पोखराः गण्डकी प्रदेश सभामा मातृभाषामा सपथ ग्रहण गर्ने दुई महिला र एक पुरुष थिए । मातृभाषामा सपथ ग्रहण गर्ने तीनै जना सांसद समानुपातिक सूचीबाट आएका हुन् । आदिवासी जनजाति कोटाबाट गण्डकी प्रदेश सभामा समानुपातिक सांसद बनेका गुरुङसँगै पार्वती तामाङ र राप्रपाबाट सांसद बनेका पन्चराम गुरुङले मातृभाषमा सपथ लिए । मातृभाषामा सपथगरेपछि सुनगाभा न्यूजसँगै बोल्दै सांसद सरस्वती गुरुङले कसैलाई विभाजन गर्न नभई आफ्नो जातिको पहिचान संरक्षण गर्न गुरुङ भाषामा सपथ ग्रहण गरेको प्रतिक्रिया दिइन् । ‘मलाई गर्व लागेको छ, म जुन भाषाबाट हुर्के, मेरो पहिलो पाठशाला, गुरुआमा, परिवारले पहिलो भाषा नै ‘चमी’ भनेर बोलाउनुभयो, सांसद गुरुङले कांग्रेस नेता भिमबहादुर तामाङलाई सम्झिदै भनिन्,‘ विभाजन गर्न होइन कि पहिचान भेटाउन भन्ने सन्देश दिन गुरुङ भाषामा सपथ लिएको हुँ ।’ उनले आफ्नो समुदायको पहिचान झल्काउन मातृभाषामा सपथ लिएको दोहोर्याइन् । ‘विविधतामा एकता छ भन्ने सन्देश प्रवाह गर्न पनि आफ्नो समुदायका सांसदहरु जातिय पोशाकमा आउनुभएको छ, उनले भनिन्, ‘आफ्नो जातिको पोशाक लगाउँदै ठुलो जाति हुन्छ भन्ने हुँदैन सबैको समान हक अधिकार छ भन्ने सन्देश प्रवाह गर्न पनि जातिय पोशाक र भाषामा सपथ लिएको हो ।’
पोखराः गण्डकीका प्रदेश सभा सदस्यहरुले आज (बिहिबार) पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले आज प्रदेश सभा सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन् । नेकपा एमालेका ६५ वर्षीय बस्याल पर्वतको प्रदेश सभा २ बाट निर्वाचित भएका थिए । उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबारै शपथ ग्रहण गराएका थिए । गण्डकी प्रदेश सभामा कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा ९ सिट गरि कुल २७ ल्याएर गण्डकी प्रदेशको ठुलो दल बनेको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले २२ सिटसहित दोस्रो दलको भूमिकामा छ । एमालेले प्रत्यक्षमा १२ र समानुपातिकमा १० सिट निधो गरेको हो । त्यसैगरि माओवादी केन्द्रले प्रत्यक्षमा ५ र समानुपातिकमा ३ सिट गरि ८ सिटसहित तेस्रो दल बनेको छ । २ सिटसहित गण्डकी प्रदेशमा चौथो दलको हैसियतमा देखिएको राष्ट्रिय प्रजातन्त्र (राप्रपा) पहिलो पटक संसद प्रवेश गर्नेछ । भने नेकपा एकीकृत समाजवादीले स्वतन्त्र निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) लाई पार्टी प्रवेश गराएसँगै १ सिटमा उपस्थिति जनाउनेछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गते प्रदेश अधिवेशन आह्वान गरेका छन् । प्रदेश सभा सचिवालयले शपथ ग्रहण समारोहमा राष्ट्रिय पोशाक वा जातीय पहिचान झल्किने पोशाक लगाएर ११ बजे नै उपस्थित हुन सांसदहरुलाई आह्वान गरेको थियो । गण्डकी प्रदेश सभामा मातृभाषामा नेपाली कांग्रेसकी सपथ लिनेहरुमा पार्वती तामाङ र सरस्वती गुरुङ सभासद हुन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका पन्चराम गुरुङ्ले पनि मातृभाषामा सपथ लिएका हुन् । तीन जना प्रदेश सभा सदस्यले मातृभाषामा सपथ लिएका थिए । मातृभाषामा सपथ लिनेहरुमा पार्वती तामाङ र सरस्वती गुरुङ नेपाली कांग्रेसका सभासद हुन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका पन्चराम गुरुङ्ले पनि मातृभाषामा सपथ लिएका थिए।
