पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

सर्लाहीको पर्सा नगरपालिकाबाट दुई जना हतियारसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जीवनकुमार यादव र प्रकाश यादव रहेका छन् ।   भारतीय नम्बर प्लेटको बीआर १९ जीए ४१४१ नम्बरको मोटरसाइकलमा नेपाल आएका सर्लाही हरिपूर्वा नगरपालिका–६ खरमारका २३ वर्षीय जीवनकुमार यादवलाई एक थान पेस्तोल  र १५ राउन्ड  गोली तथा  २० वर्षीय  प्रकाश यादवलाई एक थान नलकटुवा पेस्तोल र पाँच  राउन्ड गोलीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।    सशस्त्र प्रहरी बल संग्रामपुरका सशस्त्र प्रहरी निरीक्षक  कृष्णबहादुर गुरुङका अनुसार उनीहरुलाई सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले जाँच गर्ने क्रममा गएराति पक्राउ गरेको  हो ।  पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको सशस्त्र प्रहरी निरीक्षक गुरुङले जानकारी दिनुभयो ।  

देबिका तामाङ /पोखरा:   २९ औं तामाङ प्रसारण दिवसको अवसरमा नवगठित तामाङ पत्रकार संघ कास्कीले एक दिने तालिम सम्पन्न गरेको छ ।   आज (शनिबार) संगमटोलमा सञ्चार माध्यममा तामाङको सवाल एवं एक दिने पत्रकारिता तालिम सम्पन्न गरेको हो ।   कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथिसमेत रहेकी पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले आफ्नो पहिचान र अस्तित्व संरक्षणमा स्वयमंको अग्रसरता महत्वपूर्ण रहेको बताइन् ।    उनले पत्रकारितामार्फत समुदायलाई माथि उठाउन सकिने बताउदै स्वच्छ र निष्पक्ष पत्रकारितामा सक्रिय हुनुपर्ने धारणा राखिन् ।   उपप्रमुख गुरुङले पत्रकारसँग न्यायिक समिति कार्यक्रम रहेको जानकारी दिदै आगामी दिनमा महानगर सहकार्य र सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता जनाएकी थिइन् ।     सो कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रिय उपाध्यक्ष दिपक तामाङ, संघका सल्लाहकार एवं नेपाल तामाङ घेदुङ कास्की समन्वय समितिका सचिव मिनमाया तामाङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीका अध्यक्ष दिलप्रसाद गुरुङ लगायतले बोलेका थिए ।    रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सञ्जय कुमार मल्लले नवगठित तामाङ पत्रकार संघ कास्कीका पदाधिकारी एवं सदस्यहरुलाई लक्षित गरी पत्रकारिताबारे प्रशिक्षण दिएका थिए ।   सो तालिममा तामाङ सम्बद्ध विभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरु सहित करिब ७० जनाको उपस्थिती रहेको थियो ।   तामाङ पत्रकार संघ कास्कीका अध्यक्ष पवित्रा तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका सदस्य सुजन तामाङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन संघका उपाध्यक्ष सन्तोष तामाङले गरेका थिए ।    

पोखरा:   कास्कीको रुपा गाउँपालिका ६ निगालाझाँपामा आज करिब ४ बजे मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मृत्यु हुनेमा लमजुङको दुधपोखरी गाउँपालिका ६ का २९ वर्षीय कृष्ण गुरुङ र सोही स्थानकै २४ वर्षीय अशोक गुरुङ रहेका छन् ।   प्रदेश नम्बर ३ –०२–००९ प ५२०५ नम्बरको मोटरसाइकल रुपातालतर्फ जादैं गर्दा घुम्तीबाट मोटरसाइकल तल्लो सडकमा खस्दा गम्भीर घाइते भएका थिए ।   त्यसपछि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सवा ५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको  छ ।  

पोखरा:  अग्रज फोटोपत्रकार राम गुरुङलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार अर्पण गरिएको छ ।   विश्व फोटोग्राफी दिवसको अवसरमा आयोजित पोखरा फोटोग्राफर संघको ४२ औं साधारण सभामा गुरुङलाई उक्त सम्मान अर्पण गरिएको हो ।   फोटोग्राफीको क्षेत्रमा विगत लामो समयदेखि योगदान दिदैं आएको भन्दै उनलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँ सहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो ।   सो अवसरमा बोल्दै पुरस्कृत गुरुङले आगामी दिनमा थप काम गर्न उत्साहित गरेको बताए ।    उनले फोटोपत्रकार हुनु अघि फोटोग्राफर नै हुनुपर्ने धारणा राख्दै अनुज फोटोग्राफरहरुलाई निरन्तरता दिन आग्रह गरेका थिए ।   सोही कार्यक्रमकै अवसरमा संघमा आबद्ध सदस्यहरुको १२ पास गरेका छोराछोरीलाई सम्मानसमेत गरेको थियो ।

