पृथ्वीनारायण क्याम्पसमा सप्ताहव्यापी खेलकुदको रौनक
पाेखरा | पुस १०, २०७९
पोखरा: पृथ्वीनारायण क्याम्पसमा आजदेखि अन्तर संकाय सप्ताहव्यापी खेलकुद कार्यक्रम सुरु भएको छ । खेलकुदमा करिब १ हजार विद्यार्थीको सहभागिता हुने भएकाले क्याम्पस परिसरमा छुट्टै रौनक देखिएको छ ।
नेपालकै दोस्रो ठुलो आंगिक कलेजको रुपमा परिचित पोखरा महानगर १ स्थित पृथ्वीनाराण क्याम्पसले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आएको नियमित प्रतियोगितालाई निरन्तरता दिएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले एउटा कलेजले यति ठुलो प्रतियागिताको आयोजना गर्नु प्रशंसनीय कार्य भएको जनाए ।
‘मानव जीवनमा खेलकुदको महत्व अपरिहार्य छ’ मेयर आचार्यले भने ‘खेलकुदले शारीरिक, मानसिक र मनोविज्ञानमा समेत प्रत्यक्ष प्रभाव पार्दछ, तपाईहरु पनि खेलकुदमा सहभागिता जनाउनुहोला ।’
यस्तै, क्याम्पस प्रमुख प्राडा सरोज कोइरालाले कोरोना महामारीले २ वर्ष खेलकुद बिथोलेपछि पुनः सुरु गरेको जानकारी दिए । विद्यार्थीहरु भोलीको दिनमा विभिन्न क्षेत्र पुग्नेछन् भन्दै कोइरालाले खेलकुदबाट पनि देशको शिर उँच्चो राख्न सकिने बताए ।
‘अध्ययनले मानसिक चेतको विकास गर्छ भने खेलकुदले शारीरिक विकास र अनुशासनमा सघाउ पुग्छ’ उनले भने ‘भोलीका दिनमा खेलकुदलाई पनि करिअर बनाउन सकिन्छ ।’
प्रतियोगिताको एथ्लेटिक्सतर्फको ५ किमी सडक दौड भने सम्पन्न भएको छ । दौडमा छात्र छात्रा गरी जम्मा ५३ जनाले सहभागिता जनाएका थिए ।
छात्रतर्फ व्यवस्थापन संकाएका सञ्जोक घर्ति मगरले १७ मिनेट ५१ सेकेन्डमा दुरी पार गर्दै प्रथम स्थान, व्यवस्थापन संकायकै विवेक तिलिजाले १८ मिनेट ७ सेकेन्डमा दुरी पार गर्दै दोस्रोे र व्यवस्थापन संकायकै आकाश थापाले १८ मिनेट ५३ सेकेन्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गर्न सफल भए ।
त्यस्तै छात्रातर्फ व्यवस्थापन संकायका अनिशा भणडारीले २५ मिनेट ३६ सेकेन्डमा दुरी पार गर्दै प्रथम स्थान हासिल गरे, व्यवस्थापनकै अञ्जु गिरीले २५ मिनेट ५७ सेकेन्डमा दुरी पार गर्दै दोस्रो र मानविकी संकायका सुशिला शाहीले २६ मिनट २४ सेकेन्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गर्न सफल रहे ।
विजेतालाई त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानका प्रमुख प्रा.डा. विनिल आचार्यले मेडल प्रदान गरेका छन् । प्रमाणपत्र र नगद राशी भने समापन कार्यक्रममा दिइने क्याम्पस प्रशासनले बताएको छ ।
प्रतियोगिता १४ गतेसम्म चल्नेछ ।



काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

