पोखरा:   बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ ।  तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...

नेपालको संविधान २०७२ मा जातीय भेद्भाव तथा छुवाछुत अन्त्यको घोषणा गरिएको छ । कानुनमा सबै भेद्भाव अन्त्य भएपनि व्यवहारमा भने अझै ज्यूँका त्यूँ रहेको पाइएको छ । पर्वत सदरमुकाम कुश्मामा दलित समुदायका नागरिकलाई डेरा पाउन मुस्किल भएका उदाहरण धेरै छन् ।   आइतबार सशस्त्र प्रहरी बल २५ नम्बर बाहिनीका एक जवान कोठा खोज्नको लागि दिनभरि बजारमा भौतारिरहनुभयो । बडागाउँदेखि जिरो हुँदै खरियासम्म पुग्दा कोठा नपाएपछि उहाँ निराश हुँदै फर्किनुभयो । श्रीमती र दुई छोराछोरीसँगै बस्दै आउनुभएका जवान आफू दलित भएकै कारण कोठा नपाएको गुनासो गर्नुहुन्छ । “कोठा खोज्नको लागि दिनभरि बजारमा भौतिरिरहेँ, राम्रो पैसा तिर्छु भन्दा पनि विभिन्न बहाना बनाएर कोठाभाडामा दिँदैनन्”, उहाँले भन्नुभयो । “अधिकांश ठाउँमा डेरा खोज्न जाँदा घरधनीले कोठा त छ, तर जात के होला रु भनेर सोध्छन् । यो प्रश्न सुन्ने वित्तिकै कताकता मनमा नमिठो लाग्छ”, उहाँले भन्नुभयो ।   सशस्त्र प्रहरीका जवान मात्र होइन मोदी गाउँपालिका-५ बाजुङ घर भएकी इन्दिरा नेपालीले पनि यस्तै समस्या भोगेको बताउँनुहुन्छ । कोठा चाहिएर खोज्न जाँदा प्रत्येकजसो घरमा सुरुमै थर (जात) सोध्ने गरेको उहाँको गुनासो छ । “जहाँ कोठा खोज्न गए पनि सुरुमै घरबेटीले नानी कुन थरको हो, भनेर सोध्छन्, म सार्की हो भन्ने वित्तिकै कोठा त छैन नानी भन्छन्”, उहाँले भन्नुभयो ।   अध्ययनका लागि कुश्मा आएका फलेवास नगरपालिकाका सुमित परियारले दुई हप्ताको खोजीमा बल्लतल्ल कोठा पाएको बताउँनुभयो । दलित भएकै कारण आफूले सहज रुपमा कोठा नपाएको उहाँको गुनासो छ । धेरै ठाउँमा कोठा खोज्न जाँदा विभिन्न बहाना बनाएर नदिने गरेको उहाँको भनाइ छ । “बजार भन्ने वित्तिकै शिक्षित र सचेत मानिसको बसोबास गर्ने ठाउँलाई बुझिन्छ । तर, यहाँका मानिसको व्यवहार फरक छ”, उहाँले भन्नुभयो ।    हुन त दलित समुदायका लागि यो नौलो समस्या होइन । आर्थिक, सामाजिक र संस्कृतिरूपमा सदियौँदेखि पछाडि पारिएको उक्त समुदाय पहिलेदेखि नै जातीय भेदभाव तथा छुवाछूतको मारमा पर्दै आएको छ ।   दलित अधिकारकर्मी जीतबहादुर नेपालीले दलित समुदायले अझैपनि जातकै कारण कोठा नपाउनु लज्जाको कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो,“जातीय विभेद तथा छुवाछुतविरुद्ध सबैले आवाज उठाए मात्र यसको अन्त्य हुनेछ ।”    जातीय भेद्भाव गर्न हुँदैन भन्ने कुरा संविधानमानै उल्लेख गरिए पनि जातीय भेद्भाव तथा छुवाछूत सम्बन्धिका घटना उल्लेख्य मात्रामा सार्वजनिक हुनसकेका छैनन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जातीय विभेद्का घटनासम्बन्धी एउटा पनि उजुरी नआएको बताउनुभयो । उहाँले भन्नुभयो,“मेरो कार्यकालमा एउटा पनि उजुरी आएको छैन, मोदी बाजुङबाट एउटा मौखिक उजुरी आएको थियो, हामीले दुवै पक्षलाई बोलाएर छलफल गराएपछि सहमति भएको थियो ।