पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

सुदूरपश्चिम प्रदेशमा पुनः कोरोना संक्रमित भेटिएका छन् ।    प्रदेशको स्वास्थ्य निर्देशनालय, दिपायलले सुनगाभा न्यूजलाई दिएको जानकारी अनुसार बुधबार ६ जनामा संक्रमण देखिएको हो । कञ्चनपुरको गौरिफन्टास्थित त्रीनगर नाकामा गरिएको एन्टीजेन परीक्षणमा भारतबाट प्रवेश गर्ने क्रममा ६ जना नेपालीमा कोरोना संक्रमण पाइएको छ ।    निर्देशनालयका सूचना अधिकारी ओमप्रकाश जोशीले टेलिफोनमा दिएको जानकारी अनुसार संक्रमित ६ मध्ये तीनजना कैलाली, १ बझाङ्, १ कञ्चनपुर र १ कालिकोटका रहेका छन् ।      संक्रमितलाई काउन्सिलिङ्पछि घरमै सुरक्षित बस्न भनिएको छ । ‘नेपाल–भारत नाकाको त्रीनगर पोस्टमा संक्रमित भेटिएका हुन्’ जोशीले भने ‘काउन्सिलिङ्पछि होम आइसोलेशनमा बस्न भनेका छौं ।’   जोशीले जनाएअनुसार एक साता अघि पनि ४ जनामा कोरोना संक्रमण भेटिएको थियो ।       संक्रमितहरु भारतमा काम गरी नेपाल फर्किएका हुन् ।   

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालविरुद्ध अर्धशतक बनाएका यूएईका कप्तान मुहम्मद वासिम अर्धशतक बनाएर पभिलियन फर्केका छन्।   यूएईका त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालका यूएईका लागि ओपनिङमा आएका वासिमले ४३ बलमा दुई चौका र पाँच छक्कासहित ५० रन पूरा गरेका थिए। दोस्रो विकेटका वृत्या अरविन्दसँग लागि ९२ रनको साझेदारी गर्दै वासिम ४९ बलमा ६३ रन जोडेर पेभेलियन फर्के।   नेपालका लागि १७ औं ओभर बलिङ गरेका सन्दीप लामिछानेले वासिमलाई एलबीडब्लूको शिकार बनाएका हुन्। यो विकेटसँगै सन्दीप एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडीको कीर्तिमान नजिक पुगेका छन्।   अब एक विकेट लिए सन्दीपले अफगानिस्ताका रसिद खानको ४४ खेलको कीर्तिमान तोड्ने छन्। सन्दीपको यो ४१औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो।   नेपालका लागि ललित राजवंशीले एक विकेट लिएका छन्। यूएईका लागि यूएईका वृत्या अरविन्द २० रन बनाएर खेलिरहेका छन्। यस्तै, सिपी रिजवानले पनि क्रिजमा उत्रिएर दुई रन जोडेका छन्।   नेपालका लागि ओपनिङ बलिङ गरेका ललित पहिलो ओभरमा विकेट लिन सफल भएका थिएनन्। तर, तेस्रो ओभरमा फेरि फर्किएका ललितले यूएईका ओपनर आर्याना लाक्रालाई ६ रनमा पेभेलियन फर्काएका हुन्।   यूएईले १७ ओभरमा सकिँदा दुई विकेट गुमाएर एक सय एक रन बनाएको छ।   आजको खेलमा जित निकाले नेपालले लिग २ को शीर्ष तीन रहँदै जुनमा जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ। नेपालले शीर्ष चारमा रहँदै एकदिवसीय मान्यता जोगाइसकेको छ।

पोखरा:  क्रिकेट एसोसियशन अफ नेपाल (क्यान) ले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपाल र युएकईबीच हुने खेलका लागि सबै टिकट विक्री भइसकेको जानकारी दिएको छ ।   क्यानले आधिकारिक फेसबुक पेजमा सुचना जारी गर्दै आज (बिहीबार) हुने खेलको सबै टिकट विक्री भइसकेको जनाउदै नेपाली टिमलाई घरघरबाटै साथ दिन आग्रह गरेको छ । साथै क्यानले ३० हजार बढी दर्शक ग्राउण्डमा पुगिसकेकोसमेत जनाएको छ  ।   टियु क्रिकेट मैदानमा यतिबेला युएईविरुद्ध नेपालले टस हार्दै नेपालले फिल्डिङ गर्नेछ ।   