पोखराः गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसबाट संसदीय दलको नेता चुनिएपछि सांसद सुरेन्द्र पाण्डेले अब सशक्त प्रतिपक्षको भूमिका निभाउने बताएका छन् । दलको नेतामा विजयी भएपछि सुनगाभा न्यूजसँग प्रतिक्रिया दिँदै नेता पाण्डेले पछिल्लो राजनीतिक घटनाक्रम प्रतिकुल भएपछि कांग्रेस प्रतिपक्षको भूमिका निभाउन तयार रहेको टिप्पणी गरे । उनले सरकारले अब ल्याउने नीति कार्यक्रमबाट प्रतिपक्षलाई गर्ने व्यवहारबाट प्रतिपक्षको भूमिका निभाउने बताए । ‘सरकारले अब ल्याउने नीति कार्यक्रमले संविधानको रक्षा, लोकतन्त्र, गणतन्त्र, संघियताको रक्षा र कार्यान्वयन, गण्डकी प्रदेशको विकास निर्माण, आर्थिक समृद्धिका लागि कस्तो खालको नीति ल्याउँछ र प्रतिपक्षसँग कस्तो खालको सहकार्य गर्छ, त्यसलाई हेरेर गुण र दोषको आधारमा समर्थन र प्रतिपक्षको भूमिका निर्वाह गर्छ ।’ नेता पाण्डेले भने । नेता पाण्डेले गण्डकी प्रदेशमा कसैसँग पनि स्पष्ट बहुमत नभएकाले यसको सरकार बन्छ भनेर भन्न नसक्ने प्रतिक्रिया दिए । ‘गण्डकी प्रदेशमा कांग्रेस पहिलो दल हो, कांग्रेसँग माओवादी र एमाले मिल्दा सजिलै सरकार बन्न सक्छ, उनले भने, ‘एमाले, माओवादी, राप्रपा र स्वतन्त्र सांसद तथा एकिकृत समाजवादी पार्टी प्रवेश सांसद मिल्न सके मात्र स्पष्ट बहुमतसहित सरकार बन्न सक्छ त्यसैले कसको सरकार बन्छ भनेर भन्न सकिदैन ।’ गण्डकी प्रदेश सभामा कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा ९ सिट गरि कुल २७ ल्याएर गण्डकी प्रदेशको ठुलो दल बनेको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले २२ सिटसहित दोस्रो दलको भूमिकामा छ । एमालेले प्रत्यक्षमा १२ र समानुपातिकमा १० सिट जितेको छ । यस्तै माओवादी केन्द्रले प्रत्यक्षमा ५ र समानुपातिकमा ३ सिट गरि ८ सिटसहित तेस्रो दल बनेको छ । २ सिटसहित गण्डकी प्रदेशमा चौथो दलको हैसियतमा देखिएको राष्ट्रिय प्रजातन्त्र (राप्रपा) पहिलो पटक संसद प्रवेश गर्नेछ । भने नेकपा एकीकृत समाजवादीले स्वतन्त्र निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) लाई पार्टी प्रवेश गराएसँगै १ सिटमा उपस्थिति जनाउनेछ ।
पोखराः नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेताका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । आज हुने संसदीय दलको नेताको निर्वाचनका लागि सुरेन्द्र पाण्डे र भोजबहादुर अर्यालले उम्मेदवारी दर्ता गराएका हुन् । संस्थापन पक्षबाट विन्दुकमार थापाको प्रस्तावक र टकराज गुरुङको समर्थनमा सुरेन्द्र पाण्डेले संसदीय दलको नेतामा उम्मेदवारी दिएका छन् भने, संस्थापन इतरपक्षबाट महेन्द्र ध्वज जिसीको प्रस्तावक र पार्वती तामाङको समर्थनमा संसदीय दलको नेतामा उम्मेदवारी दिएका हुन् । गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिक तर्फ ९ गरी २७ सिट जितेको छ । २७ सदस्यले निर्वाचनमा मतदान गर्न पाउनेछन् ।