,”    बुढाथोकीले जातीय विभेद् र छुवाछुत सम्बन्धिका उजुरी आएमा राज्यले निर्माण गरेको ऐन कानुन अनुसार दायित्व पूरा गर्न प्रहरीले कुनै कञ्जुस्याइँ नगरेको बरु उजुरी नै नआउनु चुनौती रहेको बताउनुभयो । नेपालको संविधानको धार २४ मा छुवाछुत तथा भेद्भावविरुद्धको हकको उल्लेख गरिएको छ । जातीय भेद्भाव तथा छुवाछुत ९कसूर र सजाय० ऐन, २०६८ कार्यान्वयनमा रहेको छ ।    संविधान तथा कानुनबमोजिम भेद्भाव तथा छुवाछुतविरुद्धका अधिकार स्थापित गरिएका छन् । साथै भेद्भाव तथा छुवाछुत कार्यलाई कसूरको रुपमा परिभाषित गरी दण्डसजायको व्यवस्था समेत गरिएको छ । जातीय भेद्भाव तथा छुवाछुतको कसूर गर्नेलाई अपराधको प्रकृतिबमोजिम अधिकतम तीन महिनादेखि तीन वर्षसम्म कैद वा रु एक हजारदेखि २५ हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ । त्यस्तै सार्वजनिक पद धारण गरेको व्यक्तिले जातीय भेद्भाव तथा छुवाछुतको कसूर गरेमा निजलाई ५० प्रतिशत थप सजाय हुन्छ । जातीय भेद्भाव वा छुवाछुत गर्न मद्दत गर्ने, दुरुत्साहन गर्ने, उक्साउने वा उद्योग गर्ने व्यक्तिलाई कसूरदारलाई हुने सजायको आधा सजाय हुने व्यवस्था छ ।

  पोखरा ।  गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले प्रदेश खेलकुद परिषद गण्डकीको प्रशासनिक भवनको उद्घाटन गरेका छन् ।   पोखरा रंगशालामा नवनिर्मित भवनको मन्त्री गुरुङले एक कार्यक्रमका विच शिलालेख अनावरण गरी उद्घाटन गरेका हुन् । उक्त भवन प्रदेश सरकारले करिव ९६ लाखमा उपभोक्ता समिति मार्फत निर्माण सम्पन्न गरेको हो । मन्त्री गुरुङले भवन निर्माण सम्पन्न गर्न सहयोग गर्ने उपभोक्ता समितिका अध्यक्ष हरि बहादुर बरुवाल, भरत आले, बाल कुमारी गुरुङ, ओम गुरुङ, विश्व तण्डुुकारलाई खादा लगाएर सम्मान गरेका थिए ।   सो अवसरमा उपभोक्ता समितिका अर्का अध्यक्ष तथा अग्रज खेलाडी स्व.योगेन्द्र बहादुर बस्नेतको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो ।     सो अवसरमा मन्त्री गुरुङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा रहेका खेलाडीहरुलाई पौष्टिक आहार समेत वितरण गरेका थिए ।  नवौंको तयारीका लागि खेलाडीहरुको हौसला बढाउन पौष्टिक आहार वितरण गरिएको र नवौंमा छनोट हुने खेलाडीहरुलाई हाइ अल्टिच्यूड तालिमको लागि व्यवस्था गर्ने उनले जनाए ।   कार्यक्रममा यूवा तथा खेलकुद मन्त्रालयको तर्फबाट मन्त्री गुरुङले मोदी गाउँ पालिकाका अध्यक्ष हिरा देवी शर्मालाई नगद ५ लाख पुरस्कार सहित सम्मान गरेका थिए । गण्डकी प्रदेशबाट यूवा मैत्री स्थानिय तह प्रोत्सहान कार्यक्रम २०७८ बाट ८५ वटा गाउँ पालिका मध्ये मोदी गाउँ पालिका उत्कृष्ट हुन सफल भए पछि सम्मान गरिएको हो ।   सम्पन्न कार्यक्रममा मोदी गाउँ पालिकाका अध्यक्ष शर्मा, मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, मन्त्रालयका महाशाखा प्रमुख घनश्याम पौडेल लगायतले खेलाडीहरुलाई पौष्टिक आहार वितरण गरेका थिए । प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले भवन निर्माणमा सहयोग गर्ने उपभोक्त समितिलगायत सबैलाई धन्यवाद ज्ञापन गर्दै प्रशासनिक भवनबाट आफ्ना दैनिक कार्यक्रमहरु सूचारु गर्न सहज हुने बताए ।   

