पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

पर्वत, जलजला गाउँपालिका वडा नं ५ लेखफाँटको सिङ्गो गाउँ पहिराको जोखिममा परेको छ । बस्तीभन्दा माथि रहेको लोप्रेको सिङ्गो डाँडै चर्किएर लेदो बग्न थालेपछि गाउँ जोखिममा परेको हो ।   निरन्तरको वर्षासँगै पहाडबाट झरेको कमेरो माटो, ढुङ्गासहितको लेदोले खेतबारीसमेत पुरिन थालेको छ । वडा नं ५ लेखफाँटका साविकका दुई वडामा रहेका तीन सयभन्दा बढी परिवार विस्थापित हुने अवस्थामा पुगेको गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिए ।   उनका अनुसार पहाडको सबै भाग चर्किएकाले जोखिम न्यूनीकरणका लागि तत्काल कुनै कदम चाल्नुपर्छ । डाँडामुनि रहेका मूलघडेरी, गैरीगाउँ, पूर्णगाउँ र माझफाँटसम्म जोखिम रहेको उनले बताए । पर्वतको वारी बेनीसमेत उक्त पहिराको जोखिममा पर्ने देखिएको छ ।   वर्षायाम सुरु भएसँगै खेतबारीमा रोपेको धान, कोदो पहाडबाट झरेको लेदोले पुरिन थालेपछि गाउँलेहरुले स्थानीय सरकारलाई गुहारेका छन् । गाउँपालिकाका जनप्रतिनिधिसहित जिल्ला विपद व्यवस्थापन समितिको टोलीले जोखिमपूर्ण स्थलको अवलोकन गरेको छ ।   स्थानीय पदम कार्कीले पहाड नै चर्किएपछि बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था आएको बताए । ‘लगाएको खेतीबालीसमेत पूरै पुरिएको छ, कमेरे माटोमा खेती नहुने भएकाले हिउँदमा समेत खेतीबाली लगाउन नमिल्ने भइसक्यो, हामी निकै समस्यामा परेका छौँ, बस्ती छाड्ने कि संरक्षण गर्ने भन्ने अन्योल रहेको छ’, उनले भने ।   गाउँपालिकाले भने बस्तीमा ढुङ्गामाटो आउन नदिनका लागि तत्कालका लागि ड्याम बनाएर व्यस्थापन गर्ने योजना बनाएको छ । यो योजना दिर्घकालीन नहुने स्थानीयको भनाइ छ । पहाड खस्नबाट जोगाउनुभन्दा पनि मानव बस्तीलाई जोगाउनतर्फ लाग्नुपर्ने स्थानीयले अनुरोध गरेका छन् ।   भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख दिवाकर पौडेलले उक्त क्षेत्रको अवस्था भयावह रहेको बताए । प्राकृतिक प्रकोपलाई कसैले रोकेर रोक्न नसकिने जनाउँदै उनले कुनै पनि बेला ठूलो दुर्घटना निम्तिने अवस्था रहेको बताए । उनले पहिला मानव तथा गाईबस्तुको संरक्षणमा ध्यान दिनुपर्ने बताए ।   विसं २०७२ को भूकम्पपछि उक्त क्षेत्रमा पहिराको जोखिम बढ्दै गएको हो । तत्कालीन अवस्थामा त्यहाँका पाँच परिवार विस्थापित भएका थिए । भूकम्पपछि हरेक वर्षायाममा यहाँका बासिन्दा त्रासपूर्ण अवस्थामा बस्दै आएका छन् ।   उक्त क्षेत्रको जोखिम न्यूनीकरणका लागि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बोलाएर आवश्यक निर्णय गरिने गाउँपालिकाका अध्यक्ष आचार्यले जानकारी दिए । 

काठमाण्डौ:  काठमाण्डौमा महिलाहरूको सुनको सिक्री लुट्ने गिरोह पक्राउ परेको छ ।   ुमर्निङ वाकु मा निस्किने महिलाहरूलाई सुनियोजित ढङ्गले पछ्याएर सिक्री लुट्ने पाँच जनाको गिरोहलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । उनीहरूले २० दिनमा आठ जना महिलाको सिक्री लुटेका कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक मनोजकुमार केसीले जानकारी दिनुभयो ।   पक्राउ पर्नेमा लुटपाटका मुख्य योजनाकार काभ्रेको पाँचखाल नगरपालिका–७ घर भएका उमेश क्षेत्री, चोरी गर्ने रामेछापको लिखु गाउँपालिका–१ का रवीन दमाई, सुनसरीको धरानका रवि विक, धनकुटाका राहुल माझी र चोरीको सुन खरिद गर्ने भारतको पश्चिम बङ्गालका श्रीकान्त मैती रहेका छन् । उनीहरूले चोरीको मोटरसाइकल प्रयोग गरेर मर्निङ वाकु मा हिँडिरहेका महिलाहरूको सिक्री लुट्दै आएका थिए ।