पोखरा: गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले आज (बुधबार) पद तथा गोपनीयताको सपथ लिएका छन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८२(५)र प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा ७५(१) बमोजिम आज ज्येष्ठ सदस्य मित्रलाल बस्याललाई सपथ ग्रहण गराएका हुन् । आज (बुधबार) पद तथा गोपनीयताको सपथ लिएका गण्डकी प्रदेश सांसद बस्यालले भोलि (बिहिबार) गण्डकी प्रदेशका अन्य सांसदहरुलाई प्रदेश सभा भवनमा पद तथा गोपनीयताको सपथ खुवाउनेछन् । गण्डकी प्रदेशसभामा ज्येष्ठ सदस्यका रुपमा सपथ ग्रहण गरेका बस्याल पर्वत निर्वाचन क्षेत्र नं १(२) बाट निर्वाचित भएका थिए । गण्डकी प्रदेश सभामा कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा ९ सिट गरि कुल २७ ल्याएर गण्डकी प्रदेशको ठुलो दल बनेको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले २२ सिटसहित दोस्रो दलको भूमिकामा छ । एमालेले प्रत्यक्षमा १२ र समानुपातिकमा १० सिट निधो गरेको हो । त्यसैगरि माओवादी केन्द्रले प्रत्यक्षमा ५ र समानुपातिकमा ३ सिट गरि ८ सिटसहित तेस्रो दल बनेको छ । २ सिटसहित गण्डकी प्रदेशमा चौथो दलको हैसियतमा देखिएको राष्ट्रिय प्रजातन्त्र ९राप्रपा० पहिलो पटक संसद प्रवेश गर्नेछ । भने नेकपा एकीकृत समाजवादीले स्वतन्त्र निर्वाचित भएका राजीव गुरुङ ९दीपक मनाङे० लाई पार्टी प्रवेश गराएसँगै १ सिटमा उपस्थिति जनाउनेछ । तस्बिर: अर्जुन (सुशान्त) गाहा मगर
पोखराः गण्डकी प्रदेशसभाको अधिवेशन १८ पुसका लागि बोलाइएको छ । मंगलबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले १८ पुस दिउँसो ३ बजेका लागि संसदको अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभा सदस्यको शपथ आगामी बिहीबार हुँदैछ । ज्येष्ठ सदस्य मित्रलाल बस्यालले बुधबार प्रदेश प्रमुखबाट शपथ लिँदैछन् । त्यसपछि उनले अन्य ५९ सांसदलाई शपथ ग्रहण गराउने तयारी छ ।
पोखराः नेपाल खेलकदु महासंघले प्रदेश खेलकुल परिषद् गण्डकीको रिक्त सदस्य सचिवको नियुक्ती प्रक्रिया रोक्न युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश मार्फत मुख्यमन्त्री कार्यालयलाई ध्यानाकर्षण गराएको छ । महासंघले आज (मंगलबार) युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीलाई प्रेस विज्ञप्ती बुझाउँदै सदस्य सचिवको नियुक्त रोक्न ध्यानाकर्षण गराएको हो । महासंघका अध्यक्ष विष्णु पुनले सचिव अधिकारीलाई विज्ञप्ती बुझाउँदै काम चलाउ सरकारले नियुक्ती प्रक्रिया जस्तो कार्य गर्न नपाउने र यस्तो निर्णयले विधीको शासनको धज्जी उडाएको बताए । ‘प्रदेश खेलकुद नियामवली २०७८ विपरित प्रदेश खेलकुद परिषद् सदस्य सविचको नियुक्ती प्रक्रिया तत्काल रोक्न आग्रह गरेका छौ, नेपाल खेलकुद महासंघले गरेको अपिललाई वेवास्ता गरे आन्दोलनका कार्यक्रम घोषणा गछौं ।’ अध्यक्ष पुनले भने । गण्डकी प्रदेश सरकारले रिक्त सदस्य सचिव पदका लागि गत पुस ६ गतेको मन्त्री परिषद निर्णय गरेको थियो । सोही निर्णयका आधारमा यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशले एक साताको म्याद राखेर दरखास्त आह्वान समेत गरिसकेको छ । दरखास्त आह्वानको म्याद आज (मंगलबार) सकिएको छ । प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङको ६० वर्षे उमेर हदका कारण गत कार्तिक २४ गते पदावधी सकिए पछि आगामी चार वर्षका लागि प्रदेश सरकारले नियूक्ति प्रक्रिया अघि बढाएको थियो । प्रदेश खेलकुद विकास ऐन २०७७ को परिच्छेद ४ को उपदफा १७ को ३ बमोजिम सदस्य सचिव नियूक्ति गर्ने प्रावधान रहेको छ । सोही परिच्छेदको उपदफा ३ बमोजिम प्रदेश सरकारले यूवा तथा खेलकुद मन्त्रीको संयोजकत्वमा मन्त्रालयको सचिव र एक जना