पोखरा:   बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ ।  तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...

  पोखरा  ।  आइतबार साँझदेखि परेको भारी वर्षाका कारण आएको भलले सडक बिग्रिएपछि सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै स्थानीयले जनप्रतिनिधिलाई समस्या राखेकोमा केही बेरमै समस्याको सम्बोधन भएको छ।   पोखरा महानगरपालिका वडा नं –१५ राम बजार स्थित पानीको पाइप बिछ्याइएको सडक रातभरको भलले खोलेर सडकमै खाल्डो परेकोमा वडाका जनप्रतिनिधि आफै श्रमदानमा जुटेका हुन्।   खाल्डोका कारण सडक दुर्घटना हुनसक्ने तथा आवागमनमा समस्या हुने देखिएपछि सोमबार बिहानै स्थानीयले जनप्रतिनिधि अध्यक्ष तोरण बहादुर बानियाँ र सदस्य आशिष भण्डारीलाई समस्या सुनाएकोमा समस्या राखेको केही समयमै उनीहरू ग्राभेलसहित आफै खाल्डो पुर्न अघि सरेका हुन्।   वडावासीको समस्यामा जनप्रतिनिधिले तत्काल चासो दिएरआफै अग्रसर भएपछि राम बजारका स्थानीयवासी  नीरज थापाले सामाजिक सञ्जालमा प्रशंसा गर्दै सकारात्मक सोचाइ भएको नेतृत्वको संज्ञा दिएका छन्।    अध्यक्ष बानियाँ र सदस्य आशिष भण्डारी हालैको स्थानीय तहको चुनावमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू हुन्।

पोखरा ।   गुरुङ चलचित्र ‘एउटा चित्र’ को फस्ट लुक र टिजर सार्वजनिक भएको छ । पोखरामा चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा फस्ट लुक र टिजर सार्वजनिक गरिएको हो ।   ओम चित्र इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको टिजर सार्वजनिक गर्दै लेखक तथा निर्देशक विवेक गुरुङले ‘एउटा चित्र’ सस्पेन्स चलचित्र भएको उल्लेख गरे । ‘एउटा चित्र सस्पेन्स मुभी हो । बनिरहेका गुरुङ चलचित्र भन्दा केही फरक बनाएका छौं । पुरानो धार भन्दा फरक पाउनुहुनेछ ।’, उनले भने    उनले चलचित्रको छायाँकन पोखरा, गोरखा जिल्लाको बारपाक गाउँ, माम्चे डाँडा साथै इलाममा गरिएको जानकारी गराए । ४० लाखको लगानीमा निर्माण भएको चलचित्रमा नायकको भूमिकामा नविन गुरुङ, ओम गुरुङ रहेका छन् भने नायिकाको भूमिकामा उर्मिला गुरुङ र अन्जु गुरुङको अभिनय रहेको छ ।  सुसन गुरुङ, कुशल गुरुङ, आशिष गुरुङ र एसटी पुन लगायतले समेत अभिनयमा साथ दिएका छन् । चलचित्रमा मिना गुरुङ, शान्ती गुरुङ(युके),रोशन घले गुरुङ(एच के), खेम गुरुङ(एच के),गंगा देवि गुरुङ(पोखरा), कौशिला गुरुङ(जापान) को संयुक्त लगानी रहेको छ ।   चलचित्रका नायक नबिन गुरुङले आफु एक चित्रकारको भूमिकामा देखिएको बताए । उनी‘एउटा चित्र’ बाट आशावादी देखिन्छन् । चलचित्रको कथा फरक भएकाले आफु अनुबन्धित भएको भनाई उनको छ ।   नायिका उर्मिला गुरुङ चलचित्रमा एक विवाहित महिलाको भूमिका देखिएकी छिन् । यसअघि ५ वटा गुरुङ चलचित्रमा अभिनय गरिसकेकी उर्मिला पहिलो पटक विवाहित महिलाको भूमिकामा देखिएकी हुन् । चलचित्र मार्फत विवाहित महिलाको जीवनका विषयमा बुझ्ने अवसर मिलेको उनले बताइन् ।   नायक ओम गुरुङ भने एक प्रसिद्ध व्यवसायिका रुपमा देखिएको निर्देशक विवेक गुरुङले जानकारी गराए । नायिक अञ्जु गुरुङ भने फोटोग्राफरको भूमिकामा अभिनय गरेकी छिन् ।   कार्यक्रममा बोल्दै चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले गुरुङ चलचित्रको इतिहासमा नयाँ थालनी भएको बताए । उनले गुरुङ चलचित्रलाई प्राविधिक रुपमा समेत माथि उठाउन आवश्यक रहेको बताए । ‘एउटा चित्र’ मार्फत गुरुङ चलचित्रमा परिवर्तन आउने भनाई उनको छ ।     चलचित्रको छायाँकन तथा सम्पादन निकोलस गुरुङले गरेका हुन् । चलचित्रमा संगीत मविन्द्र राई, विकास चौधरीले भरेका हुन् । चलचित्रका गीतलाई प्रताप दास, मविन्द्र राई, अस्मिता अधिकारी र ममता गुरुङले गाएका हुन् । सुदीप जंग थापा र मविन्द्र राईको गीतलाई चलचित्रमा समावेश गरिएको छ । विनोद रसाईलीको पाश्र्व संगीत रहेको चलचित्रको पोस्ट प्रोडक्सन ‘चङ्गा प्रोडक्सन’ ले गरेको हो ।

