पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेललाई चीन र जापानले बधाई दिएको छ। सोमबार शितलनिवासमा पौडेलले पदभार ग्रहण गरेपछि चीन र जापानले बधाई दिएका हुन्।   नेपालका लागि चिनियाँ राजदूत चिनियाँ राजदूत छन् सोङ्‌ले चीन सरकारका तर्फबाट राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्। उनले राष्ट्रपति पौडेल नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरेका छन्।    यसैगरी जापानका प्रधानमन्त्रीले पनि राष्ट्रपति पौडेललाई बधाई दिएका छन्। नेपालस्थित जापान दूताबासमार्फत उनले जापान सरकारको नेपालसँग थप काम गर्न तत्पर रहेको जनाएका छन्। उनले नेपाल-र जापानबीच दुई देशबीचको द्विपक्षीय सम्बन्ध र मित्रतालाई प्रवद्र्धन र सहकार्य गर्ने उल्लेख गरेका छन्।   गत मंसिरमा पौडेललाई जापान सरकारले राजकीय सम्मान प्रदान गरेको थियो। सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान नेपालस्थित जापानीदुतावासले पौडेलकै निवासमा विशेष कार्यक्रम गरी प्रदान गरिएको थियो।जापानी सम्राट मेइजिले सुरु गरेको राजकीय सम्मान ‘अर्डर अफ द राईजिङ सन’पौडेलले पाएका थिए। विश्वका विशिष्ट व्यक्तिहरुलाई वर्षको दुई पटक प्रदान गरिने यस सम्मान घोषणामा नेता पौडेल र माइक्रोसफ्टका संस्थापक विल गेट्स थिए।   पौडेललाई विशेषतः पूर्व सभामुखको हैसियतमा दुई देशबीचका सांसदबीचको सम्पर्कलाई सक्रिय बनाउन र त्यसपछि नेपाल–जापान सम्बन्ध सुदृढमा गरेको योगदानका लागि कदर गरेको थियो।

काठमाडौं:    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संविधानमा जेजस्ता कुरा लेखिए पनि व्यवहारमा देखिएको केन्द्रीकृत मानसिकताले अपेक्षाकृत परिवर्तन गर्न चुनौती खडा भइरहेको बताउनुभएको छ । प्रदेश सरकारको अभ्यास, उपलब्धि र चुनौतीबारे जिज्ञासामा उहाँले सङ्घीयता कार्यान्वयनका धेरै राम्रा, केही पेचिला र केही नकारात्मक  पक्ष भएको टिप्पणी गर्नुभयो ।       मुख्यमन्त्री अधिकारीले भन्नुभयो, “संविधानको परिपालना भनेको पाठ पढाउने विषय होइन, पालना नै लोकतन्त्रको अनिवार्य सर्त हो । लोकतन्त्रको जेठासी र क्रान्तिकारी हुँ भन्नेबाटै पनि संविधान उलङ्घन भएको छ ।”   दलको नीति, सिद्धान्त, विचार, पहिचान र चुनाव चिह्नसमेतलाई तिलाञ्जलि दिएर चुनावमा होमिनु भनेको अवसरवादलाई व्यापक र व्याप्त बनाउने कार्य भएको जनाउँदै मुख्यमन्त्री अधिकारीले यस्ता नकारात्मक पक्षलाई तुरुन्त सच्याउन आवश्यक रहेको बताउनुभयो ।    एक प्रसङ्गमा नेकपा (एमाले) स्थायी कमिटी सदस्य अधिकारीले भन्नुभयो, “प्रदेशको औचित्यमाथि गम्भीर प्रश्न उठेका बेला तीन–तीन महिनामा सरकार फेर्ने हो भने यसको सान्दर्भिकतामाथि प्रश्न चिह्न खडा हुन्छ, यो दुर्भाग्यपूर्ण विषय हो । प्रदेश मन्त्रालयको सङ्ख्या घटाएर, मितव्ययी बनाएर तथा जनताको नजिकैको सरकारको अनुभूति दिलाएर यसको जवाफ दिन हामी खोजिरहेका छौँ ।”   