सुवाको भोटेकोसी नदीमा गत भदाै १० गते आएको विनाशकारी बाढीमा परेर ज्यान गुमाउनेमध्ये अहिलेसम्म १ हजार ४ सय ५१ जनाको शव फेला परेको छ।   नेपाल प्रहरीले सोमबार बिहान सार्वजनिक गरेको विवर...

काठमाडौं: स्वास्थ्य उपचार गराइरहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सँगै अस्पताल पुगेका छन्। रूघाखोकी र छातिमा संक्रमण देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका नेपाल स्वास्थ्य लाभ गरिरहेका छन्। उनीहरुले नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। देउवा आजै मात्र संसदीय दलको निर्वाचनमा निर्वाचित भएका हुन्।

काठमाडौं:  नेकपा माओवादीका नेता तथा अर्थमन्त्री जनार्दन शर्माले कांग्रेस संसदीय दलको नेतामा निर्वाचित शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिएका छन् ।  प्रधानमन्त्रीसमेत रहेका देउवालाई बधाई दिन शर्मा बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका हुन् ।  बुधबार बिहान भएको निर्वाचनमा गगन थापालाई हराउँदै देउवा कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । ८९ सदस्यीय कांग्रेस संसदीय दलमा देउवाले ६४ मत ल्याएर नेतामा निर्वाचित भएका हुन् । थापाले २५ मत पाएका थिए ।  निर्वाचित भएको केही समयमै माओवादी नेता शर्मा देउवालाई बधाई दिन बालुवाटार पुगेका हुन् । 

काठमाडौं:   राप्रपाका नेता तथा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहका बीच उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट ज्येष्ठ सदस्यको शपथ लिएका हुन् ।  समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनालगायतको उपस्थिति रहेको थियो । राणाले शपथ लिएसँगै उनले प्रतिनिधिसभाका अन्य सदस्यहरुलाई बिहीबार शपथ गराउने कार्यक्रम रहेको छ।

काठमाडौं:  अभिनेत्री सामन्था रुथ प्रभु पछिल्लो समय चर्चा भन्दा बाहिर छिन् । अहिले धेरै प्रोजेटबाट उनले हात झिकेको खबर समेत बाहिर आइरहेको छ । उनले आफ्नो स्वास्थ्यमा ध्यान दिन प्रोजेक्टबाट हात झिकेको बताइन्छ । हिन्दी वेब ‘द फैमिली सिजन २’ को ठूलो सफलतापछि सामन्थाले धेरै बलिउड फिल्म साइन गरेकी थिइन् । मिडिया रिपोर्टका अनुसार उनले अहिले धेरै निर्मातालाई लामो ब्रेक चाहिएको बताएकी छन् । केही समयअघि सामन्थाले आफू मायोसाइटिस नामक रोगबाट पीडित भएको खुलासा गरेकी थिइन् । त्यसयता उनी सामाजिक सञ्जालमा खासै सक्रिय छैनन् । मिडिया रिपोर्टका अनुसार सामन्थाले विजय देवरकोंडासँग फिल्म ‘कुशी’ को छायांकन छिट्टै सक्नेछिन् । त्यसपछि उनी फिल्मबाट टाढा रहनेछिन् । उनका सहयोगीले उनले अब कुनै पनि नयाँ प्रोजेक्ट साइन नगर्ने निर्मातालाई जानकारी दिएका छन् । ‘कुशी’ शिव निर्वाणले निर्देशन गरेको रोमान्टिक फिल्म हो । फिल्म २०२३ को फेब्रुअरीमा रिलिज हुनेछ ।  सामन्थाको गतवर्ष नागा चैतन्यसँग सम्बन्धविच्छेद भएको थियो । सामन्थाले अक्टोबर २ मा सामाजिक सञ्जालमार्फत आफ्नो सम्बन्ध विच्छेद भएको जानकारी दिएकी थिइन् । विवाहअघि सामन्था र नागा चैतन्यले करिब तीन वर्ष एक अर्कालाई डेट गरेका थिए । त्यसपछि दुबैले हिन्दू र क्रिस्चियन रिवाजअनुसार विवाह गरेका थिए ।

