पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

काठमाण्डौ: अनलाइन जुवा अर्थात् ‘बेटिङ’ प्लेटफर्मको प्रचारमा संलग्न रहेको आरोपमा पक्राउ परेका कलाकार रिहा भएका छन् ।   काठमाण्डौ जिल्ला अदालतको आदेशपछि कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर), (भटभटे) भनेर चिनिने बेगम नेपाली, ९म्याकुरी ० भनेर चिनिने पवन खतिवडालगायत कलाकार रिहा भएका हुन् । ५ हजार रुपैयाँ धरौटीमा बुझाएर उनीहरु रिहा भएका हुन् ।   उनीहरु गएको जेठ ३१ गते पक्राउ परेका थिए । सट्टेबाजी गराउने एजेन्ट भनिएका दिनेश खड्का र अनिता धिताललाई चाहिँ  अदालतले १० लाख रुपैयाँ धरौटी मागेको छ । यो प्रकरणमा संलग्न कुशल पोखरेल फरार छन् ।

डोटी:  डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा हिजो बेलुका जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ र तीन जना घाइते भएका छन् ।    बा १ झ ९४३४ नम्बरको जीप दुर्घटना हुँदा आदर्श(१ स्याउलेकी ६५ वर्षीया हीरा खड्काको ज्यान गएको हो । आदर्श गाउँपालिकाबाट सायल गाउँपालिकाका लागि छुटेको जीप अनियन्त्रित भइ कच्ची सडकबाट तल खसेको प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिनुभयो ।   घाइते हुनेमा वीरबहादुर खड्का, रविन्द्र सुनार र टेकबहादुर तिरुवा रहेका प्रहरीले जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको बताइएको छ ।

