पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले सामाजिक सञ्जाल फेसबुकमा भ्रमित लेखेर पोष्ट गर्ने स्याङ्जा घर भएका सुर्यबहादुर रेग्मीलाई प्रकाउ गरेको छ । प्रहरीले सामाजिक सञ्जालमा भ्रमित खवर लेखेर पोष्ट गरेको आरोपमा स्याङ्जाको आधिखोला गाउँपालिका ५ का ३५ वर्षीय रेग्मीलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवण कुमार विकले जानकारी दिए । सामाजिक सञ्जालमा भ्रमित सूचना लेखेर समाजमा अराजकता, आत्मसम्मान माथि आघात पु¥याउने गरी भ्रम फैलाउने र मेरो जीउ ज्यानको सुरक्षामा समेत असर पर्ने खालको झुठ्ठा एवम् अनर्गल प्रचार गरी सुर्य रेग्मी गरेको फेसबुक आईडीबाट पोष्ट भएको भन्दै निवर्तमान डा. श्रेष्ठले प्रहरीमा निवेदन दिएका थिए । भदौ २२गते रेग्मीले मध्यरातमा राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान सांसद डा. ढाका कुमार श्रेष्ठलाई उनकै निवासमा अज्ञात समूहले धारिलो हयिार प्रयोग गरेर घाईते बनाएको र उनलाई उपचारका लागि मणिपाल अस्पताल लगिएको, अवस्था चिन्ताजनक भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका थिए । मध्यरातमा सामाजिक सञ्जालमा धारिलो हतियार प्रयोग गरेर अज्ञात समूहले घाईते बनाएको भ्रमित खवरपछि निवर्तमान सांसद डा. श्रेष्ठले आफुलाई कसैले हतियार प्रयोग नगरेको र सकुशल रहेको बताएका थिए । प्रकाउ परेका रेग्मीमाथि विद्युतिय कारोबार ऐन,२०६३ विपरितको कसूर (साईबर अपराध)मा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
काठमाण्डौ:राष्ट्रियसभाको आज बिहीवारको बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, वर्तमान प्रतिनिधिसभा सदस्य एवम् नेकपा ९एमाले० का केन्द्रीय उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । विसं २००९ फागुन २८ गते जन्मनुभएका नेम्वाङको ७१ वर्षको उमेरमा गएको मङ्गलवार निधन भएको थियो । नेम्वाङ नेकपा ९एमाले० पार्टीको तर्फबाट २०४८ साल र २०५२ सालमा राष्ट्रियसभा सदस्य, २०५६ सालमा प्रतिनिधिसभा सदस्य, २०६३ सालमा पुनःस्थापित प्रतिनिधिसभा सदस्य र व्यवस्थापिका संसद् सदस्य, २०७२ मा रूपान्तरित व्यवस्थापिका संसद् सदस्य, २०७४ र २०७९ मा प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो । उहाँ विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाको सभामुख, २०६३ सालमै व्यवस्थापिका संसद्को सभामुख तथा २०६५ साल र २०७० सालको संविधान सभाको अध्यक्ष हुनुहुन्थ्यो । यसैगरी २०५६ मा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति सभापति हुनुभएका स्वर्गीय नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासन मन्त्रीसमेत हुनुभएको थियो । संविधानसभामार्फत नेपालको संविधान निर्माणमा उहाँको अग्रणी भूमिका रहेको थियो । राष्ट्रियसभाको अर्को बैठक यही असोज १२ गते शुक्रवार दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ ।