  नवलपुर। कसैलाई तपाइले सोध्नुभयो,‘तपाईको छोराछोरी कुन स्कुलमा पढ्छन् ?’ उत्तर आउन सक्छ,‘ स्कुल होइन हाम्रा बाबुनानी त बोर्डिङ पढ्छन् ।’ अथवा सरकारी सामुदायिक विद्यालय पढ्ने रहेछन् भने,‘यहिँको फलानो स्कुल जान्छ ।’   त्यसो त यहाँ यो ठिक वा त्यो बेठिक भन्ने पगरी गुथाउन खोजीएको होइन । यथार्थताको धरातलमा उभिएर नियाल्दा वर्ग विभेदको माध्यम पनि नबनेको होइन स्कुल बोर्डिङ ।   राम्रो विद्यालयमा शिक्षा दिउँ भन्ने रहर कुन बाबुआमालाई नहोला । सन्तानको उज्जवल भविष्यका लागि छाक टारेरै भएपनि अभिभावक शिक्षामा सम्झौता गर्दैनन् । महँगो मासिक शुल्कको भारी बोकेरै भएपनि नीजि विद्यालय पठाउँछन् । कारण, सरकारी विद्यालयसँग आम अभिभावक विश्वस्त हुन अझैपनि सकिरहेका छैनन् ।   तर देशमा यस्ता केही सामुदायिक र सरकारी विद्यालय छन्, जहाँ पुग्दा मात्रै पनि तपाइलाई ‘वाह !’ भन्न मन लाग्छ ।   त्यस्तै विद्यालय मध्येको एक हो नवलपुर जिल्ला देवचुली नगरपालिकास्थित भिमसेन आदर्श नमूना माध्यमिक विद्यालय ।   गौरवमय ५ दशक बढीको लामो इतिहास, उदाहरणीय विरासत र अनवरत अब्बल नतिजाकै कारण यस विद्यालयले आम विद्यार्थी एवं अभिभावकको विश्वास जित्दै आएको छ । यहाँ यस क्षेत्रका मात्रै होइनन्, विभिन्न ९ जिल्लाबाट विद्यार्थीहरु अध्ययनका लागि आउने गर्दछन् ।   विसं २०२६ सालमा स्थापना भएको यस विद्यालयले २०६० सालबाट अंग्रेजी माध्यमबाट अध्ययन अध्यापनको सुरुवात गर्यो । २०६७ सालको एसएलसी परिक्षामा आकाश न्यौपाने ‘नेपाल टप’ भएपछि विद्यालयको शिर थप उचोँ भयो । हरेक वर्ष उत्कृष्ट नतिजा दिन सफल यस विद्यालयका विद्यार्थी पटक पटक जिल्ला प्रथम समेत हुँदै आएका छन् ।   उत्कृष्ट विद्यालयको रुपमा शिक्षा मन्त्रालयबाट सम्मानित समेत भएको यस विद्यालय देशकै नमूना विद्यालयको रुपमा पनि घोषित भयो ।   अहिले झण्डै २ हजार विद्यार्थी यहाँ अध्ययन गर्छन् । विद्यालयको हरेक कक्षाकोठामा प्रोजेक्टर छन् । विद्यार्थीहरु विद्यालय समयमा सिसिटिभिको निगरानिमा रहिरहन्छन् । अध्ययनलाई थप व्यवहारिक र परिणाममुखी बनाउन यहाँका शिक्षक, व्यवस्थापन समिति र समुदाय लागिपर्दै आएका छन् ।   कक्षा ६ देखि १२ सम्म अध्ययन हुने यस विद्यालयका प्रधानाध्यापक हुन् अग्नि भुसाल । रोचक के छ भने, उनि यहिँका विद्यार्थि थिए । यहि विद्यालयबाट उनले एसएलसी उत्तिर्ण गरेका हुन् ।   