामिकताका साथ योजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो।   तमु प्ये ल्हु संघ केन्द्रिय अध्यक्ष हितकाजी तमुले एक महिने प्रशिक्षणले तमुहरुको लोपोन्मुख छ्याँडु नृत्य संरक्षणमा विशेष योगदान पुर्याउने भन्नुहुदै गण्डकी प्रज्ञा प्रतिष्ठानले तमु समुदायका लोपोन्मुख सँस्कृति संरक्षणमा निरन्तर सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।   तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रथम उपाध्यक्ष श्रीजंग तमुले प्रशिक्षण कार्यक्रमको उद्धेश्यको बारेमा जानकारी गराउनुहुदै स्वागत र सचिव कञ्चन तमुले संचालन गर्नुभएको थियो। कार्यक्रममा विभिन्न समाजहरुबाट उपस्थित छ्याँडु गुरुले छ्याँडु प्रस्तुत गर्नुभएको थियो।   शुक्रवार विहानदेखि नियमित एक महिने प्रशिक्षक प्रशिक्षणमा तीस भन्दा बढी प्रशिक्षार्थीहरुको सहभागीता रहने प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर तमुले जानकारी दिनुभयो।      

पोखरा:  भक्तिगोविन्द भागवत श्री अध्ययन प्रतिष्ठानको आयोजनामा पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिरमा यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ (सप्ताह) हुने भएको छ ।   प्रतिष्ठानद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बैदिक सनातन भागवत धर्म र संस्कृतिको संरक्षणार्थ भागवत जयन्तीको अवसर पारी ख्यातीप्राप्त कथावाचक ईश्वरकृष्ण महाराजबाट भागवत कथा वाचन गरिने प्रष्ठिानका उपाध्यक्ष विष्णुुप्रसाद पौडेलले जानकारी दिनुुभयो ।    भावगत जयन्तीकै अवसरमा असोज ६ गते प्रतिष्ठानद्वारा    गुरुकुल संस्कृत मा.वि. तह(कक्षा ९–१२) गण्डकी प्रदेशस्तरीय भागवत वाचन प्रतियोगिता समेत गर्न लागिएको सल्लाहकार माधवशरण उपाध्यायाले जानकारी दिनुुभयो । प्रतियोगितामा स्तुतिप्रकरण, गद्यप्रकरण र शलाका माध्यमद्वारा सम्पूर्ण भागवत अन्तर्गत वाचन गर्नुपर्ने व्यवस्था गरिएको छ । उहाँका अनुसार स्तुतिप्रकरणमा वेदस्तुति दशमस्कन्धको ८७ अध्याय, भीष्मस्तुति प्रथमस्कन्धको ९ अध्याय र रासपञ्चाध्यायी दशमस्कन्धको २९, ३०, ३१, ३२ र ३३ अध्याय निर्धारण गरिएको छ । त्यस्तै गद्यप्रकरणमा भरतोपाख्यान पञ्मस्कन्धको ७, ८ र ९ अध्याय तोकिएको छ ।   भागवत वाचनको यति, गति, लय, शुद्धाशुद्धी र स्पष्टतालाई आधार मानिएको जानकारी गराउँदै उहाँले प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ११ हजार, सात हजार ५००, पाँच हजार र तीन हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको बताउनुुभयो । प्रतिष्ठानका सल्लाहकार एवम् राधाकृष्ण मन्दिरका पीठाधिश प्राज्ञ मुकुन्दशरण उपाध्यायले बेद, गीता जस्ता धार्मिक ग्रन्थहरू नेपालमा नै लेखिएको कुरालाई हामीले प्रचारप्रसार गर्न नसकेको बताउनुुभयो । हाम्रा मौलिक संस्कार र संस्कृतिको जगेर्ना गर्नु अपरिहार्य भएको बताउँदै उहाँले ज्ञानमहायज्ञमा कथा श्रवण गरी लाभान्वित बन्न सबैलाई आग्रह गर्नुभयो ।  