पोखराः रोटरी क्लब अफ गण्डकीले हरितालिका तीजको अवसरमा चेलीबेटीहरुलाई दर खाने कार्यक्रमसँगै इनरह्वील अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक सेवामा क्रियाशिल रहेको रोटरी क्लब अफ गण्डकीले हरितालिका तीजको अवसरमा चेलीबेटीहरुलाई दर खुवाउने कार्यक्रमको आयोजना गर्दै इनरह्वील सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । इनरह्वीलले तीनवटा उद्धेश्यलाई आत्मसाथ गर्दे , ‘इनरह्वीलले साँचो मित्रतालाई प्रवद्र्धन गर्ने, व्यक्तिगत सेवा र क्षमता विकासको आदर्शलाई प्रोत्साहन गर्ने र अन्तर्राष्ट्रिय समझदारी र भाइचाराको विकासलाई बढावा दिदैं आएको छ । इनरह्वील आन्दोलनका संस्थापक श्रीमती मार्गरेट गोल्डिङ, एक नर्स व्यवसायी महिला र म्यानचेस्टरकी पत्नी रोटेरियन, इनरह्वीलले आन्दोलन सुरु गरेका थिए । इनरह्वीलको औपचारिक स्थापना इनरह्वील क्लब अफ म्यानचेस्टर १० जनवरी १९२४ मा सम्पन्न भएको थियो । अहिले १० जनवरीलाई विश्वभरका क्लबहरुले विश्व इनरह्वील दिवसका रुपमा मनाउँदै आएका छन् । रोटरी क्लबका सदस्यहरुका स्पाउस र नर्स पेशामा आवद्ध महिलाहरु द्धारा गठन गरिएको यस क्लबमा हाल १८ वर्ष उमेर पुगेका सबै महिलाहरु यस क्लबको सदस्यता लिन सक्ने इनरह्वील क्लब अफ गण्डकीका संयोजक शकुन्तला श्रेष्ठले जानकारी गराइन् । इनरह्वील क्लव गठन संगै रोटरीले स्वार्थ भन्दा माथि उठेर सामाजिक सेवा गर्ने आर्दशलाई थप टेवा पुग्ने रोटरी क्लब अफ गण्डकीका अध्यक्ष किसान सुनारे बताए । हाल संसार भर १०२ मुलुकमा १ लाखभन्दा बढि सदस्यहरु यस क्लबमा आवद्ध रहेका छन । यो संसारकै ठुलो अन्तर्राष्ट्रिय महिलाहरुको संस्था हो यस इनरह्वील क्लबले संयुक्त राष्ट्र संघमा समेत प्रतिनिधित्व गर्ने गर्दछ ।
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) का नेपाल स्थित आवाशिय प्रतिनिधि आईसानि मेदागंगोडा लाबे विच मुस्ताङको कागवेनी पुन निर्माण र पुर्नस्थापनाका विषयमा छलफल भएको छ । बिहिवार भएको भेटमा मुख्यमन्त्री पाण्डेले साउन २८ गतेको बाढीले कागवेनीमा ठुलो क्षति पुगेको, स्थानीयले अहिलेपनि सास्ती भोग्नुपरेको, ब्यक्तिगत, सामुदायिक सरकारी संरचनाहरु ध्वस्त भएको बताउँदै सहयोगकालागि यूएनडीपीको ध्यानाकर्षण गराएका हुन् । प्रदेश सरकारको सिमित स्रोत र साधनका विच पुन निर्माणका सबै काम तत्काल पुरा गर्न सहज नभएकाले दातृ निकायहरुले सरकारको योजना अनुसार सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड दिनुभयो । गण्डकी प्रदेश सरकारको नीति कार्यक्रम अनुसारका योजनालाई प्राथमिकता दिन अनुरोध गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश भित्रको बसाईसराई रोक्न उत्पादनमुखी कार्यक्रमा सहयोग गर्न सुझाब दिनुभयो । साना तथा मझौला उद्योगको स्थापना गरि रोजगारीको अवसर सिर्जना गर्दै युवाहरुलाई स्वरोजगार बनाउने कार्यक्रममा जोड दिन मुख्यमन्त्री पाण्डेले यूएनडीपीलाई सुझाव दिनुभयो । यूएनडीपीका नेपाल प्रमुख मिशा ने मेदागंगोडा लाबेले गण्डकी प्रदेश