पोखरा:   बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ ।  तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...

  बैतडी:   बैतडीमा हालसम्म एक लाख ७८ हजार एक सय २० जनाले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् ।    जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकका अनुसार जिल्लाभरि ९७ हजार छ सय १९ जनाले बुस्टर डोज लगाएका छन् । दशरथचन्द नगरपालिकामा २८ हजार सात सय २८ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने ३६ हजार नौ सय ४१ जनाले पूर्ण मात्रा लगाएका छन् । दशरथचन्द नगरपालिकामा २८ हजार २२५ जनाले बुस्टर डोज लगाएका छन् ।    यस्तै पाटन नगरपालिकामा २० हजार पाँच सय २८ जनाले खोपको पहिलो मात्रा, २७ हजार नौ सय २९ जनाले पूर्ण खोप तथा १५ हजार नौ सय ११ जनाले बुस्टर डोज लगाएका छन् । पुर्चौंडी नगरपालिकामा २३ हजार छ सय २१ जनाले खोपको पहिलो मात्रा, २३ हजार छ सय ४४ जनाले पूर्ण खोप र १३ हजार छ सय १२ जनाले बुस्टर डोज लगाएका छन् ।    यसैगरी मेलौली नगरपालिकामा १४ हजार २१ जनाले खोपको पहिलो मात्रा, १२ हजार ६१ जनाले पूर्ण खोप र छ हजार दुई सय दुई जनाले बुस्टर डोज, डिलाशैनी गाउँपालिकामा १९ हजार छ सय ८५ जनाले खोपको पहिलो मात्रा, १३ हजार आठ सय ९६ जनाले खोपको पूर्ण मात्रा र आठ हजार २५ जनाले बुस्टर डोज तथा दोगडाकेदार गाउँपालिकामा २३ हजार दुई सय ३६ जनाले खोपको पहिलो मात्रा, १६ हजार नौ सय ४२ जनाले खोपको पूर्ण मात्रा र छ हजार आठ सय ९५ जनाले बुस्टर डोज लगाएका छन् ।       सुर्नया गाउँपालिकामा १० हजार तीन सय १२ जनाले खोपको पहिलो मात्रा, १० हजार आठ सय ८३ जनाले खोपको पूर्ण मात्रा र पाँच हजार आठ सय ९५ जनाले बुस्टर डोज, पञ्चेश्वर गाउँपालिकामा १९ हजार १३ जनाले खोपको पहिलो मात्रा, १३ हजार पाँच सय ५४ जनाले पूर्ण खोप र  पाँच हजार २३० जनाले बुस्टर डोज लगाएका छन् ।       यस्तै शिवनाथ गाउँपालिकामा आठ हजार आठ सय २७ जनाले खोपको पहिलो मात्रा, ११ हजार दुई सय ५१ जनाले पूर्ण खोेप र चार हजार नौ सय ९८ जनाले बुस्टर डोज लगाएका छन् । सिगास गाउँपालिकामा नौ हजार ३३२ जनाले खोपको पहिलो मात्रा, ११ हजार सात सय १९ जनाले पूर्ण खोप र दुई हजार छ सय २५ जनाले बुस्टर डोज लगाएका छन् ।     जिल्लामा हाल कोरोनाविरुद्धको खोप लगाउने क्रम जारी छ । यसअघि लगाउन छुटेका सबैलाई खोप लगाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । भारतसँग सीमा जोडिएको बैतडीमा हालसम्म तीन हजार तीन सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । कोरोनाकै कारण यहाँ १९ जनाले ज्यानसमेत गुमाइसकेका छन् ।

  कैलाली:   कैलालीको टीकापुर नगरपालिका–१ स्थित जमरा कुलोमा डुबेर आज एक बालकको मृत्यु भएको छ ।   एकतानगर शिविरका १२ वर्षीय दिनेश परियारको जमरा कुलोमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिनुभयो ।    नुहाउने क्रममा डुबेर बेहोस भएका परियारलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