कास्कीः जिल्ला प्रशासन कार्यालय कास्कीको तथ्यांकले जिल्लाभर १ हजार १ सय ३७ हतियार रहेको देखाउँछ । जसमध्ये टुटु, १२ बोरको बन्दुक, भरुवा र हावादारी रहेका छन् ।    प्रशासन कार्यालयले उक्त तथ्यांक वर्षेनी नवीकरण हुन आउने बन्दुकको रेकर्डअनुसार उल्लेख गरेको हो । तर जिल्ला प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयलाई आधार मान्ने हो भने जिल्लामा उल्लेखित संख्याभन्दा बढी बन्दुक रहेका छन् ।    विशेषतः प्रशासन कार्यालयले निर्वाचनताका जिल्लावासीलाई हतियार बुझाउन गरेको आग्रहको आधार र वर्षेनी नवीकरण हुने संख्यालाई लिएर उक्त हिसाब देखाएको हो । यता, सरकारी वकिल र प्रहरी कार्यालयमा आउने हातहतियारसम्बन्धी मुद्दामा प्रयोग भएका अधिकांश बन्दुक भने दर्ता नगरी राखिँदै आएको पाइएको छ ।    जिल्लामा रहेका हतियार बाजे, बुवा हुँदै छोरा पुस्तामा आएको देखिन्छ । जसलाई वर्षेनी नामसारी र नवीकरण गरिँदै आइएको प्रशासन कार्यालयले जनाएको छ ।    त्यस्ता हतियारहरु हेर्दा सामान्य  घातक नदेखिएपनि त्यसबाट अन्नपूर्ण संरक्षण क्षेत्रमा चोरी शिकारी हुँदै आएको अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप)का सूचना अधिकारी डा. रविन कँडरिया बताउँछन् ।    अन्नपूर्ण क्षेत्रमा बन्दुकमार्फत रतुवा र घोरलको चोरी शिकारी हुने गरेको उनले बताए । ‘एक्यापले कारवाही गरेको १९ मुद्दा छन्, जहाँ नगद जरिवाना बढी छ’ कँडरिया भन्छन् ‘चोरी शिकारीमा एक्यापले नै मुद्दा चलाउँछ भने अन्यमा खरखजानाअन्तरगत प्रहरीकहाँ पठाउँछौं ।’     कंँडरियाको अनुभवमा अवैधानिकरुपमा राखिएका बन्दुकहरु चोरी शिकारीमा प्रयोग भएका छन् । ‘हामीलाई घरमा राखिएका बन्दुकबाट खतरा छ, परियोजना क्षेत्रमा बन्दुक पड्किएको आवाज सुनिनु नौलो होइन’ उनले भने ‘यद्यपि, पहिलेभन्दा अहिले चोरी शिकारी धेरै कम भएको रेकर्ड छ ।’   माछापुच्छ्रे गाउँपालिकाको खैमराङमा केही अघि ढुकुर हान्दा एक छिमेकी महिलाको छातिमा लागेको थियो । खैमराङका आइत सिं तामाङले चलाएको उक्त बन्दुकको लाइसेन्स थिएन । पछि एकापसमा मिलापत्र गरेपछि अदालतबाट कम सजायमा उनी छुटेका थिए ।     उक्त भरुवा बन्दुक राख्न इजाजत नलिएकाले जफत गरिएको छ ।    त्यस्तै, चोरी शिकारी र खरखजाना मुद्धामा प्रयोग भएका बन्दुक पनि बिना इजाजत प्रयोग भएको सरकारी वकिल कार्यालयका एक न्यायधिवक्ता बताउँछन् । उनका अनुसार दर्ता भएका बन्दुकबाट भन्दा बिना दर्ता राखिएका बन्दुकबाट अपराध हुने सम्भावना बढी छ ।    जिल्ला प्रशासनका अनुसार पछिल्लो समय बन्दुक दर्ता भएको छैन । पहिलेदेखि घरमा भएका बन्दुक नवीकरण हुँदै आएको छ ।    यस्ता हतियारबाट हुने अपराधमा मुलुकी अपराध संहिता २०७४ को दफा १३२ को उपदफा (१) अनुसार फैसला गरी सजाय सुनाउने प्रावधान रहेको छ । दफामा ‘हातहतियार इजाजतपत्र प्राप्त नगरी वा इजाजातपत्र प्राप्त गरेको भएपनि शर्त बन्देज विपरित हुने गरी प्राप्त गर्न, राख्न, भण्डारण गर्न, प्रयोग गर्न वा लिएर हिड्न हुँदैन’ भनिएको छ ।   दफा विपरित भए ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिबाना हुने उल्लेख छ । तर ज्यान मुद्दामा भने उक्त दफा लागु हुनेछैन ।   त्यस्तै, मादी गाउँपालिका निवासी विशाल गुरुङले अर्काको नाममा रहेको हतियारबाट बन्यजन्तु शिकार गरेपछि उनलाई ०७८ साउनमा कास्की जिल्ला अदालतले १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।  उक्त फैसला अनुरुप गुरुङले दिनको ३ सय रुपैयाँकादरले जरिवना बुझाई जेलमुक्त भएका थिए ।    यस्तै प्रकृतिको मुद्दामा अन्नपूर्ण गाउँपालिकाका ओमप्रसाद गर्बुजा पनि समातिएका छन् । उनले समातिएपछि उक्त बन्दुक जंगलमा भेटेपछि आफैले प्रयोग गरेको बताएपछि मुद्दा प्रक्रियामा रहेको छ । उक्त बन्दुक प्रहरीले केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला काठमाण्डौंमा परीक्षणार्थ पठाएको छ । जसको रिपोर्ट आउन बाँकी छ ।    जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ गुरुदत्त ढकालले पहिले भएका बाहेक नयाँ हतियार दर्ता गराउन आउनेको संख्या शून्य भएको बताएका छन् । खरिद स्वीकृति लिने र नामसारी गर्ने व्यवस्था प्रशासनले गर्ने बताउँदै प्रजिअ ढकालले कास्कीमा १२ र २२ बोरबाहेकका ठूला हतियार नभएको जनाए ।    त्यस्ता हतियारबाट कुनै अपराध भए हतियार जफतदेखि कानूनी कार्वाही हुने र भइरहेको ढकालले बताएका छन् ।      प्राचिन समयदेखि नेपालीहरुको घरमा हतियार राख्ने चलन चलेपनि हाल ‘अनावश्यक’ भएको सामाजिक अनुसन्धाता रामचन्द्र बराल बताउँछन् ।    ‘हाम्रो समाज लाहुेर संस्कृतिमा भिजेको छ, शान मान र प्रतिष्ठास्वरुप हतियार राख्न थालिएको हो’ पृथ्वीनारायण क्याम्पसमा प्राध्यापनरत बराल भन्छन् ‘विशेष पर्वमा कोतपूजा गर्ने, समाजमा शक्ति देखाउने काममा हतियार राख्ने गरिएको पाइन्छ ।’   पहिले राज्य कमजोर भएकाले आफ्नै सुरक्षाकाखातिर हतियार राखिने भएपनि अब आधा घण्टाको समयमा राज्यको उपस्थिति सम्भव भएकाले आदर्श समाजमा हतियार अनुचित भएको उनको टिप्पणी छ ।    ‘सामाजिक मनोविज्ञानमा हतियार हुनुहुन्न’ बराल भन्छन् ‘बाँदर तर्साउन राखिने हतियारले मान्छे तर्साइयो भने समाज द्वन्द्वतर्फ अग्रसर हुनसक्छ ।’ ु

