पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

पोखरा:  जिल्ला समन्वय समिति महासंघको चौथो राष्ट्रिय परिषद बैठकबाट निर्बाचित गण्डकीको सपथ ग्रहण कार्यक्रम आइतबार सम्पन्न भएको छ।  गण्डकी प्रदेश समितिका अध्यक्ष पौडेलले निर्बाचित पदाधिकारी र सदस्यहरूलाइ सपथ गराउनुभएको थियो ।  कार्यक्रममा अध्यक्ष पौडेलले  गण्डकी प्रदेशका जिल्ला  समन्वय समितिहरू सक्रियताका साथ संविधानले तोकेको अधिकार प्रयोग गर्दै  गुणस्तरीय परिणाम निस्कने गरि काममा उत्रन आग्रह गर्नुभयो । बिकासका काममा  हुन सक्ने लापरबाही र ढिलासुस्ती बिकाराल देखिएको भन्दै सबै तहका सरकारहरूको समन्वयमा खडा भएको जिल्ला समन्वय समिती विशेष चनाखो हुनुपर्ने उहाँको भनाइ थियो ।  कार्यक्रममा जि स स महासंघका केन्द्रिय सदस्य बाबुराम बि. क. ,कास्कीका जिल्ला समन्वय अधिकारी नबराज बराल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। अध्यक्ष लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष सोम बहादुर जि .सि.र संचालन सचिब सरस्वती बगालेले गर्नुभएको थियो।  सपथ ग्रहण लगत्तै सो समितिको पहिलो बैठक समेत बसेको थियो । उक्त बैठकले  जि .स .स. महासंघको चौथो राष्ट्रिय परिषद बैठक गण्डकी प्रदेशको पोखरामा आयोजना  गर्ने केन्द्रिय समिती लगायत सहयोगी सम्पूर्णमा हार्दिक आभार प्रकट गरेको छ।  त्यस्तै बैठकले जिल्ला समन्वय समितिका पदाधिकारी तथा सदस्यहरूको क्षमता तथा दक्षता वृद्धि गर्न गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान सङ्गको सहकार्यमा फागुन ७ गते विशेष प्रशिक्षण कार्यक्रम संचालन गर्ने ,  जिल्ला समन्वय समितीहरूलाइ कार्य सम्पादनका लागिप्रदेश सरकारले निर्माण गर्नुपर्ने कानुनहरूको सम्बन्धमा प्रदेश सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको उप –सचिब खड्गराज सुबेदिले जानकारी दिनुभयो।  

पोखरा:  सशत्र प्रहरी बल गण्डकी प्रदेशका प्रमुख तथा गण्डकी प्रदेश सुरक्षा समितिका सदस्य डिआइजी शम्भु सुवेदीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशले विदाई गरेको छ ।   काठमाडौं सरुवा हुनुभएका सुवेदीलाई प्रदेश सुरक्षा समितिको नियमित बैठकको अवसरमा आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापाले ढाकाको टोपी, खादा, माला तथा मायाको चिनोमार्फत विदाई गर्नुभयो ।   सो अवसरमा बोल्नुहुदै मन्त्री गाहामगरले उत्तरोत्तर प्रगतीको कामनासहित थप सफलताको शुभकामना व्यक्त गर्नुभयो । गण्डकी प्रदेशबाट सरुवा भएपनि आवश्यक परेको खण्डमा आगामी दिनमा डिआइजी सुवेदीसँग समन्वय गर्ने धारणा राख्नुभयो ।  सो विदाई कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, नेपाल आर्मी विजयपुरका पृतनापति दिपक कुमार बाँनिया, राष्ट्रिय अनुसन्धान विभागका गण्डकी प्रदेश प्रमुख अनुसन्धान निर्देशक मधु कार्की, नेपाल प्रहरीका प्रहरी उपरीक्षक खड्क बहादुर खड्का, मन्त्रलायका उपसचिव चण्डिका पौडेल लगायत मन्त्रालयका कर्मचारीहरुले खादा, माला तथा मायाको चिनो प्रदान गरिएको थियो ।   प्रदेश सुरक्षा समितिको नियमित बैठकमा शान्ति सुरक्षा, विपद् व्यवस्थापन, स्ववियु निर्वाचन लगायतको विषयमा छलफल भएको थियो ।     

