पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

पोखरा: पाँचौ संस्करणको पोखरा विद्यालय नाटक महोत्सव बुधबारबाट पोखरामा सुरु भएको छ । नाटक महोत्सवको पोखरेली शैक्षिक इतिहासका धरोहर जर्ज जोनले उद्घाटन गरें । कार्यक्रममा बोल्दै उनले यस्ता महोत्सवले नाटकले कला संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न सघाउने बताए । नाट्य क्षेत्र महत्वपूर्ण क्षेत्र भएको भन्दै यो क्षेत्रमा भविष्य भएको दावी समेत उनले गरें ।   महोत्सव संयोजक तथा पोखरा थिएटरका अध्यक्ष परिवर्तनले निरन्तर महोत्सव आयोजना गर्न सबैको साथले सम्भव भएको बताए । विद्यालय नाटक महोत्सव आयोजना गरेको पाँच वर्षमा केही उपलब्धि देखिन थालेको उनको भनाई थियो ।   पोखरा थिएटरका संस्थापक सञ्चालक दीलप्रसाद गुरुङले नाटक महोत्सव प्रतिको चासो बढ्न थालेको बताए ।  रङ्गमञ्च क्षेत्रको विकास तथा उत्थानका लागि स्थापित थिएटरले आफ्नो स्थापनाकालदेखि नै नाटक मञ्चन, विद्यालयमा अभिनय कक्षा, प्रशिक्षण, नाट्य महोत्सव तथा विभिन्न रङ्गमञ्चीय गतिविधिहरू आयोजना गर्दै आइरहेको उनले खुलाए ।     पोखरा थिएटरले आयोजना गरेको महोत्सव आगामी असोज १२ गतेसम्म सञ्चालन हुनेछ महोत्सवमा पोखरा महानगरपालिका भित्रका विद्यालयका  १४ नाटक तथा अतिथि नाटकको रुपमा काठमाण्डौंबाट थप एक नाटक गरेर कुल १५ नाटक देखाइनेछ ।   महोत्सवको पहिलो दिन बुधबार हिल पोइन्ट मा.वि. माटेपानी पोखराको नाटक ‘शिलान्यास’ मञ्चन गरियो । भीमनिधि तिवारीले लेखेको नाटक रमेश तिमल्सिनाको निर्देशनमा मञ्चन भएको हो ।   नाटकमा आशिष लामिछाने, सचिन भित्रकोटी, रोनीक मल्ल, स्यासिन पुन, प्रतिज्ञा कुवर, कृष गुरूङ, आदित्य लामा गुरूङ, भगवत थापा मगर, स्वरूप सुबेदी , अंकित तिमिल्सिना, आदित्य गुरूङ , अर्पण लामिछाने, आर्यान तिमिल्सिना, प्रमिसा लामिछानेको अभिनय गरेका थिए ।   यसैगरी एस्लीन गुरूङ, जितेश गुरूङ, सन्देश परियार, सगुन गुरूङ,  लियम गुरूङ, यत गुरूङ, मनिस सिग्देल, दिप्सन गुरूङ, जोयान गुरूङ, सुदिप सुनार, सुजन कुँवर, सुजन कार्की, बिनिता वानीयाँ, स्वीकार कट्टेल, युमिका गुरुङ, पवन गुरुङ, हिमाल गुरुङ, प्रत्यूस अधिकारीको अभिनय समेत दर्शकले हेर्न पाए ।   भोली भाद्र २८ गते बिहीबार नवदिप बोडिङ स्कुल अम्मरसिंहले तयार ‘म..म..म..म..भुत’ नाटक हेर्न पाइनेछ । सरुभक्तले लेखेको नाटक दिप्सना विश्वकर्माको निर्देशनमा तयार भएको छ । यो नाटकमा सोमिया खातुन, सृष्टि अधिकारी, अनुस्का गुरूङ, लेबिस्का परियार, सोइक्षा परियार, रियाना सुनार, रिया गुरूङ, शिवानी थापा, निमृता गुरूङ, ममता गुरूङ, रिद्दी गुरूङ, गिष्मा बुडाथोकी, शुसान्त गुरूङ, सुप्रिया शेर्पा, सुवास गुरूङ, सुविक्षा सुनार, सलिसा गुरूङ र श्वेता गुरूङको अभिनय रहनेछ ।   नाटक दिउँसो साढे १ बजे गन्धर्व नाटकघर ग्रैहापाटन पोखरामा मञ्चन हुने आयोजकले जनाएका छन् । महोत्सवको लागि प्रमुख सहकार्य पोखरा प्रज्ञा–प्रतिष्ठान गरेको छ भने गण्डकी प्रज्ञा–प्रतिष्ठान र राइट फर चिल्डेनले सहकार्य गरेका छन् । महोत्सवको प्रर्वद्धकको रुपमा पोखरा महानगरपालिका रहेको छ ।     पाँचौं संस्करणको विद्यालय नाटक महोत्सव नारा ‘शिक्षण विधिको रुपमा विद्यालयमा नाटक’ तय गरिएको छ ।    

