पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

पोखरा:   एउटा उखान छ, ‘बाह्र वर्षमा खोला पनि फर्किन्छ’, यही उखान अहिले पोखरा १८ अँधेरीकुनामा बस्ने बिजुली दमाईको जीवनसँग ठ्याक्कै ठोक्किएको छ ।    २ छोरा र पतिसहित ४ जनाको परिवार लिएर म्याग्दीको राखुबाट पोखरा १२ वर्ष अगाडि आइन् । ज्याला मजदुरी गरिन् । कमाएको पैसाले अँधेरीकुनामा प्लटिङ व्यवसायी राजु खत्रीसँग २ आना जग्गा किनिन् र फिर्के नजिक ओत लाग्ने टहरो बनाइन् ।    अहिले फिर्के संरक्षणको अभियान अन्तरगत फिर्केको खोलाघर छुट्याउने टोली बिजुलीको दैलोमा पुगेको छ । त्यसपछि आफ्नो टहरो फिर्के खोलाको घर हो भन्ने थाहापाएपछि उनको आँशु फिर्केमा चुहिएको छ ।    ‘ज्यामी काम गरेर साढे २ आना भनेको जग्गा पास गर्दा २ आना मात्र रहेछ, त्यही जग्गा पनि बैंङ्कमा राखेर लोन निकाले’, बिजुलीले आँशु चुहाउदै भनिन्, ‘बैंकको लोन तिर्न ३ वर्ष लाग्यो, लोन तिरेपछि त्यही जग्गामा टिनको टहरो निर्माण गरियो अहिले खोलामा पर्छ भन्दा रातभर निद्रा लाग्दैन ।’   (बिजुली दमाईको एकतले घर) आफ्नो हैसियत अनुसारको जग्गा किनेको सुनाउदै आफुलाई मापदण्डको विषयमा केही थाहा नहुँदा समस्या परेको उनले सुनाईन् ।   ‘महानगरले ०३२ सालको नापीको नक्सा लिएर खोला खोजिरहेको छ भन्छन्, नाप्दै आउँदा मेरो घर पनि खोलामा नै पर्दोरहेछ’, बिजुलीले भनिन्, ‘गाउँबाट आएर जसोतसो जग्गा किनियो, हामीलाई मापदण्डको विषयमा थाहा नुहुँदा दलाले फसायो ।’   सिमांकन टोलीले फिर्केको खोलाघर छुट्याएपछि प्लटिङ व्यवासायीले अधेरीकुनाको केही बासिन्दालाई छल गरेर जग्गा भिराएको प्रष्ट भएका हुन् ।    यस्तै गोरखाबाट अधेरीकुना बसाई आएकी विष्णुमाया कुमाललाई पनि मापडण्डभित्र पर्छकी भन्ने चिन्ता छ ।   ‘३२ सालमा खोला कहाँ कहाँ हिड्यो हिड्यो हामीलाई के थाहा हुन्छ । हामी जन्मेकै थिएनौ, उनले भनिन्, ‘नाप्न त पहिला पनि नापेको थियो तर पोल गाडेन, कहिले कता नाप्छन् कहिले कता मेसै छैन ।’   महानगरले विकासको नाममा नागरिकलाई घरबार विहीन नबनाउन उनको आग्रह छ ।  ‘खाडीमा बुढोले कति डिग्रीको घाममा पसिना बगाएर कमाएको पैसाले जोडेको घर हो विकास त आउँछ भन्छन् नि तर आफ्नो घर नै गएर आएको विकास के विकास, हाम्रा लागि त्यो भन्दा त विकास नै नभको ठिक छि’, विष्णुमायाले दुखेसो पोखिन् ।   पोखरा महानगरपालिकाले पुरानो आकारको फिर्के खोला खोज्न २०३२ सालको नापी नक्सा लिएर  ४० जनाको टोलीले पोखराको मध्यभाग भएर बग्ने फिर्के खोला २७ दिनयता खोजिरहेको छ । उक्त टोलीले खोलाघर छुट्याएको छ ।     सो सिमांकन टोलीसँगै अनुगमनमा पुगेका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले खोलाघर खोज्ने कार्य अन्तिम चरणमा पुगेको बताए ।   ‘हामीले फिर्केखोला बगेको खोलाघर पत्ता लगाउन पहिलो चरणको काम सुरु गरेका हौं, हालसम्म ५ सयबढी पिल्लर गाडिएको छन्’, प्रमुख आचार्यले भने, ‘खोलाको वास्तविक रूप र आकार देखाइदिएको छ, यो प्राविधिक जाँचका आधारमा आएको तथ्य हो । यो कसैले हटाएर हटिदैन प्राविधिक टोलीसँग संकेत सुरक्षित रहन्छ ।’     उनले फिर्के खोलालाई मिचेर बनाइएका संरचना हटाउनेमा महानरगर अडिग रहेने स्पष्ट पारे ।    ‘खोला माथि नै किनेर बस्नु  भएको छ भने त त्यसको उपचार छैन, खोला माथिको जग्गा बेच्ने को हो ?, लालपुर्जा कहाँ पाएर बेच्यो ?, बेच्नै सक्दैन नि, खोलामाथि लालपुर्जा नै थिएन कसैको, कसैले किनेबेचे भन्ने कुरा त हुनै सक्दैन, त्यो सम्भव नै छैन, यदि कसैले भ्रममा पारेर त्यस्तो काम गरेको रहेछ भने, त्यो अपराधी हो, त्यसलाई कारवाही हुन्छ,’ मेयरले भने ।      उनले फिर्के खोलालाई पर्यटन गन्तव्यका रूपमा विकास गर्ने महानगरको योजना रहेको प्रमुख आचार्यले बताए । ‘दिगो पर्यटन विकासको अवधारणामा खोलाको दुवैतर्फ साइकल लेनसहितको फुटट्रयाक बनाइने छ’, उनले भने, ‘यो पोखराको पर्यटन गन्तव्य बन्नेछ, यसको संरक्षण, विकास र सौन्दर्यीकरण एक साथ गरिनेछ ।’     हप्तादिनमा प्रतिवेदन सार्वजनिक गर्ने तयारी    मेयर धनराज आचार्यले सिमांकन टोलीको प्रतिवेदन एक हप्तामा सार्वजनिक हुने बताए ।  आज (शुक्रबार) सिमांकन सकिने बताउदै अबको हप्ता दिनमा प्राविधिक टोलीले प्रतिवेदन बुझाएपछि सार्वजनिक हुनेछ ।    त्यसपछि फिर्केको मापडण्ड कति लगाउनेबारे टुंगो लाग्नेछ । अहिलेसम्म १० मिटरको चर्चा चलेपनि व्यवहारिक पाटोलाई हेरेर निर्णय गरिने मेयर आचार्यले बताए । 'हप्ता दिनमा प्रतिवेदन आउँछ, त्यसपछि मापडण्डको टुंगो लाग्छ । अनि फिर्केमाथि निर्माण गरिएका अतिक्रमित संरचनाहरू हटाउन महानगरले ३५ दिने सूचना जारी गर्छ ।’     फिर्केखोलाको सिमाङ्कन कार्यको नेतृत्व गरिरहेका महानगरका सर्वेक्षक वासुदेव पौडेलका अनुसार फिर्केको मापदण्डभित्र ५१ वटा पक्की घर, ३ वटा विद्यालय, १४ वटा समाजघर तथा भवन र ६४ वटा कच्चीघर (केही प्रतिशत) परेका छन् ।    पोखरा १८ बाट सुरु हुने फिर्के खोला पोखरा महानगरपालिकाको वडा नम्बर २, ४, ५, ८ हुदैं ६ स्थित फेवातालमा मिसिन्छ ।   

काठमाडौं:     दुई सयभन्दा बढी बंगलादेशी पर्यटकहरु चार्डड जहाजबाट नेपाल भ्रमणका लागि आएका छन् । शुक्रबार मध्याह्न दुई सयभन्दाबढी बंगलादेशी नागरिकको टोली नेपाल भ्रमणका लागि आएको हो । बंगलादेशी पर्यटकको स्वागतका लागि नेपाल पर्यटन बोर्डका सदस्यहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरुले पर्यटकको स्वागतमा नेपाली पञ्चे बाजागाजासहित स्थानीय पहिचान झल्कने नाचगान प्रस्तुत गरेका थिए । बंगलादेशबाट एकसाथ यति धेरै पर्यटक नेपाल आएका हुन् । आज र भोलि (शनिबार) गरेर बंगलादेशबाट करिब सात सय पर्यटक नेपाल आउने बताइएको छ । पर्यटकहरुको स्वागतका लागि विमानस्थल पुग्नुभएका नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्य थापाले बंगलादेशबाट होलिडे मनाउनका