जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

पोखरा:   एघारौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ ।   आगामी पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको आयोजक युनाईटेड क्लवले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।   स्थापना कालदेखी  युनाईटेड क्लवले पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद,  पर्यटन प्रवद्वन  र सेती नदी संरक्षणको क्षेत्रमा कार्य गर्दै आइरहेको छ । महोत्सवकै आम्दानीबाट युनाईटेड क्लवले एघारौं पोखरा महोत्सवको संघारमा आइपुग्दा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शिक्षाबाट बञ्चित नहोस भन्ने उद्देश्यले १२ वटा सामुदायिक विद्यालयहरुमा छात्रबृत्ति कोष स्थापना गरिएको क्लवका अध्यक्ष राजु श्रेष्ठले बताए । त्यस्तै आर्थिक अभाव भर्ई स्वास्थ्य लाभ लिन नसकेका तथा ग्रामीण क्षेत्रलाई लक्षित गरी विभिन्न दुरदराजका गाउहरुमा स्वास्थ्य शिविर, युवाहरुलाई कुलतबाट फस्नबाट रोक्नका लागि खेलकुदको माध्यमबाट सवल र सक्षम नागरिक बनाउनको लागि युनाईटेड क्लवले खेलकुदका कार्यक्रमहरु आयोजना गर्नुका साथै विभिन्न संघ संस्थाहरुले आयोजना गर्ने राष्ट्रिय तथा स्थानिय खेलकुद प्रतियोगिताहमा प्रायोजक, प्रवद्र्धक तथा सहयोगी संस्थाको रुपमा रही टेवा पुर्याउदै आइरहेको समेत अध्यक्ष श्रेष्ठले बताए । क्लवले स्थापना कालदेखीनै उठाउदै आएको पोखरामा मानवनिर्मित  खुल्ला चिडियाखाना निर्माणको कामले यतिवेला तीब्रता लिइरहेको वताउदै श्रेष्ठले हाल सम्म युनाईटेड क्लबले चिडियाखाना निर्माणका लागि ५८ लाख ८५ हजार रुपैया नगद प्रदान गरिसकिएको बताए । क्लवलको पहलकदमीमा तत्कालिन पश्चिमाञ्चल विकाश क्षेत्रका क्षेत्रिय निर्देशक दिनेश कुमार थपलियाले पोखरालाई २० उत्कृष्ट गन्त्ब्य निर्माण गर्ने उद्देश्यभित्र चिडियाखाना पनि रहेको २० काम मध्ये चिडियाखाना निर्माणलाई प्राथमिकतामा राखिएको थियो । सोही अनुरुप पोखरा महानगरपालिकाको ३०, ३१ र ३२ मा रहेको पचभैया, चापापानी चिसाकुना र चैनपुर सामुदायिक बन क्षेत्रको १ सय ३४ हेक्टर जमिनमा २०७२ साल साउन १५ गते सिलान्यास भइ पशुपंक्षी उद्धार केन्द्र हुदै हाल चिडियाखाना गण्डकी पदेश सरकारले प्रदेशको गौरवको योजनामा राखी जिल्ला बन डिभिजन कार्यालय मार्फत निर्माणको कार्य अगाडि वढिरहेको क्लवका अध्यक्ष श्रेष्ठले बताए । एघारौं पोखरा महोत्सवबाट चिडियाखानाको ठाउमा सेती नदी एक सहशीक पर्यटकीय गन्तब्य निर्माणका लागी केही रकम छुट्याइने अध्यक्ष श्रेष्ठले बताए । प्रत्येक महोत्सवमा प्रति टिकटबाट एक रुपैया सेती नदी संरक्षण अभियानलाई छुट्याइने समेत श्रेष्ठले जानकारी दिए ।   एघारौं पोखरा महोत्सवको मुख्य प्रायोजकमा रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा.लि.को बेटर होम एप्लायन्स, सह प्रायोजकमा रारा तयारी चाउचाउ, पप कन्सर्ट प्रायोजक युनाईटेड युथ सर्कल यु.एस,ए,प्रायोजकहरुमा योकोहामा जापानिज ल्याङग्वेज एण्ड ट्रेनिङ कन्सल्नेन्सी, स्काई लिंक टेक्नोलोजी, ड्रीमल्याण्ड फनपार्क, सिजी हार्डवेयर एण्ड सप्लायर्स, अफिसियल बैंकमा ग्रीन डेभलपमेन्ट बैंक, अफिसियल पानीमा एक्वा रिउस प्रोसेस पानी, अफिसियल इन्टरनेटमा वल्र्डलिंक कम्युनिकेशन प्रा लि, अफिसियल इन्सुरेन्समा सगरमाथा इन्सुरेन्स, प्रवद्र्धकमा नेपाल पर्यटन वोर्ड, विशेष सहयोगी संस्थामा पोखरा महानगरपालिका, सहयोगी संस्थाहरुमा अमरसिंह मा.वि., युथ कम्युनिटी क्लव,  मिडियापार्टनरहरुमा एबीसि न्युज टेलिभिजन , फेवा टेलिभिजन, समाधान राष्ट्रिय दैनिक, एभरेष्ट एफएम ९३ मेघाहर्ज, रहेको र अन्य प्रायोजकहरुको खोजीमा रहेको महोत्सव प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा अपा·, वृद्धवृद्धा, एकल महिला, विदेशी पर्यटक, पत्रकार,सुरक्षा निकायका सुरक्षाकर्मीहरुलाई (पोषाक अनिवार्य) वनका कार्मचारीलाई निःशुल्क प्रवेश गराईनेछ । साथै पर्यटन प्रर्वद्धन, पर्यटकीय स्थानको जानकारी दिने स्टललाई निःशुल्क स्टल उपलब्ध गराइने समेत प्रचार प्रसार संयोजक सुनारले ब​ताए । त्यस्तै कृषि तथा हस्तकलाका स्टलहरुलाई विशेष छुट प्रदान गरिने भएको छ ।  १३ दिन सम्म सञ्चालन हुने महोत्सवमा २ सय ५८ स्टल रहेको र सम्पूर्ण स्टलहरु बुकिङ भइसकेका छन । महोत्सवमा २ देखी २ लाख ५० हजार दर्शक आउने अनुमान गरिएको छ । महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पुर्याउने , विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पुर्याउने , गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, सवै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पुर्याउने , आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत बिकासमा टेवा पुर्याउने  र उद्योगको प्रवद्वन  गर्ने उद्देश्य लिएको प्रचार प्रसार संयोजक दिनेश सुनारले बताए ।   महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवशायीक संघ संस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण , पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचयन एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती संगै कृषिका गतिविधीहरु सञ्चालन हुनेछन । महोत्सवको आकर्षणको रुपमा राष्ट्रिय स्तरका कलाकारहरुद्धारा दोहोरी गीत प्रस्तुती, राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्याण्डहरुको लाइभ कन्सर्ट, हांस्य ब्यङ्ग्य प्रस्तुती, उत्कृष्ट स्टललाई पुरस्कार, नेपाली संस्कृति झल्कने प्रस्तुती, चमेना गृहको ब्यवस्था, बाल उद्यान, प्रदेश स्तरिय लोक दोहोरी गीत प्रतियोगिता, झांकी प्रतियोगिता लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहने समेत प्रचार प्रसार संयोजक सुनारले जानकारी दिए । महोत्सवमा शौचालयको व्यवस्था , निशुल्क वाइफाइको व्यवस्था , अग्नि, चट्याङ, भुकम्प, हुरीबतास, हुलदंगा बिमाको व्यवस्था , प्राथमिक स्वास्थ्य सेवा तथा एम्बुलेन्सको व्यवस्था , पार्किङको उचित व्यवस्था  र प्रत्येक स्टललाई एक थान टेवल र दुई थान कुर्चीको व्यवस्था  गरिएको छ ।   सो अवसरमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले महोत्सवको सफलताको कामना गर्दै सुरक्षालाई विशेष ध्यान दिन आग्रह गरिन । उनले महोत्सवकै आयोजना गरी सामाजिक काममा लागेर पोखराकै अब्बल संस्था बन्न पुगेको उनको भनाइ रहेको थियो । पत्रकार सम्मेलनमा स्वागत मन्तब्य राख्दै युनाईटेड क्लवका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले पोखरा महोत्सव सम्पूर्ण पोखरेलीको महोत्सव भएकाले सबैलेसहयोग गरी युनाईटेडको सामाजिक अभियानमा भाग लिन आग्रह गरे ।

