पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

काठमाण्डौ: वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाण्डौ उपत्यकामा ल्याइने भएको छ । मेलम्ची नदीको माथिल्लो क्षेत्रमा नियमित वर्षा भइरहेकाले लेदोसहितको बाढी आउँदा अहिले सुरुङ बन्द गरिएको छ।    नदीमा सफा पानी बग्न थालेपछि मात्र पानी काठमाण्डौ उपत्यकामा ल्याउन सकिने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । आयोजनाले काठमाण्डौ उपत्यकामा पानी यति नै महिना बन्द गर्ने भनी निर्णय त गरेको छैन । तर वर्षापछि बाढी आउने हुँदा अहिलेलाई सुरुङ बन्द गरिएको छु, उहाँले भन्नुभयो । वर्षा रोकिए सङ्लो पानी भएको अवस्थामा पुनः पानी काठमाण्डौ उपत्यकामा ल्याइने पन्तको भनाइ छ।    आयोजनाले काठमाण्डौ उपत्यकामा पानी यस वर्ष वर्षाभरि नै बन्द नगर्ने गरी योजना बनाएको थियो । अहिले लेदोसहितको पानी आएपछि सुरुङ केही समय बन्द गरिएको आयोजनाले जनाएको छ ।  आयोजनामा संलग्न दातृ निकाय र परामर्शदाता कम्पनीले चलाउँदै बन्द गर्दै गर्दा सुरुङमा समस्या आउनसक्ने सम्भावना भएकाले वर्षा हुँदासम्म बन्द गर्न सुझाव दिएको पन्तले बताउनुभयो । पानी पठाउँदा बालुवा र माटो थुप्रिन सक्ने भएकाले बन्द गरिएको होु, पन्तले भन्नुभयो ।     मेलम्चीको पानी यसअघिका वर्षमा पनि हिउँदमा काठमाण्डौ ल्याइएको भए पनि वर्षामा सुरुङ बन्द गरिएको थियो । विसं २०७८ साल असार १ गते मेलम्चीमा बाढी आउँदा आयोजनामा क्षति पुगेको थियो । क्षति भएका संरचनाको पुनःनिर्माण बाँकी छ ।   

इलाम:  इलाममा एक पुरुषले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् ।    माईजोगमाई–२ टारसिंहका ५६ वर्षीय पीताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेका इलामका प्रहरी उपरीक्षक दिलीपकुमार घिमिरेले जानकारी दिनुभयो । राधिका पिताम्बरकी जेठी श्रीमती हुन् ।    गएराति करिब साढे १० बजेतिर बजेतिर चिच्याएको आवाज सुनेपछि छिमेकीले खतिवडाको घरमा गएर हेर्दा घटनाबारे जानकारी प्राप्त भएको घिमिरेले बताउनु भयो ।  राधिका कोठामा लडिरहेको अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीचौकी गोर्खेका  प्रहरी सहायक निरीक्षक मदन बस्नेत तथा प्रहरीचौकी जौबारीका प्रहरी सहायक निरीक्षक धनप्रसाद रिमालको नेतृत्वमा टोली घटनास्थलमा पुगेको छ ।    गालामा गहिरो चोट लागेकी राधिकाको घटनास्थलमै ज्यान गएको एसपी घिमिरेले जानकारी दिनुभयो । पिताम्बर भने घरदेखि एक सय मिटर टाढाको निबारोको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।    अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट समेत थप प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। 

