पोखरा:   बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ ।  तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...

  काठमाडौं । नेपाल एमालेले काठमाडौंको वसन्तपुरमा महंगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ ।   सोमबार एमाले कार्यकर्ताहरुले वसन्तपुर दरवार स्क्वायर क्षेत्रमा महंगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका हुन् ।   प्रदर्शनमा उनीहरुमध्‍ये  कोही ग्याँस सिलिण्डर बोकेका थिए भने कोहीले परमादेशी सरकार मुर्दावाद भन्‍दै नारा लगाएका थिए ।

काठमाडौं ।   काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २ को धर्मस्थली क्षेत्र भीमसेन टोलमा एकै घरका चारजनाको हत्या भएको छ ।   घटना स्थलमा रहेको प्रहरीले घटनाको अध्ययन गर्ने र मुचुल्का उठाउने कार्य गरिरहेको जानकारी दिएको छ ।   प्रहरीका अनुसार, श्रीमान्(श्रीमती, एक छोरो र एक छोरीको लाश भेटिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।   प्रारम्भिक अनुसन्धानमा श्रीमानले श्रीमतीको हत्या गरेको र त्यसपछि बच्चा र आफूले हत्या गरेको जस्तो देखिएको प्रहरीले जनाएको छ । घटना के कारणले भएको हो खुल्न बाँकी रहेको छ ।

काठमाडौं।   आइतबार दिउँसो देखि निरन्तर परेको वर्षाले छ स्थान खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको तथ्याङकनुसार  पोखरा, वर्दाघाट, दमक, लामपाटन, शक्तिखोर र सुनसरीको तरहरा क्षेत्रमा पानीको सतह बढेसँगे खतराको तह पार गरेको छ ।   यो समाचार तयार पार्ने समयसम्म पछिल्लो २४ घण्टामा कास्कीको लामपाटनमा सबैभन्दा धेरै ३३१ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ । २४ घण्टामा कास्कीमा २७२ मिलिमिटर र चितवनको शक्तिखोरमा १९५ मिलिमिटर पानी परेको छ ।  विभागले २४ घण्टामा १४० मिलिमिटर र १२ घण्टामा १२० मिलिमिटरभन्दा धेरै पानी पर्नुलाई खतरा मानिन्छ ।   विभागले सोमबार विहानै देखि देशैभर वर्षा हुने जनाएको छ । भारी वर्षा भएको र थप वर्षा हुने पूर्वानुमान रहेकाले उक्त क्षेत्र भई बहने स–साना खोलामा आकस्मिक बाढी हुन सक्छ, तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाउन अनुरोध गरेको छ । 

  पोखरा ।  पोखरा सभागृहमा जारी दोहोरी प्रतियोगिताको फाइनल कार्यक्रममा स्टेजमुनिबाट एक्कासी आगलागी भएको छ ।     लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको  ७६ औँ जन्मजयन्तीको अवसरमा कल्याण नेपाल स्मृति प्रतिष्ठान नेपालले प्रतियोगिता गरिरहँदा विद्युत सर्ट भई आगो लागेको हो ।    भित्रैबाट सल्किँदै लागेको आगो स्टेजमुनी आइपुगेपछि थाह भएको हो । आगो लागेको देख्ने बित्तिकै आयोजकले नियन्त्रणमा लिँदा ठूलो क्षति हुन पाएन । आगालगीपछि केह समयको भागदौडपश्चात् हाल कार्यक्रम जारी छ । 