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले बाल यौन दुरुपयोग गरेको मुद्धामा एक बालकलाई प्रकाउ गरेको छ ।  पीडित बालिकाको परिवारले जिल्ला प्रहरी कार्यालय कास्कीमा बाल यौन दुरपयोग शिर्षकमा जाहेरी दिएपछि बालकलाई पक्राउ गरिएको हो। कास्की प्रहरीका अनुसार  प्रकाउ परेका बालकलाई बाल यौन दुरुपयोग सम्बन्धी मुद्धामा जिल्ला अदालत कास्कीबाट म्याद गरी अनुसन्धान अगाडि बढाइएको छ । पोखराको एक विद्यालयमा अध्ययनरत बालिकाले आफूमाथि भएको बाल यौन दुरुपयोग भएको विषय सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि पीडित र अभिभावकसँग कास्की प्रहरीले सम्पर्क गरेको थियो । त्यसपछि परिवारले जाहेरी दिएपछि ति बालकलाई कास्की प्रहरीले प्रक्राउ गरेको बताइएको छ ।

पोखरा:  वडा प्रहरी कार्यालय बैदामका प्रहरी कर्मचारीहरुका लागि प्रभावशाली सञ्चार एवम प्रहरीले सेवाग्राहीहरुसँग गर्नुपर्ने व्यवहार सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।  वडा प्रहरी कार्यालय वैदामको आयोजनमा सम्पन्न अभिमुखीकरणमा  वैदामका प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले प्रहरी जनताको सेवक भएकाले प्रहरी प्रतिको विश्वासलाई मजबुत बनाएर सेवाप्रवाह गर्नुपर्ने बताउनुभयो । उहाँले शान्ति सुरक्षा अमन चयन कायम गर्ने जिम्मेवारी पाएको प्रहरी संगठनले प्रभावकारी रुपबाट काम गर्न नागरिक मैत्री बोली व्यवहारको खाँचो औल्याउनुभयो । प्रशिक्षणले सोच्ने क्षमता र गर्ने व्यवहारलाई सकारात्मक उन्मुख बनाउन सघाउ पुराउने जनाउँदै उहाँले सिकेको कुरालाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो  ।  सहभागीको तर्फबाट अनुभव राख्दै प्रहरी जवान सन्तोष रिमालले बोल्ने कला, पत्रकारको प्रहरी र प्रहरीको पत्रकार प्रतिको धारणाका साथै प्रभावशाली सञ्चारका लागि अपनाउनु पर्ने विधि प्रक्रियाको बारेमा जान्न बुझ्ने अवसर मिलेको बताउनुभयो । उहाँले सिकेका कुरालाई आफ्नो कार्यक्षेत्रमा कार्यान्वयन गर्ने  प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।  वैदामका प्रहरी निरिक्षक हरिप्रसाद पौडेलले सेवाग्राहीको प्रहरी प्रति दृष्टिकोणलाई सकारात्मक बनाउने बोल्ने कलाको महत्वको बारेमा प्रशिक्षण उपयोगी भएको धारणा राख्नुभयो । नागरिकसँग हरेक विषयसँग ठोकिने प्रहरीका लागि बोल्ने कला निकै आवश्यक र उपयोगी भएको बताउनुभयो ।  कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्माले  प्रभावकारी सेवा प्रवाहका लागि सञ्चार र बोल्ने कलाको महत्वको बारेमा प्रशिक्षण दिनुभएको थियो । एक दिने अभिमुखीकरणमा वडा प्रहरी कार्यालय र मातहतका २५ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो । 

पोखरा: नेपाल रेडक्रस सोसाइटी पोखरा–८, उपशाखा, कास्कीको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  साधारण सभाको उद्घाटन जनप्रिय क्याम्पस संचालक समिति अध्यक्ष विरेन्द्र नारायण विजुक्छेले गरेका थिए । उनले प्राकृतिक विपत्तिमा रेडक्रसले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए ।  कार्यक्रममा अतिथिका तर्फबाट डोलराज पाण्डे, परशुराम बराल, हरि प्रसाद बराल, पवित्रा के.सी., सोमनाथ बराल, गणेश बहादुर अधिकारी र श्रीराम बराल लगायतले बालेका थिए । कार्यक्रममा रेडक्रसको सात सिद्धान्त वाचन गौरी पौडेलले गरेकी थिइन भने स्वागत कूलमाया पौडेलले र कार्यक्रमको संचालन पोखरा–८, उपशाखाका सचिव दानबहादुर गुरुङले गरेका थिए ।     

