पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

दाङ:  दाङको बबइ नदीमा डुबेर मंगलबार एक किशोरको मृत्यु भएको छ ।   मृत्यु हुनेमा बबई गाउँपालिका वडा नं। ५ जौबारीका १७ वर्षका सिताराम देवकोटा रहेको इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख भीमवहादुर सुनारले जानकारी दिए ।   बबइ गाउँपालिका- १ मलइबाट घर फर्कने क्रममा बबइ नदीमा देवकोटाको डुबेर मुत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाण्डौ:   पर्साको वीरगञ्जमा रहेको सिर्सिया नदी किनारमा वीरगञ्ज महानगरपालिकाले वृक्षारोपण शुरु गरेको छ ।   प्रदूषित बनेको नदीको संरक्षणका साथै सरसफाइका लागि नदीको किनारमा महानगरले वृक्षारोपण शुरु गरेको हो ।   नदीको दुवै किनारामा वृक्षारोपण गर्दा हराभराका साथै सुन्दर देखिने र यसले नदी कटानबाट पनि बचाउने हुँदा नेपाल–भारत सीमाको मितेरी पुलदेखि उत्तरतर्फ महानगर क्षेत्रमा पर्ने सिर्सिया किनारमा वृक्षारोपण शुरु गरिएको महानगरका मेयर राजेशमान सिंहले बताउनुभयो ।   राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति (कार्यक्रम कार्यान्वयन एकाइ, भरतपुर चितवन) र ग्रिन सिटी सामुदायिक सेवा केन्द्रसँगको सहकार्यमा महानगरपालिकाले नदी किनारमा उन्नत जातका बाँस (चाप र हरौट) रोप्ने कार्य शुरु गरेको हो ।   मनसुनमा बाढीले सिर्सिया नदी कटान गर्दै आएको छ । साथै तटिय क्षेत्रमा डुबानको समस्या छ । महानगरले नदी सफाइका लागि औद्योगिक क्षेत्रबाट निस्कने लेदो पानी फाल्न रोक लगाएको छ ।   पर्सा–बारा औद्योगिक करिडोरमा सञ्चालित उद्योगबाट निस्किने फोहर पानीका कारण सिर्सिया नदी प्रदूषित बन्दै गएको छ ।  

सुनसरीको इटहरी चोकमा टिपरले स्कुटरलाई ठक्कर दिँदा आमा छोरीको ज्यान गएको छ ।   हिजो दिउँसो टिपरको ठक्करबाट इटहरी उपमहानगरपालिका–८ गैसारका ४२ वर्षीया सरिता चौधरी र उहाँकी छोरी २२ वर्षीया अनुशा ९अंशु० घाइते हुनुभएको थियो ।    गम्भीर घाइते आमा छोरीको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा ज्यान गएको इलाका प्रहरीले कार्यालय इटहरीले जनाएको छ ।   कान्छाराम कन्स्ट्रक्सनको ना १ क ९१०७ नम्बरको टिपरले को १४ प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।   घटनापछि स्थानीय बासिन्दाले टिपरमा तोडफोड गरेका थिए भने नाराबाजीसहित प्रदर्शन गरेका थिए । टिपर चालक सर्लाहीको हरिवनका बलबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ ।    इटहरीका मेयर हेमकर्ण पौडेलले घटनाको छानबिन समिति बनाएर आवश्यक कारबाही गर्ने प्रतिवद्धता जनाउनुभएको छ र दुर्घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

काठमाण्डौ:  सरकारले छ लाख १५ हजार एक सय ६१ घरपरिवारलाई गरिब परिचयपत्र वितरण गरेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न ४९ जिल्लामा गरिब पहिचान गरी परिचयपत्र वितरण गरेको हो ।   सरकारले उनीहरूको आय तथा व्ययको स्रोत, घरको अवस्था, जीवनशैली, शिक्षाको अवस्थालगायतको सूचकाङ्क अध्ययन गरी अतिगरिब, मध्यम गरिब र सामान्य गरिबका रूपमा वर्गीकरण गरेर पहिचान गरेको छ । वार्षिक प्रतिव्यक्ति २२ हजार ९ सय १९ रुपैयाँ खर्च गर्न नसक्नेलाई गरिब मानिएको छ ।   तीनै तहका सरकारले गरिब लक्षित कार्यक्रम सञ्चालन गर्दा उनीहरूलाई सेवा तथा सुविधा उपलब्ध गराउँदा परिचयपत्रका आधारमा प्रदान गर्ने गरिब पहिचान तथा मापदण्ड शाखाका प्रमुख झविन्द्र पाण्डेले जानकारी दिनुभयो । सङ्घीय, प्रादेशिक र स्थानीय तहका सरकारले आफ्नो क्षमताअनुसार उनीहरूलाई सहुलियत प्रदान गर्नेछन् ।   सरकारले उनीहरूलाई शिक्षामा छात्रवृत्ति, निःशुल्क स्वास्थ्य बिमाका साथै गरिबी न्यूनीकरणका परियोजनामा प्राथमिकता दिएको छ । २०७० सालमा गरिब पहिचानको कार्यक्रम शुरु गरिएकोमा शुरुमा २६ जिल्ला र २३ जिल्लाका गरिब पहिचान गरिएको थियो ।   बाँकी २८ जिल्लामा पहिचानका कार्य सकिएकाले आगामी वर्षमा परिचयपत्र वितरण गरिने छ । पहिचान तथा परिचयपत्र वितरण कार्यका लागि सरकारले अहिलेसम्म झण्डै एक अर्ब ५३ करोड रुपैयाँ खर्च गरिसकेको जनाएको छ । 