पोखरा:   रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल (रेबान) को आयोजनामा पोखरामा ५ दिनसम्म पोखरा स्ट्रिट फेस्टिबल मेलाको आयोजना हुने भएको छ ।  रेबानको पोखरा स्थित क्षेत्रिय शाखाले यहीँ आउदो पुस १३ गतेदेखि १७ गतेसम्म २४औं पोखरा स्ट्रिट फेस्टिबल, २०७९ को आयोजना गर्ने भएको हो ।  विगत २३ वर्षदेखि आयोजना हुँदै आएको स्ट्रिट फेस्टिबल यस वर्ष पनि अंग्रेजी नयाँ वर्षको अवसर पारेर अयोजना गर्न लागिएको आयोजकले जनाएको छ । विशेष गरी कोभिड–१९ पछि सुस्ताएको पोखराको पर्यटन बजारलाई प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिबलको आयोजना गर्न लागिएको रेबानका केन्द्रीय महासचिव एकराज अधिकारीले जानकारी दिए । ५ दिनसम्म चल्ने फेस्टिबलका अवसरमा वटररवट्रेस् रेस, बोटिङ रेस, टग वार जस्ता खेलका साथसाथै सांगीतिक तथा मनोरञ्जनात्मक गतिविधिहरु गरिने आयोजक रेबानले जनाएको छ । 