काठमाण्डौ:  प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले उच्च शिक्षाका लागि बर्सेनि लाखौँको सङ्ख्यामा विद्यार्थी बाहिरिने परिस्थिति रोकेरमात्र विश्वविद्यालयहरूले आफ्नो औचित्य पुष्टि गर्नसक्ने बताउनुभएको छ ।   बिहीवार दिउँसो पोखरा विश्वविद्यालयको सिनेट बैठकमा प्रधानमन्त्री प्रचण्डले विदेशमा अध्यययन गर्न जाने विद्यार्थीको अस्वाभाविक आकर्षण बढेको विषयलाई नेपालका विश्वविद्यालयहरूले गम्भीर समीक्षा गर्न जरुरी रहेको बताउनुभएको हो ।   विश्वविद्यालयको २३ औँ सिनेट बैठकलाई सम्बोधन गर्दै उहाँले, ‘पछिल्लो समय नेपाली विद्यार्थीहरूमा विदेशमा अध्यययन गर्न जाने अस्वाभाविक आकर्षण बढेको छ । यस विषयलाई नेपालका विश्वविद्यालयहरूले गम्भीर समीक्षा गर्न जरुरी छ ।’   सङ्घीय शिक्षा ऐन छिटो पारित गर्न सरकारले उच्च प्राथमिकता दिएकोसमेत प्रधानमन्त्रीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सङ्घीय शिक्षा ऐन सङ्घीय संसदमा प्रस्तुत भइसकेको छ । शिक्षा क्षेत्रसम्बन्धी जति पनि समस्याहरू छन्, त्यसको समाधानका निम्ति ऐन निकै महत्त्वपूर्ण हुने हामीले विश्वास लिएका छौँ ।’   प्रधानमन्त्रीले ‘विश्वविद्यालयको रणनीतिक योजनामा रहेका विषयवस्तु र कार्ययोजना राम्रो रहे पनि रणनीतिक योजनामा यसअघिको रणनीतिक योजनामा लक्ष्य निर्धारण भएका क्रियाकलापहरू कति परिणाममुखी भए, कति कार्यान्वयन हुन सके वा सकेनन्, के कस्ता जोखिमहरू आए’ जस्ता विषयहरूमा गम्भीर बहस हुनुपर्ने बताउनुभयो । सबै विश्वविद्यालयहरूले एकेडेमिक क्यालेन्डर बनाई दृढतापूर्वक लागू गर्नुपर्ने उहाँको भनाइ छ ।    प्रधानमन्त्रीले भन्नुभयो, ‘अध्ययनका लागि विद्यार्थी विदेशिने परिस्थिति रोक्न विश्वविद्यालयहरूले एकेडेमिक क्यालेन्डर बनाई विद्यार्थी भर्ना, पठनपाठन र परीक्षा सञ्चालन समयमै हुने एवम् तोकिएको शैक्षिक अवधिमा विद्यार्थीहरूको अध्ययन पूरा हुने व्यवस्था गरिनुपर्दछ । विश्वविद्यालयले देशको आवश्यकता र विद्यार्थीहरूको मागअनुसारको समय सान्दर्भिक पाठ्यक्रमहरू निर्माण र कार्यान्वयनमा जोड दिनुपर्ने देखिन्छ ।

बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदी मृत फेला परेका छन् ।   जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ता आज बिहान शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए ।   गुप्ताले तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए । घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको र मृत्युको कारणबारे प्रहरीले अनुसन्धान थालेको प्रजिअ आचार्यले बताए ।

कास्की: सवारी चालक अनुमतिपत्रको अनलाइन राजस्व भुक्तानीसहितको विद्युतीय सेवा पोखराबाट शुभारम्भ भएको छ ।    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरबारमा आयोजित कार्यक्रमका बीच भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र गण्डकी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशमबहादुर जुग्जालीले हिजो संयुक्तरूपमा सेवाको शुभारम्भ गर्नुभएको हो ।    परीक्षणका रूपमा गण्डकी प्रदेशको पोखराबाट सुरु भएको यस किसिमको अनलाइन राजस्व भुक्तानी सेवा एक महिनाभित्र देशका सातवटै प्रदेश राजधानीबाट सुरु हुनेछ ।    मन्त्री ज्वालाले प्रविधिको सदुपयोग गर्दै सरकारी सेवा प्रवाहका क्रममा देखिने गरेको भीड तथा लाइन र बिचौलियामुक्त बनाइ सुशासन प्रवर्द्धन गर्ने उद्देश्यका साथ अनलाइन सेवा प्रणाली सुरु गरिएको बताउनुभयो ।      अबदेखि सवारी चालक अनुमतिपत्र लिने, वर्ग थप्ने र नवीकरण गर्नेक्रममा आम नागरिकले झेल्दै आएको सास्ती बेहोर्न नपर्ने बताउँदै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाअनुरूपको ऐन, कानुन तर्जुमा गरी जनमुखी सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।    गण्डकी प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय, पोखराबाट जुममार्फत् मन्त्री जुग्जालीले परिवर्तित सन्दर्भमा आवश्यक ऐन, कानुनको अभावमा प्रदेश सरकारले चाहे जति काम गर्न नसकेको बताउनु भयो ।  यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले अहिले दैनिक छरसात हजार सेवाग्राहीले सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिने गरेकोमा त्यसअनुसारको सेवा दिने क्षमता नभएको अवस्थामा विद्युतीय सेवा प्रणाली सञ्चालन गरी सेवाग्राहीलाई राहत दिन लागेको दाबी गर्नुभयो ।    यो सेवा सञ्चानल भएपछि चिकित्सकीय सेवासहित बायोमेट्रिक परीक्षण, लिखित र प्रयोगात्मक परीक्षामा सहभागी हुनबाहेक राजस्व भुक्तानीलगायत सबै काम अनलाइनबाट (https://applydl.dotm.gov.np/login) गर्न सकिने विभागले जनाएको छ । 