देशको स्वाधीनता र लोकतन्त्रमाथि प्रश्न चिह्न खडा गर्ने काम नेपाल र नेपालीलाई सह्य नहुने बताउँदै नेता अधिकारीले लामो सङ्घर्ष र बलिदानका उपलब्धिका रूपमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन तीन तहकै सरकारबीच समन्वय र सहकार्य तथा राजनीतिक दलका नेता एवं कार्यकर्तामा सुझबुझ र धैर्य आवश्यक रहेको बताउनुभयो ।       मुख्यमन्त्री अधिकारीले भन्नुभयो, “राजनीतिक प्रभावभन्दामाथि उठेर गण्डकी विश्वविद्यालय, त्यसको नीतिसँग सम्बन्धित प्रशिक्षण प्रतिष्ठान, जनशक्ति र आवश्यकता अनुसारको संरचना, प्रादेशिक अस्पताल निर्माणजस्ता प्रदेशका उपलब्धि र धेरै राम्रा पक्ष हुन् ।” प्रदेशले केन्द्रीय सरकारबाट खास गरी प्रहरी समायोजन तथा सङ्घीय निजामती ऐन र साझा अधिकारसम्बन्धी ऐन छिटो आओस् भनेर जोडबल गरिरहेको बताउँदै पूर्वस्वास्थ्य तथा जनसङ्ख्या अधिकारीले वित्तीय अधिकारलगायत विषयमा छिटो कानुन तर्जुमा नहुँदा ठूलो चुनौती खडा भइरहेको धारणा राख्नुभयो ।   प्रदेशको अग्रसरतामा निर्माणका लागि बोलपत्र आह्वान भई अघि बढिरहेका हजाराँै योजना सङ्घीय सरकारले आफ्नो मातहत लगेर प्रदेशलाई कमजोर तुल्याउन खोजेको आरोप लगाउँदै उहाँले स्रोतको सुनिश्चितता नभइ आयोजना अघि बढाउँदा समयमा प्रतिफल प्राप्त हुन कठिनाइ हुने धारणा राख्नुभयो । त्यसरी योजना अघि बढाउँदा प्रदेशको स्वअधिकार नहुने मात्र नभइ केन्द्रको छायामा मात्र सीमित हुन पुगेको बताउँदै मुख्यमन्त्री अधिकारीले भन्नुभयो, “प्रदेश अहिले नाम मात्रको सरकारका रूपमा छ, ऊसँग न प्रहरी छ, न कानुन न त कर्मचारी नै ।”      पोखरामा केही समयअघि भएको हवाईजहाज दुर्घटनाको उद्धारका लागि तत्काल परिचालन गर्न कर्मचारी र जनशक्ति नभएको घटना सुनाउँदै उहाँले भन्नुभयो, “प्रदेशका लागि चाहिने कानुनी व्यवस्था, जनशक्ति र भौतिक संरचनाकै अभाव छ ।” राज्य पुनःसंरचना र पूर्वाधार बनाउन पञ्चवर्षीय योजनाका साथ प्रदेश सरकार अघि बढिरहेको बताउँदै मुख्यमन्त्री अधिकारीले विकास निर्माणमा केन्द्र, प्रदेश र स्थानीय तहबीच दोहोरोपना नपरोस् भनी प्रधानमन्त्रीलाई ध्यानाकर्षण गरिसकिएको जानकारी दिनुभयो ।  “संविधानमा लेखिएका, व्यवहारमा देखिएका विषय जति नै उठान गरे पनि केन्द्रीकृत मानसिकताका कारण अपेक्षाकृत परिवर्तन हुनसकेको छैन । राष्ट्रहित र जनहित विपरीत अवसरवादलाई राजनीतिको सिद्धान्त बनाइन हुन्न”, पूर्वगृहमन्त्रीले भन्नुभयो । सामान्य छलफल र निर्णयबाट कतिपय विषय संवैधानिक अन्तरप्रदेश समन्वय परिषद्को बैठकले टुङ्ग्याउन सक्ने भए पनि लामो समयदेखि नबसेका कारण थाँती नै रहेको बताउँदै मुख्यमन्त्री अधिकारीले प्रहरी समायोजन, साझा अधिकार र  निजामती ऐन नबनेसम्म सङ्घीयता कार्यान्वयन भएको अर्थ देखिन्न भन्नुभयो ।      