दैलेख:   ड्युटीमा खटिएका प्रहरी हवल्दारसहित तिन जना खोला छेउमा मृत फेला परेका छन्।   दैलेख र सुर्खेतमा तिन जना मृत फेला परेपछि  प्रहरीले अनुसन्धान थालेको हो।   सु​र्खेतको वीरेन्द्रनगर नगरपालिका  –१० चौखेढुगां खोला पुलको आडैमा मृत फेला परेका सशस्त्र प्रहरी बल रक्तकाली गणमा कार्यरत ४५ वर्षीय वरिष्ठ हवल्दार रामबहादुर थापा रहेका छन्।   वीरेन्द्रनगर नगर पालिका – १२ विरुवाबारी भन्ने स्थानमा घर भएका प्रहरी हवल्दार थापा शुक्रवार राती साढे १० बजे ड्युटीमा खटिएका थिए। उनी सहित ७ जना प्रहरी ड्युटीमा रहेका थिए।   ठुलो वर्षा आएको र फर्कने बेला माथिल्लो बाटो भएर खोला तर्न लाग्दा उनी बगेर मृत्यु भएको सुर्खेत प्रहरी प्रवक्ता लक्ष्मण शाहीले बताए। घर नजिकै भएकाले घरतिर गएको होला भनेर अरु ६ जना प्रहरीहरू गणमा राती पुगेका थिए।   सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको ढोडेखाली पुलमुनि मृत भेटिएका दैलेखको दुल्लु नगरपालिका–१० छुवालाका करिब ४० वर्षीय लालबहादुर भण्डारी रहेको रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। भण्डारी वीरेन्द्रनगर नगरपालिका –१ मा बस्दै आएका थिए।     त्यस्तै दैलेखका गाउँ गाउँ घुम्दै सिलाजित लगायतका जडिबुटी बेच्ने एक व्यापारी हराएको पाँच दिनमा दैलेखको भगवतीमाई गाउँपालिका–१ पगनाथको भेरीखोलामा मृत फेला परेका छन्। 

गुल्मी:    गुल्मीको मुसिकोट नगरपालिका-१ पौदीअमराइका वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा फेला परेका छन्   बिहान करिब पाँच बजेको समयमा फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे बिहान साढे सात बजे रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । घरबाट करिब डेढ घण्टाको दूरीमा रहेको घन्टुङ भन्ने जंगलमा घिमिरे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नवीन किशोर प्रधानले बताए । वडाअध्यक्ष घिमिरेले आफ्नो फेसबुकमा ‘परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ । प्रीय अनिता, साथ निभाउन सकेन। मलाई माफ गरे । घर परिवार, साथिभाइ सुभचिन्तक सबैसँग माफी चाहान्छु। अल बिदा ।’ भनेर स्टाटस लेखेका छन् । शुक्रबार अपराह्न घरबाट वडाको काममा निस्केका वडाअध्यक्ष घिमिरे रातभर घर नफर्केको पारिवारिक स्रोतले जनाएको छ । घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्षसमेत हुन् । घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षकसहितको टोली खटिएको प्रहरी उपरीक्षक प्रधानले बताए ।