पोखरा:  होटल स्नोल्यान्डले आयोजना गर्दै आएको संवादमूलक कार्यक्रम ‘क्रस दी बोर्डर’ मा शुक्रबार प्रदीप पौडेल आउने भएका छन्। नेपाली काँग्रेसका चर्चित युवा नेता पौडेलले ‘क्रस दी बोर्डर’मा पोखरेलीसँग संवाद गर्ने भएका हुन्।   शुक्रबार दिउँसो १ बजे होटल स्नोल्यान्डमा कार्यक्रम हुने सञ्चालक गणेशबहादुर थापाले जानकारी दिए। “शुक्रबार नेपाली काँग्रेसका चर्चित युवा नेता प्रदीप पौडेल आउँदै हुनुहुन्छ। सबैलाई कार्यक्रममा हार्दिक निमन्त्रणा छ,” उनले भने। अर्थ, उद्यम, समसामयिक विषयमा बौद्धिक मन्थन गर्ने हेतुले शुरू गरेको कार्यक्रममा विभिन्न विषयमा दिग्गज व्यक्ति ‘क्रस दी बोर्डर’मा यसअघि आएर संवाद गरिसकेका छन्।   नेता पौडेलले बौद्धिक पलायन, भ्रष्टाचार र विकासको पेरिफेरिमा आफ्नो भनाइ राख्ने छन्।   

पोखरा: पोखरा महानगरपालिका वडा नं ४ को वडा स्तरीय बाल मञ्चको आयोजना र पोखरा महानगर वडा नं ४ को समन्वयमा वडा नं ४ मा बालबालिकाको क्षमता अभिवृद्धिको लागि विद्यालय स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न भयो । बालबालिका सँग वडा अध्यक्ष कार्यक्रम अन्तर्गत सम्पन्न प्रतियोगितामा क्रमश पहिलो, दोस्रो, तेस्रो र सान्त्वना एलजिना राई ( फेवा पब्लिक विद्यालय ), फियोना गुरुङ( पश्चिमाञ्चल विद्यालय ), क्षितिज अधिकारी ( फेवा पब्लिक विद्यालय ), आयुस पराजुली ( केफ माध्यमिक विद्यालय ) र आरोण बाबू लिगल ( गुरुकुल विद्यालय) रहेका छन् । उहाँहरुले रु ४०००, ३०००, २००० र १००० सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।   वडा अध्यक्ष देवकृष्ण पराजुलीले बालकालिकाहरुको प्रतिभा प्रस्फुटनको लागि प्रतियोगिता आवश्यकता हुने बताउनुभयो । विद्यालय स्तरिय चित्रकला प्रतियोगिताका वडा सदस्य प्रकाश कोईरालाले विद्यालयको शिक्षाले मात्र नहुने भएकोले यस्ता प्रतियोगिता आगामि दिनमा पनि प्रतियोगिताहरु गरिरहने बताउनुभयो । वडा सदस्य पार्वती माकाजु, विष्णुमाया परियार लगाएतले बालबालिकाहरुको लागि विभिन्न प्रतियोगिताहरु भइरहनु पर्ने र वडा बाल मञ्च र बाल संरक्षण समितिको आग्रह अनुसार नै आगामि कार्यक्रमहरु हुने बताएका छन् । प्रमुख निर्णायक विश्वकला यात्री प्राज्ञ नगेन सिंहले कला कहिल्यै नराम्रो नहुने भएकोले पुरस्कृत नभए पनि आफ्नो सिर्जना गरिरहनु पर्ने बताउनुभयो ।   प्रतियोगितामा वडा नं ४ का २१ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । सहभागी सबैलाई आर्ट पेपर र पेष्टल कलर आयोजकले उपलब्ध गराईएको थियो । अन्य निर्णायकमा वडा बाल मञ्चको सल्लाहकार स्वईच्छा सुबेदि र पत्रकार कलाकार ज्योति हमाल हुनुहुन्थ्यो ।  