काठमाडौैं:  ट्यांकी निर्माण नै नगरी भुक्तानी दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   आर्थिक वर्ष २०७८/०७९ मा कर्णाली प्रदेशको मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चंखेली गाउँपालिका–२ मा खानेपानीको ट्यांकी निर्माण गर्ने योजना थियो । तर ट्यांकी निर्माण नै नगरी नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र उपभोक्ताको बिलमा चढाई बढी मूल्यांकन गरी भुक्तानीदिएको अख्तियारको आरोप छ ।   प्रमुख प्रशासकीय अधिकृत शाहीले ६ लाख ४८ हजार ७८६ रुपैयाँ हानीनोक्शानी पुर्‍याएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए ।   यो घटनामा अख्तियारले चंखेली गाउँपालिकाका इन्जिनियर मानबहादुर ऐडी, प्राविधिक सहायक गोभधन बोहरा, लेखापाल नवीन रेग्मी, चंखेली गाउँपालिका–२ का तत्कालिन वडाध्यक्ष हरिहर उपाध्याय, ट्यांकी निर्माण उपभोक्ता समितिका अध्यक्ष गोपाल विश्वकर्मा, सचिव प्रयोगलाल जैसी, कोषाध्यक्ष नन्दादेवी देवकोटा धितालविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पोखरा: लायन्स क्लब अफ पोखरा ग्यालेक्सीले विभिन्न सेवामूलक कार्यसहित साप्ताहिक कार्यक्रम सम्पन्न गरेको छ ।   क्लबका नँया अध्यक्ष अम्बरबहादुर थापाको कार्यकाल र नँया  लायन वर्षको शुभारम्भको अवसर पारेर क्लबले यही जुलाई १ देखि ७ तारिखसम्म सातवटा सेवामूलक कार्यक्रम गरेको हो ।   जसअन्तर्गत जुलाई १ तारिखका दिन वृक्षरोपण, २ मा पोखरा आरोग्य आश्रममा खाघ सामाग्री वितरण, ३ मा मृगौला पीडितलाई आर्थिक सहयोग, ४ मा मधुमेह सम्बन्धी सचेतना, ७ मा विद्यार्थीहरुका लागी ट्राफिक सचेतना, ६ मा भद्रकाली मन्दिर परिसरमा सरसफाई र ७ तारिखमा लायन सदस्यहरुका लागी क्षमता वृद्धिसम्बन्धी तालिम सञ्चालन गरिएको सहसचिव जिवलाल न्यौपानेले जानकारी दिनुभयो । 

सर्लाहीको पर्सा गाउँपालिका–४ को बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको ज्यान गएको छ ।   स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स  र १० वर्षीय दिपुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियार थारूले जानकारी दिनुभयो ।   हिजो दिउँसो घरबाट निस्केका उनीहरु राति अबेरसम्म नफर्केपछि अभिभावकले खोज्दै जाँदा गए राति  घरभन्दा तीन सय मिटरको दूरीमा रहेको बाँके खोलामा खनिएको खाल्डोमा मृत अवस्थामा भेटिएका हुन् ।     घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

विषालु च्याउ खाँदा डोटीको दिपायल सिलगढी नगरपालिका–५ इन्द्रचोकका ११ जना  बिरामी भएका छन् ।   बिरामी भएका सबैलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पताल सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिनुभयो ।    च्याउ खाँदा १८ वर्षीय अनमोल डुरा, ६० वर्षीया गङ्गा डुरा, १४ वर्षीया एलिजा डुरा, ३९ वर्षीय बासु बोगटी, १० वर्षीया मिना बोगटी, १२ वर्षीय सुनिल बोगटी, ४३ वर्षीया सकुन्तला खड्का बिरामी भएका छन् । १२ वर्षीया निशा बोगटी, ३९ वर्षीय बर्मा देवल, ५० वर्षीय बबर देवल र १९ वर्षीय सानु बोगटी पनि बिरामी परेका हुन् ।   यसअघि हिजो दैलेखको महाबु गाउँपालिका–२ डुङ्ग्रीमा जङ्गली विषालु च्याउ खाँदा एकै घरका चार जना बालबालिका बिरामी परेका छन् ।   विषालु च्याउ खाँदा गएको १५  गते ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–७ डाँडागाउँकी २४ वर्षीया कल्पना शर्माको ज्यान गएको थियो । हरेक वर्ष विषालु च्याउ खाँदा झण्डै ३० जनाको ज्यान जान गरेको सरकारी तथ्याङ्क छ ।   स्वास्थ्य मन्त्रालय र विज्ञले जङ्गलमा पाइने च्याउ नखान आग्रह गरेका छन् ।  जङ्गली च्याउ खाँदा बिरामी पर्ने र ज्यानैसमेत जान सक्ने जोखिम हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