  मकवानपुर:   हेटौंडा उपमहानगरपालिका वडा नं ४, ५, १० र ११ मा केही दिनदेखि डेङ्गुको प्रकोप बढ्दै गएको छ ।यी चारै वटै वडामा करिब ४० जना डेङ्गुका सङ्क्रमित फेला परेको हेटौंडा उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । अहिले डेङ्गुका बिरामीको चितवनको भरतपुर, काठमाडौँ र हेटौंडा अस्पतालमा उपचार भइरहेको उक्त महाशाखाका स्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो ।    वडा नं  ४ र ५ को प्रत्येक टोलको घरमा लामखुट्टे नियन्त्रण गर्न अहिले स्प्रे गरिरहेको र घर वरपर जमेको पानी फ्याक्ने कार्य भइरहेको पनि उहाँले बताउनुभयो । यसैगरी उक्त महाशाखाले प्रत्येक वडाको टोलमा डेङ्गु रोग पहिचानका लागि  तथ्याङ्क सङ्कलन गर्न आगामी भदौको पहिलो हप्तादेखि स्वास्थ्यकर्मीहरुको टोली परिचालन गर्न लागिएको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बताउनुभयो ।      डेङ्गु विरुद्धको औषधि तत्कालै आपूर्ति गरेर एक हप्ताभित्रै सङ्क्रमण फैलिएका क्षेत्रको विभिन्न घरमा छकर्ने तालिका मिलाइसकिएको पनि उहाँले जानकारी दिनुभयो । विगत डेढ वर्ष अघि पनि वडा नं ४, ५ र १० मा डेङ्गुका बिरामी फेला परेको थियो  । 

  सिन्धुपाल्चोक:   सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्षा भएको छ ।        यस क्षेत्रमा पछिल्लो तीनदेखि छ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै जल तथा मौसम विज्ञान विभागले जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ । बाढी पुर्वानुमान    महाशाखाले कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन सो क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । खोला निकै बढेको चनौटेका बलचित खड्काले जानकारी दिनुभएको छ । तालामाराङ्का स्थानीय बाढीका कारण बाहिर बसेका स्थानीय योगबहादुर अर्यालले बताउनुभयो ।   त्यस्तै, मेलम्ची नगरपालिका–२ निबु गाउँमा गए राति पहिरो गएको छ । राति १०ः१५ बजे गएको पहिराले भोटेचौर–काउले सडक अवरुद्ध भएको छ । त्यस्तै, केही घर जोखिममा परेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । जोखिममा परेका सुरक्षित स्थानमा गई बसेका प्रहरीले बताएको छ ।

  काठमाडौँ:   देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।       जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ ।       हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।       आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

काठमाडौं:    पश्चिम चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ देवनगर बस्ने ५१ वर्षीया माया विक रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।      निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार स्थानीय दक्षिणकाली सामुदायिक वनमा घाँस काट्न गएकी विकलाई आज दिउँसो १२ः३० बजे हात्तीले आक्रमण गरेपछि उहाँको मृत्यु भएको थियो । घटनास्थलतर्फ निकुञ्जर र प्रहरीको टोली खटिएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो ।

  काठमाडौं:   धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक ३४ दशमलव६१ अङ्कले ओरालो लागेर दुई हजार ११३ दशमलव५५ अङ्कमा सीमित भएको छ ।       यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँचदशमलव८० अङ्कले ओरालो लागेर ४०६ दशमलव ४५ मा ओर्लेको छ । कूल दुई सय १३ कम्पनीको ६४ लाख १६ हजार ६२९ कित्ता शेयर रु दुई अर्ब ६२ करोड ६१ हजार ५४ हजार ९४८ मा खरिद बिक्री भए ।      कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषले मात्रै कमाएको छ । अन्य १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । सामूहिक लगानी कोष शुन्ना दशमलव १३ अङ्कले उकालो लाग्दा बैंकिङ २२ दशमलव१६, व्यापार ६२ दशमलव ६५, होटल तथा पर्यटन २५ दशमलव ७३, विकास बैंक ८६ दशमलव ७१, जलविद्युत् ३९ दशमलव ५४, वित्त ६५ दशमलव २९, निर्जीवन बीमा ९५दशमलव ३२, उत्पादन ६७ दशमलव ८४, अन्य नौ दशमलव १६, लघुवित्त ११६ दशमलव१७, जीवन बीमा ११९ दशमलव ९९ र लगानी एक दशमलव पाँच अङ्कले ओरालो लागेको छ ।      शुक्रबारको कारोबारपछि बजार पुँजीकरण रु ३० खर्ब १५ अर्ब ८९ करोड ३९ लाख ६२ हजार ५०९ नौ बराबर रहेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १५ करोड ६६ लाख २९ हजार ९३८ बराबरको कारोबार भयो । यस्तै नबिल बैंक रु १४ करोड १४ लाख १४ हजार ३४७, हिमालयन डिस्टिलरी रु नौ करोड ६४ लाख २४ हजार, अपि पावर कम्पनी रु पाँच करोड ६७ लाख ८० हजार १४० र अरुण काबेली पावरको रु पाँच करोड ६० लाख १३ हजार ५२५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।      नेप्सेका अनुसार जोशी हाइड्रोपावर पाँच दशमलव ९१, ग्लोबल आइएमबई समुन्नत स्किम एक तीन दशमलव ९४, उपकार लघुवित्त तीन दशमलव१४, कालिका लघुवित्त तीन दशमलव १० र बलेफी हाइड्रोपावरका लगानीकर्ताले दुई दशमलव ५९ प्रतिशतले कमाए ।     त्यस्तै, मैलुङ खोला जलविद्युत् कम्पनी सात दशमलव १८, गुह्यश्वरी मर्चेन्ट बैंक छ दशमलव ४२, युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर छ दशमलव ३७, सामलिङ पावर कम्पनी पाँच दशमलव ६९ र इमर्जिङ नेपालका लगानीकर्ताले पाँच दशमलव ४४ प्रतिशतले गुमाएका छन् । 