विशेषज्ञ सहित तिन सदस्यिय सिफारिस समिति गठन गर्ने प्रावधान रहेको छ । सिफारिस समितिको संयोजकमा यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ, सचिव बद्रिनाथ अधिकारी रहेका छन् भने खेल विज्ञको रुपमा हरिप्रसाद पराजुली रहेका छन् । पराजुली नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष समेत हुन् । परिषदको सदस्य सचिव नियूक्तिका लागि ३० वर्ष उमेर पुरा भएको, स्नातक तह अध्ययन पुरा भएको र ६० वर्ष ननाघेको हुनुपर्ने खेलकुद विकास ऐनमा उल्लेख छ ।
पोखराः गण्डकी प्रदेश पुरुष भलिबल टिमका प्रशिक्षक रमेश केसी सम्मानित भएका छन् । गण्डकी प्रदेश भलिबल संघले आयोजना गरेको प्रथम गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको अवसरमा संघले गण्डकी प्रदेशको भलिबल गण्डकी प्रदेश भलिबलको विकासमा योगदान पुयाएका केसीलाई प्रदेशको प्रशिक्षकमा नियुक्त भएको भन्दै सम्मान गरेको हो । उनलाई गण्डकी प्रदेशमा नवनिर्वाचित प्रदेश सांसद प्रकाश बरालले सम्मानपत्र तथा दोसल्ला अर्पण गरे । सो अवसरमा बोल्दै बरालले गण्डकी प्रदेश भलिबलको शिर उचो बनाउनतर्फ सधै अग्रसर हुन आग्रह गरेका थिए । गण्डकी प्रदेश पुरुष भलिबल टिमको प्रशिक्षक सम्हालीरहेका केसीलाई गण्डकी खेलकुद परिषद्ले गण्डकी प्रदेश भलिबलको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।
पोखराः पोखरामा जारी गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा उपाधि दावेदार मानिएका जिल्ला भलिबल बागलुङ र स्याङ्जा फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशाला भलिबल कोर्टमा आज (शनिबार ) भएको दोस्रो सेमिफाइनल खेलमा जिल्ला भलिबल संघ स्याङ्जाले नवलपुरलाई पराजित गर्दै बागलुङसँग फाइनलमा भेट पक्का गरेको हो । दोस्रो सेमिफाइनल खेलमा स्याङ्जाले नवलपुरलाई २२–२५, २५–२०, २५–२०, १७–२५ र १५–७ अङ्कले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । यस्तै पोखरा रंगशाला भलिबल कोर्टमा आज (शनिबार ) भएको पहिलो सेमिफाइनल खेलमा जिल्ला भलिबल संघ बागलुङले कास्कीलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । पहिलो सेट गुमाएको बागलुङले खेलमा उत्कृष्ट पूनरागमन गर्दै कास्कीलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । १६–२५ ले पहिलो सेट गुमाएको बागलुङले क्रमश २५–२०ले दोस्रो जितेको बागलुङले तेस्रो सेटमा २०–२३ को अङ्कमा उत्कृष्ट पूनरागमन गर्दै २६–२४ को अङ्कमा तेस्रो सेट जितेको थियो भने चौथो सेट २५–२० ले जितेको थियो । फाइनलमा जिल्ला भलिबल संघ बागलुङ र स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ भने तृतिय स्थानका लागि जिल्ला भलिबल संघ नवलपुर र कास्कीबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल आइतबार पोखरा रंगशाला भलिबल कोर्टमा हुने गण्डकी प्रदेश भलिबल संघले जनाएको छ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सात्वना हुनेले क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडीले २० हजार, उत्कृष्ट सर्भर, ब्लकर, लिव्रो, स्पाइकर र कोचले नगद १०÷१० हजार प्राप्त गर्नेछन् । गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक बागलुङ, कास्की, नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ, कास्की र गोरखाको सहभागिता रहेको छ ।