पाेखरा:  स्ववियु निर्वाचनका उम्मेदवारहरुले आज (बिहीबार) मध्यरातिसम्म प्रचार प्रसार गर्न पाउने छन्। आगामी ५ गते हुने निर्वाचनका  लागि आज मध्यरातदेखि प्रचार प्रसारको समयावधि समाप्त हुने छ ।   मध्यराती १२ बजेपछि मौन अवधि सुरु हुने भएकाले कुनै पनि माध्यमबाट भोट माग्न वा प्रचार गर्न पाइँदैन ।   आगामी ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुनेछ ।    हालसम्म कतिपय क्याम्पसमा विवादका कारण निर्वाचन अनिश्चित छ भने केही क्याम्पसहरुमा निर्विरोध नेतृत्व चयन भइसकेका छन् ।   अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन् ।

पोखरा:   पोखरा भिमकालिपाटनस्थित पृथ्वीनारायण क्याम्पसमा क्रियाशिल विद्यार्थी संगठनहरुले क्याम्पस प्रशासन र केही विद्यार्थी समूह, संगठनले स्ववियु निर्वाचन रोक्न खोजेको आरोप लगाएका छन् ।  बुधबार प्रेस क्लब गण्डकीले पोखरामा स्ववियु निर्वाचनको औचित्य र आवश्यकता विषयमा अन्तरक्रिया कार्यक्रममा बोल्ने केही विद्यार्थी संगठनहरुले यस्तो आरोप लगाएका हुन् ।   स्वतन्त्र विद्यार्थी समूहबाट स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सचिवमा उम्मेदवार घोषणा गरेकी विप्लवी न्यौपानेले विभिन्न क्याम्पसहरुमा यही नामबाट चुनाव लड्ने पाउने तर पिएनमा किन नपाउने भनेर प्रश्न गरिन ?  ‘देशको विभिन्न क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी समूहबाट नै निर्वाचनमा भाग लिन पाएका छन्, न्यौपानेले भनिन्, ‘पिएनमा स्वतन्त्र विद्यार्थी समूह दर्ता गर्दा किन अरु समूहलाई अठ्यारौ प¥यो ?’ अनेरास्ववियू पिएनका अध्यक्ष सन्तोष न्यौपानेले क्याम्पसमा केही विद्यार्थी संगठन र समूहले वार्ता र सहमतिको बाटो नखोजी ताला र अदालतमा मुद्धा हालेर निर्वाचन रोक्न खोजेको आरोप लगाए ।  ‘१४ वर्षपछि स्ववियुको निर्वाचनमा होमिएका केही विद्यार्थी संगठन र समूहले ताला र नामको विषयमा अदालतको बाटो खोज्दा निर्वाचन रोक्न खोजियो, न्यौपानेले भने, ‘वार्ता सहमतिको बाटो नखोजी ताला र अदालतको बाटो रोज्दा निर्वाचन रोकिएको हो ।’ उनले क्याम्पस प्रशासनले स्ववियु निर्वाचन गर्न नखोजेको आरोप समेत लगाए ।  नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ पिएनका सभापति गौरव बरालले सक्षम नेतृत्व बनाउने जिम्मा स्ववियुको भएको भन्दै निर्वाचन आवश्यक भएको बताए ।  ‘सडकमा आएर नारा जुलुस गरेर हुँदैन रचनात्मक अभ्यासको सुरुवात गरौं, शिक्षा प्रणाली परिवर्तन गर्नु छ, बरालले भने, ‘सक्षम नेतृत्व बनाउने जिम्मा स्ववियुको भएकाले सबै समस्या समाधान गर्दै निर्वाचनमा जाऔं ।’ उनले अबको विद्यार्थीहरु आध्यामिक, अध्ययनशिल र उद्यमशिलतामा जोड्न पनि स्ववियुको निर्वाचन आवश्यक रहेको प्रष्टाए ।  अखिल क्रान्तिकारी ‘विप्लव’ निकट अनेरास्ववियूका नेता सचिन सीले क्याम्पस प्रशासनबाट विद्याथींहरुको व्यक्तिगत सूचना चुहावत गरेको भन्दै त्यसको छानबिन भए ताला खोल्ने बताए ।  ‘क्याम्पसबाट विद्यार्थीहरुको व्यक्तिगत सूचना लिक भएको छ, भोलि क्याम्पसको महत्वपूर्ण सूचनाहरु यसरी नै लिक होला, श्रीले भने, ‘प्रशासनले सूचना चुहावत गर्ने कर्मचारीलाई छानबिन गरेर कारवाही गर्न तयार भए ताला खोल्न संगठन तयार छ ।’ नेकपा एमाले निकट अनेरास्ववियु पिएनका अध्यक्ष विष्णु पोखरेलले केही क्याम्पसहरुमा पराजित हुने शंकामा विद्यार्थी संगठनहरुले ताला लगाउने गरेको आरोप लगाए ।  ‘त्रिविको कार्ययोजना अनुसार चैत ५ मा हुने केही क्याम्पसहरुमा निर्वाचन अनिश्चित बनेको छ, केही संगठन समूहहरुले निर्वाचनमा पराजित हुने शंकामा ताला लगाउने गरेका छन्, पोखरलले भने, ‘स्ववियु निर्वाचन नहुँदा विद्यार्थीहरुको हक अधिकार प्रशासनले सम्बोधन गर्न सकेको छैन, त्यसैले सबै समस्या समाधान गरेर निर्वाचन आवश्यक छ ।’ पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनीले विद्यार्थी आन्दोलन सिथिल बनेको बताउदै निर्वाचन गरेर विद्यार्थीका माग र मुद्दामा केन्द्रीत हुन आग्रह गरिन  ।  कार्यक्रम प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको थियो भने धन्यवाद ज्ञापन उपाध्यक्ष र सञ्चालन सचिव गौरब त्रिपाठीले गरेको थिए ।  

