पाल्पाको बगनासकाली गाउँपालिकाले बाँदर नियन्त्रणका लागि पनि बजेट छुट्टाएको छ।    आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमा गाउँपालिका भित्र बाँदर आतंक नियन्त्रणका लागि ५ लाख बजेट छुट्टाइएको हो ।...

पोखरा:   पोखरा महानगरपालिका १३ काहुँखोलास्थित विजयपुर खोलामा फसेका चार जनाको गएराती सकुशल उद्धार गरिएको छ ।     नेपाल सशस्त्र प्रहरी बलको टोलीले गएराती २३ वर्षिय प्रेम  सुनार, ४० वर्षीय सुदिप गुरुङ, २८ वर्षीय अर्जुुन विक र १९ वर्षिय क्षितिज नेपालीको सकुशल उद्धार गरेको हो ।   उनीहरु रातीसाझास्थित निर्माणधीन पानी ट्याङ्की बोरिङ्गको प्रतिक्षालयमा बसिरहेको अवस्थामा अविरल वर्षाको कारण एक्कासी आएको बाढीमा फसेका थिए ।   त्यसपछि फोनसम्पर्कमार्फत उनीहरुले आफुहरु बाढीमा फसेको परिवारलाई जानकारी दिएका थिए ।   त्यसलगत्तै सशत्र प्रहरीलाई खबर पुग्यो र  कालिका गण कास्कीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली तत्कालै खटिएर उनीहरुको सकुशल उद्वार गरेका थिए ।  

पोखरा:   प्रेस सेन्टर नेपाल कास्कीले पोखरा महानगरपालिका ६ लेकसाइडस्थित माया थकाली भन्छा घर एण्ड रेष्टुरेन्टका सञ्चालकले पत्रकार हेमराज अधिकारीलाई गरेकोे अभद्र व्यवहारप्रति आपत्ति जनाएको छ ।   प्रेस सेन्टरले विज्ञप्ती जारी गर्दै होटल व्यवस्थापनले पोखरामा क्रियाशिल पत्रकार तथा फेवा खबर डटकमका सहसम्पादक हेमराज अधिकारी लगायत फेवा खबर टिममाथि अभद्र व्यवहार गरेको भन्दै माफि माग्नुपर्ने बताएको छ ।     विज्ञप्तीमा भनिएको छ, ‘रेष्टुरेन्टमा खाना खाने क्रममा अखाद्य वस्तु (स्टिलका टुक्रा) भेटिएपछि सोको भिडियो क्यामेरामा कैद गरी सञ्चालक विशाल चौधरीलाई जानकारी गराउने क्रममा सञ्चालक चौधरीले सञ्चार समाग्री तोडफोडको प्रयास गर्दै अपशब्द बोल्दै अभद्र व्यवहार गरेको घटनाले स्वतन्त्र प्रेसमाथि प्रहार गरेको ठहर छ ।’   यस्तै सेन्टरले प्रहरी प्रशासनलेसमेत पत्रकार विरुद्ध भएको घटनामा पत्रकारलाई नै दोषारोपण गरेकाले पत्रकारितामाथि हस्तक्षेत्र भएको ठहर गरेको छ ।   ‘प्रहरी प्रशासनलेसमेत पत्रकार विरुद्ध भएको अभद्र व्यवहारको घटनामा उल्टै पत्रकारलाई नै भिडियो किन खिचेको भनेर प्रश्न गरिनु प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएको छ दुर्व्यवहारको घटनामा संलग्नलाई सचेत गराउँदै माफी माग्न र आगामी दिनमा यस्ता घटना हुन नदिने प्रतिवद्धताका लागि सम्बन्धित पक्षसँग माग गर्दछौं,’ विज्ञप्तीमा उल्लेख छ ।   यद्यपी विज्ञप्तीमा क्षमायाचना मात्रै भनिएपनि पत्रकारहरुले होटल सञ्चालक तथा प्रहरीलाई कानूनी कारवाही गर्नुपर्ने बताएका छन् । 