  पोखरा ।  पोखरा महानगरपालिका १३ का वडाध्यक्ष किरण बरालले डुबानमा परेको कमलपोखरीका बासिन्दालाई नआत्तिन आग्रह गरेका छन् ।  उनले बिस्तारै पानीको सतह कम भएको बताउदै स्थानीयलाई नआत्तिन आग्रह गरेका हुन् ।    करिब सय बढि घर डुबानमा परेपछि स्थानीयको दैनिकीमा प्रभाव परेको बताउँदै निकासको लागि पहल गरिरहेको उनले बताए । ‘हामीले निरन्तर जाली सफा गरिरहेका छौ, उनले सुनगाभा न्यूजसँग भने,  ‘अहिले पानीको सतह केही कम भएको छ । आत्तिनु पर्ने कुनै अवस्था छैन ।’     सो क्षेत्र डुबानमा परेपछि संभावित जोखिम न्यूनिकरण गर्न बराल नेतृत्वको टोलीले स्थलगत अवलोकन गर्दै आएको छ । यद्यपी मानवीय क्षति भने भएको छैन ।    वडाध्यक्ष बरालका अनुसार सो क्षेत्र बर्षेनी डुबानमा पर्दै आएको छ । बर्षेनी डुबानमा परेपनि सो सिमसार क्षेत्रमा नयाँ घर भने धमाधम निर्माण हुदैं आएको छ । सरोकारवाला तथा सरकारी निकायले उक्त क्षेत्रलाई डुबानबाट जोगाउन आवश्यक संरचनाहरु निर्माण गर्नुपर्ने आवश्यक देखिन्छ ।

  सुर्खेत ।    कर्णाली प्रदेशका ११ वटा स्थानीय तहमा रहेका १०९ वटा विद्यालयमा नर्स राखिने भएको छ । विद्यालय नर्स कार्यक्रम अन्तर्गत विद्यालयमा नर्स राखिने भएको हो । विद्यालय तहबाट नै बालबालिकालाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले यस कार्यक्रमले लिएको छ ।    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कर्णाली प्रदेशका ११ स्थानीय तहका १०९ वटा विद्यालयमा नर्स राखेर यस वर्षदेखि विद्यालय नर्स कार्यक्रम सुरु हुनेछ । जस अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका भित्रका २०, भेरीगंगा नगरपालिकाका १० वटा विद्यालय रहेका छन् । दैलेखको नारायण नगरपालिकाका १०, कालिकोटको खाँडाचक्र नगरपालिकाका १० वटा विद्यालय, जुम्लाको चन्दननाथ नगरपालिकाका ५ वटा, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका ५ वटा विद्यालय, हुम्लाको सर्केगाड गाउँपालिकाका ४ वटा विद्यालय रहेका छन् ।   त्यस्तै, सल्यानको शारदा नगरपालिकाका १० वटा विद्यालय, त्रिवेणी गाउँपालिका भित्रका ११ वटा विद्यालय, जाजरकोटको छेडागाड नगरपालिकाक १४ र रूकुमपश्चिमको मुसिकोट नगरपालिका भित्रका १० वटा विद्यालयमा नर्स राखिने भएको छ । एक विद्यालय एक नर्स कार्यक्रम तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाले सुरु गर्नुभएको थियो । 

  काठमाडौं:    मंगलबार (आज) पनि देशभर मनसुनी प्रणाली सक्रिय रहदा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विहानै देखि  प्रदेश १, बागमती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशमा चट्याङसहित  मध्यम वर्षा भइरहेको छ।    दिउँसो देशका धेरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ। राती बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।   वर्षासँगै पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने  भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यता बुधबार देखि भने मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।