लागि नेपाल आएको बताउनुभयो । उहाँले पछिल्लो तीन वर्षयता बंगलादेशबाट नेपाल आउने पर्यटकको सङ्ख्या निरन्तर बढी रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘आज र भोलि गरेर बंगलादेशको ठूलो टिम नेपाल आउँदैछ । करिब सात सय जति पर्यटकहरु आउँदै हुनुहुन्छ । उहाँहरु होलिडे मनाउनका लागि यहाँ आउनुभएको हो । यसमा पर्यटन बोर्डले स्वागत गरेको हो । पछिल्लो दुई तीन वर्ष यता बंगलादेशका पर्यटकहरु बढी रहनुभएको छ ।’’ त्यस्तै, बंगलादेशी पर्यटक शेख अजरफ उद्दिनले नेपाल घुम्नका लागि सही र राम्रो गन्तव्य भएको बताउनुभयो । उहाँले नेपालमा स्वागत राम्रो पाएको र नेपाल घुम्न आतुर रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘हामीलाई नेपालमा धेरै राम्रो स्वागत गर्नुभयो । नेपाल घुम्नका लागि हामी एक्साइटेड छौँ । बंगलादेशले नेपाललाई घुम्नका लागि प्राथमिकतामा राखेको छ । नेपाल राम्रो देश पनि घुम्नका लागि । हिमाल, स्थानीय खाना, स्थानीय संस्कृति राम्रो छ ।’’ पर्यटकको आवागमनले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमानको पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिंढीलाई उज्यालो भविष्य दिन विकासका कार्यमा राजनीति नगर्न सबैमा आग्रह गर्नुभएको छ । उहाँले नेपाली जनताको हित र विकास निर्माणका काममा सबै इमानदार भएर एकजुट हुन जरूरी भएको बताउनुभएको हो ।    आज ९शुक्रबार० काठमाडौंको प्रज्ञा भवन कमलादीमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिक उत्सवलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनुभएको छ । सो अवसरमा प्रधानमन्त्रीले सरकारले उपयुक्त नीति र कार्ययोजनासहित आन्तरिक विद्युत् माग वृद्धि गर्न विद्युतीय सवारी साधनहरू, विद्युतीय चुल्हो आदिको प्रयोगमा प्रोत्साहन गरेको तथा बढी विद्युत् खपत गर्ने उद्योग कलकारखानाको स्थापना र सञ्चालनमा उपयुक्त वातावरण निर्माण गर्न र विद्युतको अधिकतम उपयोगलाई राष्ट्रिय अर्थतन्त्र र समृद्धिको मजबुत आधारका रूपमा आत्मसात गरी अघि बढ्न सम्बन्धित सबै मन्त्रालय र निकायहरूको आपसी समन्वयमा जोड दिएको औंल्याउनुभयो ।   उहाँले स्वदेशमा उत्पादित जलविद्युतलाई आन्तरिक माग पूरा गरी अन्तरदेशीय बजारको पहुँच दिलाउन भारत, बङ्गलादेश र चीन सरकारसँग भइरहेका प्रयासहरुबारे जानकारी दिनुहुँदै नेपालमा जलस्रोतको प्रचुर सम्भावनाको सदुपयोग गरी लाभ लिन नसकिएको प्रष्ट पार्नुभयो । उहाँले खोलानाला बगिरहने तर त्यसबाट प्रचुर फाइदा लिन नसक्ने विडम्बनापूर्ण अवस्थाको अन्त्य गर्न योजनाबद्ध रूपमा काम गरिरहेको जनाउँदै अहिले देशभरका खोलानाला तथा नदीहरूमा जलविद्युत् आयोजनाहरूको विकासका लागि केही न केही काम भइरहेको बताउनुभयो ।    