पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

यस वर्षको मनसुनजन्य विपदबाट हालसम्म ३१ जनाको मृत्यु भएको छ।   गृहमन्त्रालयअन्तर्गत विपद् पूर्वतयारी प्रतिकार्य शाखाका अनुसार बुधबारसम्म यस वर्ष मनसुन सुरू भएयता बाढी–पहिरोबाट २४ जना बेपत्ता छन् भने ३४ जना घाइते छन्। ९५ वटा घर पूर्णरूपमा क्षतिग्रस्त बनेका छन् भने १८४ घरमा आंशिक क्षति पुगेको छ।   महाशाखाका अनुसार बाढी(पहिरोबाट संखुवासभामा सबैभन्दा बढी क्षति पुगेको छ। गत असार पहिलो साता आएको बाढीबाट त्यहाँ ४ जनाको मृत्यु भएको थियो भने भने १८ जना अझै बेपत्ता छन्। ताप्लेजुङको पहिरामा ३ जनाको मृत्यु भएको तथ्यांक छ। त्यहाँ ३ जना अझै बेपत्ता छन्।   पाँचथरको बाढीमा पनि ३ जनाको मृत्यु भएको थियो भनेर ३ जना अझै भेटिएका छैनन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकणले यस वर्ष बाढी–पहिरोबाट १२ लाख ५४ हजार प्रभावित हुने प्रक्षेपण गरेको थियो। २ लाख ८६ हजार ९९८ घरधुरी प्रभावित हुने उसको आकलन छ।

काठमाडौं:   सत्तारूढ दल नेपाली कांग्रेसक सचेतक सुशिला थिङले तामाङ समुदायको संस्कृतिमाथि धावा बोल्ने अधिवक्ता भगवती पाण्डेलाई कारबाहीको माग गरेकी छन् ।   एउटा टेलिभिजन कार्यक्रममा पाण्डेले तामाङ समुदायमाथि दिएको अभिव्यक्तिको विषयलाई लिएर उनले कार्यक्रम प्रस्तोता र अधिवक्ता पाण्डेलाई कारबाहीको माग गरेकी हुन् ।   'अधिवक्ता भगवती पाण्डेले दिएको अन्तर्वार्तामा तामाङ मगरलगायत अन्य जाति समुदायको आत्मसम्मानमा चोट पर्ने गरी जुन अभिव्यक्ति दिनुभएको छ, त्यसको घोर आपत्तिजनक भएकाले घोर भत्र्संना गर्न चाहन्छु,' उनले भनिन्, 'हाड नाताभित्र हुने विवाहले अपराध बढाएको दाबी गर्दै तामाङ समुदायमा दाजु बहिनीबीचमै विवाह हुँदा विवाह गर्ने व्यक्ति एकोहोरो हुने र अपराधामा संलग्न हुने भन्ने अभिव्यक्तिले मेरो मनमा सुन काण्डभन्दा बढी पोलेको छ ।'   उनले यस्तो अभिव्यक्तिले आफू कति आपराधिक समुदायको माननीय भएछु भन्ने चिन्ता लागेको बताइन् ।   उनले गलत उदाहरण दिएर जाति समुदायको संस्कार संस्कृतिमाथि धावा बोल्ने जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव कसुर र सजाय ऐन २०६८ र मुलुकी अपराध संहिता २०७४ मर्मविपरीत भएकाले हदै सम्मको कारबाही गर्न माग गरिन् ।