भक्तपुरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ। चाँगुनारायण नगरपालिका (८ का ४२ वर्षीय ज्ञानेन्द्र लोचन घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी परिसर कार्यालय भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए। उनका अनुसार असार १३ गते कमलविनायकबाट जितपुर जाँदै गरेको बाग्मती प्रदेश ०२ (०२६ प। ०६५३ नम्बरको मोटरसाइकलले घिमिरेलाई ठक्कर दिएको थियो। ठक्करबाट उनी गम्भीर घाइते भएका थिए।   उपचारको क्रममा सोमबार साँझ न्युरो अस्पताल काठमाडौंमा मृत्यु भएको डिएसपी पाठकले बताए।   प्रहरीका अनुसार मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका (५का २० वर्षीय राजन थापा र मोटरसाइकल पछाडि बस्ने २४ वर्षीय साजन कार्की सामान्य घाइते भएका थिए।  

काठमाण्डौ: काठमाण्डौ महानगरपालिकाले हनुमानढोका परिसरभित्र गाडी निषेध गरेको छ ।   महानगरका मेयर बालेन्द्र शाहले यहाँको चिनारी नै प्राचीन सम्पदा भएकाले तिनको मौलिकता जोगाउन आवश्यक भएको बताउनुभयो । ‘विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग अँगाल्न सक्ने भनेकै यिनै सम्पदा र यिनको प्राचीन मौलिकता पनि हुन्’, उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘अनुभव गर्न र रमाउन लाखौँ पर्यटक आउन सक्छन् ।’    वसन्तपुर क्षेत्रमा दैनिक हजारौँ पर्यटक आउने गरेका उल्लेख गर्दै उहाँले सामाजिक सञ्जालमार्फत भविष्यमा लाखौँ पर्यटक आउनसक्ने सम्भावना रहेको उल्लेख गर्नुभएको छ । मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक रहेको उल्लेख गर्दै हनुमानढोका परिसरभित्र गाडी निषेध गरिएको मेयर शाहले बताउनुभयो ।

काठमाडौं: मंगलबार सुन र चाँदीको मूल्य बढेको छ ।   नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ४००, तेजावी सनुको मूल्य तोलामा ३५० र चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ ।   आज छापावाल सुनको मूल्य एक लाख १० हजार रुपैयाँ प्रतितोलाबाट बढेर एक लाख १० हजार ४०० रुपैयाँ कायम भएको छ ।   तेजावी सुनको मूल्य एक लाख ९ हजार ५०० रुपैयाँबाट बढेर एक लाख ९ हजार ८५० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा पाँच रुपैयाँले बढेर एक हजार ३७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

पोखरा:    गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बरालले स्नातक तहको प्रश्नपत्र नेपालीमा बनाउन  माग गरेका छन् ।   प्रदेश सभाको मंगलबार बसेको बैठकको शून्यमा समयमा बोल्दै सांसद बरालले स्नातक तहको परिक्षामा प्रश्नपत्र अङ्गेजी र उत्तर नेपालीमा दिने व्यवस्था छ अब प्रश्नपत्र पनि नेपालीमा हुने व्यवस्था गर्न माग गरेका हुन् ।   ‘स्नातक तहको परिक्षामा प्रश्नपत्र अङ्ग्रेजीमा, उत्तर नेपालीमा दिन पाइने व्यवस्था छ’, सांसद बरालले भने, ‘यो प्रश्नपत्र अङ्ग्रेजीमा हुने कुराले विद्यार्थीहरुले आफ्नो ज्ञान प्रस्फुटन गर्न अप्ठेरो भएकाले यो प्रश्नपत्र पनि नेपाली विषयमा बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु चाहान्छु ।’   यसअगाडि संघीय संसदमा पनि प्रश्नपत्र नेपालीमा बनाउन सांसदले माग गरेका थिए । 

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै घरका तीन जना बालबालिकाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।   बिहान ५ बजेतिर खसेको पहिरोले पाणिनी गाउँपालिका १ गोवनपानीका गंगा रास्कोटीको घर पुरिँदा उहाँका तीन जना नातिनातिनाको ज्यान गएको हो ।   पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेका अनुसार पहिरोमा परेर १० वर्षका धनबहादुर रास्कोटी, १२ वर्षका खुमबहादुर रास्कोटी र ११ वर्षकी मञ्जु रास्कोटीको ज्यान गएको हो । ज्यान गुमाएका बालबालिका दाजुभाइका छोराछोरी भएका उहाँले बताउनुभयो ।   पहिरोमा पुरिएका अर्का १४ वर्षका बालक सचिन रास्कोटी घाइते भएका छन् । उनको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेका अनुसार सुतिरहेका बेला उनीहरु पहिरोमा परेका हुन् ।