प्रतिष्ठानका सल्लाहकार एवम् राधाकृष्ण मन्दिरका सह अध्यक्ष गणेशबहादुर खत्रीले प्रतिष्ठानले गर्न लागेको श्रीमद्भागवत् महापुुराण ज्ञानमहायज्ञ (सप्ताह) कुनै आर्थिक संकलनको उद्देश्यका साथ नभएको स्पष्ट पार्नुुभयो । महायज्ञका क्रममा भक्तजनबाट स्वतस्फुर्त प्राप्त भएको दान तथा सहयोग भने राधाकृष्ण मन्दिर, गुरुकुल आदिका लागि खर्च गरिने उहाँले जानकारी दिनुुभयो । प्रतिष्ठानका अध्यक्ष भक्ति अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रामचन्द्र सिग्देलले गर्नुुभएको थियो भने स्वागत उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गर्नुभएको थियो ।   ज्ञान महायज्ञका लागि गठित उपसमितिमा अतिथि तथा मञ्च व्यवस्थापनतर्फ विष्णुुप्रसाद पौडेल, प्रचारप्रसारतर्फ रामचन्द्र सिग्देल, आवाश तथा प्रसाद व्यवस्थापनतर्फ घनश्याम खनाल र अर्थ व्यवस्थापनतर्फ शिशुकला पौडेल संयोजक रहनुुभएको छ ।  

काठमाडौं:  नेपाली कांग्रेस अछाम–काठमाडौं सम्पर्क समितिको सभापतिको जिम्मेवारी काँग्रेस नेता जनक बहादुर धामीले पाएका छन् ।  नेपाली काँग्रेस अछाम सभापति पुष्पबहादुर शाहले काँग्रेसको विधान २०१७ को दशौं संशोधन २०७८ को परिच्छेद ११ धारा ४१ बमोजिम सम्पर्क समितिको सभापतिको जिम्मेवारी प्रदान गरेका हुन् । उक्त जिम्मेवारीप्रति आभार व्यक्त गर्दै धामीले पार्टीको हितमा र अछामको विकासमा आफूले सक्दो काम गर्ने प्रतिबद्धता जनाएका छन् । पञ्चदेवल विनायक नगरपालिका वडा नं. २ अछाम स्थायी घर भएका धामी नेपालका सफल व्यवसायी तथा उद्यमी पनि हुन् । उनले अछामबाट काठमाडौंमा आएर बसेकाहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारका लागि सक्दो सहयोग गर्दै प्राथमिकता दिदै आइरहेका छन् ।    आफूले जहिले पनि काँग्रेसको संगठन बलियो बनाउनका लागि प्रतिबद्ध र सक्रिय रहँदै आइरहेको बताउँदै धामीले आगामी दिनमा पार्टीको सम्पर्क समितिलाई अझै बलियो बनाउँदै लग्ने र काँग्रेस अछामलाई पनि बलियो बनाउन लाग्ने प्रतिबद्धता गरेका छन् । नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि धामी उद्योग व्यापार विभागका पूर्व केन्द्रीय सदस्य हुन् ।  

नवलपरासी:  नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा पर्ने कालीगण्डकी करिडोर खण्डमा रातिको समयमा गाडी सञ्चालनमा प्रहरीले रोक लगाएको छ । निर्माणका क्रममा रहेकाले करिडोर खण्डमा रातिको समयमा गाडी सञ्चालनमा रोक लगाइएको हो ।    जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार करिडोर निर्माणको काम सम्पन्न भइनसकेकाले दुर्घटनाको जोखिम रहेका कारण रातिको समयमा गाडी सञ्चालनमा रोक लगाइएको हो ।   नवलपुरमा कालीगण्डकी करिडोर झन्डै ८७ किलोमिटर लामो छ । यसमध्ये आधाजस्तो खण्डमा फोन सम्पर्कसमेत हुन नसक्ने भएकाले राति दुर्घटना भए उद्धारमा समेत समस्या हुने र यसले क्षति बढाउन सक्ने भएकाले गाडी सञ्चालनमा रोक लगाइएको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो ।   