उहाँले प्रदेशको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय सरकारले तत्काल जग्गा प्राप्ति ऐनमा संशोधन गरेर स्वामित्व र  निक्र्योल गर्न सक्ने अधिकार स्थानीय तह र प्रदेशलाई दिन सङ्घीय सरकारसँग माग गर्नुभयो । मुख्यमन्त्री अधिकारीले संविधानले व्यवस्था गरेअनुरुप सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकार्य, समन्वय, सहअस्तित्व र सम्बन्धका आधारमा  कानुनी, संवैधानिक र अरू समस्यालाई तदअनुकूल सम्बोधन गरी अघि बढ्ने वातावरण बनाउन केन्द्रीय सरकार र राजनीतिक दललाई आह्वान पनि गर्नुभयो ।

काठमाडौँ:  मंगलबार एकैदिन सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४ हजार एकसय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप १६ सय रुपैयाँले बढ्दै १ लाख ५ हजार ७ सय रुपैयाँ पुगेको हो ।    यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा १६ सय रुपैयाँले नै बढ्दै १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।    यस्तै यता चाँदीको मूल्य पनि आज तोलामा ४५ रुपैयाँले बढ्दै एक हजार ३ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।   

गोरखा:  गोरखामा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ दुई जनाको मृत्यु भएको छ ।   जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मृत्यु हुनेमा आरुघाट गाउँपालिका १० गोरखाका मिनी ट्रकका चालक ४० वर्षिय उमेश श्रेष्ठ र मोटरसाइकलमा सवार दोलखाका ३२ वर्षिय विष्णु खड्का रहेका छन् ।   प्रहरीका अनुसार हिजो (सोमबार) दिउँसो करिब १ बजे गोरखा नगरपालिका ६ बिसौना मोडमा गोरखा बजार आउदै गरेको प्र.३–०१–००३ क ६१७० नम्बरको मिनी ट्रकले विपरित दिशाबाट आएको बा ८६ प १७८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ ट्रक र मोटरसाइकल सडकबाट करिब २० मिटर तल खसेको थियो । ‘ ट्रकको ओभरस्पिड देखिएको छ । ट्रकले मोटरसाइकललाई ठक्कर दिएर सडक किनारमा रहेको सर्वसाधारणलाई पनि लतारेर लगेको देखिन्छ ।' घटनामा खटिएका एक प्रहरी अधिकृतले सुनगाभा न्यूजसँग भने ।    उनले सो दुर्घटनामा परी ६ जना घाइते भएको जानकारी दिए । हाल घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।    सो घटनबारे थप अनुसन्धान भइरहेको गोरखा प्रहरीले जनाएको छ ।  