पोखरा:  गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीमगरले पोखराको यातायात कार्यालयमा छड्के अनुगमन गरेका छन् ।   यातायात व्यवस्था कार्यालय कास्कीको सवारी चालक अनुमतिपत्र र सवारी साधन दर्ता तथा नविकरणसम्बन्धी सेवा दिने कार्यालयमा मन्त्री जुग्जाली सेवाग्राही बनेर बिहीबार अनुगमनमा गएका हुन् ।   अनुगमनमा पुगेका मन्त्री जुग्जालीमगरले यसअघि दिएको निर्देशन कार्यान्वयन भए/नभएको बुझ्नका लागि अनुगमनमा पुगेको बताए । उनले सोसँगै सेवाग्राही र कार्यालयको समस्या पहिचानका लागि अनुगमन गरेको सुनाए ।    उनले सेवाग्राहीको चाप कम गर्न पोखरासँगै अन्य जिल्लाको कार्यालयमा पनि सेवा बिस्तार गर्ने बताउदै आएका छन् ।   मन्त्रीको अनुगमनको क्रममा कार्यालय प्रमुख डिल्लीराम रिजालले सहज रूपमा सेवा उपलब्ध गराउदै आएको ब्रिफिङ गरेका थिए ।   जुग्जालीमगरले भौतिक तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सेवाग्राहीमुखी काम गरेको भन्दै मन्त्रीको प्रशंसा गरेका थिए ।   जुग्जालीमगरको नेतृत्वपछि राजस्व बुझाउनेदेखि ‘लाइसेन्स’ को लिखित र प्रयोगात्मक परीक्षासमेत बिहान ८ बजेदेखि नै सुरू हुदै आएको छ  । जसले गर्दा कार्यालयमा हुने सेवाग्राहीको चाप कम भएको छ ।  

काठमाडौं:     सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ ।  न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश दिएको हो । २१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री पदमा दाबी गर्दा सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेका थिए । सोही समर्थनका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।   तर नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले तटस्थ भूमिकामा रहेका सभामुखको समर्थनबाट सरकार बन्नु गैरकानुनी भन्दै सर्वोच्च अदालतमा रिट दिएका थिए । उनले थापाको नियुक्ति बदर गरी संविधानको धारा १६८ ९३० अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग गरेका थिए ।

पोखरा:   गएको मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा उम्मेदवार भएका गण्डकी प्रदेशका ४९ जना उम्मेदवारले निर्वाचन खर्च विवरण पेश गरेका छैनन् ।  आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले मंगलबार विज्ञिप्ति जारी गर्दै प्रतिनिधि सभातर्फ २३ सय ७४ र प्रदेश सभातर्फ ३१ सय ८८ जना समेत गरी जम्मा ५५ सय ६२ लाई ऐन बमोजिम निर्वाच्न खर्च विवरण सार्वजनिक गर्न लिखित जानकारी गराइएको जानकारी दिएका छन् ।  यसमा विवरण सार्वजनिक नगर्ने प्रतिनिधि सभातर्फका १हजार ३७ र प्रदेश सभातर्फका १ हजार३ सय ९८ गरेर जम्मा २ हजार ४ सय ३५ जनालाई १५ हजार रुपियाँका दलले जरिवाना गर्ने निर्णय गरिएको जानकारी दिए ।  निर्वाचन आयोगका अनुसार गण्डकी प्रदेशमा प्रदेशसभातर्फ उमेदवार भएका  स्वतन्त्र उम्मेदवार ११ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १० जना, जनता समाजवादी पार्टी नेपालका ५ जना, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का ४ जना, नेकपा एमालेका ४ जना, हाम्रो नेपाली पार्टी ४ जना उम्मेदवारले निर्वाचन खर्च विवरण पेश गरेका नगरेका हुन् । यस्तै मंगोल नेशनल अर्गनाइजेसन पार्टीका ३ जना, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का २ जना, जनमत पार्टी, जनसहभागिता पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी )माओवादी समाजवादी), नेपाल सुशासन पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका १/१ जना उम्मेदवारले निर्वाचन खर्च विवरण पेश नगरेको आयोगले जनाएको छ ।  प्रतिनिधिसभातर्फ र प्रदेशसभातर्फ कति उम्मेदवारले निर्वाचन खर्च वितरण बुझाएन हेर्नुहोस्: 