  जनकपुरधाम । चुरे क्षेत्र जोगाउन र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन माग गर्दै आन्दोलनरत सुकुम्बासी र चुरे अभियानले सडकमै सुतेर प्रदर्शन गरेको छ ।   सुकुम्बासीहरूले चुरे दोहन बन्द गर्नु पर्ने, अतिक्रमित बन क्षेत्रबारे प्रदेश सरकारले गरेको छानबिन प्रतिवेदन सार्वजनिक हुनु पर्ने, सुकुम्बासीहरूलाई जग्गा उपलब्ध गराउनु पर्नेलगाएका माग राखेर जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि सडकमै सुतेर प्रदर्शन गरेका हुन् ।   सुकुम्बासीका नाममा अर्कै व्यक्तिले चुरे तथा वन, जंगलको अतिक्रमण गरिरहेको र वास्तविक सुकुम्बासी जग्गा पाउने अधिकारबाट वञ्चित भएको भन्दै उनीहरूले आन्दोलन गर्दै आएका छन् ।   यसअघि जनकपुरधाम बन्द, झाडू जुलुस प्रदर्शन गर्दै मुख्यमन्त्री, जिल्ला प्रशासन, राजनीतिक दलका नेताहरूलाई ज्ञापन पत्र बुझाइसकेको अभियानका संयोजक सुनिलकुमार यादवले बताए । उनका अनुसार पछिल्लो समयमा सुकुम्बासीहरू रिले अनसन समेत बस्दै आएका छन् ।   यादवले सिरहास्थित मारुती सिमेन्ट उद्योगले अतिक्रमण गरेको वन क्षेत्रबारे प्रदेश सरकारले ४ भदौ २०७८ मा समिति बनाएर छानबिन गर्ने बताए पनि कुनै ध्यान नदिएको बताए । उनले वास्तविक भूमीहिन, दलितलाई जग्गा नदिई अर्कै व्यक्तिलाई दिने गरेको आरोप समेत लगाएका छन् ।

  खोटाङ ।  गृहमन्त्री बालकृष्ण खाँडले खोटाङ केन्द्रविन्दु बनाएर आज विहान गएको भुकम्पबाट भएको क्षतिका सबै विवरण तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको छ  । खोटाङ लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्री खाँडले यस्तो निर्देशन दिनुभएको हो ।   उत खोटाङको साकेला गाउँपालिका–५ केन्द्र बनाई आज बिहान ८ बजेर १३ मिनेटमा गएको भुकम्पबाट ठूलो क्षति नभएको स्थानीय प्रशासनले जनाएको छ ।   ६ म्याग्निच्युडको भुकम्पबाट केही घर चर्कनु बाहेक अन्य क्षति नभएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले जानकारी दिनुभएको छ ।  भुकम्पको केन्द्रविन्दु मानिएको मार्तिमविर्तामा २ वटा घर, हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा १ घर र महादेवस्थानमा १ घर चर्किएको छ ।   कुनै घर चर्केको र कुनै घरको टायल खसेको छ प्रजिअ सेढाईले भन्नुभयो ।   मानवीय तथा पशुचौपायको क्षति पनि भएको छैन । क्षति संकलनका लागि गाउँपालिकाको सबै शक्ति परिचालित गरिएको साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताउनुभयो ।   भुकम्पको क्षति संकलनका लागि सबै वडा समितिलाई परिचालित गरिएको र कार्यपालिकाका सम्पूर्ण अंगहरुलाई नागरिकको सहयोगका लागि परिचालित गरिएको राईले सुनाउनुभयो ।   यस्तै, हलेसी तुवाचुङ नगरपालिका लगायतका स्थानीय तहहरुले पनि क्षति बिवरण संकलन गरिरहेको जनाएका छन् ।   भुकम्प लगत्तै आइलाग्न सक्ने बिपद् ब्यवस्थापनको लागि नेपाली सेना, नेपाल प्रहरी लगायतलाई सतर्क रहन निर्देशन दिएको जिल्ला बिपद् व्यवस्थापन समितिका संयोजक प्रजिअ सेढाईको भनाइ छ ।   विपद् व्यवस्थापनमा सतर्कताका लागि रेडक्रस, जिल्ला समन्वय समिति लगायत स्थानीय तहसँग समेत समन्वय  भइरहेको छ ।।