काठमाण्डौ:  काठमाण्डौको ठमेलमा रहेको लर्ड अफ द ड्रिङ्क्स (एलओडी) क्लबका अर्का सञ्चालक रुदिलबल्लव श्रेष्ठलाई प्रहरीले आज पक्राउ गरेको छ ।    एलओडीमा गएकी १६ वर्षकी बालिका बलात्कृत भएको घटना सार्वजनिक भएपछि सञ्चालक श्रेष्ठलाई आज बिहान कुपण्डोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिनुभयो । त्यही मुद्दामा अर्का सञ्चालक राजुसिंह सुवाललाई बिहीवार हिजो बेलुका बालुवाटारबाट पक्राउ गरिएको थियो ।    उमेर नपुगेका व्यक्ति क्लबमा प्रवेश गराएको विषयमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी शाहले जानकारी दिनुभयो ।   जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर जिल्ला अदालतबाट क्लबका दुई जना सञ्चालक रुदिल श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ अनुमति लिएको थियो । प्रहरीले यसअघि बलात्कारको आरोप लागेका सुदन कोइरालालाई पक्राउ गरिसकेको छ ।

पोखरा: नेपाल फर्मास्युटिकल एसोसिएसन (एनपिए) गण्डकी प्रदेशको अध्यक्षमा वरिष्ठ फर्मासिस्ट उपप्राध्यापक प्रकाश पौडेल निर्वाचित भएका छन् ।   औषधि विज्ञानको पुरानो संस्थाको रुपमा रहेको एसोसिएसनको पोखरामा सम्पन्न प्रथम अधिवेशनले पौडेललाई अध्यक्षमा निर्वाचित गरेको हो । पोखरा महानगरपालिका २५ हेमजा स्थित सुब्बाथर घर भएका उपप्राध्यापक पौडेल गण्डकी विश्वविद्यालय अन्र्तगत औषधि विज्ञान संकायका संयोजक समेत हुन् ।   एसोसिएसनको विधान अनुरुप देशका सातै प्रदेशमा कार्यसमिति चयन गर्ने कार्यक्रम अनुसार गण्डकीमा चयन भएको कार्यसमितिको उपाध्यक्षमा नवराज बाँस्तोला, सचिवमा विजय त्रिपाठी, कोषाध्यक्षमा कुशल सुवेदी र सदस्यहरुमा शोभित पौडेल, युवराज पौडेल सगै महिला सदस्यमा अमृता अधिकारी निर्वाचित भएकी छिन् । नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा मतदान भएको थियो भने बाँकी अन्य पदहरुमा निविरोध भएको थियो ।   कार्यसमिति चयनका लागि अधिवक्ता नारायण प्रसाद तिवारीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचित कार्यसमितिका पदाधिकारी एंव सदस्यहरुलाई निर्वाचन संयोजक तिवारी सगै नेपाल फर्मास्यूटिकल एसोसिएसनका केन्द्रिय अध्यक्ष ललितमोहन पन्त, महासचिव संजिव कट्टेल, प्रचार सचिव अनिश श्रेष्ठ र नेपाल फार्मेसी फार्मेसी परिषद (एनपिसि) का रजिस्ट्रार संजिव पाण्डे लगायतले  प्रमाणपत्र प्रदान गरेका थिए ।   नेपाल फार्मेसी परिषद्को स्थापना, फर्मास्यूटिकल जर्नलको प्रकाशन, औषधि व्यवस्थापन सम्बन्धी तालिम, हस्पिटल फार्मेसी र कम्युनिटि फार्मली सम्बन्धी कार्यशालाको आयोजना, औषधि विज्ञान विषयका विद्यार्थीलाई व्यवाहारिक तालिम जस्ता औषधि विज्ञानको विषयमा प्राविधिक सेवा पुरयाउनुका साथै फर्मासिष्टको पेशागत हक हितको क्षेत्रमा काम गर्दै आएको औषधी विज्ञानको विभिन्न क्षेत्रमा कार्यरत जनशक्तिको वैधानिक छाता सङ्गठनको स्थापना वि.सं. २०२८ मा भएको थियो ।

काठमाण्डौ:  कलाकार सारुक ताम्राकार मृत भेटिएका छन् । काठमाण्डौ रातोपुलमा रहेको आफ्नै घरमा उनी मृत भेटिएका काठमाण्डौ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिनुभयो ।   ताम्राकारको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   उनले फिल्म ‘रानी’ ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डनमा’ र ‘नमरी बाँचे’ मा अभिनय गरेका छन् । उनी पछिल्लो समय फिल्म ‘ह्यासट्याग माया’को छायाङ्कनमा व्यस्त थिए । उनी कलाकार सानु ताम्राकारका छोरा हुन् ।