योङ्ग, इनर्जेटिक, बोल्ड छवि बनाएका प्रधानाध्यापक भुसाल विद्यालयलाई थप उचाई दिन लागिरहेका छन् । समयअनुसार प्रविधिको भरपुर प्रयोग गर्दै विद्यार्थीले इच्छाए अनुसारका सिप, तालिम लगायतका अतिरिक्त क्रियाकलापहरुमा पनि विद्यालय अब्बल रहेको उनि बताउँछन् । भन्छन्,‘कोर्स बुकहरु त भइहाल्यो, यसका अलवा हाम्रा विद्यार्थीहरु खेलकुद लगायतका क्रियाकलापहरुमा पनि अगाडी छन् । हामीले स्रोत साधनमा कमि हुन दिएका छैनौँ । यहि भदौ १ गतेबाट जुनियर र सिनियर सुरक्षा तालिम पनि सञ्चालन गर्दै छौँ ।’   प्रधानाध्यापक भुसालले शिक्षामा सबैको समान पहुँच र गुणस्तरिय शिक्षा नै आफ्नो मुल उद्धेश्य रहेको बताए । ‘यस विद्यालयमा जुनसुकै र जस्तोसुकै परिस्थितीबाट पनि अध्ययनका लागि आउने विद्यार्थि सहज भर्ना हुन पाउँछन्,’ उनले भने,‘विद्यार्थीको क्षमताबारे अध्ययनका लागि ईन्ट्रान्स एक्जाम चाहिँ लिने गरेका छौँ । तर सबै भर्ना हुन पाउँछन् ।’ उनले भने ।   यस क्षेत्रको मात्र नभई आसपासका विभिन्न जिल्लाका अभिभावकहरुको पहिलो रोजाई हो भिमसेन आदर्श नमूना माध्यमिक विद्यालय । यहाँको सेवा, सुविधा र मुलतः गुणस्तरिय शिक्षाकै कारण आकर्षण बढ्दै गएको प्रधानाध्यापक भुसालको दाबी छ ।   ‘हामी विद्यार्थीको मनोविज्ञानमा सदैव सजग छौँ । यहाँको सेवा सुविधा र गुणस्तरीय शिक्षाकै कारण आकर्षण बढिरहेको छ । फलस्वरुप हामी नगरपालिका, जिल्ला र राष्ट्रमै अब्बल विद्यालयको छवि निर्माण गर्न सफल भएका छौँ ।’ उनले भने,‘हामी मात्रै उत्कृष्ट भएर हुदैँन, यहाँको नगरपालिका, जिल्ला र राष्ट्रमै सामुदायिक विद्यालयहरु अब्बल हुनुपर्छ भन्ने मेरो मान्यता हो ।’ यस विद्यालयबाट एसईई परिक्षामा जिल्लामा सबै भन्दा बढी विद्यार्थी सहभागी थिए । सबै विद्यार्थी उत्तिर्ण पनि भए ।   विद्यालयले अहिले कक्षा ११ मा भर्ना खुलाएको छ । प्रधानाध्यापक भुसालले एसईई उत्तिर्ण भएका सम्पूर्ण विद्यार्थीहरुलाई भर्नाका लागि आह्वान गरे । उनले भने ‘अहिले कक्षा ११मा भर्ना खुलाएका छौँ । म सम्पूर्ण विद्यार्थी र अभिभावकहरुलाई आह्वान गर्दछु ।’ अहिले यस विद्यालयमा लगभग ५ सय विद्यार्थी प्लस टू मा अध्ययनरत छन् ।   पूर्वाधार सम्पन्न यस विद्यालयले विद्यार्थीकालागि सवारी सुविधा पनि उपलब्ध गराएको छ ।   विद्यालयले विसं २०८० सालको अन्तसम्म सूचना प्रविधियुक्त विद्यालय र कक्षाकोठा घोषणा गर्ने तयारी गरेको छ । यसका लागि आवश्यक कार्यहरु भइरहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष सत्यनारायण भुसालले जानकारी दिए ।   साथै, अन्य जिल्ला वा टाढाबाट आउने विद्यार्थीको सहजताका लागि यहि वर्षबाट सुरु हुने गरि आवास गृहका लागि तयारी थालिएको अध्यक्ष भुसालले बताए ।