भित्र संचालित परियोजनाको बारेमा जानकारी गराउँदै युवालाई रोजगारीसँग जोड्ने कार्यक्रम संचालन गरिने बताईन । प्रदेश सरकारको प्राथमिकतालाई ध्यान दिएर सहयोग गरिने बताउँदै उनले कागवेनीको पुन निर्माण र पुर्नस्थापनामा प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको बताईन । फोहोरमैला ब्यवस्थापन, जलवायु परिर्वतन संम्बन्धी कार्यक्रम अगाढी बढाउन चाहेको बताउँदै उनले कालिगण्डकी करिडोरमा जीवनयापन तथा आय आर्जन सम्ंबन्धी कार्यक्रम सुरुवात गर्ने, हिमताल संम्बन्धी अध्ययन अनुसन्धान को अघि बढिरहेको बताईन । भेटघाटमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटाले विपद् जोखिम ब्यवस्थापन तथा भू उपयोग नीति निर्माणमा प्रदेश सरकारलाई सहयोगको खाँचो रहेको बताए । प्रदेश भित्र अनुगमन तथा मूल्याङ्कन प्रणालीको बिकास गरि आयोजनाको प्रभावकारी अध्ययन, तथ्याङ्क ब्यवस्थापन र अध्ययन अनुसन्धान, स्थानीय शुसासन र योजना तर्जुमामा प्रदेश सरकासँग सहकार्य गरि अघि बढ्नुपर्ने बताए ।
काठमाडौं: ब्रेकशुमा लुकाएर अवैध सुन तस्करी गर्ने संगठित अपराधमा संलग्न आरोपमा हाल सम्म ३२ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार अनुसन्धानको नेपाली तथा विदेशी नागरिक गरी कुल ३२ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सुनको कारोबारमा संलग्न ११ जना, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी ८ जना, भन्सार एजेन्ट ४ जना, कार्गो एजेन्ट ३ जना, ट्याक्सी चालक १ जना, भाषा अनुवादक/कोठा खोज्ने १ जना, कम्पनी खोल्ने २ जना र कम्पनी खडा गर्ने मालसामान व्यवस्थापन गर्ने २ जना गरी जम्मा ३२ जना छन् भने १८ जना फरार रहेका छन् । रेडिट्रेड प्रालिबाट आयात गरिएका ब्रेकशुहरुमा लुकाएर तस्करी गरिएको सुनको तौल ६०.७१६ किलो र सुन निकाली पुन प्याकिङ गरेको अवस्थामा बरामद भई आएका ब्रेकप्याडहरूको तौलबाट ३०२.०६२ किलो थियो । उक्त सुनको ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रूपैयाँ बराबरको सुन तस्करी भएको पुष्टि हुन आएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । सुन तस्करको लागि ७ वटा कम्पनी खडा गरिएको, २ ठाउँमा सुन गाल्ने गरिएको, ब्रेकप्याड, सेभर, स्मार्ट वाच एवम् विभिन्न प्रकारका विद्युतिय उपकरणहरूमा सुन आयत गरी ल्याइएको समेत अनुसन्धानबाट खुल्न आएको छ । राजश्व अनुसन्धान विभागको टोलीले गत साउन २ गते काठमाडौं सिनामंगलस्थित त्रिभुवन विमानस्थल भन्सार कार्यालय परिसर बाहिर बा.२ ज २३२४ नम्बरको ट्याक्सीमा गाडीको ब्रेकप्याड १ सय ६० सेट सहित ८ कार्टुन बरामद गरेको थियो ।