वीरगञ्ज:  पर्सामा एक विवाह समारोहमा झगडा हुँदा एक युवकको मृत्यु भएको छ । जगरनाथपुर गाउँपालिका–३ ठेकरिया बड्गु टोल बस्ने ३६ वर्षीय सैमुल्लाह राउत गद्दीको मृत्यु भएको हो । बुधबार बिहान ४ बजे बिहान सैमुल्लाह घरमा गम्भीर घाइते अवस्थामा रहेको जानकारी प्रहरीकोमा आएको थियो । प्रहरी चौकी पाण्डेपुर र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक किशोर आचार्य नेतृत्वको टोली पुगेर उनलाई अस्पताल लगेको थियो । उपचारका लागि वीरगञ्ज स्थित नारायणी अस्पतालमा ल्याउँदा चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए । घटनाबारे बुझ्दा सहरूम राउत गद्दीको छोरा २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा झडप हुँदा सैमुल्लाहलार्ई कुटपिट भएको थियो । मंगलबार राति ११ बजेतिर साबिरको विवाहमा नाचगान गर्ने विषयमा विवाद भएको थियो । सैमुल्लाहले नाच्न नदिएको भन्दै विवाद हुँदा दुलाहा साबिर, काका जादुल राउत गद्दी लगायतले कुटपिट गरेको स्थानीयले बताएका छन् । सैमुल्लाहको शव नारायणी अस्पतालमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । ‘विवाहमा नाच्ने विषयमा विवाद हुँदा कुटपीट भएको देख्नेहरु छन्’, उनले भने ‘मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्छ । घटनाबारे थप अनुसन्धान गरिरहेका छौं ।’

काठमाडौं:  नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले नयाँ सरकारमा मन्त्री बन्ने लाइनमा आफू नरहेको स्पष्ट पारेका छन् ।  बुधबार काँग्रेस संसदीय दलको नेताको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले नयाँ सरकारमा मन्त्री बन्नेतिर आफू नलाग्ने बताए । उनले पार्टी कार्यालयमा बसेर गर्ने आफ्नो कामहरु धेरै भएको बताए ।  उनले पार्टीले महामन्त्री बनाएको वर्ष दिन मात्रै भएको भन्दै पार्टीलाई सुसंगठित गर्ने धेरै कामहरु आफ्नो जिम्मामा रहेको बताए । महामन्त्री शर्माले सरकारमा जाने पार्टीका नेताहरुलाई घोषणापत्रमा उल्लेख गरिएका प्रतिवद्धताअनुसार काम गर्न आग्रह गर्ने कुरामा आफू लाग्ने पनि बताए ।  महामन्त्री शर्माले सरकारमा जाने सांसदहरुको संयोजन लगायतका कामहरु अघि बढाउने कुरामा आफू लाग्ने बताए ।  

काठमाडौं:  नेकपा एमालेले आफ्ना सांसदहरुलाई शपथमा सहभागी हुँदा राष्ट्रिय पोशाकमा आउन भनेको छ । लिखित निर्देशन नै नभए पनि मौखिकरुपमा सांसदहरुलाई राष्ट्रिय पोशाक र नेपाली भाषामै शपथ लिन भनिएको एक सांसदले जानकारी दिए । संविधानमा समेत आफ्नो मातृ भाषा र पोशाकमा सपथ लिन सक्ने व्यवस्था गरेकोमा नेतृत्वले राष्ट्रिय भाषा र पोशाक अनिवार्यजस्तै गर्न खोजेको भन्दै केही सांसद असन्तुष्ट समेत बनेका छन् । ‘आफ्नो भाषा र पोशाकमा सपथ लिन पाउने भनेर संविधानले नै व्यवस्था गरेको छ,’ एक सांसदले अनलाइनखबरसित भने, ‘तर, नेतृत्वले ह्वीप लगाएर जसरी राष्ट्रिय भाषा र पोशाकमै सपथ लिनुपर्छ भनेको छ । हामीले आफ्नो भाषा र भुषा अनुसारको शपथ लिन पनि नपाउनु?’ असन्तुष्ट सांसदले उपाध्यक्ष सुवास नेम्वाङ र महासचिव शंकर पोखरेलसँग यसबारे असन्तुष्टि समेत पोखेका छन् । सांसदको गुनासोपछि नेम्वाङले आफूले बालकोट गएर अध्यक्षसँग कुरा राख्ने बचन दिएका थिए । एमालेका नेता लिलानाथ श्रेष्ठले भने सकभर राष्ट्रिय पोशाक र भाषामा सपथ लिंदा राम्रो हुने भनिएको तर अनिवार्य भने नगरेको बताए । ‘सकभर राष्ट्रिय पोशाक र सबैले बुझ्ने भाषामा सपथ खाँदा राम्रो हो,’ उनले भने, ‘त्यस्तो ‘हार्ड एन्ड फास्ट’ केही छैन ।’ प्रतिनिधि सभामा निर्वाचित सांसदहरुको शपथ ग्रहण बिहीबार दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा हुँदैछ । उनीहरुलाई ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले शपथ खुवाउने छन् ।