पोखरा: पोखराको लेकसाइडमा रहेको टेम्पल ट्री रिसोर्ट एण्ड स्पाले सञ्चालनको १२ औं वर्ष पुरा गरेको छ । टिपिकल पश्चिमी नेपालको ढाँचा झल्किने डिजाइनमा बनेको रिसोर्ट स्विमीङ पुल, हेल्थ क्लव,  स्पा, सेमिनार हल, रेष्टुरेण्ट, बार तथा सुन्दर बगैंचाले सजिएको छ । विभिन्न अन्र्तराष्ट्रिय सोसल मिडिया तथा साइटहरुले यो रिसोर्टलाई उत्कृष्ट रिसोर्टको सूचीमा राखेको छ । त्यस्तै, बुकिङ डट कमले पनि यो रिसोर्टलाई वर्षेनी उत्कृष्ट स्टार प्रदान गर्दै आएको छ । १३ आंै वर्ष प्रवेशका अवसरमा रिसोर्ट सञ्चालकहरुविच शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । रिसोर्ट सञ्चालन समितिमा बसन्त गौतम अध्यक्ष, चन्दन कायस्थ प्रवन्ध निर्देशक तथा    निर्देशकहरुमा मोनिका ज्यान्तीले, रञ्जन कायस्थ, प्रेम श्रेष्ठ र विमल नहर्की रहनुभएको छ । रिसोर्टमा हाल सय बढी कर्मचारीहरु कार्यरत छन् । यसै अवसरमा रिसोर्टले कर्मचारीहरुमा उत्प्रेरणा जगाउन भेटघाट तथा छलफल एवं समिक्षात्मक कार्यक्रम पनि गरेको छ । 