काठमाडौं:    सङ्घीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार राष्ट्रिय सभा बैठक दिउँसो २ः३० बजे बस्नेछ भने प्रतिनिधिसभा बैठक दिउँसो ३ बजेबाट सुरु हुनेछ । सदनको बैठकमा सभामुख र राष्ट्रिय सभा अध्यक्षले संविधान सभा अध्यक्ष, पूर्व सभामुख एवम् प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने छ । आजको दुवै बैठकमा शोक प्रस्ताव पारित गर्ने बाहेक अन्य कार्यसूची तय नगरिएको छ सङ्घीय संसद्को महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।  

पोखरा: पोखरामा सम्पन्न इनोफेस्टमा फोहोरबाट मोहर कमाउन सिकाइएको छ । दैनिक प्रयोग गर्दै आएको प्लास्टिकको बोत्तललाई प्रशोधन गर्दै मोहर कमाउन सिकाइएको छ । पोखरा महानगरपालिका, कोरिया अन्तर्राष्ट्रिय सहयोगी नियोग(कोइका) र युएनडीपीले आयोजना गरेको कार्यक्रममा गण्डकी प्रदेशका जिल्लागत उत्पादनलाई समेत प्रवद्र्धन गरिएको छ ।  खासगरी पोखराको फोहोर व्यवस्थापनलाई प्रविधिसँग कसरी जोड्न सकिन्छ र उद्यमशिलताको विकासमा प्रविधिको प्रयोग कसरी हुन्छ भन्ने विषयको जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको युएनडीपी गण्डकी र लुम्बिनी प्रदेशका फिल्ड कार्यालयका सुदिप अर्यालले जानकारी गराए । कार्यक्रममा २० वटा स्टल राखिएको थियो । जसमा फरक स्थानका फरक वस्तुहरु प्रदर्शन गरिएको थियो । पोखराको सौन्दर्यतालाई प्रभावकारी बनाउने हेतुले उक्त कार्यक्रमको आयोजना गरिएको उनले बताए । ‘फोहोरलाई मोहरमा कसरी परिणत गर्ने ?, कुहिने फोहोरको कम्पोष्ट मल कसरी बनाउने ? लगायत स्थानीय उत्पादनको प्रर्वद्धन गरी पोखराको उद्यमशिलताको विकासमा टेवा पुग्ने गरी इनोफेस्ट कार्यक्रमको आयोजना गरिएको हो ।’, उनले भने । प्लास्टिकलाई प्रशोधन गरी सडक पीच कसरी गर्न सकिन्छ ? मोटर ट्वाइलेटको अवधारणा लगायतका विषयमा इनोफेस्ट कार्यक्रम मार्फत जानकारी मिल्ने उनले उल्लेख गरेका छन् । पोखराका नागरिकले नविनतालाई अंगाल्न सकोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । व्यवसायिक क्षेत्र,पोखरेली नागरिक,सरकारी कर्मचारी लगायत कलेजका विद्यार्थीहरुको सहभागिता थियो । कोइकाका उपाध्यक्षको समेत उपस्थिति थिए । पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, कोइका र युनिडीपीसँग जोडिएका महानगरपालिकाको उपस्थितिमा उक्त कार्यक्रम हुँदैछ । इनोफेस्ट जस्ता कार्यक्रमबाट तुरुन्तै रिजल्ट नआए पनि कालान्तरमा यसले पार्ने प्रभाव सकरात्मक हुने उनले बताए ।  