पोखरा:   पोखरा जनप्रिय बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षमा वीरेन्द्रनारायण विजुक्छे विजयी भएका छन् । बिजुक्छेले २ सय ६९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । बिजुक्छेले प्रतिस्पर्धी सोमनाथ बराललाई १ सय २५ मतले हराएका हुन् । बरालले १ सय ४४ मत ल्याए । निर्वाचन मंडलका अनुसार ४ सय १३ मत खसेकोमा १४ मत बदर भएको हो । अध्यक्ष विजुक्छे सहित ११ सदस्यीय कार्यसमिति चयन भएको छ । सदस्यमा अर्जुन श्रेष्ठ, ईन्द्रप्रसाद पौडेल, कृष्णप्रसाद तिमिल्सिना, गणेशबहादुर अधिकारी, धुव्रराज चालिसे, नम्रता बराल, युवराज पराजुली, रंगिला पौडेल आचार्य, राजेन्द्र पहारी, विजयराज आचार्य र शोभामोहन पौडेल चयन भएका हुन् ।         

गण्डकी:   पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने साढे चार दशकदेखिको सपना पूरा हुने अन्तिम चरणमा पुगेको छ । सरकारको घोषित कार्यक्रमअनुसार सन् २०२३ को जनवरी १ देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुनेछ ।  यस विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानका लागि बुद्धएयरले आवश्यक तयारी गरिरहेको उक्त एयरलायन्सका प्रवक्ता दीपेन्द्र कर्णले राससलाई जानकारी दिनुभयो । उडान अनुमतिका लागि बुद्ध एयरले सम्बन्धित निकायमा निवेदन दिइसकेको उहाँले बताउनुभयो । एयरलायन्सले पोखराबाट पहिलो उडान पोखरा–बनारस–पोखरा गर्ने योजना बनाएको उहाँले बताउनुभयो ।  “हामी उडानको लागि लगभग तयारीमा छौँ, पोखरा–बनारसको उडानको अनुमति माग्नुका साथै त्यसअघि परीक्षण उडानका लागि पनि अनुमति मागिएको छ”, उहाँले भन्नुभयो ।  पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको यान्त्रिक उडान ‘क्यालिब्रेसन फ्लाइट’ले यो विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि तयार भएको पाइएको विमानस्थलका प्रवक्ता अनुप जोशीले जानकारी दिनुभयो । यान्त्रिक परीक्षणको प्रतिवेदन क्यानले स्वीकृत गरेपछि एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन (एआइटी) मा प्रकाशन गरिनेछ । तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै रु २२ अर्ब लागतमा निर्माण गरिएको हो । विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाई र ४५ मिटर चौडाइको धावनमार्ग छ ।       उडान सञ्चालनकै तयारीस्वरुप विमानस्थलको पूर्वतर्फको रिट्ठेपानीडाँडा कटानको पहिलो चरणअन्तर्गत १६ मिटर कटानकार्य सकिएको उहाँले जानकारी दिनुभयो । धावनमार्गको ‘अप्रोच’मा पर्ने डाँडाको ४० मिटर डाँडा काटेर समतल बनाउने गरी बाँकी २४ मिटर काट्ने काम पनि तीव्र रुपमा चलिरहेको उहाँले बताउनुभयो । “जनवरी १ मा बिहानैदेखि पोखराबाट हुने सबै उडान ९हेलिकोप्टर र अल्ट्रालाइट बाहेक० पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाटै गर्ने गरी तयारी भएको छ”, जोशीले भन्नुभयो ।  पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानको तयारी भइरहँदा पोखरेली पर्यटन व्यवसायी यसले पोखराको पर्यटनमा महत्वपूर्ण योगदान पुग्ने बताउँछन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पर्यटकीय नगरी पोखराको सिधैँ विश्व बजारमा सम्पर्क हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउनुहुन्छ । आगामी दिनमा विदेशबाट पर्यटकहरू सिधैँ पोखरा आउनसक्ने भएकोले यहाँको पर्यटन प्रवद्र्धनमा थप योगदान पुग्ने बताउनुभयो । पोखरामा दैनिक २० हजार भन्दा बढी पर्यटकलाई स्तरीय होटेल तथा आवाशको सुविधा दिन सकिने बताउँदै उहाँले विमानस्थल सञ्चालनसँगै यससँग जोडिएका सडक लगायतका पूर्वाधारमा विशेष ध्यान दिनु जरुरी रहेको बताउनुभयो । “पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले आगामी दिनमा पोखरा र गण्डकी प्रदेशका विभिन्न जिल्लाका उत्पादनलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सकिन्छ”, उहाँले भन्नुभयो ।  पोखरामा विभिन्न देशबाट आउने पर्यटक साहसिक पर्यटनलाई पनि लक्षित गरेर आउने गरेको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल९टान० पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष धर्म पन्थीले बताउनुहुन्छ । पोखराहुँदै अन्नपूर्ण चक्रिय पदमार्ग, अन्नपूर्ण आधार शिविर, धवलागिरि पदमार्ग, मर्दी पदमार्ग आदिमा पर्यटक जाने गरेको बताउँदै उहाँले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले पोखरा र यससँग जोडिएका पर्यटकीय गतिवधि बढ्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पोखराको पर्यटनका लागि बरदान सावित बन्ने नेपाल टुर एण्ड ट्राभल्स एजेन्ट्स९नाट्टा० गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले बताउनुभयो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले पोखरालाई अन्तर्राष्ट्रिय सहरका रुपमा स्थापित गर्ने बताउँदै उहाँले विमानस्थल सञ्चालनसँग जोडिएका अन्य पूर्वाधारको विकास तथा विस्तारमा राज्यको ध्यान जानु जरुरी रहेको बताउनुभयो । पोखरेलीको लामो समयदेखिको सङ्घर्षको प्रतिफलस्वरूप विमानस्थल सञ्चालनको अवस्थामा आउनु पोखरेलीका लागि हर्षको विषय भएको विमानस्थल निर्माणका अभियन्तामध्येका एक विश्वशङ्कर पालिखे बताउनुहुन्छ ।           अभियन्ता पालिखेका अनुसार विमानस्थलको निर्माणका लागि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिले २०६८ देखि सङ्घर्षका कार्यक्रम सुरु गरेको थियो ।       विमानस्थल निर्माणका लागि पोखरेली जनताको लामो सङ्घर्षको इतिहास जोडिएको उहाँले बताउनुभयो । चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते शिलान्यास गर्नुभएको थियो ।      निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी सिएमसिइले पाएको थियो । करिब तीन हजार ७०० रोपनी क्षेत्रफलमा निर्मित विमानस्थलमा न्यारोबडी एयर बस तीन सय २० र बोइङ सातसय ३५ जहाज उडान र अवतरण गर्न सकिन्छ ।      यस विमानस्थलमा तीन ठूला र आठ साना गरी ११ वटा जहाज पार्किङ क्षमता रहेको छ । धावन मार्ग दुई हजार पाँचसय मिटरको रहेको विमानस्थलको चौडाइ ४५ मिटर छ । विमानस्थलमा १४ वटा आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन रहेका छन् । विमानस्थलको ९३ प्रतिशत काम सम्पन्न भएपछि गत चैतमा चिनियाँ निर्माण कम्पनीले महत्वपूर्ण पूर्वाधार सकिएको भन्दै नेपाललाई हस्तान्तरण गरेको थियो । तथ्याङ्क अनुसार काठमाडौँ आएका विदेशी पर्यटकमध्ये ४० देखि ४५ प्रतिशत पर्यटक पोखरा आउने गर्दछन् । नेपाल आएकामध्ये करिब ६० प्रतिशत विदेशी पर्यटक मनोरञ्जनका लागि आउने गरेको र ४० देखि ४५ प्रतिशत पोखरा पुग्ने गरेका छन् ।