पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

काठमाडौंको सोह्रखुट्टेमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।   काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे उकालोमा आइतबार बा ४ ख ७४११ नम्बरको बससँग बा ६४ प ४९३२ नम्बरको मोटरसाइकल ठोक्किएको हो। उक्त दुर्घटना परी मोटरसाइकल चालक २३ वर्षीय शिवसुन्दर गजुरेलको मृत्यु भएको प्रहरीले जनाएको छ।   हाल बालुवाटार बस्ने शिवसुन्दरको स्थायी घर नुवाकोट बेलकोटगढी नगरपालिका–९ घर भएको प्रहरीले जानकारी दिएको छ।   काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले दुर्घटनामा गम्भीर घाइते भएका शिवसुन्दरको उपचारका क्रममा नयाँबजारस्थित पिपल्स अस्पतालमा मृत्यु भएको जानकारी दिए।   प्रहरीले बस र बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता भट्टले बताए।

काठमाडौँ:   वन तथा वातावरण मन्त्रालयका सहायक सहायक संरक्षण अधिकृत राम एकवाल दासले लेखेको लोकसेवा तयारीसम्बन्धी एउटा पुस्तकमा आपत्तिजनक प्रश्नोत्तर भेटिएको छ।   विद्या विकास पब्लिकेसन्स कलंकीले प्रकाशित गरेको ‘गेमस्काउट, वन रक्षक, सफलताको साथी’उक्त पुस्तकको पेज नम्बर १४३ मा केटी ९महिला०हरुबारे आपत्तिजनक शब्दसहित प्रश्नोत्तर राखिएको छ।   पुस्तकको १४३ पेजको १८ नम्बर प्रश्नमा चारवटा अप्सनसहित महिलाबारे आपत्तिजनक कुरा सोधिएको हो।   त्यसपछि जवाफको अप्सनमा राखिएको छ।     उक्त प्रश्नलाई लिएर अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ। उक्त कितावको विवादित प्रश्नोत्तर सार्वजनिक भएपछि विद्या विकास पब्लिकेसन्सका सञ्चालक बाबुराम आचार्य तनावमा छन्।   कलंकीमा रहेको आफ्नो प्रेसबाट पुस्तक छापेपछि उनले कार्यालयको फोन नम्बर पनि राखेका थिए। उक्त प्रश्नलाई लिएर आचार्यले अहिले जवाफ दिएर भ्याइ नभ्याइ भएको छ।   ‘लेखकले लेखेर ल्याएपछि हामीले किताब छापिदिएको हो। हामीलाई भित्रको कन्टेन्ट के हुन्छ थाहा हुँदैन’, उनले भने, ‘लोकसेवाका लागि पुस्तक लेखिरहने सरले ल्याएपछि सबै हेरिरहने कुरा पनि भएन। सरले ल्याएपछि हामीले प्रकाशित गरिदिएका हौँ।’   उनले उक्त पुस्तकमा भएको विवादित कन्टेन्टलाई लिएर फोन आइरहेको बताए।   ‘हामीलाई फोन आएको आयै छ। उता हामीले सरसँग सम्पर्क गरिरहेका छौँ। उहाँले अहिले बैठकमा व्यस्त छु भन्नु भएको छ’, उनले भने, ‘उहाँसँग कुरा भएपछि बजार पठाइएका सबै पुस्तक फिर्ता गर्ने वा कन्टेन्ट सच्याएर फेरि छाप्ने कुराबारे निर्णय लिन्छौँ।’

पोखरा:   फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको ज्यान गएको छ ।   कास्की प्रहरीका अनुसार मृत्यु हुनेमा पोखरा महानगरपालिका ८ बगालेटोल बस्ने १६ वर्षीय विवेक कुँवर रहेका छन् ।   उनी अन्य तीन जना साथीहरुसँग पौडी खेल्न खोला पुगेका थिए । तर डुबेर बेपत्ता भएपछि बैदान प्रहरीलाई खबर पुगेको थियो ।   त्यसपछि वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोली र सशस्त्र प्रहरी बल २४ नं. गणको गोताखोरसहितको टोलीले पानीभित्र खोँचमा डुबेको अवस्थामा करिब ६ बजे बेलुकी फेला पारेकोे थियो ।    हाल पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । यसअघि गत बैशाख १६ गते शनिबारकै दिन पौडी खेल्ने क्रममा सोही खोलामा डुबेर पोखरा १५ नयाँगाउँका १५ वर्षीय रोनिश गुरुङको ज्यान गएको थियो ।  