काठमाडौं:    एसिया कपको सुपर फोरमा आज पाकिस्तानले श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा कोलोम्बोमा सुरु हुनेछ । यस खेलको विजेता टोलीले फाइनलमा स्थान बनाउनेछ । तर वर्षाको कारण खेल रद्द भएमा श्रीलंका नेटरनरेटको कारण फाइनलमा स्थान बनाउनेछ । सुपर फोर खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हराउँदा भारतसँग २ सय २८ रनको लज्जास्पद हार व्यहोरेको थियो । उता श्रीलंकाले बंगलादेशलाई २१ रनले हराउँदा भारतसँग ४१ रनको हार व्यहोरेको थियो । भारत २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको छ । समान २ अंक भएपनि नेटरनरेटको कारण श्रीलंका दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छन् । श्रीलंकाको नेटरनरेट माइनस ०.२०० र पाकिस्तानको माइनस १.८९२छ । पाकिस्तानले पछिल्लो भारतसँगको खेलबाट टोलीमा पाँच परिवर्तन गरेको छ । ओपनर फखार जमान, मध्यक्रमका ब्याटर अघा सलमान, तीव्र गतिका बलर हरिस रौफ, नसिम शाह र फहिम अशरफलाई बेन्चमा राखेको छ । युवा ओपनर मोहम्मद हरिस, मध्यक्रमका ब्याटर साउद सकिल, स्पिन अलराउन्डर मोहम्मद नवाज, तीव्र गतिका बलर मोहम्मद वासिम जुनियर र जमान खानलाई श्रीलंकाविरुद्ध खेलाउनेछ । रौफ र शाह चोटका कारण टोलीमा नभएका हुन् । अन्य तीन खेलाडी कमजोर प्रदर्शनका कारण टोलीमा नपरेका हुन् । कप्तान बाबर आजम र विकेटकिपर मोहम्मद रिजवानको प्रदर्शन टोलीका लागि निकै महत्वपूर्ण हुनेछ । यी दुई ब्याटरको उच्च प्रदर्शन बिना जित निकाल्न कठिन पर्नसक्छ । तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी प्रमुख हतियार हुन् । रौफ र शाह नहुँदा बलिङ आक्रामण कमजोर बन्नसक्छ । उता भारतविरुद्ध ४२ रन बनाउनुको साथै पाँच विकेट लिएका स्पिनर दुनिथ वेलालागे पाकिस्तानलाई घातक बन्नसक्छन् । पाकिस्तानले भारतीय स्पिनर कुलदीप यादवविरुद्ध कमजोर प्रदर्शन गरेका थिए । श्रीलंकाका कप्तान दासुन शानका खराब लयबाट गुज्रिएका छन् । साविक वितेजा श्रींलका शानकाबाट सानदार प्रदर्शन चाहन्छ । ओपनर दिुमथ करुणारत्नेको स्थानमा कुशल परेरालाई मौका दिनसक्छ । कुशल मेन्डिस र सदिरा समाराविक्रमा प्रमुख ब्याटर हुन् । मथिसा पाथिराना र कसुन रजिथा तीव्र गतिका बतियार हुन् । दुवै टोलीलाई चोटले सताएको छ । आफ्ना प्रमुख बलर दुबै टोलीमा छैनन् । श्रीलंकाका दुश्मन्था चामिरा र वानिन्दु हसरंगा चोटका कारण यस प्रतियोगितामै छैनन् ।

