सुवाको भोटेकोसी नदीमा गत भदाै १० गते आएको विनाशकारी बाढीमा परेर ज्यान गुमाउनेमध्ये अहिलेसम्म १ हजार ४ सय ५१ जनाको शव फेला परेको छ।   नेपाल प्रहरीले सोमबार बिहान सार्वजनिक गरेको विवर...

काठमाडौं:  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका छन् । सोमबार पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका हुन् । उनले आफूहरूले सरकारमा नजाने भनेर कसम पनि नखाएको भन्दै आगामी दिनमा के गर्दा आफ्नो मान्यताहरु स्थापित हुन्छन् सोही गर्ने बताए । उनले आफूहरू मन्त्री खानको लागि कसैको घर नधाउने स्पष्ट पारे ।  अध्यक्ष लिङदेनले राप्रपा कुनै दलको पुच्छर नबन्ने पनि बताए  । उनले सरकारमा जानुपरेमा वा कसैलाई समर्थन गर्नुपरेमा कारणसहित गर्ने उल्लेख गरे ।   अध्यक्ष लिङ्देनले राप्रपाको उकालो यात्रा शुरु भएको बताए । उनले आगामी दिनमा सतर्कतापूर्वक अगाडि बढ्दै पार्टीलाई पहिलो बनाउने बताए । उनले पार्टीले अझै मत ल्याउनुपर्ने भन्दै प्राप्त भएको मत परिणाम बाट आफू सन्तुष्ट नभएको उल्लेख गरे । पार्टीलाई ठिक ढंगले परिचालन गर्न नसक्दा प्राविधिक रुपमा धेरै मत नआएको भन्दै उनले जनताको मन भने जितेको बताए । लिङ्देनले राप्रपा सुध्रिएको हो कि होइन भनेर जनताले परीक्षण गर्नका लागि यसपटक यति मत दिएका उल्लेख गरे ।   अध्यक्ष लिङदेनले नवनिर्वाचित सांसदहरुलाई विदेशी दुतावासहरुले कार्यक्रमहरुमा बोलाएमा पार्टीको अनुमति बिना नजान निर्देशन दिए । दुतावासले बोलाएर रक्सीमासु खुवाउने भन्दै उनले त्यस्तो नगर्न आग्रह गरे । उनले सांसदहरुलाई अनुशासन र मर्यादामा बस्न दिर्नेशन दिए ।    उनले पार्टीमा योगदान गरेका र क्षमता र सम्भावना भएका नयाँ व्यक्तिहरुलाई सांसद बनाइएको बताए । पार्टीमा नयाँ मानिसहरुलाई पनि अवसर दिनुपर्ने र फराकिलो दृष्टिकोण राख्नुपर्ने उनको भनाई छ । पार्टी सदस्यहरुले पनि कडाइपूर्वक पार्टी अनुशासनको पालना गर्नुपर्ने उनले बताए ।

उदयपुर:  उदयपुरमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका १० मा सोमबार बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका हुन् ।  दुर्घटनामा गम्भीर घाइते भएका उदयपुरकै ताप्ली गाउँपालिका १ का ६५ वर्षीय मिनबहादुर सार्कीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । अन्य घाइतेहरूलाई उपचारको लागि कटारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । प्रदेश २–०१–००१ च ००५० नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट करिब एकसय मिटर तल खसेको थियो । बोलेरो चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ  ।