महोत्तरी:  गोली प्रहारबाट महोत्तरीमा एक जना घाइते भएका छन् ।    महोत्तरीको रामगोपालपुर नगरपालिका–१ बसबिट्टीमा मङ्गलवार बेलुकी आपसी विवाद हुँदा लक्ष्मीपुर बस्ने ३८ वर्षीय कौशल मण्डलले चलाएको गोली लागेर ४४ वर्षीय श्रवण यादव घाइते हुनुभएको हो । घाइते यादवको जनकपुरमा रहेको जानकी हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।   बसबिट्टी घर भएका यादवमाथि मण्डलले दुई राउन्ड गोली प्रहार गरेका इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी नायब निरीक्षक ९सई० सुमन सिंहले जानकारी दिनुभयो । घाइते यादवको कन्चट नजिक र दाहिने कुममाथिको भागमा गोली लागेको छ ।   गोली प्रहार गर्ने मण्डललाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । स्थानीयको कुटपिटबाट घाइते भएका मण्डललाई जलेश्वर प्रादेशिक अस्पतालमा उपचार गराई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी ल्याइएको छ ।   घटनास्थलबाट प्रहरीले एक थान पेस्तोल र तीन थान गोलीको खोका बरामद गरेको छ ।

चितवन:  चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित भएका छन् ।   तीन महिनादेखिको तलब खान नपाएको भन्दै कर्मचारीले आज केहीबेर प्रशासन घेराउ गरेका छन् । कर्मचारीले वैशाखदेखिको तलब खान नपाएको बताएका छन् ।   कार्यकारी निर्देशक नियुक्ति हुन नसक्दा अस्पतालमा समस्या देखिएको हो । कर्मचारीले तलब नपाएको बताएका छन् भने फार्मेसीमा औषधिको अभाव हुन थालेको छ । कार्यकारी निर्देशक डा। देजकुमार गौतमको कार्यकाल गत वैशाखमा सकिएपछि नयाँ कार्यकारी निर्देशक नियुक्ति हुनसकेको छैन ।   बोर्ड सदस्यहरुको नियुक्ति नै नभएपछि कार्यकारी निर्देशक नियुक्ति हुन नसकेको हो ।बोर्डमा ६ जना सदस्य रिक्त छन् । जसमा ४ जना चिकित्सक र २ जना स्थानीय समाजसेवी रहने प्रावधान छ । तीन महिनादेखिको तलब नपाउँदा कर्मचारीहरुको काम गर्ने मनस्थिति नै नभएको एक जना कर्मचारी कृष्णहरि बरालले बताए ।   भागबन्डा नमिल्दा रोकियो नियुक्ति क्यान्सर अस्पतालको बोर्ड सदस्य ६ जना खाली छ । नियुक्ति गर्ने ६ जनाको नाम स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् । तर, प्रचण्डले स्वास्थ्यमन्त्रीले बुझाएको नाममा चित्त नबुझाएका कारण भागबन्डा हुन नसकेको हो ।   स्रोतका अनुसार मन्त्रीले बुझाएको लिष्टमा एक जनामात्रै माओवादी निकटका व्यक्ति छन् ।  अस्पतालको अध्यक्ष माओवादी निकटका डा। विजय न्यौपाने नियुक्त भैसकेकोले कार्यकारी निर्देशक कांग्रेसले पाउनुपर्ने दाबी छ ।   कांग्रेसले बोर्डमा बहुमत जुटाएर आफू पक्षका कार्यकारी निर्देशक नियुक्ति गर्न सक्ने सम्भावना भएकै कारण बोर्ड सदस्यको नियुक्ति रोकिएको हो । कांग्रेसबाट डा। विजय आचार्य र डा। शिवजी पौडेल कार्यकारी निर्देशक बन्ने दौडमा छन् भने माओवादीबाट डा। कृष्णसागर शर्माको दाबी छ ।