ुकरिडोर निर्माणका चरणमा छ, पूरा भएको छैन । यसले दुर्घटनाको जोखिम बढाएको छ, राति उद्धारमा पनि कठिनाइ हुने गरेको छु, उहाँले  भन्नुभयो । सञ्चारको पहुँच कम भएका क्षेत्रमा आवश्यक मात्रामा टावर जडान गर्ने विषयमा नेपाल टेलिकमसँग समन्वय भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । सञ्चारको पहुँच र करिडोर निर्माण सम्पन्न भएपछि मात्रै राति गाडी सञ्चालन  गरिने उहाँले बताउनुभयो ।    निर्माणाधीन कालीगण्डकी करिडोरको नवलपुर खण्डमा करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । नवलपुरमा रहेको कालीगण्डकी करिडोरबाट जिल्लाका पहाडी क्षेत्रका लागि साना गाडी सञ्चालन हुने गर्छन् ।   यसबाहेक तनहुँका विभिन्न क्षेत्र, पाल्पा, स्याङ्जा र पोखराका लागि समेत गाडी सञ्चालन हुने गरेका छन् । नारायणगढ–गैँडाकोट हुँदै यस खण्डबाट विभिन्न क्षेत्रका लागि गाडी सञ्चालन हुने गरेका छन्।

काठमाडौँ:   पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजका बालबालिका परिवार, समाज र राष्ट्रको जिम्मेवारी बहन गर्ने भविष्यका कर्णधार भएको बताउनुभएको छ ।    राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिनुहुँदै पूर्वराष्ट्रपति भण्डारीले बालबालिका भविष्यका नेता, नीति निर्माता र आविष्कारकसमेत भएको उल्लेख गर्नुभएको छ । भविष्यमा निर्वाह गर्नुपर्ने जिम्मेवारीका लागि सबल र सक्षम बनाउनका निम्त उनीहरूको पालनपोषण, हेरविचार, स्वास्थ्य एवं शिक्षाका लागि हामीले गर्नुपर्ने लगानीको सर्वोपरि महत्व रहेको कुरामा उहाँले जोड दिनुभएको छ ।    “मानिसको जीवनका प्रारम्भिक वर्षहरू अर्थात् बाल्यकालमा नै उनीहरूको मल्ूयमान्यता, चरित्र, अनुशासन र सीपहरूले आकार ग्रहण गर्दछन् । बालबालिका आज हामीले रोप्ने बीउ जस्तै हुन् । सही हेरचाह र उचित पालनपोषणसँगै उनीहरू बलियो र जीवन्त रूख बन्नेछन, जसले भविष्यमा समाज र राष्ट्रका लागि विकास तथा समृद्धिको फल फलाउने छन्”, पूर्वराष्ट्रपति भण्डारीद्वारा आज जारी शुभकामना सन्देशमा उल्लेख छ ।   उहाँले सम्पूर्ण अभिभावक, शिक्षक, नीति निर्माता र नागरिक समाजलगायत सबै सरोकारवालालाई बालबालिकाको सर्वाङ्गीण विकासका लागि समन्वय र सहकार्य गर्न उहाँले आग्रह गर्नुभएको छ । रासस

पाल्पा: सराई एफसी पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी नकआउट खुल्ला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेकोे छ ।   हरितालिका तीजको अवसरमा स्थानीय क्लब नव जागृति युवा क्लबद्वारा आयोजित प्रतियोगिताको कोठीचौर खेलमैदानमा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा जनकल्याण एफसीलाई ४–० गोल अन्तरले पराजित गर्दै सराई एफसी फाइनलमा प्रवेश गरेको हो ।   सराईको जीतमा आशिष रानाले २ गोलको योगदान दिए भने सुरज राना र रामकृष्ण पौडेलले समान १÷१ गोल गरे ।  सो खेलबाट आशिष राना म्यान अफ द म्याच घोषित हुँदै पुरस्कृत बने ।    यसैगरी अर्काे सेमिफाइनल खेलमा आयोजक नव जागृती युवा क्लब (कालो) र  भगवती एफसी आज दिउँसो ३ बजे प्रतिस्पर्धा गर्ने प्रचारप्रसार संयोजक विरबल रानामगरले जानकारी दिए ।   उनका अनुसार सो खेलबाट विजेता टोलीले उपाधिका लागि सराई एफसीसँग असोज १ गते (हरितालिका तीजको दिन) भिड्ने छ ।     सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ५०  हजार प्राप्त गर्नेछ भने उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २५ हजार हात पार्नेछ । प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ  ।   आयोजक संस्था विगत २०३८ सालदेखि नै सामाजिक क्रियाकलापसँगै खेलकुदको क्षेत्रमा त्रियाशिल रहदै आएको छ ।