काठमाडौं:    लामो समयको अन्तरापछि मंगलबार १४ अंकले बढेको नेप्से सूचक बुधबार पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ५.८९ अंकले घट्दै १८६७.२२ अंकमा झरेको हो ।  यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १.३१ अंकले घट्दै ३६५.३४ अंकमा झरेको छ । आज बैंकिङ समूह बाहेक अन्य १२ वटा उपसूचक ऋणात्मक भएका छन् । बैंकिङ समूहको उपसूचक भने सामान्य (०.२७ प्रतिशत) ले मात्र वृद्धि भएको छ । ५.८९ अंकले नेप्से घटेको बजारमा आज कारोबार रकम समेत ८६ करोड ३८ लाख १६ हजारमा खुम्चिन पुगेको छ । सबैभन्दा बढी आज एनआईसी एशिया बैंकको ११ करोड ८२ लाख २४ हजार रुपैयाँ बराबरको ६६७ कित्ता सेयर कारोबार भएको छ भने नबिल बैंकको ३ करोड ९५ लाख ८ हजार ९१५ रुपैयाँ बराबरको ८०७ कित्ता सेयर कारोबार भएको छ ।  आज आधिखोला लघुवित्त वित्तीय संस्थाका सेयरधनिहरुले १० प्रतिशतले कमाएका छन् भने श्रीजनशिल लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनिहरुले ९.९९ प्रतिशतले कमाएका छन् । 

नवलपरासी:  नवलपरासी (बर्दघाट सुस्तापूर्व) आलु उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा बर्सेनि आलु उत्पादन हुने यस क्षेत्रमा उत्पादन बढ्दै गएपछि आत्मनिर्भर बनेको हो । जिल्लामा यो वर्ष तीन हजार एक सय ७५ हेक्टर क्षेत्रफलमा आलु खेती भएको नवलपुरस्थित कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताए । “गत वर्ष तीन हजार एक सय १५ हेक्टर जमिनमा आलु खेती भएकामा यो वर्ष ६० हेक्टर जमिनमा विस्तार भएको छ”, उनले भने, “गत वर्ष जिल्लामा ५५ हजार दुई सय ४५ मेट्रिक टन आलु उत्पादन भएको थियो ।”  जिल्लामा व्यावसायिकरुपले आलु खेती गर्ने किसानको सङ्ख्या प्रत्येक वर्ष बढेको तथ्याङ्कमा उल्लेख छ । “आलु उत्पादनका हिसाबले नवलपरासी ९बर्दघाट सुस्तापूर्व० आत्मनिर्भर रहेको छ”, प्रमुख लामछिानेले भने, “यो वर्ष समय अनुकूल छ, आलु उत्पादन राम्रो हुने अनुमान छ ।” मध्यविन्दु नगरपालिका क्षेत्रमा आलु राम्रो उत्पादन हुने गरेको छ । सो क्षेत्रमा व्यावसायिक रुपमा आलु उत्पादन गर्ने कृषक र कृषि समूहको सङ्ख्या उल्लेख्य रहेको केन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले बताए ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका, हुप्सेकोट गाउँपालिका, बौदिकाली गाउँपालिका, कावासोती नगरपालिका, देवचुली नगरपालिका र गैँडाकोट नगरपालिकामा व्यावसायिकरुपमा आलु खेती गर्ने गरिएको छ । किसानले उत्पादन गरेको आलु स्थानीय बजारका साथै काठमाडौँ पनि जाने गरेको छ । उक्त केन्द्रले कृषि समूहमा आलु खेती प्रवर्द्धन कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिएको थियो ।  

काठमाडौं: स्वास्थ्य उपचार गराइरहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सँगै अस्पताल पुगेका छन्। रूघाखोकी र छातिमा संक्रमण देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका नेपाल स्वास्थ्य लाभ गरिरहेका छन्। उनीहरुले नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। देउवा आजै मात्र संसदीय दलको निर्वाचनमा निर्वाचित भएका हुन्।