काठमाडौं: संविधानसभाका अध्यक्ष एवम् नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । नेम्वाङको आज बिहीवार दिउँसो पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो । नेम्वाङको पार्थिव शरीरमा उनका जेठो छोरा मेङ्सो र कान्छो छोरा सुहाङले दागबत्ती दिएका थिए । दागबत्ती दिनुअघि नेपाली सेनाको एक टुकडीले नेम्वाङप्रति सलामी अर्पण गरेको थियो । नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा र एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर सम्मान गरे । नेम्वाङको हिन्दू र लिम्बू संस्कारअनुसार अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिअघि नेम्वाङको शवयात्रा गरिएको थियो । नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा गरेको हो । उनको निजी निवास बालुवाटारबाट शुरु भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुर्याइएको थियो । गएको मङ्गलवार बिहान हृदयाघातबाट नेम्वाङको ७१ वर्षको उमेरमा निधन भएको थियो । सरकारले नेम्वाङको निधनको शोकमा आज सार्वजनिक बिदा दिएको छ ।
बैतडी: अज्ञात समूहद्वारा यहाँको एक विद्यालयमा आगजनी गरिएको छ । जिल्लाको दशरथचन्द नगरपालिका–६ थालिगडास्थित कालिका माविमा आगजनी गरिएको हो । कार्यालयको कोठामा रहेका कागजपत्र आगजनी गर्ने समूहले जलाएर नष्ट गरेको विद्यालयका प्रधानाध्यापक पदमराज लेखकले जानकारी दिए। रातिको समयमा कार्यालयको ढोका फुटाएर भित्र रहेका कागजपत्र ग्यालरीमा ल्याएर जलाइएको छ । ‘बिहान विद्यालय आउँदा कागजपत्र जलाएको अवस्थामा भेटिए’,उनले भने, ‘आगजनीबाट सर्टिफिकेट, बैंकमा दाखिला गरेका भौचर, रजिस्टर, दर्ता चलानीलगायतका महत्वपूर्ण कागजपत्र नष्ट भएका छन्, कसले र किन आगजनी गरे भन्ने खुल्न सकेको छैन ।’ आगजनीबाट भएको क्षतिको विवरण र आगजनी गर्ने समूहको खोजीका लागि प्रहरीमा निवेदन दिएको विद्यालयले जनाएको छ । यस्तै विद्यालय नजिक रहेको उद्धवसिंह कार्कीको किराना पसलमा पनि चोरी भएको छ । पसलबाट रु नौ हजार तीन सय बराबरको सामानको चोरी भएको छ । विद्यालयमा आगजनी र पसलमा चोरी गर्ने समूहको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।
दार्चुला: दार्चुलामा महाकाली नदीमा हाम हालेर एक जना पुरुष बेपत्ता भएका छन् । आज बिहान नेपाल–भारत जोड्ने झोलुङ्गे पुलबाट हाम फालेका महाकाली नगरपालिका वडा–१ लास्कुका अन्दाजी ४५ वर्षका ज्ञानीराम भूल नदीमा बेपत्ता भएका हुन् । स्थानीय र प्रहरीले भुलको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहले जानकारी दिए ।
पोखरा: पर्यटन व्यवसायी महिला संघ (टेवान) ले आयोजना गरेको तीज सांस्कृतिक महोत्सव स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै सकिएको छ । भदौ २५ देखि सोमबार सम्म लेकसाइडको कोमागाने पार्कमा आयोजना गरिएको महिला उद्यमी मेलामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका स्थानीय उत्पादनको प्रवद्र्धन गरिएको थियो । पोखरा महानगरपालिकाको प्रवद्र्धन, पोखरा पर्यटन परिषद लगायतका संघसंस्थाको सहयोगमा सम्पन्न भएको महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुति रहयो । हाजिरीजवाफ प्रतियोगिता, तीज गीत प्रतियोगिता, महिला दौड प्रतियोगिता लगायतका कार्यक्रमले महोत्सवको रौनकता थप्यो । महोत्सवको