काठमाडौं:  भारतीय रेटिङ एजेन्सी ओरम्याक्सले प्रत्येक महिना लोकप्रिय पुरुष र महिला स्टारको सूची सार्वजनिक गर्छ । उक्त मिडियाले फेब्रुअरी महिनाको सूची सेयर गरेको छ, जसमा शाहरुख खान भारतका सबैभन्दा लोकप्रिय अभिनेता बनेका छन् ।   महिला कलाकारतर्फ दीपिका पादुकोणलाई पछि पार्दै आलिया भट्टले पहिलो स्थान हासिल गरिन् । दोस्रो स्थानमा दीपिका र कियारा आडवाणी तेस्रो स्थानमा छिन् ।   पठान रिलिजको कारण पनि पछिल्लो महिना शाहरुख चर्चाको शिखरमा रहे । सो महिनामा उनले बादशाहको मान्यतालाई यथावत् राख्न सके । सलमान खान दोस्रो लोकप्रिय अभिनेता बनेका छन् । उनी आफ्नो आगामी फिल्म ‘किसी का भाइ किसी की जान’ को पोस्ट-प्रोडक्सनमा व्यस्त छन् ।   फिल्महरु पछिल्ला दिनमा लगातार असफल भइरहेपनि अक्षय कुमार लोकप्रियताको सूचीमा तेस्रो स्थानमा छन् । ऋतिक रोशन यतिबेला आफ्नो एक्सन थ्रिलर फिल्म फाइटरको सुटिङमा व्यस्त छन् । उनी लोकप्रियताको चौथो स्थानमा छन् ।   आफ्नो फिल्म ‘तु झुठी मैं मक्कर’का लागि चर्चामा रहेका रणवीर कपुर पनि सूचीमा पाँचौं स्थानमा परेका छन् । उनको फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ ।   महिलातर्फ आलिया शीर्षस्थानमा   आलिया यतिबेला आफ्नो मातृत्वको आनन्द लिइरहेकी छिन् । यसबाहेक उनी आफ्नो फिल्म रकी र रोनीको प्रेमकथाको सुटिङमा पनि व्यस्त छिन् । उनले ओरम्याक्स पपुलर फिमेल स्टारको सूचीमा पहिलो स्थान हासिल गरेकी छन् ।   दीपिका पादुकोण अहिले अमेरिकाको लस एन्जलसमा छिन् । सोमबार सम्पन्न ओस्कार अवार्डमा उनी प्रस्तुतकर्ताको रूपमा देखा परिन् । उनी हालै ब्लकबस्टर फिल्म पठानमा शाहरुख खानसँग देखिएकी थिइन् । ओरम्याक्सकोे सूची अनुसार उनी हाल देशको दोस्रो सबैभन्दा लोकप्रिय महिला स्टार हुन् ।   अभिनेत्रीतर्फ सूचीको तेस्रो स्थानमा कियारा आडवाणी छिन् । कियारा र सिद्धार्थ मल्होत्राले सन् २०२३ को सुरुमा विवाह गरेका थिए । कियारा आफ्नो विवाहलाई लिएर केही महिनादेखि हेडलाइन्समा थिइन् । सायद यही कारण उनी यो सूचीमा रहिन् ।   कट्रिना कैफ दशकभन्दा बढी समयदेखि बलिउडकी शीर्ष अभिनेत्री हुन् । उनी अहिले सलमान खानसँग टाइगर ३ को सुटिङमा व्यस्त छिन् । चर्चित महिला स्टारको सूचीमा कट्रिना चौथो नम्बरमा छिन् ।   कृति सेनन हालै फिल्म ‘शहजादा’ मा कार्तिक आर्यनको अपोजिटमा देखिएकी थिइन् । उनको फ्यान फलोइङ पनि निकै उच्च छ । यो सूचीमा उनी पाँचौं स्थानमा परेकी छन् ।

काठमाडौं : सरकारले पूर्वराष्ट्रपतिलाई विभिन्न सेवासुविधा उपलब्ध गराउँदै आएको छ। जसमा २ लाख घरभाडा, मासिक ५० हजार रुपैयाँसहित अन्य सुविधा छन्। यस्तै उपराष्ट्रपतिलाई मासिक ७५ हजार घरभाडा र  मासिक ४० हजार दिने व्यवस्था छ।   पूर्वराष्ट्रपति तथा उपराष्ट्रपतिलगायत पदाधिकारीलाई भत्तासँगै प्रतिव्यक्ति एउटा गाडी, गाडीमा लाग्ने मासिक २ सय लिटर इन्धन, मोबिल, मर्मत खर्च, सवारी चालक, कर्मचारी, कार्यालय सहयोगीसमेत राज्यले उपलब्ध गराउने व्यवस्था छ।   