काठमाण्डौ: मानवीय सेवामा क्रियाशील अन्तर्राष्ट्रिय संस्था लायन्स क्लबको इन्टरनेशनल डाइरेक्टरमा बालकृष्ण बुर्लाकोटी विजयी हुनुभएको छ ।   लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका पूर्व गभर्नर बुर्लाकोटी जेठ २१ र २२ गते भएको मल्टिपल कन्भेन्सनबाट इन्टरनेशनल डाइरेक्टरमा विजयी हुनुभएको हो । भर्चुअल माध्यमबाट भएको निर्वाचनमा बुर्लाकोटीले खगेन्द्र सिटौलालाई हराउनु भएको थियो ।    अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अन्तर्गत रहेर बुर्लाकोटीले आफ्नो  कार्यकालमा सय वटा क्लब खोलेर विश्व रेकर्ड बताउनु भएको थियो ।  

पोखरा: पोखरा १० बुद्धचोक स्थित सोसल पब्लिक स्कूलद्वारा आयोजित प्रथम एसइई फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।   २०७९ सालको एसइई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी आयोजित प्रतियोगिता आयोजकले नै जितेको छ । सोमबार पोखरामा भएको फाइनल खेलमा प्रतियोगिताको आयोजक सोसल पव्लिकले वेलनन एकेडेमी सम्मिलित टिमलाई ४–० गोलले पराजित गर्दै उपाधि जितेको हो ।   उपाधि संगै सोसल पल्लिकले नगद २० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता वेलननले नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्न सफल भयो । प्रतियोगितामा विजेता खेलाडी तथा टिमलाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, विद्यालयका संस्थापक प्रवन्ध निर्देशक खिम गुरुङ, विद्यालयका प्रिन्सिपल शिदार्थ शर्मालगायतले नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।   सोसल पव्लिकमा बाल कक्षा देखि १२ कक्षा सम्म अध्ययन अध्यापन हुँदै आएको छ । सो विद्यालयमा कक्षा ११–१२ अन्तर्गत होटल म्यानेजमेन्ट र कम्पूयुटर साइन्स विषयमा अध्ययन अध्यापन हँदै आएको विद्यालयका संस्थापक प्रवन्ध निर्देशक गुरुङले जानकारी दिए । 