काठमाण्डौ: काठमाण्डौको बूढानीलकण्ठ नगरपालिकाले परीक्षामार्फत् प्रधानाध्यापक नियुक्त गर्ने भएको छ ।   नगरपालिकाले प्रधानाध्यापक नियुक्तिका लागि साउन १८ गते परीक्षा गर्ने गरी तालिका सार्वजनिक गरिसकेको छ ।   बूढानीलकण्ठभित्रका सामुदायिक विद्यालयहरूमा कार्यरत स्थायी शिक्षकहरूले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।   आवेदकले आधारभूत तहको लागि स्नातक तह वा सो सरह उतीर्ण गरेको र माध्यमिक तहको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।   त्यस्तै सम्बन्धित तहको शिक्षक पदमा कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको व्यक्तिले प्रधानाध्यापकमा आवेदन दिन पाउनेछन् । 

पोखरा महानगरपालिकाले आजदेखि पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ निषेध गरेको छ ।   पृथ्वी चोकदेखि सेती पुलसम्मका सडक छेउमा पार्किङ निषेध गरेको महानगरपालिकाले जनाएको छ।   जिल्ला सुरक्षा समितिको बैठकले गरेको निर्णय अनुसार पार्किङ निषेध गरेको महानगरको यातायात व्यवस्थापन समितिका उपाध्यक्षसमेत रहेका पोखरा–१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले जानकारी दिनुभयो ।   बसपार्क भित्र भोलिदेखि दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे समेत गरी कम्तीमा एक सय ५० वटा गाडी पार्किङ गर्न सकिने गरी व्यवस्था मिलाइएको पनि उहाँले बताउनुभयो ।  

पोखरा:  कास्कीको माछापुच्छ्रे गाउँपालिका –५ रिभान स्थित निष्पक्ष माध्यमिक विद्यालयमा पहिरो रोकथामका लागि स्वीजरल्याण्डका नागरिकले १५ लाख आर्थिक सहयोग गरेका छन् ।  गत वर्ष अविरल वर्षाका कारण पहिरोले विद्यालय जोखिममा परेपछि स्वीजरल्याण्डका मार्टिन सिँगर र कुस्शी दम्पत्तीले उक्त रकम सहयोग गरेका हुन् ।  स्वीजरल्याण्डका व्यवसायी दम्पती गत वैशाखमा एरिकसँग विद्यालयमा जाँदा विद्यालयको खेल मैदानसम्म पहिराले लगेको प्रत्यक्ष देखेपछि उनीहरुमा सहयोगको भावना जागृत भएपछि सहयोग गर्ने प्रतिवद्धता अनुसार सहयोग गरेको विद्यालयका प्रधानाध्यापक दुर्गावहादुर रावतले जानकारी दिए ।  ‘पहिरोले विद्यालय जोखिममा परेको देखेपछि उनीहरु विद्यार्थीका बारेमा चिन्तित भएका थिए, स्वीजरल्याण्ड फर्केर सहयोग गर्ने प्रतिवद्धता जनाएपनि हामीहरु विश्वस्त थिएनौं’, उनले भने, ‘ तर आज त्यो प्रतिवद्धता पूरा भएको छ, हामीले आशा गरेभन्दा पनि बढी रकम सहयोग पाउँदा खुशी भएका छौँ।” पहिरो रोकथामका लागि गत वर्ष प्रदेश सरकार गाउँपालिकाबाट रु पाँच लाखका दरले बजेट विनियोजन भएर काम भए पनि अझै धेरै काम बाँकी छ । संरक्षणका कामका लागि रु ३५ लाख खर्च लाग्ने अनुमान गरिएपनि चालू वर्षमा भने प्रदेश र पालिकाबाट बजेट विनियोजन नभएको विद्यालयले जनाएको छ । स्वीजरल्याण्डका दुई नागरिकबाट सहयोग रकम प्राप्त भएपछि अब काम अगाडि बढाउने प्रधानाध्यापक रावतले बताए । 

सुनसरीमा गोली हानेर एक जना युवकको हत्या लुटेर समूहले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।    शुक्रबार साँझ साढे ५ बजे इटहरी उपमहानगरपालिका(२० सेउती पुल नजिकै एक युवकको गोली हानेर हत्या भएको थियो। विराटनगर महानगरपालिका(५ का २८ वर्षीय रोहित चौधरीको गोली हानेर हत्या भएको हो।   उनी र अर्का एक जना युवती साथी तमोर पुगेर मोटरसाइकलमा विराटनगर फर्किँदै थिए। इटहरी(धरान सडकखण्डको बीच जंगलमा पुगेपछि उनीहरू पानी खान रोकिएका थिए। त्यसैबीच तीन जना पुरूष जंगलबाट आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार राईले जानकारी दिए।     डिएसपी राईका अनुसार तीन जना पुरूषले खुकुरी र पेस्तोल बोकेका थिए।  उनीहरूले ती युवतीले लगाएको सुनका गहना लुट्ने प्रयास गरे। तर चौधरीले त्‍यसको प्रतिकार गरेका थिए।    ‘लुटेरा समूहले सुन लुट्न खोजेको देखिन्छ। युवकले प्रतिकार गरेपछि लुटेरा समूहले गोली हानेको देखिन्छ,’ डिएसपी राईले भने। चौधरीको दाहिने कुममा गोली लागेको थियो। युवती सकुशल छिन्। गोली हानेपछि लुटेरा समूह जंगल पसेर भागेको डिएसपी राईले बताए।   ‘युवतीलाई केही भएको छैन। घटना भएपछि हारगुहार गरी एम्बुलेन्स बोलाएर युवकलाई अस्पतालमा पुर्‍याइएको थियो,’ उनले भने। चौधरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले हत्यामा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको छ। 

सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।   शुक्रबार राति १०:४० बजे इटहरी नगरपालिका-१७ कान्छी चोकमा चारजना चढेको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर डब्लु बी ७३ इ ९११७ नम्बरको पिकअप भ्यानसँग ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो।   जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मोटरसाइकलमा चार जना सवार थिए। दुर्घटनामा परी चारै जना गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो।   उपचारका क्रममा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानका २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरीको मृत्यु भएको डिएसपी राजकुमार राईले जानकारी दिए।   दुर्घटनाबाट २७ वर्षीय प्रेमलाल चौधरी गम्भीर घाइते भएका छन्। उनको उपचार भइरहेको छ। चार जना सवार मोटरसाइकल अनियन्त्रित भई पिकअप भ्यानसँग ठोक्किएको प्रहरीको अनुमान छ।   दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी  राईले जानकारी दिए।

जुम्ला: जुम्लाको गुठीचौर गाउँपालिका–४ गुठीचौरमा ७ वटा घरमा आगजनी भएको छ ।   गुठीचौरका विभिन्न गाउँमा गरी ७ वटा घरमा आगजनी भएको वडाध्यक्ष टीकादत्त न्यौपानेले जानकारी दिनुभयो ।   उहाँका अनुसार धवलपुर गाउँका प्रेम न्यौपाने र खडानन्द पाण्डे, बाउली गाउँका कविदत्त न्यौपाने, दलिबाडा गाउँका लालचन्द्र सार्की र बिगारे गाउँका भीमप्रसाद जैसीको घरमा आगलागी भएको छ । धिता र देपाल गाउँमा पनि उस्तै आगलागीको घटना भएको छ । ती घरमा आशिंक क्षति भएको छ ।   आगो लगाउने समूहले सडकमा रोकिराखेको ट्र्याक्टरमा समेत आगो लगाएको छ । आगलागीपछि प्रहरीको टोली अनुसन्धानमा खटिएको र आगाे लगाउने व्यक्तिकाे खोजी भैरहेको जुम्लाका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘गएराति ११ बजेतिर आगो लगाइएको थाहा पाउने बित्तिकै प्रहरी खटाएका छौँ । के कति क्षति भएको छ भन्ने विवरण सङ्कलन भइरहेको छ ।’   गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले नचिनेका मानिसले आगो लगाएको र यसले गाउँमा असुरक्षा बढेको बताउनुभएको छ ।जुम्ला – जुम्लाको गुठीचौर गाउँपालिका–४ गुठीचौरमा ७ वटा घरमा आगजनी भएको छ । गुठीचौरका विभिन्न गाउँमा गरी ७ वटा घरमा आगजनी भएको वडाध्यक्ष टीकादत्त न्यौपानेले जानकारी दिनुभयो ।   उहाँका अनुसार धवलपुर गाउँका प्रेम न्यौपाने र खडानन्द पाण्डे, बाउली गाउँका कविदत्त न्यौपाने, दलिबाडा गाउँका लालचन्द्र सार्की र बिगारे गाउँका भीमप्रसाद जैसीको घरमा आगलागी भएको छ । धिता र देपाल गाउँमा पनि उस्तै आगलागीको घटना भएको छ । ती घरमा आशिंक क्षति भएको छ ।   आगो लगाउने समूहले सडकमा रोकिराखेको ट्र्याक्टरमा समेत आगो लगाएको छ । आगलागीपछि प्रहरीको टोली अनुसन्धानमा खटिएको र आगाे लगाउने व्यक्तिकाे खोजी भैरहेको जुम्लाका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘गएराति ११ बजेतिर आगो लगाइएको थाहा पाउने बित्तिकै प्रहरी खटाएका छौँ । के कति क्षति भएको छ भन्ने विवरण सङ्कलन भइरहेको छ ।’   गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले नचिनेका मानिसले आगो लगाएको र यसले गाउँमा असुरक्षा बढेको बताउनुभएको छ ।