काठमाडौं उपत्यका वा अन्य प्रदेशका राजधानीमा घर भए मर्मतका लागि भत्तासहित मासिक १ लाख रुपैयाँ दिने व्यवस्था छ। घर नभएका उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई भत्तासहित मासिक ७५ हजार रुपैयाँ छुट्ट्याइएको छ।    मासिक भत्ता, आवास सुविधासहित गाडी, निजी सचिवालय कर्मचारीको व्यवस्था, सुरक्षा व्यवस्था राज्यले उपलब्ध गराउने मापदण्डमा छ। तर, राष्ट्रपति वा उपराष्ट्रपति तथा पूर्वपदाधिकारीले मापदण्डबमोजिम पाएको सुविधा नलिन वा पाएको सुविधा जुनसुकै बखत पनि फिर्ता गर्न सक्छन्। सुविधा प्राप्त गर्ने पदाधिकारी वा विशिष्ट व्यक्तिको मृत्यु भएमा कानुनबमोजिम निकटतम हकदारले सम्बन्धित निकायमा १५ दिनभित्र फिर्ता गर्नुपर्ने हुन्छ।

जाजरकोट:  किसानको उत्पादन सङ्कलन गरी बजारसम्म पु-याउने उद्देश्यसहित निर्माण गरिएको कृषि उपज सङ्कलन केन्द्र प्रयोगविहीन भएको छ । कर्णाली प्रदेश सरकार कृषि मन्त्रालयको ३५ लाख रुपियाँमा सो केन्द्र निर्माण गरिएको थियो ।    सो केन्द्रका लागि आर्थिक वर्ष २०७५/७६ मा २५ लाख र आर्थिक वर्ष २०७६/७७ मा १० लाख गरी कुल ३५ लाख बजेट प्राप्त भएको थियो । सो केन्द्र कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाले निर्माण गरेको थियो ।    सङ्कलन केन्द्र प्रयोगविहीन भएपछि आफ्ना उत्पादन डोकोमा बोकेर पसल र गाउँघर चहार्दै बेच्न किसान बाध्य छन् । भेरी नगरपालिका–४ का एकदेव शर्माले सरोकारवाला निकायको लापरबाहीका कारण कृषि उपज सङ्कलन केन्द्र प्रयोगविहीन अवस्थामै जीर्ण बन्दै गएको बताउनुभयो ।   कृषि विकास कार्यालयका प्रमुख महेश आचार्यले कृषि उपज सङ्कलन केन्द्र सञ्चालनका विषयमा अध्ययन गरी प्रक्रिया अघि बढाउने बताउनुभयो । सहकारी संस्थाका प्रबन्धक राजु केसीले सङ्कलन केन्द्र छिट्टै सञ्चालन गरिने बताउनुभयो ।  

पोखरा:  घट्टेखोला–धम्पुस–देउराली–खानीगाउँ हुँदै ल्वाङसम्म जोड्ने सडक निर्माण गर्नुपूर्व वातावरणीय प्रभाव मूल्याङ्कन (आईईई) गर्न टोली धम्पुस पुगेको छ।   आईईई रिपोर्ट निर्माणका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), डिभिजन वन कार्यालय उक्त परियोजनको सम्बन्धित कन्सल्टेन्ट, स्थानीय सरकार, स्थानीय तथा सरोकारवालासहितको टोली धम्पुस पुगेको हो।    