काठमाडौं:    बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइँदै छ । बालबालिकाका क्षेत्रमा लगानी बढाउनु पर्नेमा घट्न थालेको छ । यसैलाई मध्यनजर गर्दै यसवर्षको नारा बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी तय गरिएको हो । पालिकाहरुले विनियोजन गर्नुपर्ने बजेट पनि अनिवार्य नगर्दा बालबालिकाको समग्र क्षेत्रमा असर पर्न थालेको छ । बालअधिकारकर्मीहरुले तीनै तहका सरकारले बालबालिकाको क्षेत्रमा लगानी बढाउनु पर्नेमा जोड दिएका छन् । नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ ।  सन् १९९०, सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ । २०२२ सालदेखि भदौ ४ गते मनाउन शुरु गरिएको बाल दिवस २०६३ साल पछि भने भदौ २९ गते मनाउन थालिएको हो । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसात गर्दै हरेक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने लगायतका कुराको प्रत्याभूति गरेको छ । दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले केही बालबालिकाहरू अझै पनि आफ्नो बालअधिकारबाट वञ्चित भएको अवस्था रहेकाले उनीहरूको उचित संरक्षण र रेखदेख सबैको कर्तव्य भएको बताउनु भएको छ । 

काठमाडौं:    दैलेखमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।  १६ जना घाइते भएका छन् ।  गएराति चट्याङ लागेर महाबु गाउँपालिका–१ खरिगैराकी ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दिपकसिंह विष्टले जानकारी दिए ।  घरमै भान्साको काम गरिरहेको बेला चट्याङ लागेर घाइते भएकी खत्रीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  आ–आफ्नै घरमा बसिरहेका बेला चट्याङ लागेर खरिगैराका अरु १६ जना घाइते भएका हुन् ।  उनीहरुको  दैलेख अस्पतालमा प्राथमिक उपचारपछि गम्भीर घाइते आठ जनालाई कर्णाली प्रदेश अस्पतालमा पठाइएको र एक जनाको दैलेख अस्पतालमा उपचार चलिरहेको दैलेख अस्पतालका इञ्चार्ज डा. धर्मराज रेग्मीले बताए । पाँच जना उपचारपछि घर फर्किएका छन् । यस्तै, डुङ्गेश्वर गाउँपालिका–६ लटाली गाउँमा चट्याङ लागेर गम्भीर घाइते भएकी २६ वर्षीया रेखा बुढालाई कर्णाली प्रदेश अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