काठमाडौं:  सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से ३.८३ अंक (०.२१ प्रतिशत) ले वृद्धि हुँदा १८५८.८९ अंकमा बन्द भएको छ । आइतबार २७ अंकको उच्च गिरावट भएको बजार परिसूचक नेप्से सोमबार भने उतारचढावका बीच सामान्य वृद्धि भएर बन्द भएको छ । नेप्सेमा सामान्य सुधार भएपनि कारोबार रकम भने घटेको छ । आइतबार नेप्सेमा गिरावटका बाबजुत १ अर्ब १५ करोडको कारोबार भएको बजारमा सोमबार भने कारोबार रकम घटेको हो । सोमबार नेप्सेमा २६ लाख ९९ हजार ३३१ कित्ता सेयर किनबेच हुँदा ८८ करोड ६० लाख ९८ हजारको कारोबार भएको छ । अधिकांश उपसूचकमा वृद्धि भएपनि बजारलाई लिड गर्ने बैंकिङ, हाइड्रोपावर, लघुवित्त र व्यापार उपसूचकमा गिरावट भएको छ । बैंकिङ उपसूचक ०.०३ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.०५ प्रतिशत तथा लघुवित्त उपसूचक ०.३२ प्रतिशत तथा व्यापार उपसूचक ०.०५ प्रतिशतले गिरावट भएको छ । यता अन्य उपसूचक सर्वाधिक १.९५ प्रतिशतले वृद्धि भएको छ । सोमबार बजारमा कारोबार भएकामध्ये प्राइम कमर्सियल बैंकको सर्वाधिक ६ करोड ९३ लाख ४३ हजारको कारोबार हुँदा फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको ५ करोड ४९ लाख ४३ हजार र हिमालयन डिस्टिलरीको ४ करोड २७ लाख ९० हजारको कारोबार भएको छ । सोमबार नेप्सेमा २११ कम्पनीको सेयर कारोबार हुँदा १२५ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ७२ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा १४ कम्पनीको सेयर मूल्य स्थिर छ । सोमबार धौलागिरी लघुवित्तको सेयर मूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा खप्तड लघुवित्तको सेयर मूल्य ६।०८ प्रतिशत र सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य ५।९८ प्रतिशतले वृद्धि भएको छ । यता इस्टन हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ७.९७ प्रतिशतले गिरावट हुँदा ३० प्रतिशत लाभांश प्रस्ताव गरेको फरवार्ड माइक्रोफाइनान्सको सेयर मूल्य ६.७६ प्रतिशतले गिरावट भएको छ । यस्तै ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को इकाइमूल्य ७.७२ प्रतिशतले गिरावट भएको छ ।

कालीकोट:   कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाका सबै सामुदायिक विद्यालय ब्रोडब्याण्ड इन्टरनेट सेवा दिइने भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा इन्टरनेट सेवा जडान गर्न लागेको हो ।  प्रविधिमार्फत सामुदायिक विद्यालयमा शैक्षिक सुधार ल्याउनका लागि ब्रोडब्याण्ड इन्टरनेट सेवा दिने विषयमा गाउँपालिका र नेपाल दूरसञ्चार प्राधिकरणबीच सम्झौता भएको छ । गाउँपालिका र प्राधिकरणबीच समझदारी भएअनुसार तत्काल गाउँपालिकाका २१ वटा आधारभूत विद्यालयमा इन्टरनेट सेवा सुरुआत हुने गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले जानकारी दिए ।  “स्थानीय तहले तत्काल प्रधानाध्यापकलगायत सरोकारवालाको भेलामा माइक्रो, फोरजी र फाइबरमध्ये कुन सेवा उपयुक्त हुन्छ सोही सेवाको इन्टरनेट सेवा विस्तार गर्ने भएको छ”, उनले भने, “सुरुमा सामुदायिक विद्यालय त्यसपछि सबै विद्यालयमा उक्त सेवा उपलब्ध गराइनेछ ।” विद्यालयमा उपलब्ध गराइने इन्टरनेट सेवाका लागि लाग्ने लागत प्राधिकरणले नै व्यहोर्ने सहमति भएको गाउँपालिकाका अध्यक्ष केसीले बताए । उनले भने, “यसका लागि प्राधिकरणले पहिलो चरणमा अध्यायन गर्ने भएको छ ।” सूचना प्रविधिबाट शिक्षण सिकाइ सुरु गर्ने सरकारको योजनाअनुसार नै गाउँपालिकाका सामुदायिक विद्यालयमा इन्टरनेट सेवा जडान गर्न थालिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत प्रकाश बरालले जानकारी दिए । उनले भने, “परम्परागत शिक्षण विधिभन्दा सूचना प्रविधि विधिबाट शिक्षण गराउनु अहिलेको आवश्यकता हो ।”