पोखरा:  गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले शुक्रबार कर्मचारीलाई ल्याब व्यवस्थापन र क्षमता अभिवृद्धि तालिम दिएको छ । युआरएल मुख्य कार्यालय सभागृहचोक र युआरएलका १३ शाखामा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि गर्दै ग्राहकलाई गुणस्तरीय सेवा दिन तालिम आयोजना गरिएको हो ।  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले रोगको निदान र उपचारमा प्रयोगशालाको भूमिकाबारे प्रकाश पारे । उनले भने, ‘प्रयोगशालाको रिपोर्ट गलत भयो वा समयमै आएन भने बिरामीको ज्यान नै जोखिममा पर्न सक्छ । आफन्त, चिकित्सक, अस्पताल व्यवस्थापनलाई दबाब बढ्छ । डाक्टरले रिपोर्टकै आधारमा उपचार गर्ने हो, कथंकदाचित रिपोर्ट गलत भए उपचार पनि गलत हुन सक्छ ।’  प्रयोगशाला गुणस्तर विज्ञ सुशील थापाले दक्ष प्राविधिक र अत्याधुनिक मेसिनको सम्बन्धबाट मात्रै गुणस्तरीय रिपोर्ट आउन सक्ने औंल्याए । प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकीका माइक्रोबायोलोजिस्ट डा सौगात प्रधानले कल्चर जाँच र त्यसको संवेदनशीलताबारे प्रकाश पारे ।  नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष बिमला भण्डारीले व्यावसायिक ल्याबमा कर्मचारीले आपसमा गर्ने व्यवहार र सेवाग्राहीलाई गर्नुपर्ने व्यवहारले ल्याबको परीचय दिने उल्लेख गरिन् । यसैगरी, युआरएलका टेक्निकल हेड भूपेन्द्र रेग्मी, टेक्नोलोजिस्ट सुशील थापा र बायोक्यामिस्टद्वय सुनिता श्रेष्ठ र अनुप भुसालले युआरएलले अहिले अपनाएको कार्यसम्पादन प्रक्रिया र रिपोर्टिङबारे जानकारी दिए ।प्रशिक्षार्थीलाई वरिष्ठ प्याथोलोजिस्ट डा सुदीप रेग्मीले हिस्टो प्याथोलोजी जाँचका प्रक्रिया र रिपोर्टिङबारे प्रकाश पारेका थिए । तालिममा शाखा इन्चार्ज र सहइन्चार्ज गरी ३० जना सहभागी थिए । युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले नयाँ टेस्ट, मेसिनहरुबारे जानकारी दिन र विश्वमा विकसित प्रयोगशालाका नयाँ तकनिकी सिकाउन तालिम आयोजना गरिएको बताए । उनले भने, ‘अब मेसिन उत्पादक कम्पनीकै विज्ञ झिकाएर तालिम दिने योजना छ । अहिलेको तालिममा आएका विषय लागू भए÷नभएको टिम बनाएर अनुगमन हुनेछ ।’ युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले सर्वाेत्कृष्ट प्रविधि, दक्ष कर्मचारी, चुस्त व्यवस्थापनसँगसँगै पछिल्लो समय विकसित प्रविधि, टेस्ट आदिलाई भित्र्याएर युआरएलअघि बढ्ने बताए । उनले भने, ‘गण्डकीको प्रयोगशाला क्षेत्रको पहिलो ल्याब युआरएल ल्याबका सबै क्षेत्रमा अग्रणी बन्दै सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन कुनै दत्तचित्त छ ।’   

काठमाडौँ:  नेकपा एमालेका सांसद रघुजी पन्तले चितवनमा धुर्मुस सुन्तलीले बेबारिसे बनाएर छाडेको क्रिकेट रंगाशाला जिम्मा लिएर निर्माण गर्न आग्रह गरेका छन् ।   आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद पन्तले भने– ‘चितवनमा धुर्मुस सुन्तलीले बनाएको  रंगशाला बेवारिसे भएर बसेको छ । त्यसलाई सरकारले तुरुन्त लिनुपर्यो र त्यसलाई तिर्नुपर्ने पैसा तुरुन्त तिरेर त्यसको निर्माण सुरु गर्नुपर्यो । त्रिभुवन विश्वविद्यालयसँग समझदारी गरेर त्यहाँको रंगशालालाई बिस्तार गर्नुपर्यो र मुलपानीको रंगशालालाई बनाउनुपर्यो ।’   उनले खेलाडीबाट अपेक्षा गर्ने खेलाडीले जितेको बेलामा एक दुई लाख रुपैयाँ दिएर अघिपछि भने सरकारले कानमा तेल हालेर बस्ने काम गरेको बताए ।    उनले भने– ‘खेलाडीलाई जन्माउने भनेको आधारभूत संरचनाहरु, रंगशालाहरु बनाउनुपर्यो । महिला टोलीले सार्कमा जितेर आए उनीहरुले माग गरेका थिए महिलाहरुका लागि एउटा भलिबल रंगशाला बनाइदेउ भनेर तर त्यसमा सरकारको तातो लागेको छैन  ।  त्यसैले क्रिकेटमा हाम्रो संभावना छ । महिला भलिबलमा हाम्रो सम्भावना छ, सार्क फुटबलमा हाम्रो संभावना छ यस्ता सम्भावना भएका खेललाई अगाडि बढाउन सकिएको छैन ।’