काठमाडौं:  नेकपा माओवादीका नेता तथा अर्थमन्त्री जनार्दन शर्माले कांग्रेस संसदीय दलको नेतामा निर्वाचित शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिएका छन् ।  प्रधानमन्त्रीसमेत रहेका देउवालाई बधाई दिन शर्मा बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका हुन् ।  बुधबार बिहान भएको निर्वाचनमा गगन थापालाई हराउँदै देउवा कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । ८९ सदस्यीय कांग्रेस संसदीय दलमा देउवाले ६४ मत ल्याएर नेतामा निर्वाचित भएका हुन् । थापाले २५ मत पाएका थिए ।  निर्वाचित भएको केही समयमै माओवादी नेता शर्मा देउवालाई बधाई दिन बालुवाटार पुगेका हुन् । 

काठमाडौं:   राप्रपाका नेता तथा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहका बीच उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट ज्येष्ठ सदस्यको शपथ लिएका हुन् ।  समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनालगायतको उपस्थिति रहेको थियो । राणाले शपथ लिएसँगै उनले प्रतिनिधिसभाका अन्य सदस्यहरुलाई बिहीबार शपथ गराउने कार्यक्रम रहेको छ।

काठमाडौं:  अभिनेत्री सामन्था रुथ प्रभु पछिल्लो समय चर्चा भन्दा बाहिर छिन् । अहिले धेरै प्रोजेटबाट उनले हात झिकेको खबर समेत बाहिर आइरहेको छ । उनले आफ्नो स्वास्थ्यमा ध्यान दिन प्रोजेक्टबाट हात झिकेको बताइन्छ । हिन्दी वेब ‘द फैमिली सिजन २’ को ठूलो सफलतापछि सामन्थाले धेरै बलिउड फिल्म साइन गरेकी थिइन् । मिडिया रिपोर्टका अनुसार उनले अहिले धेरै निर्मातालाई लामो ब्रेक चाहिएको बताएकी छन् । केही समयअघि सामन्थाले आफू मायोसाइटिस नामक रोगबाट पीडित भएको खुलासा गरेकी थिइन् । त्यसयता उनी सामाजिक सञ्जालमा खासै सक्रिय छैनन् । मिडिया रिपोर्टका अनुसार सामन्थाले विजय देवरकोंडासँग फिल्म ‘कुशी’ को छायांकन छिट्टै सक्नेछिन् । त्यसपछि उनी फिल्मबाट टाढा रहनेछिन् । उनका सहयोगीले उनले अब कुनै पनि नयाँ प्रोजेक्ट साइन नगर्ने निर्मातालाई जानकारी दिएका छन् । ‘कुशी’ शिव निर्वाणले निर्देशन गरेको रोमान्टिक फिल्म हो । फिल्म २०२३ को फेब्रुअरीमा रिलिज हुनेछ ।  सामन्थाको गतवर्ष नागा चैतन्यसँग सम्बन्धविच्छेद भएको थियो । सामन्थाले अक्टोबर २ मा सामाजिक सञ्जालमार्फत आफ्नो सम्बन्ध विच्छेद भएको जानकारी दिएकी थिइन् । विवाहअघि सामन्था र नागा चैतन्यले करिब तीन वर्ष एक अर्कालाई डेट गरेका थिए । त्यसपछि दुबैले हिन्दू र क्रिस्चियन रिवाजअनुसार विवाह गरेका थिए ।

वीरगञ्ज:  पर्सामा एक विवाह समारोहमा झगडा हुँदा एक युवकको मृत्यु भएको छ । जगरनाथपुर गाउँपालिका–३ ठेकरिया बड्गु टोल बस्ने ३६ वर्षीय सैमुल्लाह राउत गद्दीको मृत्यु भएको हो । बुधबार बिहान ४ बजे बिहान सैमुल्लाह घरमा गम्भीर घाइते अवस्थामा रहेको जानकारी प्रहरीकोमा आएको थियो । प्रहरी चौकी पाण्डेपुर र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक किशोर आचार्य नेतृत्वको टोली पुगेर उनलाई अस्पताल लगेको थियो । उपचारका लागि वीरगञ्ज स्थित नारायणी अस्पतालमा ल्याउँदा चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए । घटनाबारे बुझ्दा सहरूम राउत गद्दीको छोरा २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा झडप हुँदा सैमुल्लाहलार्ई कुटपिट भएको थियो । मंगलबार राति ११ बजेतिर साबिरको विवाहमा नाचगान गर्ने विषयमा विवाद भएको थियो । सैमुल्लाहले नाच्न नदिएको भन्दै विवाद हुँदा दुलाहा साबिर, काका जादुल राउत गद्दी लगायतले कुटपिट गरेको स्थानीयले बताएका छन् । सैमुल्लाहको शव नारायणी अस्पतालमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । ‘विवाहमा नाच्ने विषयमा विवाद हुँदा कुटपीट भएको देख्नेहरु छन्’, उनले भने ‘मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्छ । घटनाबारे थप अनुसन्धान गरिरहेका छौं ।’