पोखरा:  कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरामा तेस्रो रेवान कप टेनिस प्रतियोगिता शुरु भएको छ । रेवान पोखराका पूर्वाध्यक्ष गोपीबहादुर भट्टराईले टुर्नामेण्ट डाइरेक्टर शक्ति शर्मालाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन खेलमा माधव भण्डारीले नारायण पहारीलाई ६–७, ६–० र सुपरटाईमा १०–२ ले पराजित गरे । प्रतिस्प्रधात्मक खेलमा पहिलो सेट हारेका भण्डारीले खेलमा कमब्याक गर्र्दै दोश्रो र तेस्रो  सेट आफ्नों पक्षमा परेका हुन् । अर्को खेलमा आयोजक संघका उपाध्यक्ष समेत रहेका नविन चालिसेले अक्क्ष थापालाई ६–२, ६–० को सेटमा पराजित गरे । त्यस्तै अन्य खेलहरुमा कर्ण तामाङले पदम गुरुङ्ग (लेकसाइड) लाई ६–२, ६–१ ले, पदम गुरुङ्ग (नदीपुर) ले बीरेन्द्र लामालाई ६–४, ५–७ र सुपरटाईमा १०–३ ले, विकाश गुरुङ्ग (हङकङ) ले इन्द्र गुरुङ्ग (चाउथे) लाई ६–०, ६–१ ले तथा लक्ष्मण तामाङ्गले अमृत कार्कीलाई ७–६, ६–३ ले पराजित गरे । बुधबारनै भएको खेलमा विनोद कायस्थले के.वि.तामाङलाई ६–२, ६–० ले, अनुज कुमार बाँस्तोलाले दुर्गा सुनारलाई ६–१, ६–० ले विकास गुरुङ्गले शरण गुरुङ्गलाई ६–१, ६–४ ले उज्वल तज्याले सिरोज कोइरालालाई ६–३, ६–१ ले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाए । यसअघि नवप्रवेशीतर्फको फाइनलमा दुर्गा सुनारले सिरोज कोइरालाई ६–२, ६–२को सेटमा पराजित गर्दै विजेता बनेका थिए । प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङ्गले कास्कीमा टेनिस गतिविधीलाई चलायमान बनाउन तथा नयाँ खेलाडीहरुलाई टेनिस तर्फ आकर्षित गर्न प्रतियोगिता महत्वपूर्ण रहेको बताए । रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले पोखरामा खेल पर्यटन विकासका लागि रेवानले वर्षेनी यो प्रतियोगिता गर्दै आएको जनाए । आगामी ५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा सिंगलतर्फ ३२ र डबल्सतर्फ १६ टिमले भाग लिएका छन् । प्रतियोगितामा विजयी हुने खेलाडीले नगद १० हजार सहित ट्रफि तथा द्वितिय हुने खेलाडीले नगद ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् ।

नुवाकोट: गोसाईकुण्ड गाउँपालिका १ थुमनबाट एक जना सुत्केरी महिलाको हेलिकप्टरबाट आज उद्धार गरिएको छ ।   थुमन गाउँकी ३१ वर्षीया पासाङ घलेको हेलिकप्टरबाट उद्धार गरी काठमाडौंस्थित थापाथली प्रसुतीगृह अस्पताल पठाइएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टरले उद्धार गरी थापाथली प्रसुतीगृह अस्पताल लगिएको गोसाईकुण्ड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिमल घिमिरेले बताउनुभयो ।   राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत आर्थिक वर्ष ०७५–७६ देखि दुर्गम हिमाली तथा पहाडी क्षेत्रका गर्भवती तथा सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या सिर्जना भई ज्यान जोखिममा परेका महिलालाई हवाई उद्धार गरी तोकिएकोअस्पतालमा लगी गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्ने प्रयोजनका लागि दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन गरिएको छ ।   रसुवाका प्रमुख जिल्ला अधिकारी, गाउँपालिकाका जनप्रतिनिधिहरु, जिल्ला स्वास्थ्य कार्यालय रसुवाको पहलमा सुत्केरी महिलाको उद्धार भएको गोसाईकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुतेन्द्र चाम्लिङले बताउनुभयो । दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारका लागि कार्यविधि २०७५ कात्तिक ३० को मन्त्रीस्तरीय निर्णयबाट कार्यान्वयनमा ल्याइएको हो ।

काठमाडौं : सरकारले रसायनिक मलमा दिइदै आएको अनुदान कटौती गरेपछि चौतर्फी विरोध सुरू भएको छ। आज राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेको हो ।   अनुदान कटौती गर्ने सरकारको निर्णय किसानको हितमा नभएको भन्दै उनीहरूले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।   प्रदर्शनमा सहभागीले हाम्रो खुसी अन्न र उपज,हाम्रो उत्पादनमा मलको सहज,खेत त जोगियो,मल बिउ कहा छ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले तत्काल सरकारले अनुदान कटौतीको निर्णय फिर्ता दिनुपर्ने माग गरेका छन् ।    चेकजाच नगरि भारतीय तरकारी भित्राएर किसानको  उत्पादनलाई महत्व नदिने,रसायनिक मलको अनुदान कटौती गरेर स्वदेशी उत्पादनको मूल्यबृद्धि गर्ने काम तत्काल रोकिनुपर्ने राप्रपाको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष सुजित केसीले बताए।   उनीहरुले अहिले सांकेतिक बिरोधमात्रै भएकाले सरकारको निर्णय फिर्ता नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् । यसअघि सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान समग्रमा ११ दशमलब ८ प्रतिशतले घटाउने निर्णय गरेको थियो । अनुदान कटौतीसँगै रासायनिक मल बढ्ने देखिएको छ ।