हेटौंडामा दुई जना चिकित्सकहरु कुटिएका छन् । हेटौंडा उपमहानगरपालिका-१ स्थित सञ्चो हस्पिटलका चिकित्सकमाथि कुटपिट भएको हो ।   बुधबार हस्पिटलका चिकित्सकहरू विकास थापा र प्रशान्त विडारीमाथि एचडीयु वार्डमा कुटपिट भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य सेढाइले जानकारी दिए । एक महिनाअघि सञ्चो अस्पतालमा डेङ्गु परीक्षण गर्दा पुष्टि भएका हेटौंडा-१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै पदमपोखरीको एक समूहले कुटपिट गरेको हो । सोही विषयलाई लिएर आफन्तहरुले डाक्टरमाथि आमक्रण गरेको प्रजिअ सेढाइले बताए ।   अस्पतालका अनुसार डेङ्गु पुष्टि भएका प्रधान आराम गर्ने भनेर घर गएका थिए भने केही दिनमै फेरि अस्पतालमा भर्ना भएका थिए । दोस्रो पटक डेङ्गु देखिएका प्रधानलाई भरतपुरमा उपचारका लागि लगेकोमा एक दिनपछि मृत्यु भएको थियो ।   कुटपिट हुँदा डाक्टर थापाको नाकमा गम्भीर चोट लागेको सञ्चो अस्पतालले जनाएको छ । डाक्टरहरुलाई हस्पिटलभित्र कुटपिट गरेपछि अन्य डाक्टरहरुलाई ओपीडी सेवा पनि बन्द गरेर आन्दोलन गरेका थिए ।   डाक्टरमाथि कुटपिट हुँदा अन्य बिरामीका कुरुवामाथि समेत हातपात भएको अस्पताल प्रशासनले जनाएको छ ।   कुटपिट गर्नेलाई प्रहरीले अझै पक्राउ गरेको छैन । प्रमुख जिल्ला अधिकारी सेढाइले कुटाइमा परेका डाक्टरहरुलाई प्रहरीमा जाहेरी दिन भने पनि जाहेरी नपरेको कारण पक्राउ नगरिएको बताए ।

धादिङ: राजमार्ग क्षेत्रका विद्यार्थीलाई लक्षित गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी, धादिङले ट्राफिक सचेतना अभियान थालेको छ । राजमार्ग क्षेत्रमा हुने दुर्घटना कम गर्न विद्यार्थीलाई ट्राफिक नियमका बारेमा जानकारी तथा सचेत गराउन थालिएको हो ।    साना विद्यार्थीले अकालमै ज्यान गुमाउन नपरोस्, कुनै पनि दुर्घटनामा नपरुन् भन्ने उद्देश्यले सैद्धान्तिक र व्यावहारिक ज्ञान सिकाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका गजुरीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले बताउनुभयो । विशेष गरी विद्यार्थीलाई दैनिक जीवनमा काम लाग्ने कुराहरु सिकाइएको उहाँ बताउनुहुन्छ ।   राजमार्ग क्षेत्रमा हुने दुर्घटना जोखिमको समूहभित्र विद्यार्थी पनि पर्छन् । विगतको तथ्याङ्क हेर्दा पनि सडक पार गर्नेबेला ध्यान नपुगेकै कारण पनि सानासाना विद्यार्थीले ज्यान गुमाउनु परेको देखिन्छु, प्रहरी निरीक्षक श्रेष्ठले भन्नुभयो, सडक कसरी पार गर्ने, कुन साइडबाट हिँड्ने, राजमार्गको सडक पार गर्दा के(के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरा सडकमै उभिएर सैद्धान्तिक र व्यावहारिक रुपमा ज्ञान दिइएको हो ।   विद्यालय जाने र विद्यालयबाट फर्किने समयमा जेब्राक्रसिङमै केहीबेर विद्यार्थी रोकेर ट्राफिक नियम पालनासँगै सडक पार गर्दा ध्यान दिनुपर्ने कुरा सिकाउने गरिएको छ । अभियानकै रुपमा थालिएको ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत अहिले गजुरी बजार आसपासका विद्यार्थीलाई सिकाइएको छ । अघिल्लो वर्ष पनि गजुरी बजारमै एक जना विद्यार्थीले सडक पार गर्ने क्रममा ज्यान गुमाउनु परेको कुरालाई समेत ध्यानमा राखेर कार्यक्रम शुरु गरिएको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ ।   ट्राफिक नियम पालनाका कुरामा ध्यान नदिँदा हरेक वर्ष गजुरी, गल्छी, मलेखुलगायतका क्षेत्रमा मानवीय क्षति हुने गरेको छ । ट्राफिक नियमअन्तर्गत सडक, सडक चिह्न प्रयोग, गाडीको प्रयोग गर्ने तरिका र सडक पार गर्दा दायाँबायाँ ध्यान दिनुपर्ने कुराको विषयमा विद्यार्थीलाई जानकारी तथा सचेत गराइएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।   बजार क्षेत्रमा मनलाग्दी ढङ्गबाट सडक पार गर्दा दुर्घटनाको जोखिम बढेको छ । यातायात व्यवस्था ऐन, २०४९ का बारेमा जानकारी गराउनुका साथै सडक प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी विद्यार्थीलाई गराइएको छ ।   चाडपर्व नजिकिएसँगै राजमार्गमा गाडीको चाप अत्यधिक बढ्ने र दुर्घटनाको जोखिम कम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले धादिङमा हरेक दिन ठाउँठाउँमा भिन्नाभिन्नै कार्यक्रम गर्दै आएको छ ।

काठमाण्डौ:  उदयपुरको चौदण्डीगढी नगरपालिका–९ मा पर्ने मदन भण्डारी लोकमार्ग खण्डको ज्यामिरेमा ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षकको ज्यान गएको छ ।    हिजो दिउँसो  ना ४ ख ६१८३ नम्बरको ट्रकले ठक्कर दिँदा बेलका नगरपालिका–२ भागलपुर प्रहरीचौकीका प्रमुख प्रहरी सहायक निरीक्षक श्रीकुमार बस्नेतको ज्यान गएको हो ।    प्रहरी कार्यालयको प्रत्येक महिनामा हुने नियमित छलफलमा भाग लिइ प्रहरीचौकी भागलपुरतर्फ फर्कँदै गर्दा उहाँलाई ट्रकले ठक्कर दिएको हो ।    ट्रकको ठक्करबाट गम्भीर घाइते बस्नेतलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगे पनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।    ट्रक चालक विशाल परियार र ट्रकलाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिइ अनुसन्धान शुरु गरेको छ । 

 डडेल्धुरा:   डडेल्धुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।   भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको मेलखर्कमा अत्तरियाबाट डोटीतर्फ जाने क्रममा गए राति अटोरिक्सा दुर्घटना भएको हो ।    दुर्घटनामा मृत्यु हुनेमा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महरा रहेको प्रहरी निरीक्षक नायकले जानकारी दिए।   जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता एवम प्रहरी निरीक्षक कुसुम नायकका अनुसार अटोमा तीन जना सवार रहेकामा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।   अटोरिक्सामा सवार वीरबहादुर कुँवर घाइते भएका छन्। उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुलेको छैन।  

काठमाडौं:  सोमबार राति निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदैछ ।   एमालेको केन्द्रीय प्रचार एवं प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार आज ११ बजे पशुपति आर्यघाटमा नेम्वाङको अन्त्येष्टि गरिनेछ ।   नेम्वाङको मुन्धुम र हिन्दू परम्पराअनुसार अन्त्येष्टि गर्ने तय भएको छ ।   उनको अन्त्येष्टिअघि शवयात्रा हुनेछ । शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ ।   नेम्वाङको सोमबार राति निधन भएको थियो । दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको  थियो ।