  कैलाली:   परिवारका सदस्य मिलेर स्याहार गरेका बालबालिका अन्य बालबालिकाभन्दा स्वस्थ छन् । बच्चा स्याहारमा आमासँगै परिवारका सदस्यले सघाएका बच्चाहरूको उचित स्याहार र खानपानमा सहयोग पुगेकाले स्वस्थ रहेका स्वास्थ्यकर्मी बताउँछन् ।    टीकापुरकी सविना कार्कीको बच्चा एक वर्षको भयो । सविनाको बच्चा सासु, ससुरा, देवर सबै मिलेर स्याहार गर्नुहुन्छ । बच्चालाई खुवाउने काममा समेत सबैको सहयोग मिलेको छ । “मैले एक्लैले बच्चा स्याहार गर्न सम्भव छैन, बच्चालाई खुवाउने, खेलाउने, सरसफाइका काम परिवारका अन्य सदस्यले गर्नुहुन्छ”, सविना भन्नुहुन्छ, “बच्चाको मात्र होइन, घरको काममा पनि सघाउनुहुन्छ, जसले मलाई बच्चालाई स्तनपान गराउन समय मिल्छ ।”   टीकापुरको बन्दीपुरकी खेमा खड्काले घरको काम गर्दा बच्चाको स्याहार श्रीमान् र नन्दले गर्नुहुन्छ । खेमाको घरमा बच्चालाई स्याहार्ने, खुवाउने र बच्चाको सरसफाइको काम सबै मिलेर गर्नुहुन्छ । “म भान्साको काम गर्छु, सरसफाइ, बच्चाको स्याहार श्रीमान् र नन्दले गर्नुहुन्छ”, उहाँ भन्नुहुन्छ, “त्यसैले मेरो बच्चा स्वस्थ छ ।”   टीकापुरकै सञ्जना चौधरी र बन्दी चौधरी दुवै जनाको बच्चा अहिले नौ महिनाका छन् । उहाँहरूले बच्चालाई दाल, भात, जाउलोलगायतका खानेकुरा खुवाउनुहुन्छ । उहाँलाई पनि बच्चा स्याहारमा परिवारको साथ मिलेको छ । “बच्चालाई स्वास्थ्यकर्मीले सिकाएअनुसार मेरो दूधसँगै थप खानेकुरा खुवाउने गरेकी छु”, उहाँले भन्नुभयो, “मैले बच्चालाई बढी सयम दिनुपर्छ, बच्चालाई बढी समय दिँदा घरको काम अस्तव्यस्त हुन्छ । घरको काममा अन्य सदस्यले सघाउने गर्नुभएको छ ।”   विजयनगरकी सरिता चौधरी र सुस्मिता चौधरीको घरमा समेत बच्चा सबै मिलेर स्याहार्छन् । परिवारका सबै मिलेर स्याहारेका कारण यी महिलाका बच्चा स्वस्थ छन् । “बच्चा स्याहारमात्र होइन, घरको काम, भान्साको काम, खेतबारीको काम सबै मिलेर गर्छौँ सुस्मिताले भन्नुभयो, “सबै मिलेर काम गरेमा बच्चा स्याहारका लागि समय मिल्छ । सबैले बच्चालाई प्राथमिकतामा राखेर काम गर्छौँ, जसले जे देख्यो त्यही काम गर्दा सजिलो भएको छ ।”   बच्चा हुर्काउने समयमा महिलालाई बढी कामको बोझ थपिन्छ । यस्तो बेलामा परिवारको साथ महत्वपूर्ण हुन्छ । बच्चाको स्वास्थ्य र आमालाई बच्चाका लागि समय निकाल्न परिवारले सघाएमा बच्चा निरोगी र फुर्तिलो हुने भएकाले परिवार जिम्मेवार बन्नुपर्ने टीकापुर अस्पतालका सिनियर अनमी तारा खरेल बताउनुहुन्छ । “छ महिनासम्म बच्चालाई आमाको दूधमात्र चुसाउनुपर्छ । त्यसपछि थप खानेकुरा खुवाउनुपर्छ । समय–समयमा बच्चालाई खानेकुरा खुवाउनुपर्ने, सरसफाइमा ध्यान दिनुपर्ने भएकाले परिवारका सबै जिम्मेवार बन्नुपर्छ”, खरेल भन्नुहुन्छ, “परिवारका सदस्यले आमालाई बच्चा स्याहारका लागि समय मिलाउन अन्य काम आफूले गरिदिनुपर्छ । आमाका लागि पोषणयुक्त र झोलिलो खानेकुराको जोहोसमेत गरिदिनुपर्छ ।”   अनमी खरेलका अनुसार दुई वर्षमुनिका बच्चालाई आमालाई तनावमुक्त वातावरणमा राख्नुपर्ने सुझाव दिनुहुन्छ । “आमा तनावमा भएमा बच्चाको स्याहारमा असर पर्छ, दूध पनि आउँदैन”, उहाँ भन्नुहुन्छ, “बच्चा सानो हुँदा राम्ररी स्याहारेमा विभिन्न खालका रोग लाग्नबाट बचाउन सकिने र स्वस्थ हुने भएकाले बच्चाको स्याहारका लागि आमाको स्वास्थ्यबारे समेत ध्यान दिनुपर्छ ।”   बालबालिका भविष्यका कर्णधार हुन् । चिकित्सकहरू बालबालिकाको दुई वर्षभित्र ८० प्रतिशत मानसिक विकास हुने भएकाले दुई वर्षसम्म राम्रो स्याहार हुनुपर्ने बताउँछन् । हजार दिनका बालबालिका रहेका आमालाई बच्चाको स्याहार, घरको काम धेरै हुन्छ यस्तो बेला बच्चा स्याहारमा परिवारको साथ महत्वपूर्ण हुने चिकित्सकको सुझाव छ ।