 काठमाडौं:  संघीय संसद सचिवालयले सांसदहरुको शपथ ग्रहण कार्यक्रम ७ पुसमा राखेको छ । सोमबार दिउँसो संसद सचिवालयले ७ पुसको दिउँसो १ बजे सांसदहरुको शपथ ग्रहण आयोजना गर्ने निर्णय गरेको हो । सांसदहरुले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यबाट शपथ लिनेछन् । त्यसअघि ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिनेछन् । निर्वाचन आयायेगले संसद सचिवालयलाई निर्वाचित सांसदहरुको उमेर (जन्ममिति) समेतको विवरण उपलब्ध गराएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको सांसदहरुको विवरणलाई मात्रै आधार नमानेर संसद सचिवालयले सम्भावित ज्येष्ठ सदस्यहरुको नागरिकता नै मगाएर अध्ययन गरिरहेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे बताउँछन् । सांसदहरुको शपथ भने नयाँ वानेश्नर स्थित संसद भवनमै हुनेछ । शपथ लिएपछि सांसदहरुले सांसद भएवापत प्राप्त गर्ने सेवा सुविधा पाउनेछन् ।   हेर्नुहोस् संघीय संसद सचिवालयको सूचना: 

महोत्तरी:  आफ्नो रितिथिति र परम्परा झल्कने संग्रहालय आफ्नै क्षेत्रमा बन्ने कुराले महोत्तरीका आदिवासी थारु समुदाय अहिले दङ्ग छन् । आइतबार जिल्लाको भङ्गाहा नगरपालिका–७ मेघरोल पुगेका संघीय सरकारका सहरी विकासमन्त्री मेटमणि चौधरीले सो ठाउँमा थारु संग्रहालय बनाउने घोषणा गरेपछि उक्त समुदायमा खुसी छाएको हो । ‘अब हाम्रो आफ्नै ठाउँमा थारु जातिका भेषभूषा, रितिथिति, खाद्य परिकार र रहनसहनसमेत झल्कने संग्रहालय बन्ने घोषणा भएको छ’, स्थानीय नेकपा (एमाले) भङ्गाहा नगर कमिटी अध्यक्ष चन्द्रनारायण सिंह थारुले भने, ‘संग्रहालय बनेपछि थारु संस्कृति र परम्पराको संरक्षण र सम्वद्र्धनमा सहयोग पुग्नेछ ।’ उक्त नगरपालिका थारु बाहुल्य भएको क्षेत्र मानिन्छ । जम्मा नौ वडा रहेको नगरपालिकाका सबै वडामा थारुको बसोबास छ । सबै वडामा थारुको बसोबास भए पनि भङ्गाहा, धर्मपुर, थारुटोल बनरा, बखरी, मदनपट्टी, पर्सा, करुणा, मझौलिया, मेघरोल, गोरहन्ना, रामनगर र भीमगढ थारु बसोबासका मुख्य बस्ती मानिन्छन् । साविकका भङ्गाहा, धर्मपुर, सिङ्ग्याही, हतिसर्वा, मेघनाथ गोरहन्ना र हरिहरपुर हरिनमरी गाविस क्षेत्र समेटेर भङ्गाहा नगरपालिका घोषणा गरिएको हो । जिल्लामा भङ्गाहाका अतिरिक्त गौशाला नगरपालिका क्षेत्रका रजखोर बिर्ता, निगौल र बिसरपुरसहित बस्तीमा थारु जातिको बसोबास रहँदै आएको छ । यी ठाउँका आदिवासी भएर पनि स्थानीय जाति र समुदायको उत्थान तथा पहिचानका लागि खासै काम हुन नसकेका बेला हालै महोत्तरी–२ कै प्रतिनिधिसभा सदस्य शरत्सिंह भण्डारीसहित मेघरोल पुगेका मन्त्री चौधरीले संग्रहालय निर्माणको काम तत्काल थालिने बताएपछि आफूहरु हौसिएको भङ्गाहा–६ मदनपट्टी निवासी राजनारायण राय थारुले बताए । संग्रहालय निर्माणका लागि प्रथम चरणमा गुरुयोजनाको काम थालिने र गुरुयोजना सम्पन्न भए पछि संग्रहालय निर्माणको काम थालिने जनाइएको छ । आठ बिघा क्षेत्रफलमा पोखरी, मनोरम बाटिकासहित निर्माण हुने संग्रहालयमा थारु संस्कृति र परम्पराका आधारभूत सबै कुरा राखिनेछन् । यसले थारु समुदायको मात्र नभई जिल्लाकै शाख वृद्धिमा योगदान दिने नगरपालिकाकी उपप्रमुख शान्तिसिंह थारुको भनाइ थियो । आमरुपमा सरल व्यवहारका अत्यन्त मिलनसार मानिने थारु जाति इमान्दार र मेहनेती हुन्छन् । आफ्नै समुन्नत कला, संस्कृति र परम्पराको संग्रहालय बन्ने कुराले थारु जातिको इतिहास जगेर्ना हुने नगरप्रमुख सञ्जिवकुमार साहले बताए । ‘संग्रहालय हामी सबैका लागि गौरवको कुरा बन्नेछ’ उनले भने । यसअघि मदनपट्टी वेलफेयर सोसाइटीका अध्यक्ष सुदीपकुमार चौधरी थारुले संग्रहालय निर्माणका लागि मन्त्री चौधरीलाई स्मरणपत्र बुझाएको थियो । संग्रहालयमा थारु संस्कृति झल्किने सामग्रीको प्रदर्शनीसँगै थारु खानाका परिकार उपलब्ध हुनेछन् । यसै क्षेत्रभित्र कृत्रिम ताल पनि निर्माण गरिने बताइएको छ । विभिन्न पर्व र उत्सव पनि मनाउने योजना रहेको उक्त संग्रहालय निर्माण भएपछि सो क्षेत्र नयाँ सांस्कृतिक तथा पर्यटकीय गन्तव्यसमेत बन्ने महोत्तरीवासीको अपेक्षा छ । संग्रहालय निर्माणका लागि अनुमानित रु ६ करोड खर्च हुने बताइएको छ ।