  महोत्तरी ।  महोत्तरीको गौशालामा शुक्रबार छुरा प्रहार गरी पाँच लाख रुपियाँ लुटपाट गरेको भन्दै झुटो उजुरी दिनेलाई प्रहरीले पक्राउ गरेको छ ।   रकम लुटपाटको बनावटी घटना बनाउदै उजुरी दिएको पाइएपछि प्रहरीले रामगोपालपुर नगरपालिका–७ सहसौला बस्ने अरुणकुमार चौधरीलाई पक्राउ गरेको हो ।    शुक्रबार बेलुका आफुलाई अज्ञात व्यक्तिहरुले छुरा प्रहार गरि बैंकमा जम्मा गर्न लगेको पाँच लाख रुपियाँ लुटपाट गरेको भन्दै प्रहरीमा उजुरी दिएको तर घटना झुटो भएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिनुभयो ।    गौशाला नगरपालिका–२, सम्सी गौशाला सडक खण्ड स्थित रेडक्रस भवन नजिकै छुरा प्रहार गरि पाँच लाख लुटिएको उजुरीमा उल्लेख गरेका थिए । घटनाको अनुसन्धान पछि झुटो भएको भन्दै पिडित चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।  धेरै मानिससँग लिएको सापटी र ऋण रकम तिर्न चौधरीले छुरा प्रहारको कथा बुनेर रकम अपचलन गर्न खोजेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।    गाउँमै दाजु भाई मिलेर बैष्णवी मणि ट्रान्सफर सञ्चालन गर्दै आएका चौधरीले भाईको रकमलाई अपचलन गर्न प्र–२–०२–००४ प ३३४७ नम्बरको मोटरसाइकलबाट पाँच लाख रुपियाँ बैंकमा जम्मा गर्न गएको र बैंक बन्द भएकोले फिर्ता ल्याउँदै गर्दा तीन जना व्यक्तिहरुले छुरा प्रहार गर्दै लुटपाट गरेको घटना प्रहरीलाई बताएका थिए ।

  काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा (एसईई)मा १.६ जीपीए ल्याउने सबैले कक्षा ११ मा भर्ना हुन पाउने भएका छन्।    पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको विद्यार्थी भर्नासम्बन्धी आधारअनुसार कक्षा ११ मा भौतिकविज्ञान, रसायनविज्ञान, जीवविज्ञान र गणित विषय अध्ययन गर्न चाहनेले भने एसईईमा यी चारवटा विषयमा कम्तीमा ‘सी प्लस ग्रेड’ हासिल गरी समग्र नतिजामा न्यूनतम १.६ जीपीए प्राप्त गरेको हुनुपर्नेछ।    राष्ट्रिय परीक्षा बोर्ड प्रदेश व्यवस्थापन कार्यालय बागमतीका प्रमुख जयन्ती सत्यालले भौतिकविज्ञान, रसायनविज्ञान, जीवविज्ञान र गणित विषयबाहेकका अन्य विषय पढ्न चाहनेले एसईईमा न्यूनतम १.६ जीपीए हासिल गरेको हुनुपर्ने तर विषयगत ग्रेडको कुनै बन्धन नभएको जानकारी दिनुभयो। उहाँका अनुसार विज्ञानबाहेक शिक्षा, व्यवस्थापन, मानविकी विषयमा अनिवार्य तथा ऐच्छिक विषयका रूपमा गणित पढ्न चाहनेले पनि एसईईमा ‘सी प्लस ग्रेड’ प्राप्त गरेकै हुनुपर्छ।    राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसईईमा तत्कालका लागि कक्षा ११ मा भर्ना नै हुन नपाउने अर्थात् जिरो दशमलव आठदेखि एक दशमलव दुई जीपीए ल्याउने विद्यार्थी तीन हजार दुई सय छन्। बोर्डले यी विद्यार्थीका लागि ग्रेड वृद्धि परीक्षा व्यवस्था गरेको छ। तर सोभन्दा माथिल्लो जीपीए ल्याउने विद्यार्थी पनि विषयगत रूपमा प्राप्त ग्रेडमा चित्त नबुझेमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन्।    यस्ता विद्यार्थीका लागि परीक्षा बोर्डले आगामी भदौको ११ र १२ गते ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ। परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले ‘सी’ वा सोभन्दा कम ग्रेड हासिल गरेकाले बढीमा दुई विषयसम्म ग्रेड वृद्धिको परीक्षामा सम्मिलित हुन पाउने जानकारी दिनुभयो।    

  काठमाडौं । अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने भएका छन् ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् ।