समापन दिन गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले पर्यटन क्षेत्रलाई चलायमान बनाउन यस्ता कार्यक्रम गरिरहनुपर्ने बताए । तीजका समय टेवानले सांस्कृतिक महोत्सवको आयोजना गर्दा प्रदेशबाट उत्पादित वस्तुको बजारीकरण र प्रवद्र्धनमा टेवा पुगेको उनले बताए । सरकार खस्किएको पर्यटन क्षेत्रलाई माथि उठाउने गरि नै लागिरहेको भनाई उनको छ । “हामीलाई थाहा छ । पर्यटन क्षेत्र पहिले जस्तो छैन । व्यवसाय खस्किदो छ । पर्यटकको आगमन र उनीहरुको खर्चलाई व्यवस्थापन गर्न सकिएको अवस्था छैन । हामी यसको क्षेत्रको श्रीवृद्धिका लागि नै लागिरहेका छौं । सहज नीति निर्माण गरि शिघ्र पर्यटन क्षेत्र चलायमान बनाउने उद्देश्य प्रदेश सरकारको छ ।’, उनले भने । मन्त्री थापाले पर्यटन व्यवसायीलाई मर्का नपर्ने गरी नै सरकार लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्लागत सहजीकरणले नै गण्डकी प्रदेशको पर्यटन विकासमा टेवा पुग्ने धारणा उनको छ । प्रदेशमा उत्पादित वस्तुहरुको बजारीकरणमा ध्यान दिन सकियो भने आर्थिक लाभ लिन सकिने उनले उल्लेख गरे । जसका लागि नीजि क्षेत्रसँग सरकार सहजीकरण गर्न तयार रहेको अभिव्यक्ति उनको छ । मुग्लिन देखि पोखरा सम्मको सडक मर्मतको काम छिटो सक्न केन्द्र सरकारलाई दबाब दिने उनले बताए । पोखरा अन्तर्राष्ट्रिय विमान स्थलमा बाह्य मुलुकबाट सिधै हवाई अवतरण हुने वातावरण बनाउने गरी प्रदेश सरकार लागि रहेको उनले उल्लेख गरेका छन् । जसका लागि स्थानीय सरकारसँग समेत समन्वय भइरहेको उनले बताए । गण्डकी प्रदेशका सांसद प्रकाश बरालले टेवानले तीज सांस्कृतिक महोत्सवको आयोजना गरेर उदाहरणीय काम गरेको बताए । उनले अफसिजनमा पोखराको पर्यटन प्रवद्र्धनमा यसले ठूलो मदत पुग्ने बताए । व्यवसायिकमैत्री वातावरण बनाउन सरकारलाई आफुले आग्रह गरिरहेको उनले उल्लेख गरेका छन् । सांसद सरस्वती गुरुङले तीजका बेला महिलादिदीबहिनीहरुले गरेको कार्यक्रम सफल रुपमा सम्पन्न भएको बताइन् । ‘सुरुवातमा नै सफलता मिलेको छ, यसको निरन्तरताको कामना गर्दछु ।’, उनले भनिन् । स्थानीय उत्पादनको प्रवद्र्धनका लागि बेलाबेलामा यस्तो मेलाको आयोजना भइराख्नुपर्ने धारणा उनको छ । पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन व्यवसायीको मर्कालाई सरकारले बुझ्नुपर्ने बताए । उनले नीजि क्षेत्रबाट पर्यटन प्रवद्र्धनका लागि पहलकदमी हुँदा सरकारको चाँसो सकरात्मक नहुनु समस्या भएको उल्लेख गरे । बोलेर भन्दा पनि काम गरेर नै देखाउने समय आएको भनाई उनको छ । पर्यटन क्षेत्र टाट पल्टिन लागेको र धेरै व्यवसायी पलायन हुने स्थितिमा पुगेकाले सरकारले नै समयमा कदम चाल्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले टेवानले सकरात्मक कदम चालेको बताए । सुरुवात राम्रो भएकाले यसले निरन्तरता पाउनेमा आफु आशावादी रहेको भनाई उनको छ । उनले सरकार, नीजि क्षेत्र एक भएर नै अहिलेको समस्यालाई समाधान गर्न सक्ने उल्लेख गरे ।