  म्याग्दी:    म्याग्दी सदरमुकाम बेनीको कालीपुलमा व्यवसाय गर्दै आउनुभएका खेम केसीले पर्वतको जलजला–७ केराबारीको ढुङ्गे पाखोलाई खनिखोस्री मलजल गरेर पाखैभरि केराखेती गर्नुभएको छ ।   नाम केराबारी भए पनि भिरालो जमिनमा चट्यानै चट्यान रहेको पाखोलाई सम्याएर उहाँले दुई हजार ५०० भन्दाबढी केराका बिरुवा लगाउनुभएको छ । आजभन्दा करिब चार वर्ष अगाडि २०७५ साल फागुन महिनामा बेनी नगरपालिका– २ खबराबाट प्रतिबिरुवा ६० रुपैयाँका दरले ४०० केराका बोट लिएर केराखेती सुरु गर्नुभएको थियो ।   चार वर्षको अवधिमा केसीले केराखेती विस्तार गरी अहिले ३० रोपनी आफ्नो जग्गामा दुई हजार ५०० केराका बिरुवा लगाउनुभएको छ । उहाँले पाखैभरि हजारे, मुग्रे, धुर्से प्रजातिका केरा तथा अन्य फलफूलखेती लगाएपछि उजाड पाखा अहिले फलफूलको बगैँचामा परिणत भएको छ ।   एल्भिन फलफूल फर्म दर्ता गरी व्यावसायिकरुपमा केराखेती सुरु गर्नुभएका केसीको फर्ममा हाल कागती, एभोकाडो, अम्बा, आँप, लिचीलगायत गरी ५०० फलफूलका बिरुवा हुर्किरहेका छन् । मौरीपालन पनि गरेका उहाँको फर्ममा ५० मौरीका घारसमेत छन् । करिब एक हजार ५०० केराका बोटले फल दिन थालेको जनाइएको छ ।    काँचो केरा बोटबाटै एक दर्जनलाई एक सय रुपैयाँमा बिक्री हुने गरेको छ । एक हजार ५०० बोटको केराबाट मासिक रु ५० हजारभन्दा बढी कमाइ हुने गरेको कृषक केसीले बताउनुभयो । एक घारीमा दुई सयदेखि दुईसय ५० वटासम्म केरा हुन्छ अरु सबै केरा पनि राम्रोसँग सप्रिएका छन् । उहाँले भन्नुभयो, “अघिल्लो वर्षदेखि मासिक ५० हजार त केरा बेचेर मात्रै कमाइ भएको छ, साँच्चै भन्नुपर्दा मलाई केराखेती फापेको छ ।”   केरामात्रै होइन केसीको फार्मबाट केराका बिरुवासमेत विक्री हुने गरेको छ । यो वर्ष म्याग्दीको राखु, पर्वतको बाँसखर्क, लस्टीलगायतका स्थानमा करिब दुई हजार वटा बिरुवाप्रति बिरुवा एक सयका दरले बिक्री भएको उहाँको भनाइ छ ।   रु तीन लाख लगानीबाट सुरु गर्नुभएको उहाँको फार्ममा अहिले रु १२ लाख लगानी पुगको छ । धानखेतीयोग्य जमिनमा समेत बीचबीचमा केरा लगाउनुभएका केसीले केही पनि उब्जनी नहुने पाखालाई समेत केराबारीमा परिणत गर्नुभएको छ ।   कहिलेकाहीँ परिवार तथा साथीसङ्गी गएर बस्नका लागि कटेजसमेत निर्माण गर्नुभएका केसीको फार्ममा पुग्दा वरिपरिको शान्त र सुन्दर वातावरणले मनलाई आनन्दित तुल्याउने गर्दछ । बेनीको कालिपुलमा केवि अटोपार्टस होण्डा स्वरुमसमेत सञ्चालन गर्दै आउनुभएका ४६ वर्षीय केसीलाई श्रीमती सपना केसीले पनि कृषि खेतीमा राम्रो साथ दिनुभएको छ । फार्ममा फर्सी, घिरौँला, भेन्टा, तितेकरेला, हरियो खुर्सानीलगायत अन्य तरकारी पनि राम्रोसँग उत्पादन हुने गरेको छ ।   हिजोआज उहाँको धेरैजसो समय पसलतिर ग्राहकसँगभन्दा पनि केराबारीको केरासँगै बित्ने गरेको छ । केरा पसायो पसाएन, पकाउन राख्ने वा बेच्ने बेला भयो भएन, हेर्नका लागि पनि प्रत्येक दिनजसो उहाँ केराबारीमा पुग्नुहुन्छ ।