प्रधानमन्त्रीले नेपालमा नदीप्रवाही जलविद्युत् आयोजनाहरूको बाहुल्यले नवीकरणीय, स्वच्छ विद्युतीय उर्जाको प्रयोगबाट ग्रिन हाइड्रोजनको उत्पादनमा नेपालले आफूलाई अग्रणी भूमिकामा स्थापित गर्नसक्ने बृहत् अवसर रहेको भन्दै नेपाल विद्युत प्राधिकरणले यस कार्यमा आफूलाई समेत तयारी अवस्थामा राख्नुपर्ने सुझाव दिनुभयो ।   उहाँले आउने पिंढीलाई अँध्यारोमा राख्ने कि उज्यालो भविष्य दिएर जाने रु भन्ने गम्भीर प्रश्न अघि सार्दै हाम्रो पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिंढीलाई उज्यालो भविष्य दिन, विकासका कार्यमा राजनीति गर्ने होइन सबै इमानदार भएर एकजुट हुन जरूरी रहेको औंल्याउनुभयो ।

काठमाडौं:    नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपियाँ पुगेको छ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा वार्षिक १२ अर्ब ३३ करोड रुपियाँ नाफा आर्जन गरेको जानकारी दिएको हो । त्यसै सञ्चित नाफा ३६ अर्ब ६७ करोड रुपियाँ पुगेको बताइएको छ । प्राधिकरणको ३८ औँ वार्षिक उत्सवमा बोल्नुहुँदै प्रबन्ध निर्देशक कुलमान घिसिङले आर्थिक वर्ष २०७२/०७३ सम्म आइपुग्दा वार्षिक घाटा आठ अर्ब ९० करोड रुपियाँ र सञ्चित नोक्सानी बढेर ३४ अर्ब ६१ करोड रुपियाँ पुगेको उल्लेख गर्नुहुँर्दै आर्थिक वर्ष ०७३/०७४ मा एक अर्ब ५० करोड रुपियाँ खुद मुनाफा आर्जन गरी प्राधिकरणले नाफा कमाउन सुरु गरेको बताउनुभयो । प्रबन्ध निर्देशक घिसिङले प्राधिकरणको शेयर सर्वसाधारणलाई समेत जारी गर्नेगरी प्राधिकरणको तेस्रो चरणको वित्तीय पुनःसंरचना प्रस्ताव स्वीकृतिका लागि सरकारसमक्ष पेश गरिएको जानकारी दिनुभयो । उहाँले प्राधिकरणको प्राथमिक शेयर सर्वसाधारणलाई निष्काशन गरी सङ्कलन गरिएको रकम ठूला जलविद्युत आयोजनाहरुको निर्माणमा लगानी गरिने बताउनुभयो । ‘‘गत आर्थिक वर्षसम्म आइपुग्दा वार्षिक १२ अर्ब ३३ करोड रुपियाँ नाफा आर्जन गरी सञ्चित नाफा ३६ अर्ब ६७ करोड पुगेको छ । सर्वसाधारणलाई समेत शेयर जारी गर्नेगरी प्राधिकरणको तेस्रो चरणको वित्तिय पुनः संरचना प्रस्ताव स्वीकृतिका लागि सरकारसमक्ष पेश गरिएको छ । प्राधिकरणको प्राथमिक शेयर सर्वसाधारणलाई निष्काशन गरी सङ्कलन गरिएको रकम मुख्यरुपमा ठूला जलविद्युत आयोजनाहरुको निर्माणमा लगानी गरिनेछ ।,’’ प्रबन्ध निर्देशक घिसिङले भन्नुभयो,  ‘‘प्राधिकरणको सम्पूर्ण सम्पतिको वास्तविक मूल्याङ्कन गराइएको छ भने क्रेडिट रेटिङ गर्ने संस्था इक्रा नेपालले प्राधिकरणको समग्र अवस्थाको अध्ययन गरी डबल ए प्लस रेटिङ दिएको छ । संस्थाभित्रको आर्थिक पारदर्शिता, जवाफदेहिता र सुशासनलाई कडाइका साथ लागू गरिएको छ ।’’ प्रबन्ध निर्देशक घिसिङले संस्थाभित्र आर्थिक पारदर्शिता, जवाफदेहिता र सुशासनलाई कडाइका साथ लागू गरिएको जानकारी दिनुभयो । उहाँले प्रशासन तथा वितरण चुहावट १३।