पोखरा:   पोखरामै पहिलो पटक नागढुंगास्थित चरक मेमोरियल अस्पतालमा मुटुको सफल शल्यक्रिया गरिएको छ ।  मनमोहन अस्पतालका विभागीय प्रमुखसमेत रहेका वरिष्ण मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई नेतृत्वको टोलीले ४५ वर्षीय पुरुषको ओपन हर्ट सर्जरी सफलतापूर्वक गरिएको हो ।  पोखरा भलाम घर भएका विष्णु गौतमको एक हप्ता अगाडि चरक मेमोरियल अस्पतालमा मुटुको सफल शल्यक्रिया गरिएको चरक मेमोरियलका प्रबन्धक निर्देशक कपिल पोखरेलले जानकारी दिए । उनका अनुसार करिब ३ करोडको लागतमा स्थायी रुपमै उपकरण जडान गरिएको छ ।  चरक मेमोरियलले सुरु गरेको यो कार्यलाई निरन्तरता दिनका लागि सन्देशमुलक काम गरेको उनले बताए । पोखरेलका अनुसार सरकारले प्रदान गर्दै आएको १ लाख सम्मको मुटुसम्बन्धि उपचार खर्च चरकमा पनि व्यवस्था रहेको छ । मनमोहन अस्पतालका विभागीय प्रमुखसमेत रहेका वरिष्ण मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले नेपालका दक्ष जनशक्ति कम रहेको बताए । उनका अनुसार नेपालमै करिब २० देखि २५ जनाको ओपन हार्ट सर्जन रहेको उल्लेख गरे ।     उनका अनुसार पछिल्लो समय मुटुको शल्यक्रिया काठमाडौंको शहीद गंगालाल हृदय केन्द्र बाँसबारी, मनमोहन अस्पताल, चितवन, विराटनगर र धरानमा हुदै आएको छ । उक्त शल्लेक्रियाको लागत मुटु रोगको प्रकृति हेरेर लाग्ने बताए । डा. भट्टराईका अनुसार करिब १ लाखदेखि ६ लाखसम्म लाग्न सक्छ ।  भट्टराईले पोखरा अन्य क्षेत्रमा अघि रहेपनि मेडिकलको क्षेत्रमा केही पछि रहेको धारणा राखे । ‘पोखरा हरेक क्षेत्रमा अगाडि भएपनि मेडिकलको क्षेत्रमा पछाडि नै छ, त्यसैले चरकले नयाँ अभ्यास सुरुवात गरेको छ’, उनले भने, ‘काठमाडौंको सेवा सुविधा देशभर नै सुरुवात नगरे जनशक्तिले काम गर्न पाउँदैनन् ।’ डा. भट्टराईले ओपन हार्ट सर्जरी गर्न चुनौती रहेको सुनाए ।  ‘मुटुको उपचारमा मेडिकल साइन्समा विभिन्न प्रकारका छन् । यो काम निकै चुनौतीपूर्ण छ । पोखरा घर भएका बिरामीको मुटुको सफल शल्यक्रिया गरिएको छ’, डा। भट्टराईले भने, ‘मुटुमा तीन वटा नसा हुन्छ, उहाँको दुईवटा नसा बन्द भएको थियो, हात र छातीको नसा राखेर पोखरामा ओपनर हार्ट सर्जरी गरिएको हो ।’ उनले उक्त कार्यलाई निरन्तरता दिन चरक मेमोरियलाई सुझावसमेत दिएका थिए ।  

दाङ : दाङको बङ्गलाचुली गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेकी ईश्वरी सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज शुक्रवार ज्यान गएको छ ।   यसअघि उहाँकी छोरी अस्मिता सुनारको अस्ति बुधवार उपचारकै क्रममा ज्यान गएको थियो । जङ्गली च्याउ खाएर एकै घरका तीन जना बिरामी परेकामा दुई जना आमाछोरीको ज्यान गएको हो ।   गएको साउन २९ गते बेलुकी बङ्गलाचुली–४ भित्ताला जङ्गलबाट खोजेर ल्याएको जङ्गली च्याउ खाएर बिरामी परेका मृतक ईश्वरीका श्रीमान् अजय सुनारको पनि स्वास्थ्य अवस्था गम्भीर रहेको  छ ।   उहाँको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