धनगढी:   ‘मानवताका लागि सङ्गीत’ नारासहित देश भ्रमणमा रहेको नेपथ्यले आइतबार धनगढीमा छैटौँ कन्सर्ट गरेको छ । ‘मानवताको लागि संगीत’ नारा बोकेर देशभर भ्रमण गरिरहँदा आइतबार धनगढीमा कन्सर्ट गरेको हो । द्वन्द्वकालमा बाहिरका मानिस आउन सङ्कोच मान्दा पनि बारम्बार यस भेगमा आइ गीत सुनाउने नेपथ्यको चीर परिचित ध्वनि आइतबार बेलुकी फेरि यहाँस्थित रंगशालामा फैलिँदा हजारौँ दर्शकहरूको उत्साह मिश्रित आवाजले पर–परसम्म प्रभाव फैलिरहेको देखिन्थ्यो । सुरुमा दुई वटा म्युजिक भिडियो देखाउनासाथ मञ्चमा चढेको नेपथ्य टोलीले ‘आँगनैभरि’ बाट धनगढीमा आफूलाई प्रारम्भ गर्‍यो । दोस्रो गीत थियो ‘भेडाको ऊनजस्तो’ । यो गीतबाटै मैदानमा नाचिरहेका दर्शकहरुबीच तापक्रम उच्च भइसकेको थियो भने त्यसलाई निरन्तरता दिँदै ब्यान्डले ‘छेक्यो छेक्यो’ सुनाएको थियो । ब्यान्डले सर्वकालिक हिट गीत प्रस्तुत गर्दा धनगढीले व्यापक स्वागत गरेको थियो ।  त्यसपछि श्रोता दर्शकहरूलाई स्वागत गर्दै गायक अमृत गुरुङले ‘लाम्पाते सुरती’, ‘चरी मर्‍यो’ र ‘जोमसोमे बजारमा’ प्रस्तुत गरिएको थियो । ‘नेपालभरि म जहाँ पुगेँ त्यहाँ सुन्दरता पाएँ’, अमृतले थपे, ‘अब यो कैलालीजस्तै अर्को राम्रो ठाउँ रुकुमतिर लैजान्छु ।’ यसो भनेपछि उनले पछिल्लो समय नेपथ्यले तयार पारेको अर्कै लोकप्रिय गीत ‘शिरफूल शिरैमा’ गाएर सुनाएका थिए । कन्सर्टको अन्त्य नेपथ्यले ‘गाउँ गाउँबाट उठ’ गीतबाट गरेको थियो । कन्सर्टमा गायक गुरुङलाई मञ्चमा ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए । 