४६ प्रतिशतमा सीमित गरेर प्राधिकरणको इतिहासमा नयाँ रेकर्ड कायम गर्न सफल भएको बताउनुभयो । ‘‘प्राधिकरणको केन्द्रीय प्रणालीबाट ९५ प्रतिशत र साना तथा लघु जलविद्युत एवम् सौर्य विद्युतबाट करिब ३ प्रतिशत गरी करिब ९८ प्रतिशत जनतामा विद्युत सेवा पुगेको छ । आगामी दुई वर्षभित्र पूर्णरुपमा विद्युतीकरण गर्ने सरकारको कार्यक्रमलाई कार्यान्वयन गर्न सम्पूर्ण तयारी पूरा गरी आवश्यक कार्य अगाडि बढाइएको छ ।,’’ प्रबन्ध निर्देशक घिसिङले भन्नुभयो, ‘‘वित्तीय अवस्थामा सुधार, संस्थाभित्रको सुशासन, हरेक नागरिकको घरमा विद्युत पुर्याउन विद्युतीकरण, विद्युत आपूर्तिलाई पर्याप्त, विश्वसनीय र गुणस्तरीय बनाउन प्रसारण र वितरण तर्फका पूर्वाधार संरचनाहरुको विस्तार एवम् सुदृढीकरण, उत्पादन तर्फका रणनीतिक महत्त्वका रुपान्तरणकारी ठूला जलविद्युत आयोजना अगाडि बढाउने, आन्तरिक रुपमा खपत वृद्धि तथा बढी भएको विद्युत निर्यात लगायतलाई उच्च प्राथमिकतामा राखी प्राधिकरणको हरेक गतिविधि अगाडि बढेको छ ।’’ उहाँले हाल ९८ प्रतिशत जनतामा विद्युतको सेवा पुगेको बताउनुभयो । आगामी दुई वर्षभित्र देशभित्र पूर्णरुपमा विद्युतीकरण गर्ने गरी आवश्यक कार्य अगाडि बढाइएको उहाँले जानकारी गराउनुभयो ।

नक्कली शैक्षिक प्रमाणपत्र (सर्टिफिकेट) बनाएको आरोपमा चितवनमा एमबीबीएस अध्ययनरत एक विद्यार्थी पक्राउ परेका छन् ।   नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गएराति नसिम अख्तरलाई पक्राउ गरेको हो । सप्तरीको राजविराज ७ ठेगाना भएका अख्तरलाई चितवनबाट काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।   प्रहरीका अनुसार अख्तर चितवन मेडिकल कलेजमा एमबीबीएसको अन्तिम सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन् । उनले आईएसी पासको सर्टिफिकेट नक्कली बनाएको आरोप लागेको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं:   सरकारले साना करदातालाई मूल्य अभिवृद्धि कर (भ्याट) मा सहुलियत दिएको छ । यसअघि वार्षिक रु एक करोडसम्म कारोबारको विवरण मासिकरुपमा बुझाउनु पर्ने गरिएकोमा सरकारले चार महिनाको समय दिएको हो ।  आन्तरिक राजस्व विभागले आज एक सूचना जारी गर्दै साना करदातालाई कर सहभागिता लागत र समय दुवै घटाएर सहुलियत दिइएको हो । साना करदाताले अब साउनदेखि कात्तिकसम्मको कर विवरण मङ्सिर २५ गतेभित्र बुझाउन सक्नेछन् । यस्तै, मङ्सिरदेखि फागुनसम्मको विवरण फागुन २५ गतेभित्र र चैतदेखि असारसम्मको कर विवरण साउन २५ गतेभित्र पेश गर्ने सुविधा दिएको छ ।  यद्यपि मासिकरुपमा कर विवरण बुझाउन चाहने करदातालाई सम्बन्धित आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयमा १५ दिनभित्र जानकारी गराउनसमेत विभागले आग्रह गरेको छ । रु एक करोडमाथिको विवरण मासिक विभागले वार्षिकरुपमा रु एक करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीलाई भ्याट विवरण मासिकरुपमा नै बुझाउन आग्रह गरेको छ । यसअघि त्यस्ता करदाताले द्वैमासिकरुपमा कर विवरण दाखिला गर्ने गरेका थिए । “मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम २६ मा