माछापुच्छ्रे गाउँपालिका–७ (धम्पुस)का वडा अध्यक्ष वैकुण्ठ भण्डारीको टोलीले स्थलगत अवलोकनसँगै नापजाँच गरेको बताउनुभयो। करिब तीन वर्षअघि १३ किलोमिटर सडक ५८ करोडको लागतमा निर्माण हुने अन्तिम चरणमा पुगेर पनि विभिन्न कारणले गर्दा टेन्डर प्रक्रियामा रोकिएको थियो। उक्त योजना केही संशोधनसहित पुनर्निर्माण हुने चरणमा भएकाले अब त्यसलाई सफल पार्न सबै पक्षले सहयोग गर्ने अध्यक्ष भण्डारीले बताउनुभयो। उक्त परियोजना अघि बढाउन स्थानीय रूपमा कुनै समस्या नभएको दाबी गर्दै अध्यक्ष भण्डारीले एक्याप र वन कार्यालयको क्षेत्राधिकारसमेत पर्ने भएकाले त्यसका लागि आवश्यक समन्वय गर्दै आएको जनाउनुभयो।     सडकको दायाँबायाँ पर्ने स्थानीय परियोजनाका लागि आवश्यक जग्गा दिन राजी भएको अध्यक्ष भण्डारीले बताउनुभयो। स्थानीय दलबहादुर गुरुङले विकासको मेरुदण्ड नै बाटो भएकाले उक्त बाटो निर्माण प्रक्रियामा अब कुनै बाधा अवरोध नहुने बताउनुभयो। धम्पुसको घट्टेखोला, देउराली, खानीगाउँ हुँदै ल्वाङसम्म जाने गण्डकी प्रदेशकै नमुना सडक निर्माण प्रक्रिया समन्वय अभावले गर्दा ढिलाइ भएको भन्दै प्रदेशका पूर्वअर्थमन्त्री रामजीप्रसाद बराल स्थलगत अनुगमनमा पुग्नुभएको छ।    पूर्वमन्त्री बरालले प्रस्तावित आयोजनाले ग्रामीण सडक विस्तारका साथै स्थानीय कृषि, पर्यटन क्षेत्रलाई टेवा पु-याउने बताउनुभयो।  

पाल्पा:  तानसेनका व्यापारीले मनपरी रूपमा सडक तथा पेटीमा सामग्री राख्दा तानसेन बजार अव्यवस्थित बनेको छ।   पसलअगाडिको सडक तथा पेटी ओगटेर बिक्री गर्न राखिएका सामग्रीले बजारको सौन्दर्यमा नै असर परेको छ। तानसेनका अधिकांश व्यापारीले सडकको पेटीभन्दा बाहिरै सामग्री बिक्रीका लागि बिछ्याउने प्रचलन बढेको छ। सडक कब्जा गरेर बिक्रीका लागि सामान बिछ्याउँदा सडकमा यात्रुले सास्ती बेहोर्नु परेको छ।    तानसेन नगरपालिकाले सडकमा बिछ्याएका सामग्री हटाए पनि केही दिनपछि पुनः सडक कब्जा गरेर व्यापार गर्ने क्रम बढेको तानसेनका स्थानीय सुरेश श्रेष्ठले बताउनुभयो। पसलेले कपडा, खाद्यान्न सामग्री, तरकारी तथा फलफूल, निर्माण र हार्डवेयरका सामग्रीसमेत सडकमै राख्ने गरेका छन्। केही व्यक्तिहरूले घर तथा संरचना बनाउने नाममा सडकमै लामो समयसम्म निर्माणका सामग्री राख्ने गरेका छन्। पुरानो सहरका रूपमा विकसित भएको तानसेनका सडक आफैँमा साँघुरो छ।    साँघुरो सडकका कारण पछिल्लो केही वर्षयता अधिकांश समयमा सवारीसाधनको जाम हुने गरेको छ। केही पसलले खाद्यान्न, निर्माण, पेय तथा हार्डवेयरका सामग्री लोड–अनलोड गरेर घण्टौँ सडकमा सवारीसाधन ठड्याउँदा समेत नगरभित्र समस्या सिर्जना भएको शर्माले बताउनुभयो।    सडकमा समस्या हुने गरी व्यापार गर्नेमाथि निगरानी गरेर कारबाही गरिएको नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले बताउनुभयो। सडकमा ट्राफिक समस्या गर्नेलाई कारबाही गर्न नगर प्रहरी खटाएका छौँ, सूचना अधिकारी आचार्यले भन्नुभयो, “नगरप्रहरी नभएको बेलामा सडकमा सामान फिँजारेको हुन सक्छ, त्यसलाई पनि निगरानी गरेर कारबाही गर्छौं।’