काठमाडौँ : तामाङ, मगर, मुस्लिम लगायत समुदायको विवाह संस्कारबारे विवादास्पद अभिव्यक्ति दिने अधिवक्ताविरुद्ध नेपाल तामाङ घेदुङले प्रहरीमा जाहेरी दिएको छ ।   जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८, मुलुकी अपराध संहिता २०७४ विपरीत कसुर गरेको भन्दै गुल्मीकी अधिवक्ता भगवती पाण्डेविरुद्ध घेदुङका कार्यवहाक अध्यक्ष कुमारसिंह घिसिङले काठमाडौं जिल्ला प्रहरी कार्यालयमा मंगलबार जाहेरी दर्ता गरेका हुन् ।   अधिवक्ता पाण्डेले एक टेलिभिजन कार्यक्रममा हाडनाताभित्र हुने विवाहले अपराध बढाएको दाबी गर्दै तामाङ समुदायमा दाजुबहिनीबीच हुने विवाहबारे घृणा फैलाउने अभिव्यक्ति दिएकी थिइन् ।   जाहेरीमा अभिवक्ता पाण्डेसहित कार्यक्रम प्रस्तोता दिक्पाल कार्की र कार्यक्रम प्रसारण गर्ने टेलिभिजनलाई विपक्ष बनाइएको छ । उक्त जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्तासमेत भइसकेको तामाङ घेदुङका कार्यवहाक महासचिव जगतमान लामाले जानकारी दिए ।     भगवती पाण्डे संघले टेलिभिजनलाई पनि विपक्षी बनाएको छ ।   कुनै समुदायको सामाजिक मान्यता, सांस्कृतिक मुल्य माथि चोट पुग्ने गरी र जातिय घृणा उत्पन्न हुने कुनै सामग्री प्रशारण पत्रकार आचार संहिता विपरित भएको कारण टेलिभिजनलाई विपक्षी बनाइएको हो ।   प्रेस काउन्सिल नेपालद्धारा जारी पत्रकार आचारसंहिता, २०७३ मा पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने कामको दोस्रो बुँदामा भनिएको छ, ‘पत्रकार तथा सञ्चारमाध्यमले जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय, भाषिक, राजनीतिक आस्था, वर्ण वा शारीरिक, मानसिक र स्वास्थ्य अवस्थाजस्ता कुनै पनि आधारमा कसैमाथि पनि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी समाचार सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन ।’

धनगढी: कैलाली कारागारका एक जना कैदीको मृत्यु भएको छ ।   चोरी मुद्दामा कैद भुक्तान गरिरहेका बैतडीको दोगदाकेदार गाउँपालिका–५ का २८ वर्षीय सरोज विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।   जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले विष्टको सोमबार बिहान उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए ।   चन्दकाअनुसार उनी लामो समयवेखि क्षयरोगबाट पीडित थिए ।

बैतडीमा  पहिरोमा घर पुरिँदा आमाछोराको मृत्यु भएको छ।   पुर्चौडी नगरपालिका–२, भैरुवामा मंगलवार बिहान करिब २ बजेतिर सडक भासिएर आएको पहिरोले स्थानीय महेश जागरीको घर पुरिँदा उनकी २५ वर्षीया श्रीमती अञ्जु जागरी र ५ वर्षीय  छोराको रिजन जाग्रीको मृत्यु भएको हो।   जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी प्रेमबहादुर शाहीका अनुसार पहिरोले पुरिएर १८ वर्षीय गोब्बर जागरी घाइते भएका छन्। उनलाई राति ३ बजे उद्धार गरिएको पुर्चौडी(२ का वडाध्यक्ष चक्रबहादुर बमले जानकारी दिए। अञ्जु र  रिजनलाई भने मृत अवस्थामा बिहान ८ बजेतिर निकालिएको उनले बताए।   वडाध्यक्ष बमका अनुसार  महेश जागरी रोजगारका लागि भारतको चिथौरागढमा छन्। घटनाबारे उनलाई खबर गरिएको र भोलिसम्म आइपुग्ने  उनले बताए। हिजो महेश जागरीकी आमा ४५ वर्षीय रायमति जागरी, श्रीमती रञ्जु, छोरा रिजन, भाइ गोब्बर र एकजना पाहुना सो घरमा सुतेका थिए।   उनको घरमाथीको सडक केही महिनाअघि मात्रै बनाइएको हो। सडक खनिएको माटो किनारमै रहेको र वर्षाले त्यहाँ थुपरिएको माटोसहित सडक नै भासिएर  पहिरो आएपछि घर पुरिएको  वडाध्यक्ष बमले बताए। रायमति र पाहुना पहिरो जाँदाजाँदै घरबाट बाहिर निस्कन सफल भएका थिए भने तीन जना पुरिएका थिए।   पहिरोमा परी दुईवटा गाई, दुईवटा भैँसी, दुइवटा गोरू र एउटा बाख्रा पनि मरेका छन्। नजिकै रहेको गौरी भण्डारीको घर पनि जोखिममा रहेकाले त्यहाँ रहेका सबैलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष बमले बताए।  

अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने बताएका छन्।   सोमबार बुटवलमा नेपाल प्रेस युनियन रूपन्देहीले गरेको पत्रकार सम्मेलनमा मन्त्री महतले नयाँ मौद्रिक नीतिले लगानीको वातावरण सहज हुने बताएका हुन्।आर्थिक वृद्धि सुनिश्चित गर्ने र मूल्यलाई एउटा तहमा राख्ने वित्त नीती र मौद्रिक नीतिको लक्ष्य रहेको मन्त्री महतले जानकारी दिएका छन्।    ‘त्यसले निजी क्षेत्रमा लगानी पनि सहज हुन्छ । ब्याजदर पनि कम भएर जान्छ,’ उनले भने।समग्रमा हेर्दा मूल्यवृद्धि  पनि  कम भएको मन्त्री महतको दाबी छ। ‘कुनै वस्तुमा बढेको पनि होला तर समग्रमा घटेको छ,’ उनले भने। मन्त्री महतले विसंगतिहरुलाई चिरेर जाने, समस्याको हल गर्दै जाने बाटोमा सरकार अघि बढेको बताए।  

इटहरी उपमहानगरपालिकाले छात्रवृत्ति विवरण नबुझाउने दुइटा निजी स्कुलको अनुमति रद्द गरेको छ।   इटहरी-१० मा रहेको इटहरी नमूना स्कुलु र ६ नम्बर वडामा रहेको इटहरी चिल्ड्रेन स्कुलु को अनुमति रद्द गरिएको मेयर हेमकर्ण पौडेलले जानकारी दिए।   प्रचलित शिक्षा ऐन र नियमावलीमा भएको व्यवस्था बमोजिम छात्रवृत्ति वितरणको विवरण पेस गर्न लिखित पत्राचार गरे पनि अटेर गरेपछि अनुमति रद्द गरिएको उनले बताए।   २०८० असार २९ को नगर शिक्षा समितिको बैठकले समयमा छात्रवृत्तिको विवरण नबुझाउने स्कुलको अनुमति रद्द गर्ने निर्णय गरेको थियो। त्यसअघि, असार २१ गतेको बैठकले तोकिएको समय सीमाभित्र विवरण नबुझाउने स्कुललाई एक लाख रूपैयाँ जरिवाना तोकेको थियो। जरिवाना पनि नबुझाएपछि उपमहानगरपालिकाले दुइटा स्कुलको अनुमति रद्द गरेको हो।   इटहरी नमूना स्कुलले कक्षा ६ सम्मको अनुमति लिएको थियो भने इटहरी चिल्ड्रेन स्कुलले कक्षा १० सम्मको अनुमति लिएको थियो। उपमहानगरले अनुमति रद्द गरेको पत्र आइतबार सम्बन्धित स्कुलहरूलाई पठाएएको छ।   अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन(२०७५ अनुसार संस्थागत विद्यालयहरूले विद्यार्थी संख्याको अनुपातमा छात्रवृत्ति प्रदान गर्नुपर्ने व्यवस्था छ। नियमानुसार छात्रवृत्ति प्रदान गरेको विवरण स्थानीय सरकार समक्ष बुझाउनुपर्छ। नियमअनुसार पाँच सय जनासम्म विद्यार्थी हुने स्कुलले १० प्रतिशतलाई अनिवार्य छात्रवृत्ति दिनुपर्छ।    त्यस्तै पाँच सयदेखि आठ सय जनासम्म विद्यार्थी हुनेले १२ प्रतिशत र आठ सयभन्दा माथि हुनेले १५ प्रतिशतलाई छात्रवृत्ति दिनुपर्ने कानुनी प्रावधान छ। बाल कक्षादेखि कक्षा १२ सम्मकै हकमा यो नियमअनुसार छात्रवृत्ति दिनुपर्ने हुन्छ।