काठमाडौं:    घरेलु टोली श्रीलंकाले एसिया कपको सुपर फोर खेलमा पाकिस्तानमाथि दुई विकेटको रोमान्चक जितका साथ फाइनलमा स्थान बनाएको छ । श्रीलंकाले उपाधिको लागि आइतबार भारतसँग खेल्नेछ । जितको लागि २ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित ४२ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाको जितमा कुशल मेन्डिसले ८७ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ९१ रनको योगदान दिए । श्रीलंकालाई अन्तिम बलमा जितको लागि दुई रन चाहिँदा जमान खानलाई चरिथ असंलकाले पूरा गर्दै फाइनलमा पुर्याए । अन्तिम ६ बलमा जितको लागि श्रीलंकालाई ८ रन चाहिँएको थियो । डेब्यू खेल खेलेका जमान खानले सुरुवाती चार बलमा दुई रन मात्रै दिएपछि अन्तिम दुई बलमा जितको लागि ६ रन चाहिँएको थियो । चरिथले पाँचौं बलमा चौका र अन्तिम बलमा दुई रन बटुल्दै जित पक्का गराए । श्रीलंकालाई अन्तिम १२ बलमा जितको लागि १२ रन चाहिँएको थियो । शाहिन शाह अफ्रिदीले ४१ औं ओभरमा ४ रन खर्चेर २ विकेट लिएपछि पाकिस्तानले जितको सम्भावना देखाएको थियो । श्रीलंकाको जितमा हिरो बनेका चरिथ असलंका ४७ बलमा ३ चौका र १ छक्कासहित ४९ रनमा अविजित रहे । ओपनर पाथुम निसांका २९ र कुशल परेरा १७ रनमा आउट भएका थिए । सदिरा समाराविक्रमा ५१ बलमा ४ चौकासहित ४८, दासुन शानका २, धनन्जय डि सिल्भा ५ र दुनिथ वेलालागे डक आउट भए । तेस्रो विकेटका लागि सदिरा र कुशलले १ सय रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए । पाकिस्तानका इफ्तिखर अहमदले ८ ओभरमा ५० रन खर्चेर ३ विकेट लिए । शाहिन शाह अफ्रिदीले ९ ओभरमा ५२ रन खर्चेर २ विकेट लिए । शादब खानको नाममा १ विकेट रह्यो । त्यसअघि कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाउँदै २ सय ५२ रन बनाएको थियो । पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवानले ७३ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ८६ रन बनाएका थिए । पाकिस्तानलाई छैटौं विकेटका लागि इफ्तिखर अहमद र मोहम्मद रिजवानले ७८ बलमा १ सय ८ रनको महत्वपूर्ण शतकीय साझेदारी गरेका थिए । इफ्तिखर अहमद ४० बलमा ४ चौका र २ छक्कासहित ४७ रनमा क्याच आउट भए । ओपनर अब्दुल्लाह शफिकले ६९ बलमा ३ चौका र २ छक्कासहित ५२ रनको अर्धशतकीय इनिङ खेलेका थिए । पाकिस्तानका ओपनर फखार जमान ४ रनमै आउट भएका थिए । दोस्रो विकेटका लागि ओपनर अब्दुल्लाह शफिक र बाबर आजमले ६७ रनको साझेदारी गरेका थिए । बाबर ३५ बलमा ३ चौकासहित २९ रनमा आउट भए । स्पिनर दुनिथ वेलालागेको बलमा मिस भएपछि विकेटकिपर कुशल मेन्डिसले बाबरलाई उत्कृष्ट स्टम्पिङ आउट गरेका थिए । तीव्र गतिका बलर मथिसा पाथिरानको शर्ट बलमा पुल खेल्ने धुनमा शफिक प्रमोदबाट क्याच आउट हुन पुगेका थिए । पाथिरानाकै बलमा हरिस ३ रनमा कट एन्ड बाल्ड आउट भए । मोहम्मद नवाज १२ बलमा २ चौकासहित १२ रनमा महेश थिक्सेनाको बलमा बोल्ड आउट भए । श्रीलंकाका युवा तीव्र गतिका बलर मथिसा पाथिरानाले ८ ओभरमा ६५ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । दुनिथ वेलालागेले ९ ओभरमा ४० रन खर्चेर १ विकेट लिए । महेश थिक्सेनाले ९ ओभरमा ४२ रन खर्चेर १ विकेट लिए । प्रमोद मदुशानले ७ ओभरमा १ मेडनसहित ४२ रन खर्चेर २ विकेट लिए । भारत एक खेल अगावै शीर्ष स्थानमा रहँदै फाइनल खेलेको हो । भारतले सुपर फोरको अन्तिम खेल शुक्रबार बंगलादेशसँग खेल्नेछ । फाइनल आइतबार हुनेछ । श्रीलंका साविक विजेता टोली समेत हो ।