भक्तपुर: भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा एक सय ५० शय्याको सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ ।    आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि कोरियाका राजदूत पार्क, ते–योङले अस्पताल निर्माणको सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।   सम्झौताअुनसार नेपाल–कोरिया मैत्री नगर अस्पताललाई विस्तार गर्न अमेरिकी डलर ९५ लाख ९ एक अर्ब २५ करोड ४० लाख रुपैयाँ० लगानी गरिने भएको छ  । आउँदो पाँच वर्ष ९सन् २०२७० सम्ममा पूरा गरिसक्ने लक्ष्य रहेको यो परियोजनामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहकार्य एवम् समन्वयमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका०, मध्यपुर थिमि नगपालिका र यो अस्पतालले संयुक्त रहने भएको छ।   सम्झौताअनुसार नगरपालिका अस्पतालको छेउमा रहेको जग्गामा एक सय ५० शय्याको नयाँ अस्पताल निर्माण गरिने र आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने तथा कर्मचारीका लागि क्षमता विकासका काम गरिने जनाइएको छ ।   नेपालका लागि कोरियाली राजदूत पार्क, ते–योङले नयाँ अस्पताल नागरिकका लागि निकै उपयोगी हुने बताउँदै यस परियोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न सरकारका तर्फबाट पूर्ण सहयोगको अपेक्षा रहेको बताउनुभयो । द्विपक्षीय कुटनीतिक सम्बन्धको ५०औंँ वर्षगाँठ मनाउन कोरिया इन्छुक रहेको पनि उहाँको भनाइ छ ।    अर्थ मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले कोरियाली सरकार नेपालको महत्त्वपूर्ण विकास साझेदार रहेको बताउनु भयो । कोइकाका निर्देशक कोङ मुहओनले कोइका नेपालका विभिन्न स्वास्थ्य परियोजना कार्यान्वयनमा सक्रिय रहेको र हरेक परियोजनाले विशिष्ट उपलब्धि हासिल गरिरहेको बताउनुभयो ।    यो पनि पढ्नुहोस   भक्तपुरको गाईजात्रा सम्पन्न भक्तपुरमा पञ्चदान पर्व मनाइँदै

काठमाडौं महानगरपालिकाका १२ जना नगर प्रहरी कारबाहीमा परेका छन्।   महानगरले १२ जना नगर प्रहरीमध्ये ७ जना करारका नगर प्रहरीलाई जागिरबाट हटाएर अन्य ५ जना स्थायी नगर प्रहरीलाई निलम्बन गरिएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।   उनका अनुसार नगर प्रहरीहरूले ड्युटी आवरमा निर्देशन दिएविपरीत काम गरेको हुँदा कारबाही गरिएको हो।    अमानवीय व्यवहार देखिएपछि हामीले यसअघि १२ जना नगर प्रहरीलाई विभागीय कारबाही गरिसकेका छौं, उनले भने, कामबारे ब्रिफिङ गर्दा अभद्र व्यवहार नगर्न समेत भनेका छौं। ​ यस प्रकारका घटना दोहोरिन नदिन क्षेत्रमा खटिएका प्रहरीहरूलाई केन्द्रीय कार्यालयमा बोलाएर आचरणसम्बन्धी तालिम दिन थालिएको पाण्डेको भनाइ छ।

सोलुखुम्बु:   मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरा डाँडामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।     दुर्घटनास्थलमा पुगेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार अहिले पाँच जनाको शव भेटिएको छ भने एक जनाको खोजी कार्य जारी छ ।    उनीहरुको पहिचान भने हुन नसकेको बस्नेतले बताए ।   सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरा डाँडामा दुर्घटनाग्रस्त भएको सम्पर्कविहीन भएको थियो ।    सो हेलिकप्टरमा क्याप्टेन सिबी गुरुङ र पाँच मेक्सिकन नागरिक सवार थिए ।  

सोलुखुम्बु:  सोलुखुम्बुबाट काठमाण्डौका लागि उडेको मनाङ एअरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोलुखुम्बुको सुर्केबाट काठमाण्डौका लागि उडेको मनाङ एअरको एनए–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको हो । हेलिकप्टरमा चालकसहित ६ जना रहेका सिटौलाले जानकारी दिनुभयो ।    मनाङ एअरको हेलिकप्टर सम्पर्कविहीन रहेको जानकारी आएको छ, टावरसँग सम्पर्क भएको छैन, लामजुरा पाससम्म आइपुग्दा हेलिकप्टरसँग भाइबरमा ‘हेल्लो’ मात्रै सन्देश आएको जानकारी आएको छ, खोजी जारी छु, उहाँले भन्नुभयो ।   नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख महेश श्रेष्ठका अनुसार लुक्लाबाट सामान्यतया ४५ मिनेटमा काठमाण्डौ पुग्नुपर्ने हेलिकप्टर अहिलेसम्म सम्पर्कमा आउन सकेको छैन ।