चितवन ।    नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भेर्लेमा माइक्रो वस त्रिशुली नदी किनारमा खस्दा १८ जना घाइते भएका छन् । चार जना गम्भीर घाइते भएका छन् ।  नारायणगढबाट धादिङतर्फ जाँदैगरेको बा ३ ख ८५८८ नम्वरको माइक्रो बस सडकखण्ड अन्तर्गत भरतपुर–२९, स्थित भोर्लेबाट त्रिशुली नदी किनारमा खस्दा १८ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।    घाइतेमध्ये ४ जनाको अवस्था गम्भिर छ भने बाँकीको अवस्था सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ । अपरान्ह ४:१५ बजे भएको दुर्घटनामा घाइते भएकाहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।     घाइतेहरुको परिचय अहिले खुल्न नसकेको प्रहरीले जनाएको छ । घाइतेलाई जुगेडीस्थित अस्थायी प्रहरी पोष्टबाट गएको टोलीले उद्धार गरेको थियो । घाइतेहरुको विवरण संकलन कार्य भइरहेको प्रहरीले जनाएको छ । 

  काठमाडौं ।   पछिल्लो २४ घण्टामा थप ८९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभरका ल्याबबाट कुल पाँच हजार ९०९ जनाको परीक्षण गर्दा ८९५ जनामा कोरोना पुष्टि भएको हो ।   जसमध्ये तीन हजार ६८५ जनाको पीसीआर परीक्षण गर्दा ६३२ र दुई हजार २२४ जनाको एन्टीजेन परीक्षण गर्दा २६३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।   स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार थप एक जनाको कोरोनाले मृत्यु भएको छ भने २६४ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३३ हजार १७६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।   त्यस्तै, हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ९३४ पुगेको छ । काठमाडौं र ललितपुरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् । त्यसैगरी, कास्कीमा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् ।   मनाङ, कालिकोट, मुगु, हुम्ला, बाजुरा, दार्चुला र बझाङमा सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौंमा दुई हजार ८७२, ललितपुर ५४३ र भक्तपुरमा ३७ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

  काठमाडौं।  नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले आगामी मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन रोक्न चलखेल सुरु भएको आरोप लगाउनुभएको छ ।   सोमबार हेटौँडामा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै सभापति बानियाँले सङ्घीय व्यवस्था कमजोर बनाउने तत्व निर्वाचन प्रभावित बनाउन लागिपरेको बताउनुभयो ।   देशमा सङ्घीय व्यवस्था स्थायित्व हुने देखेपछि शासन व्यवस्थालाई कमजोर बनाउने देश भित्र र बाहिरका तत्व निर्वाचन समयमा हुन नदिन लागि परेको दाबी उहाँको छ ।   शासन व्यवस्था असफल बनाउन लाग्नेहरुलाई सफल हुन नदिन पनि प्रदेश र प्रतिनिधिसभा निर्वाचन समयमा नै हुनुपर्ने उहाँको भनाइ छ ।   प्रतिनिधि र प्रदेशसभा निर्वाचन आगामी मङ्सिर पहिलो साता हुनुपर्ने भन्नुहुँदै उहाँले सरकारले यसबारेमा छिट्टै निर्णय गर्नुपर्ने बताउनुभयो ।   प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवालाई समयमा निर्वाचन गरेर देशलाई स्थायित्व प्रदान गर्ने अवसर भएको भन्दै यो अवसरबाट नचुक्न आग्रह गर्नुभयो ।

  महोत्तरी:    महोत्तरीको बर्दिबासमा सिद्धार्थ बैंक रहेको भवनमा भीषण आगोलागी भएको छ ।   केहीबेर अघि शुरु भएको आगोलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । स्थानीयले  दमकल र प्रहरी एवं स्थानीयलले आगो नियन्त्रणमा लिने प्रयास गरेपनि कठिनाइ भइरहेको  जनाएका छन ।   सिद्धार्थ बैंक भएको घरको माथिल्लो तल्लामा आगलागी भएको हो । शुरुमा माथिल्लो तल्लामा रहेको जिमखानाबाट धुँवा आएको प्रत्यक्षदर्शीहरूको भनाइ छ।   आगलागी भएको ठाउँमा के कति क्षति भयो भन्ने तथ्यांक आउन सकेको छैन। आगलागी भएको भवनमा एसबीआई बैंक पनि सँगै छ भने सोही घरमा रहेको सिदार्थ बैंकमा कुनै क्षति भएको छैन ।