प्रधानमन्त्री गठबन्धन जोगाउन सफल हुनुहुनेछ: प्रवक्ता कार्की
काठमाडाैं | पुस १०, २०७९

काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारुढ गठबन्धन जोगाउन सफल हुनुहुने विश्वास व्यक्त गर्नुभएको छ । आइतबार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बाहिरिनु भएपछि कांग्रेस नेता समेत रहनुभएका मन्त्री कार्कीले त्यस्तो विश्वास व्यक्त गर्नुभएको हो ।
गठबन्धन मुलुकको आवश्यकता भएकाले त्यसलाई जोगाएर अघि बढ्न आफूहरू निरन्तर प्रयासरत रहेको उहाँले बताउनुभयो । माओवादी केन्द्रका अध्यक्ष दाहालले पहिलो पटक आफूलाई प्रधानमन्त्री बनाउन प्रस्ताव राख्नुभएपछि सहमति नहुँदा उहाँ बालुवाटार बैठकबाट बाहिरिनुभएको थियो । सञ्चारमन्त्री कार्कीले आजै गठबन्धन दलको बैठक बसी सहमति बन्ने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री कार्कीले भन्नुभयो, “गठबन्धन अहिले मुलुकको आवश्यकता हो, छलफल जारी छ । केही समय पछि फेरि बैठक बसेर सहमतिको प्रयास हुन्छ ।” गठबन्धनलाई जनताले अनुमोदन गरिसकेकाले गठबन्धन नटुट्ने उहाँले बताउनुभयो । पार्टीको आन्तरिक छलफल थप आवश्यक रहेको र गठबन्धनलाई जोगाई राख्न सबै प्रयास हुने उहाँको भनाइ छ । “प्रधानमन्त्रीजीले निरन्तर छलफल गरेर एउटा निष्कर्षमा पुग्नुहुनेछ, सहमति बन्छ भन्ने मलाई विश्वास छ” मन्त्री कार्कीले भन्नुभयो, “आफ्नो आफ्नो दलमा छलफल हुन्छ, सबै कुराको टुङ्गो अन्तिम घडीमा हुन्छ ।”
नेपाली राजनीतिको परम्परा पनि सबै विषय अन्तिममा टुङ्गिने रहेको उहाँले बताउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा बहुमतसहितको दाबी पेस गर्नका लागि आज ५ बजेसम्मको समय तय गर्नुभएको छ ।
काठमाडौं: नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेलाई दिइएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ त...
पोखरा: यस वर्षको ‘हुतराज श्रेष्ठ स्मृति पर्यटन पुरस्कार’ बाट गण्डकीका २ जना पर्यटनकर्मी पुरस्कृत भएका छन् । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को सातौं वार्षिक साधारण सभा तथा चौथो अध...
पोखरा: ७५ वर्षअधि फ्रान्सेली नागरिकद्वय मौरिस हर्जोग र लुइस लाशनलले पहिलो पटक अन्नपूर्ण प्रथमको सफल आरोहण गरेसँगै विश्वका लागि हिमालको पर्दा उघारिएको थियो । हाल म्याग्दीको अन्नपूर्...