  महोत्तरी:    महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास नगरपालिका–८ सतखोली बस्ने ८० वर्षीया सुनमाया विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।   सोमबार साँझ घर नजिकैको जङ्गलमा रहेको बाँसको झ्याङमा बस्न जाने आएको  हरिणले आक्रमण गर्दा उनको मृत्यु भएको थियो ।

  काठमाडौं:   देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।   जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।   हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित हुँदा मनसुन केही कमजोर भएकाले केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।   बुधबार देशभर आंशिकदेखि सामान्य बदलीका साथै देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।   मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव तीन डिग्री र अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव दुई डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३६ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

  कालीकोट:  कालीकोट सदरमुकाम मान्म बजारमा खानेपानी अभाव भएको छ । खानेपानीको पाइप पहिरोले बगाउँदा सरदमुकाम मान्म बजारमा खानेपानीको अभाव भएको हो । सदरमुकाममा खानेपानी ल्याएको मुहान नजिकै पहिरो गएर खानेपानीका पाइप बगाउँदा सरमुकाममा खानेपानीको अभाव भएको स्थानीय नृपराज शाहीले बताउनुभयो ।      “मान्म बजारमा व्यापार व्यवसाय गर्ने तथा अन्य झण्डै पाँच सय परिवारलाई खानेपानीको अभाव भएको छ ।” उहाँले भन्नुभयो, “सरकारी कार्याल सेना तथा नेपाल प्रहरीले अहिले खानेपानी बाहिरबाट गाडीमा बोकेर ल्याउने गरेका छन् ।” सरमुकाम मान्म बजारमा टाढाबाट खानेपानीको ल्याएको सधैँ खानेपानीको अभाव तथा पाइप बिग्रिने र चुँडिने गरेको अहिले पहिरोका कारणले खानेपानीको अभाव भएको खाँडाचक्र नगरपालिका–१ का वडाध्यक्ष धर्मराज ताम्राकारले बताउनुभयो ।      “पहिरोको दीर्घकालीन रोकथाम र खानेपानी आयोजनाको नियमितताका लागि पहल थालिएको छ ।” उहाँले भन्नुभयो, “पहिरोको रोकथाम तथा खानेपानी आयोजनाको सुरक्षा काम गर्ने र तत्कालका लागि पहिरोबाटै पाइप जडान गरेर खानेपानी नियमित गराउने तयारी भएको छ ।”      मान्म बजारमा सधैँ खानेपानीको समस्या रहेका कारणले तत्काल खानेपानी सुविधा पुर्याउनका लागि पहल थालिएको खाडाँचक्र नगरपालिका नगर प्रमुख कमलबहादुर शाहीले बताउनुभयो । “खानेपानीका लागि तत्काल पहल थालिएको छ । एक दुई दिनमा सदरमुकाममा खानेपानीको समस्या समधान हुन्छ ।” उहाँले भन्नुभयो, “दीर्घकालीन रूपमा खानेपानीको समस्या समधान गर्नका लागि थप खानेपानी आयोजनाको कामको थालनी हुन्छ ।”     