पोखरा:    मुनाल फिल्म प्रा.लि.पोखराद्वारा सञ्चालित रोधिं टेलिभिजनले प्रथम स्थापना दिवस मनाएको छ । म्याक्स टेलिभिजनको सहकार्य नेपालकै पहिलो साँस्कृतिक टेलिभिजन रोधिं सञ्चालन गरेको एक वर्ष पुगेको अवसरमा पोखरा–१० उत्तमचोकस्थित रोयल दिदीबहिनी किचनको सभाहलमा भव्यताका साथ स्थापना दिवस मनाएको हो ।  दिवसको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि निवर्तमान मन्त्री एवम गण्डकी प्रदेस सभा सदस्य बेदबहादुर गुरुङले रोधिं साँस्कृतिक विश्वविद्यालय भएको बताउनुभयो। तमुहरुको पवित्र संस्था रोधिंमा तमुहरुलाई नैतिवान बन्ने, साँस्कृतिक संरक्षण गर्ने, ज्ञानसिपहरु हस्तान्तरण गर्दै लाने, गाँउ समाजको थिति बसाल्ने, किशोर एवम युवा पुस्तालाई व्यवहारिक रुपमै सामाजिक शिक्षा पढाउने, जीवनशैली निर्माण गर्ने मौलिकता, सामाजिक एवम साँस्कृतिक ज्ञानको विश्व विद्यालय भएको उहाँको भनाई थियो ।  तमु भाषाबाट नेपाली शब्दकोषमा प्रवेश गरेको रोधिं शब्दकै नामबाट स्थापित रोधिं टिभि ब्राण्ड बन्नुपर्दछ भन्नुहुदै उहाँले रोधिं टेभिले छोटो अवधिमा राम्रो प्रस्तुति गरिरहेकोमा गुरुङले प्रसंशा गर्नुभयो। रोधिं टिभिलाई सबैको प्रिय एवम व्यवसायिक रुपमा दिगोपनका लागि सबैको साथ सहयोग हुनुपर्ने बताउनुभयो ।  कार्यक्रममा शुभकाना व्यक्त गर्नुहुदै तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले तमुहरुको पवित्र संस्था रोधिंको गलत भाष्यलाई रोधिं टेलिभिजनले उचित जवाफ दिएको भन्दै धन्यवाद दिनुभयो। रोधिं एक सिर्जनशील घर भएकाले तमु समुदायको साँस्कृतिक धरोहरलाई संरक्षण र विकासका साथै जनचेतनामुलक कार्यक्रमहरुलाई टिभिले विषयवस्तु बनाउनु जरुरी छ भन्नुहदै बामे सर्दै गरेको रोधिं टिभिको विकासका लागि समुदाय ढंगबाट अभिभावकत्व जरुरी भएको उहाँको जोड थियो। यस्तै गरी राज्यले पनि उचित रोधिं टेलिभिजन जस्तो साँस्कृतिक टिभिलाई साथ सहयोग र अभिभावकत्व प्रदान गरोस भन्नुहदै सबैको मनमुटुमा रोधिं बन्ने शुभकामना व्यक्त गर्नुभयो ।  टेलिभिजन प्रसारक संघका महासचिव मनोज गुरुङले शुभकामना व्यक्त गर्नुुहुदै छोटो समयमा रोधिं टिभिले धेरै दर्शक श्रोताको मनजितेको बताउनुभयो। स्थापित टिभि च्यानलहरुमा समस्या आए पनि दर्शकहरुले वास्ता नगरे पनि रोधिंको च्यानले समस्या आउने वित्तिकै धेरैले फोन गर्ने गरेकोबाट रोधिं टिभि सबैको प्रिय बनेको प्रमाण पेश गर्नुभयो ।  मुनाल फिल्मका अध्यक्ष भोजबहादुर गुरुङले आफुहरुसँग वर्षो पुग्ने कन्टेन्ट रहेको बताउनुभयो। सुरुमा मुनाल फिल्मले गुरुङ चलचित्र, गाउँ बस्ती चिनारीका लागि बनाइने म्युजिक भिडियो, युट्युब कन्टेन्ट, बिज्ञापन सामाग्री आदि निर्माण गर्दै आएकोमा म्याक्स टेलिभिजनबाट निरन्तर प्रसारण भईरहेको बताउनुहुदै आगामी दिन धेरै प्रभावकारी कार्यक्रमहरु प्रस्तुत गर्ने बताउनुभयो ।  रुङहरुको बढी बसोबास भएको ठाउँ पोखरामा रोधिंले विषय बस्तुसँग सम्बन्धित आवश्यक सामाग्री तयार पार्न त्यति कठैनाई नभएको बताउँछन् रोधिं कार्यक्रमका प्रस्तोता बालकाशी गुरुङ । सञ्चालक मनोज गुरुङसँगको सहकार्यमा सुरुवात भएको रोधिंले हालसम्म आइपुग्दा लगभग शृङ्खलाबद्ध रुपमा डेढ सय भाग छायांकन गरिसकेको बताउँछन् मुनाल फिल्मका प्रवन्ध निर्देशक भोज बहादुर गुरुङ । स्वदेश तथा विदेशमा रहनुहुने गुरुङ संघ संस्था व्यक्ति विशेषको साथ सहयोग र मार्ग निर्देशनले गर्दा नै आज हामी रोधिंको पहिलो वार्षिकोत्सब मनाउन पाएका छौं उनले भने । प्रथम स्थापना दिवसलाई थप रौनक प्रदान गर्न चर्चित लोक दोहोरी जोडी चिज गुरुङ र निर्जला गुरुङसहित कलाकारहरुको बेजोड दोहोरी प्रस्तुति गरिएको थियो। उक्त कार्यक्रममा रोधिं कार्यक्रम संचालनका लागि विभिन्न शुभेच्छुकहरुले सहयोग प्रदान गरेका थिए ।  कार्यक्रम मुनाल फिल्मका सञ्चालक एवं प्रवन्ध निर्देशक भोज बहादुर गुरुङको अध्यक्षतामा, रोधिं कार्यक्रमका प्रस्तोता बालकाशी गुरुङको स्वागत र लोक दोहोरी गायक टस बहादुर गुरुङल कार्यक्रम संचालन गर्नुभएको थियो ।