काठमाडौं:   ललितपुरको चापागाउँ दोबाटोस्थित ड्युटीमै रहेका ट्राफिक प्रहरीलाई कुटपिट गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।   प्रहरीका अनुसार पक्राउ पर्नेमा ताप्लेजुङ घर भई हाल ललितपुर चापागाउँ दोबाटो बस्ने २६ वर्षीय विश्वास राई रहेका छन् ।   चापागाउँमा मोबाइल पसल चलाउँदै आएका राईले चापागाउँ दोबाटोमा ड्युटी गरिरहेका ट्राफिक प्रहरी हवल्दार सुनिल शाहमाथि कुटपिट गरेका थिए ।  त्यसपछि उनी फरार थिए ।    पक्राउ परेका राईलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   

पाेखरा:  गण्डकी प्रदेश सरकारले ६६८ किलोमिटर सडक कालोपत्र गरेको छ।   प्रदेश स्थापनादेखि आर्थिक वर्ष २०७९/०८० को अवधिमा ८५ वटा सडक पुल बनाएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ।    मन्त्रालयका पूर्वाधार विकास निर्देशक राम पराजुलीले प्रदेश सरकारले हालसम्म ६६८ किलोमिटर सडक कालोपत्र, ५९९ किलोमिटर सडक ग्राभेल, ८५ वटा सडक पुल र ६३ वटा झोलुंगे पुल निर्माण भएको जानकारी दिए।    उनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा कालोपत्र, ग्राभेल र कच्ची गरी कुल ३६० किमी सडक निर्माण भएको थियो। त्यसमध्ये १६५ किमी कालोपत्र, ११६ किमी सडक ग्राभेल र ७९ किमी कच्ची सडक निर्माण गरेको थियो।    आर्थिक वर्ष २०७७/७८ मा कुल ४५१ किमी सडक बन्दा २११ किमी कालोपत्र, १५२ किमी ग्राभेल र ८८ किमी कच्ची सडक बनेको थियो। आव २०७६/७७ मा ६५ किमी कालोपत्र, १३८ किमी ग्राभेल र ७१ किमी कच्ची गरी कुल २७४ किमी सडक निर्माण तथ्यांक रहेको छ।    गत वर्ष समग्रमा ५७ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयका लागि नयाँ आर्थिक वर्षका लागि ११ अर्ब १६ करोड बजेट विनियोजन भएको छ । यो खबर अन्नपूर्ण पोष्टमा सन्तोष गौतमले लेखेका छन् ।  

पोखरा:   लोकतान्त्रिक तमु संघ मादी गाँउपालिकाको अध्यक्षमा मनोज गुरुङ चयन भएका छन् ।   लोकतान्त्रिक तमु संघ कास्की जिल्ला कमिटिले संगठन विस्तार अभियान अन्तरगत शुक्रबार भएको प्रथम अधिवेशनबाट १७ सदस्यीय समिति गठन गरेको हो ।   सो समितिको उपाध्यक्षहरुमा नरबहादुर गुरुङ र कमला गुरुङ, सचिवमा टिकाराम गुरुङ, उपसचिवमा यज्ञप्रसाद गुरुङ र स्नेह गुरुङ, कोषाधयक्षमा शोभा गुरुङ छानिए ।   यस्तै सदस्यहरुमा राजबहादुर गुरुङ, कृष्णबहादुर गुरुङ, ज्ञानमाया गुरुङ, पुजन गुरुङ, बुद्ध गुरुङ, धनमाया गुरुङ, कुमानसिंह गुरुङ र रनबहादुर गुरुङ रहेका छन् ।   नवनिर्वाचित पदाधिकारीहरुलाई लोकतान्त्रिक तमु संघका केन्द्रिय महासचिव एवम लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रिय सचिव हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।    नवनिर्वाचित अध्यक्ष मनोज गुरुङले लोकतान्त्रिक तमु संघलाई सशक्त, जुझारु संगठनको रुपमा विकास गर्नका लागि आफु र आफ्नो कमिटि जुट्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।    नवनिर्वाचित वडाध्यक्ष मादी गाउँपालिका ९ का वडाध्यक्ष हुन् ।