पोखरा:   अखिल क्रान्तिकारी विप्लव निकट विद्यार्थी नेता सचिन सीले पोखरास्थित पृथ्वीनारायण क्याम्पसलाई राजनीतिक दलहरुले भर्ती केन्द्र बनाएकोे आरोप लगाएका छन् ।  पोखरामा आज (आइतबार) पृथ्वीनारायण क्याम्पसमा क्रियाशिल विद्यार्थी संगठन अखिल (क्रान्तिकारी ) विप्लव, अखिल छैठौं र अखिल क्रान्तिकारी संयुक्तले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता  सचिन सीले यस्तो आरोप लगाएका हुन् ।  ‘पिएन क्याम्पसमा झाडु लगाउने देखि क्याम्पस प्रमुखसम्म राजनीतिक दलबाट नियुक्त गर्ने प्रचलन छ, सचिनले भने, ‘त्रिविको कार्यतालिका अनुसार आज चैत ५ गते निर्वाचन हुनुपर्ने हो तर प्रशासन र स्ववियु निर्वाचन समितिले निर्वाचन गराउन सकेन ।’ उनले क्याम्पसका कर्मचारीले नै विद्यार्थीका सूचना चुहावत गरेपछि निष्पक्ष रुपमा निर्वाचन गर्न नसकेको बताए । ‘ त्रिविको कार्यतालिका अनुसार देशभरका आंगिक र सम्बन्धप्राप्त क्याम्पसमा निर्वाचन हुने पर्ने हो , उनले भने, ‘प्रशासनबाट नै सूचना चुहावट भएपछि निष्पक्ष रुपमा निर्वाचन गराउन नसकेपछि प्रशासन र स्ववियु निर्वाचन समिति पछि हटेको छ ।’ उनले क्याम्पस प्रशासनको त्रुटी प्रतिको आन्दोलनमा चार विद्यार्थीको एकवद्धता रहेपनि अखिल (क्रान्तिकारी) प्रचण्ड निकट विद्यार्थी नेताहरु आन्दोलनबाट पछि हटेको आरोप समेत लगाए ।  अखिल (क्रान्तिकारी) विप्लव सचिवालय सदस्य प्रकाश सीले क्याम्पस प्रशासनबाट चुहावट भएको विद्यार्थीहरुको व्यक्तिगत विवरणको विषयमा छानविन गर्नुपर्ने, क्याम्पस प्रशासन वा त्रिविबाट तलवभत्ता पाएका प्राध्यापक कर्मचारीहरुले स्ववियु निर्वाचनमा मतदान गर्न नपाउने माग राखेको बताए ।  सर्वोच्च अदालत पोखराले पृथ्वीनारायण क्याम्पसमा चैत्र ८ गतेसम्म निर्वाचन सम्बन्धी कुनैपनि गतिविधि नगर्न अन्तरिम आदेश जारी गरेको छ ।    क्याम्पसमा क्रियाशिल विद्यार्थी संगठन अखिल (क्रान्तिकारी ) विप्लव, अखिल छैठौं र अखिल क्रान्तिकारी संयुक्तले प्रेस विज्ञप्ति निकाल्दै इतिहास बोकेको स्ववियुलाई विभिन्न ढंगले बदनाम बनाउने प्रयास भएको र आज चैत ५ गते देशभर हुने भनिएको स्ववियु निर्वाचन त्रिविका आंगिक र सम्बन्धप्राप्त क्याम्पसहरुमा एकैसाथ नहुने  अवस्था सृजना भएको उल्लेख गरेको छ ।   पृथ्वीनारायण क्याम्पसमा फागुन २५ गतेदेखि स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिको कार्यालयमा ताला लागेपछि निर्वाचन अनिश्चित बनेको छ ।   

काठमाडौँ:  आज नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ कायम भएको जनाएको हो ।   यसअघि, सुनको उच्च मूल्यको कीर्तिमान तोलामा १ लाख ७ हजार ५०० रुपैयाँको थियो । आज भने तोलामै १ लाख १० हजार रुपैयाँ पुगेको हो । यससँगै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार कायम भएको छ ।   यस्तै, आज चाँदीको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय १० रुपैयाँ कायम थियो ।