संशोधन भई साविकमा रहेको इँटा उद्योग, होटल, पर्यटन तथा चलचित्र घरले चाहेमा विवरण पेश गर्ने अवधि चौमासिक कायम गर्न सक्नेछ भन्ने व्यवस्था खारेज भएको छ”, विभागले जारी गरेको सूचनामा भनिएको छ, “संशोधित व्यवस्थाअनुसार मूल्य अभिवृद्धि करमा दर्ता भएका वार्षिक रु एक करोडभन्दा बढीको कारोबार भएका इँटा उद्योग, होटल, पर्यटन तथा चलचित्र घरले २०८० साउनदेखि मासिकरुपमा मूल्य अभिवृद्धि करको विवरण दाखिला गर्नुपर्नेछ ।”  चालु आर्थिक वर्षको बजेट तथा मूल्य अभिवृद्धि कर नियमावली २०५३ संशोधनअनुसार कर विवरण दाखिला अवधि परिवर्तन भएको विभागले जनाएको छ । विभागका सूचना अधिकारी राजुप्रसाद प्याकुरेलले बजेट तथा नियमावलीअनुसार कर विवरण दाखिलाको समय परिवर्तन भएको बताउनुभयो ।

गाउँपालिका–१ सानोडाँफेमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।   बढैयाताल गाउँपालिका–१ सानोडाँफेका ५० वर्षीय कृपाल सुनारले बिहीबार ४० वर्षीया केशकुमारी विकको हत्या गरेका हुन्।   घरबाट करिब पाँच सय मिटर टाढा धानखेतमा घाँस काटिरहेको बेला सुनारले पछाडिबाट धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए।   प्रहरीले सुनारलाई नियन्त्रणमा लिएको छ। उनीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सडकमा जथाभावी फोहर फ्याँक्नेलाई आजदेखि वीरगन्ज महानगरपालिकाले जरिवानासँगै सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ।   महानगर क्षेत्रलाई सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमूना महानगर बनाउने उद्देश्यका साथ नियमित सरसफाइसँगै जथाभावी फोहर फ्याँक्नेलाई जरिवाना गर्दै आएको वीरगन्ज महानगरले आजदेखि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने भएको हो।   महानगरका सडक तथा गल्लीमा जथाभावी फोहर फाल्नेसँग जरिवाना तिराउँदै आएको महानगरपालिकाले अब जरिवानासँगै फोहर फ्याँक्नेउपर सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सर्फद्दिन मियाँले जानकारी दिए।   ‘जथाभावी फोहर फ्याँक्नेसँग हामीले २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउँदै आएका छौँ, अझै फोहर फाल्ने क्रम रोकिएको छैन्,’ उनले भने, ‘जरिवाना गर्दा फोहर फाल्ने केही कम त भएको छ, तर अपेक्षाकृत घटेको छैन । त्यसैले अब फोहर फाल्नेलाई जरिवानामात्रै होइन, सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने तयारी गरेका छौँ।’   सरसफाइ शाखा प्रमुख मियाँका अनुसार हालसम्म जथाभावी फोहर फ्याँक्ने पाँच सय ७५ व्यक्ति र संस्थाबाट महानगरले १७ लाख ५४ हजार जरिवानावापत राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७९र८० मा जरिवानाबाट रु १५ लाख ३६ हजार तथा चालु आव २०८०र८१ को साउनमा जरिवानावापत दुई लाख १८ हजार राजस्व संकलन भएको छ ।   ‘घर, पसल र कार्यालयबाट निस्किने फोहर जताततै फ्याँक्ने स्थानीयमा प्रवृत्ति छ,’ उनले भने, ‘त्यो प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले फोहर फ्याँक्नेलाई जरिवाना गर्ने अभियान सुरु गरेका छौँ।’   यो अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने योजना बनाएको उनको भनाइ छ।   सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ।   महानगरपालिको वडा नं १ देखि ३२ वटै वडामा वीरगन्जस्थित पृथीतारा एमके इन्टरनेसनल जेभीसँग गत २०७६  जेठ २ सम्झौला गरी नियमित सरसफाइ गर्दै आएको छ।  

मुस्ताङ:    बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्‍याएपछि मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविको पठनपाठन बन्द भएको छ । गत साउन २८ गते साँझ कागखोलामा आएको बाढीले जनशान्ति मावि, वडा कार्यालय, प्रहरी चौकी, गुम्बा, मन्दिर, सडक तथा पुल बगाएको थियो ।  कागबेनीमा बाढीले २९ घर पूर्ण तथा १३ घरमा आंशिक क्षति पुर्याएको थियो । जनशान्ति माविका शिक्षक मनवीर किसानका अनुसार  बाढीले विद्यालयको खेलमैदान, कक्षाकोठा र छात्राबास भवन क्षति गरेपछि गाउँपालिकासँग समन्वय गरी यही भदौ ८ गतेसम्मका लागि पठनपाठन बन्द गरिएको जानकारी दिनुभयो ।  “भवन र खेलमैदानमा बालुवा थुप्रिएको छ । बाटो पनि हिलाम्मे छ”, उहाँले भन्नुभयो, “आवासीयरूपमा सञ्चालन भएको विद्यालयमा खानेपानी, विद्युत्, खाद्यान्न र आवासको व्यवस्थापन नभएसम्म पठनपाठन सञ्चालन गर्न सम्भव छैन ।” बाढीले विद्यालयको साढे दुई रोपनी करेसाबारी र शिक्षकले आवासका रूपमा प्रयोग गरेको दुईकोठे भवन भत्काएको छ । दुई सय जना विद्यार्थी रहेको जनशान्ति माविको छात्राबासमा एक सय ४० जनाले आवासीय सुविधा लिएका छन् ।  कागबेनीमा क्षतिग्रस्त घर, भवन, होटलमा जमेको गेग्य्रान हटाउने, भत्केका होटल तथा घरबाट बहुमूल्य सामग्रीसहित सामान उत्खनन गर्ने र बाढीले पूरै पुरेका घर, संरचनाको पहिचान गर्ने र संरक्षण गर्ने काम भइरहेको गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले जानकारी दिनुभयो । “नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, स्थानीयवासी र छिमेकी गाउँबाट आएका सर्वसाधारणले बालुवा पन्छाउने काम गरिरहेका छन्”, उहाँले भन्नुभयो, “खानेपानी र विद्युत् आपूर्ति गराउने काम भइरहेको छ ।”   बाढीबाट विस्थापितलाई गाउँपालिकाको प्रशासकीय, सामुदायिक र जोमसोमको सामुदायिक भवनमा राखिएको छ । बाढीले पुल र सडक बगाएपछि अवरुद्ध बनेको जोमसोम–कोरला सडक मर्मत थालिएको छ । “मुस्ताङको उपल्लो भेग जाने सडक धेरै स्थानमा क्षतिग्रस्त हुँदा यातायात अवरुद्ध भएका छन् । जोमसोम–कोरोला सडक कम्तीमा तीन ठाउँ यातायात अवरुद्ध छ । तल्लो मुस्ताङको लेते–जोमसोम खण्डको पनि मार्फाखोलामा समय–समयमा यातायात अवरुद्ध हुने गरेको छ”, बेनी–जोमसोम–कोरोला सडक आयोजना प्रमुख जगत् प्रजापतिले भन्नुभयोे, “तल्लो खण्डको पहिरो हटाएपछि उपल्लो खण्डमा काम सुरु गरेका छौँ ।”