सदरमुकाम मान्म बजारमा हिउँदमा खानेपानीको मुहानमा पानीको कमी र वर्षामा पहिरो वा अन्य कारणले खानेपानीको समस्या हुने गरेको यसको सुरक्षा वा वैकल्पिक खानेपानी आयोजनाका सम्भाव्यता अध्यायन गरिने नगर प्रमुख शाहीले जानकारी दिनुभयो । 

  काठमाडौं:   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा विषयका विद्यार्थीले चाहेको विषय पढ्न नपाउने स्थिति रहेको बताउनुभएको छ ।   चिकित्सा शिक्षा आयोग, मेडिकल काउन्सिल, स्वास्थ्य प्रतिष्ठान पदाधिकारी, विश्वविद्यालय पदाधिकारी र विश्वविद्यालय अनुदान आयोगका पदाधिकारीसँगको आजको छलफलमा मन्त्री पौडेलले भन्नुभयो, “नर्सिङलगायत विषयमा विद्यार्थीले चाहेअनुसार पढ्न नपाएको गुनासो गम्भीर तरिकाले उठेको छ । कानुन संशोधन गरेरै भए पनि विदेश पढ्न जाने विद्यार्थीलाई नेपालमै पढ्ने वातावरण बनाऔँ ।”    मेडिकल शिक्षा एकैदिन दुई ‘सिफ्ट’मा पढाउने नेपाल सरकारको नीति, कार्यक्रम तथा बजेटमा उल्लेख भएको बताउँदै उहाँले सो अनुसार कार्यान्वयन गर्न निर्देशन दिनुभयो । “दुई सिफ्टमा पढाउने नेपाल सरकारको नीति, कार्यक्रम र बजेटमा उल्लेख भएको छ”, मन्त्री पौडेलले भन्नुभयो, “यसलाई कार्यान्वयन गरौँ आवश्यक भौतिक पूर्वाधार तथा जनशक्तिका लागि अर्थमन्त्रालयसँग बजेट मागौँ ।”

  गण्डकी:  गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थामन्त्री मणिभद्र शर्मा (कँडेल) ले पोखराबाट प्याराग्लाइडिङ विस्थापित हुन नदिन आफूले सक्दो पहल गर्ने बताउनुभएको छ।           सराङ्कोटबाट प्याराग्लाइडिङ उडानकै क्रममा ‘टुरिजमपाना’ मासिक पत्रिकाको आज विमोचन गर्दै उहाँले पर्यटकीय सहर पोखरामा साहसिक पर्यटनमा धेरै आकर्षण रहेको र अधिकतम पर्यटक भित्र्याउन यसको संरक्षण जरुरी रहेको बताउनुभयो । पोखराको पर्यटन विकासमा प्रदेश सरकारले विशेष ध्यान दिएको उहाँले बताउनुभयो ।      मन्त्री शर्माले टुरिजमपाना पत्रिकाले नेपालको आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । महिला प्यारा पाइलट तृशा श्रेष्ठले मन्त्री शर्मालाई प्याराग्लाइडिङ गराउनुभएको थियो ।           पोखराबाट प्याराग्लाइडिङ विस्थापित हुने कुराले साहसिक खेल क्षेत्रमा निराशा छाएको भन्दै उहाँले विषय विज्ञसँग पर्याप्त छलफलपछि मात्रै यस विषयमा थप भन्न सकिने धारणा राख्नुभयो ।      पत्रिकाका प्रकाशक विष्णुकान्त घिमिरेका अनुसार नेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्दै लुकेर रहेका गन्तव्य चिनाउने उद्देश्यका साथ टुरिजमपाना मासिक पत्रिका प्रकाशनमा आएको हो । पत्रिकाले पर्यटन क्षेत्रका फरक र नयाँ विषयवस्तुलाई पाठकसमक्ष ल्याउने उद्देश्य राखेको पत्रिकाका सम्पादक गीता चिमोरियाले बताउनुभयो ।