  काठमाडौं:    ईश्वरपुर नगरपालिका–४ लाई  जिल्लाकै पहिलो बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित भएको वडा घोषणा गरिएको छ । उक्त वडाको सागरनाथका चारदेखि १२ वर्ष उमेर समूहका सतप्रतिशत बालबालिकालाई अनिवार्य शिक्षामा सहभागी गराइएपछि वडालाई जिल्ला कै पहिलो बालबालिकाको सतप्रतिशत शिक्षामा पहुँच सुनिश्चित भएको वडा घोषणा गरिएको हो ।    वडा कार्यालयको आयोजना तथा ग्रामीण नारी उत्थान सङ्घ र सेभ द चिल्ड्रेनको सहयोगमा ‘वडाका सबै बालबालिकालाई विद्यालय पठाऔँ, शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौँ ।’ भन्ने नारासहित अभियान सञ्चालन गरेर उक्त वडालाई बालबालिका सतप्रतिशत शिक्षामा पहुँच सुनिश्चितता भएको वडा घोषणा गरिएको ग्रामीण नारी उत्थान सङ्घकी अध्यक्ष गोमादेवी न्यौपानेले बताउनुभयो ।       नगरपालिका र  वडा कार्यालयको विशेष सहयोगमा चारदेखि १२ वर्ष उमेर समूहका वडाका ५५३ बालबालिकालाई विद्यालय पठाउन सफल भएको अध्यक्ष न्यौपानेले जानकारी दिनुुभयो । गाउँघरमा रहेका बालबालिकालाई विद्यालयसम्म कसरी पु¥याउन सकिन्छ, के कारणले बालबालिका विद्यालय जान सकिरहेका छैनन् र शिक्षित गाउँ कसरी घोषणा गर्न सकिन्छ भन्ने विषयमा मूल्याङ्कन गरी  निरन्तर काम गर्ने नगरप्रमुख मनोजकुमार आचार्यले बताउनुभयो । उहाँले नेपाल सरकारले ल्याएको आधारभूत शिक्षा अनिवार्य नीतिलाई नगरले कडाइका साथ लागू गर्ने जानकारी दिनुभयो ।     जिल्लाका २० स्थानीय निकायका २०० वडामध्ये सबैभन्दा पहिला ईश्वरपुर नगरपालिका–४ लाई बालबालिकाको अनिवार्य शिक्षामा पहुँच सुनिश्चित वडा घोषणा गरिएको उक्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिप्रसाद दाहालले बताउनुभयो ।