बागलुङ:  बागलुङ नगरपालिकाले चालू आर्थिक वर्षमा निश्चित खेतीलाई मात्र प्रवर्द्धन  गर्ने कार्यक्रम ल्याएको छ । कृषिका धेरै क्षेत्रमा बजेट विनियोजन गर्दा उपलब्धि हासिल नभएको भन्दै यस वर्ष ससर्त अनुदानमा आएको रु २० लाखमा बागलुङ नगरपालिका–९ तित्याङमा सुन्तला र बेमौसमी तरकारी खेती प्रवर्द्धन  गर्न थालिएको छ ।       वडास्तरी कृषि समिति, समूह र व्यक्तिगत फार्ममार्फत चालू आर्थिक वर्षमा रु ३० लाखमा मकैबाली, सुन्तला र तरकारी खेती प्रवर्द्धन गर्न थालिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको कृषि शाखा प्रमुख राहुल केसीका अनुसार नगरपालिकाका १४ वटै वडामा मकै प्रवर्द्धन का लागि रु १० लाख खर्च गरिनेछ ।       “तित्याङमा यस वर्ष रु १० लाखको सुन्तला प्रवर्द्धन  र रु १० लाखकै तरकारी खेती प्रवर्द्धन का लागि काम गरिनेछ”, उहाँले भन्नुभयो, “यस वर्ष त्यहाँका किसानको सुन्तला बगैँचा व्यवस्थापन, उपचार, नयाँ बगैँचा स्थापना र सुन्तलाको नर्सरी स्थापना गर्ने गरी प्रस्ताव आह्वान गरेका छौँ ।”      पछिल्लो समय नगरपालिकाले उन्नत जातको मकै खेती प्रवर्द्धन  गरिरहेको छ । यस वर्ष मकैको बीउदेखि उपकरणलगायत कार्यक्रमका लागि रु १० लाख बजेट विनियोजन गरेको कृषि शाखाले जनाएको छ । नगरपालिकाको सुन्तला, मकै र तरकारी खेती प्रवर्द्धन  कार्यक्रममा ५० प्रतिशत र स्थानीय कृषकले ५० प्रतिशत लगानी गर्नुपर्ने प्रावधान रहेको तित्याङका वडाध्यक्ष राजु थापाले बताउनुभयो ।       “तित्याङमा पछिल्लो समय बगैँचा व्यवस्थापन हुन सकेको छैन”, उहाँले भन्नुभयो । पछिल्लो समय तित्याङमा  सुन्तला खेतीमा विस्तार भइरहेको छ । तित्याङमा तरकारी खेतीका लागि चार हाइटेक टर्नेल र सिँचाइको कार्यक्रमका लागि यस वर्ष रु १० लाख खर्च गरिनेछ ।       सङ्घीय सरकारले तित्याङमा बेमौसमी तरकारी र सुन्तला खेती प्रवर्द्धनमा नगरपालिकामार्फत बजेट विनियोजन गरेको छ ।  

झापा:  ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापामा एक महिलाको मृत्यु भएको छ।  इलाम जिल्ला रोङ गाउँपालिका– ६ की २३ वर्षीया उषा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।  प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका–१३ मा आइतबार राती साढे ८ बजे ना ८ ख ३३३६ नम्बरको ट्रकले मे ७ प १७२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।  ट्रकको ठक्करबाट मोटरसाइकलको पछाडि सवार राई गम्भीर घाइते भएकी थिइन्।  घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा लगिएको र उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक र ट्रक चालक पाँचथर मिक्लाजुङका सुन्दरराज आङदाम्बेलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ।